
रौतहट,साउन २४ गते ।
रौतहट । बाढी पिडितलाई राजेश कुमार गिरीको सहयोगमा र सृजनात्मक सामाज काल्याण केन्द्र नेपालको आयोजनामा रौतहटको विभिन्न भागमा बाढी पिडित परिवारलाई राहत सहयोग गरेका हुन ।

अरिवल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा गएको बाढीले जनसमुदायमा घरवारको क्षति भएको खबर सुन्न साथ सामाज सेवी गिरी र विवेक शर्माले उक्त राहत जिल्ला प्रशासन कार्यालयको अनुमतिमा राहत वितरण गरेका हुन् । बाढीबाट प्रभावित राजदेवी नगरपालिका वार्ड नम्बर २ हजमिनिया टोलका सुकुमबासी विपन्न प्रमोद ठाकुर र धमेन्द्र महतो, मौलापुर नगरपालिका मर्यादपुर बिनवाटोलका राजकिशोर मुखिया विनको घर बाढीले पुर्णरुपमा भत्केको खबर प्रप्त भए अनुसार राहत दिन गिरी र शर्माको टोली त्यहाँ पुगी राहत उपलव्ध गराएका हुन् ।

वहाँहरु सहयोग स्वरुप यो कार्यको सुरुवात गरेका हुन भने बाढिबाट पिडित परिवारहरुलाई सम्पर्क गर्न अनुरोध गरेका हुन र साथै यस्तो आपतको घडीमा सहयोग गर्न चाहने सहयोगी मन भएका दाताहरुलाई पनि यस महा अभियान संलग्न भई सहयोग गर्न वहाँहरुले अपिल गरेका हुन । भारी पानीको कारण रौतहटको राजदेवी, गौर, राजपुर, ईशनाथ लगायतका नगरपालिकाहरुमा बढि प्रभावित भएका छन् ।

बारा, २४ साउन ।
जनप्रतिनिधिले जिम्मेवारी सम्हालेदेखी नै विभिन्न निर्णय गरेर आलोचना खेपेको जीतपुरसिमरा उपमहानगरपालिकाले अर्को एकलौटि निर्णय गरेको पाईएको छ।पछिल्लो समय मोटरसाइलमा कर लाग्ने विषयमा गरेको निर्णयबाट आलोचित भएको उपमहानगरले गैरकानुनी प्रक्रिया बाट कर्मचारी नियुक्ति गरेको पाइएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेल कानुनविपरीत करारमा १२ जना नयाँ कर्मचारी भर्ना गरेको पाईएको छ। उपमहानगरले स्वास्थ्य सेवाका लागि भन्दै मेयर पौडेलले मेडिकल अधिकृत आठौं तह ३ जना ,पाँचौ तहका ९ जना गरि १२ जनालाई करारमा नियुक्ति गरेको पाईएको छ। गत साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका करार सेवामा स्वास्थ्यकर्मी पदपूर्ति सम्बन्धी सूचना निकालेको थियो तर त्यो सूचनामा विज्ञापन नम्बर ३/०७९/०८० र ६/०७९/०८० बमोजिमका पदहरुको छनौट प्रक्रियामा सहभागी भई वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुलाई योग्यताक्रमको अधारमा भर्ना गर्ने भनेपछि नयाँ फर्म भर्ने आशमा रहेका स्वास्थ्य पढेका विद्यार्थीहरु निराश भए ।
स्थानीय सरकार संचालनको ऐनको दफा ८३ मा नगर प्रहरी , सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर,इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ । त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरेको छ । कानुनविपरीत जुन–जुन पदमा कर्मचारी विज्ञापनमार्फत माग गरिएको छ त्यसमा मेयर राजन पौडेले वैकल्पिक उम्मेदवारहरूसँग पैसाको बार्गेनिङ गरेको श्रोतले बताएको छ ।
प्रदेश र केन्द्रमा लोकसेवा आयोग छ र सर्वेक्षण गरेर आवश्यक भए माग गरेमा उसले जनशक्ति पदपूर्ति गरिदिन्छ । तर, लोक सेवा आयोगसँग कुनै समन्वय नगरी आफैँले रोजेका कर्मचारी भर्ना गर्न सकिने बाटोमा मेयर पौडेल लागेका छन् । योभन्दा पहिला पनि लोकसेवा आयोगको वैकल्पिकमा नाम निकालेको ४९ जनालाई करारमा नियुक्ति गरेको उपमहानगरको निर्णयलाई केही कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले विरोधसमेत गरेको थियो । तर, मेयर राजन पौडेलले एकलौटी निर्णय गर्दै करारमा कर्मचारीलाई नियुक्ति गर्दै आईरहेको वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्कीले बताए।
यसरी कानुन मिचेर उपमहानगरले कर्मचारी भर्ना गर्न खोज्नुले पार्टीनिकट र आसेपासेले सिफारिस गरेकाहरूलाई मेयरले नियुक्ति दिन खोजेको स्पष्टै देखिन्छ । ‘पहिला पनि करारमा भर्ना गरेका थिए । अहिले पनि उसले गरे हामीले किन नगर्ने भन्ने होला,’ उपनगरपालिकाका एक जना कर्मचारीले भने । अहिले महानगरमा रहेका साढे दुई सयभन्दा बढी करार कर्मचारीका लागि वार्षिक १९ करोड रुपैयाँ हाराहारी खर्च हुन्छ ।त्यसमा पनि मेयर राजन पौडेलले कार्यपालिकाको निर्णयविना नै आफू खुसी सेटिङ्मा कर्मचारी भर्ना गरिरहेको र ती कर्मचारीहरु संग पैसा समेत लिएको एकजना वडाध्यक्षले आरोप लगाएको छ।
करार सेवामा कार्यरत कर्मचारीलाई नेपाल सरकारले तलबभत्ता नपठाउने भएकाले महानगरले राजश्वबाट तलब भत्ता खुवाउनुपर्छ। ‘लोकसेवा आयोगबाट आएका कर्मचारीलाई सरकारले नै तलब भत्ता पठाउँछ,’ महानगरका एक अधिकृतले भने, ‘करारका कर्मचारीको तलब भत्ता महानगरकै आन्तरिक आम्दानीमा निर्भर हुन्छ।’
योभन्दा पहिला पनि जीतपुरसिमरा उपमहानगरपालिकाले करारमा स्वास्थ्यकर्मी पदपूर्ति गर्न निकालेको सूचना म्यादसम्म फर्म भरेका विद्यार्थीहरुसंँग लिखित परीक्षा न लोएर सिधै अन्तर्वार्ताको माध्यमबाट आफ्नो आसेपासेलाई नियुक्ति गरेको पाइएको थियो । त्यसको विरुद्ध कार्यपालिकाको बैठकमा पनि भएको थियो तर मेयर राजन पौडेलले एकलौटी निर्णय गर्दै अन्तर्वार्ता माध्यमबाट नै करारमा कर्मचारी नियुक्ति गरेको थियो। मेयर राजन पौडेल जीतपुरसिमराको मेयरमा निर्वाचित भएदेखि नै एकलौटी रुपमा निर्णय गर्दै आईरहेका छन्।
मुकेशकुमार यादव,सिरहा, २४ साउन ।
सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल विक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो ।

स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरुपमा उपलब्ध गराउन सिफारिस गरिएका सहकारीहरु तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहानको कर्मचारीहरुकै मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो।
सिरहामा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल कालोबजारी गरी बिक्रीवितरण गर्ने एक एग्रोभेट पसलमा सोमबार इलाका प्रहरी कार्यालयले सिल गरेको छ । उपभोक्ताको गुनासो आउनेबित्तिकै जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार ४ स्थितको ममता एग्रोभेटको गोदाममा छापा मार्दा ६७ बोरा अवैध मल भेटिएपछि उक्त मलसहित गोदामलाई सिल गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन र स्थानीय किसानले महंगो मूल्यमा मल बेचविखन गरेको गुनासो गरेपछि प्रहरीले ५६ बोरा डिएपी र ११ बोरा युरिया मल बरामद गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

स्थानीयको जनगुनासोपछि ममता एग्रोभेटको गोदाम खानतलास गर्दा अवैधरुपमा मल ल्याई विक्रीवितरण गरिरहेको फेला परेपछि गोदाम सिल गरेको प्रमुख जिल्ला अधिबारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । उनका अनुसार एग्रोभेटका सञ्चालक महेन्द्र यादवलाई आवश्यक कागजातसहित जिल्लामा बोलाइएको र कागजात हेरेर उतm मल अवैध ठहर भएमा कानुन प्रक्रिया अगाडि बढाइनेछ ।
जिल्लाका एग्रोभेट व्यवसायीहरुले साल्ट ट्रेडिङ्गका कर्मचारी र कृषि सहकारीहरुसँगको सेटिङमा सहुलियत दरको मल अवैध रुपमा खरिद गरी चर्को मूल्यमा विक्री गरे पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु भन्ने मौन बसेका छन् । सेटिङमा खरिद गरेको मल व्यवसायीले मनपरी मूल्यमा बेच्ने गरेको किसानहरु बताउँछन् ।

गोलबजार नगरपालिकाले सहज रूपमा कृषकलाई खाद मल उपलब्धताको लागि नगर कृषि शाखाले ६ वटा कृषि सहकारी संस्थालाई सिफारिस गरिएको भए पनि गोलबजारका कृषकहरुले भने निजी एग्रोभेट पसलबाट चर्को मूल्य तितेर मल (खाद) खरिद गर्नुपर्ने बाध्यता रहेको गोलबजार १० डण्डाका किसान साधुराम महतोको गुनासो छ ।
….
उनले भने, ‘एग्रोभेटले कृषकसँग ५० केजीको प्रतिबोरा २४ सय पर्ने डिएपी खादको ३८ सयदेखि ४५ सय र ९ सय पर्ने युरिया खादको २ हजारसम्म मूल्य लिएर विक्री गर्ने गरेको छ ।’
गोलबजार नगरपालिकाबाट सिफारिस लिएका सहकारी संस्थाहरु जय हरियाली कृषि सहकारी संस्था लिमिटेड, ॐ शिवम् कृषि सहकारी संस्था लिमिटेड, जनएकता कृषि सहकारी संस्था लिमिटेड, समाज उत्थान कृषि सहकारी, कुम्भी खाडी साना किसान कृषि सहकारी, अघोर्नी देवी कृषि सहकारी संस्था लिमिटेड, साना किसान कृषि सहकारी संस्थालाई सिफारिस गरिएको कृषि शाखाले जनाएको छ ।
सहकारीहरुले कृषि सामग्रीबाट डिएपी २४ सय रुपैयाँ र युरिया खाद ९ सय रुपैयाँमा ढुवानीसहितको मल खरिद गरे पनि निश्चित किसानलाई वितरण गर्ने बाँकी बसेका मल गोलबजारको एग्रोभेट पसलहरुमा अवैध रुपमा विक्री गर्दा ममता एग्रोभेट, दयाराम एग्रोभेट, कुसवाहा बिज भणडार लगायतका एग्रोभेटहरुले दोब्बर मूल्य लिएर कालोबजारी गरि कृषिकलाई चर्को मूल्यमा बिक्रीवितरण गर्ने गरेको नाम नखोल्ने शर्तमा एकजना व्यवसायीले बताए ।
कृषकहरुले सहकारीमा मल खोज्न जाँदा अहिले छैन भनी फर्काइने र एग्रोभेट पसलमा सोही कृषि सामग्री र साल्ट ट्रेडिङको नाम समेत लेखेको मल एग्रोभेटरुमा व्यापक रुपमा पाइने गरेकाले पनि मलमा व्यापक कालोबजारी हुने गरेको प्रष्ट गर्छ । अहिले पनि गोलबजार लगायतका एग्रोभेट् पसलहरुमा लुकाइछिपाइ रासायनिक मल राखेको र चर्को मूल्यमा किसानलाई विक्री गर्ने गरेको किसानहरु बताउँछन् ।
अहिले प्रतिकेजी २० रुपैयाँमा बिक्ने युरिया ३५ देखि ४० रुपैयाँ सम्म र ४८ रुपैयाँ प्रतिकेजी पाइने डिएपी ७० रुपैयाँभन्दा बढीमूल्यमा एग्रोभेट व्यवसायीहरुले बेच्ने गरेको किसानहरु बताउँछन्।
जिल्लाका प्रत्येक पालिकाले तोकेको कृषि सहकारीहरुले मल बेच्ने जिम्मा पाएको भए पनि उनीहरुले सेटिङमा व्यापारीलाई दिने गरेको छ।
एग्रोभेटका सञ्चालन महेन्द्र यादवले स्थानीय सहकारी र ब्लेकियाहरुसँग मल खरिद गरेको स्वीकारेका छन् । किसानले सहज रुपमा नपाउने मलमा व्यवसायीको भने सहज पहुँच रहँदै आएको छ ।
???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????? 
मुकेशकुमार यादवसिरहा, २४ साउन।
सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराईको शव फेला परेको हो।
विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी (अभ्यास पुस्तिका)को मार्केटिङ गर्दै आएका भट्टराईले बास बस्न रुम बुक गराएको सहदेव होटलमा सँगै रहेका सोही ठाउँका गाडी चालक २७ वर्षिय सागर राईलाई छोडेर निस्केका भए पनि उनको शव नजिकै रहेको शम्भु होटलमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेकोले तत्काल केही भन्न नसकिने बताए। उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, अहिले नै यहि भएको हो भन्न सकिने अवस्था छैन।’
छातिमा निलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाइ छ। प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए। त्यहाँ भट्टराईले एउटा बियर लिएको बताए। उनले बियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सीमा झुड्याएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। भट्टराईको शव भने कोठाभन्दा बाहिर फेला परेको प्रहरीले जनाएकाे छ।
होटलका सञ्चालक शम्भु साहले भट्टराई राति ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए। उनले बियर मागेर पिएको र केहीबेरमा शौचालय कता छ भन्दै साेधेको बताए। उनले भने, ‘मैले शौचालय देखाइदिएँ, शौचालयबाट फर्कने क्रममा भित्र नआई माथि छतमा गएकाे हाेला, छतबाट लडेको हुनक्छ।’
साहले भने, ‘हामी काममा भएकोले तत्काल थाहा पाएनौं, राति १ बजे मैले नै देखें र तत्काल प्रहरीलाई खबर गरेको हुँ, प्रहरी पनि तत्काल आइपुगे ।’
शव अहिले घटनास्थलमै रहेको छ। मृतकका आफन्त आइरहेकोले शव उनीहरुकै उपस्थितिमा उठाउने गरी राखिएको प्रहरीको जनाएको छ।
विशाल बस्नेत महोत्तरी, २३ साउन ।
सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन् । पानीको सतह माथि आएपछी बर्दिबासस्थित पाटुमा त खोला नै धान खेतबाट बगेको छ ।

क्षतिको औपचारिक जानकारी प्राप्त नभए पनि उर्बर क्षेत्रमा ठुलो नोक्सान भएको हुन सक्ने अनुमान गरिएको छ । नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले त तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाइ सजग रहन सचेत गराएका छन् ।

चुरेविज्ञ नागदेव यादवले रातुले गराउन सक्ने क्षतिप्रति सचेत गराउँदै आफ्नो फेसबुकबाट नै रातुको उर्लंदो बाढीप्रति संवेदनशील बन्न सुझाव दिएका छन् ।
बर्दिबास, बल्वाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, संग्रामपुर, कविलाशा, दोस्तिया, हातिसर्वाजस्ता ठाउँका कतिपय भागहरु डुवानमा परेका पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चले जनाएको छ ।
बाढीमापन गर्दा रातु नदीमा २.५० मिटरको पानीको वहाव रहेको चुरेविज्ञ नागदेव यादवले बताए । रातभरि पानी परे पनि पानीको वहाव सतह भने बिहान ५ बजेपछि बढेको हुनाले मानवीय क्षति भने हुन नपाएको जनप्रतिनिधिहरुले बताएका छन् ।

रौतहट, २२ साउन ।
गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको छ । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको छ । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा.वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
अनाधिकृत रुपमा हजारौ उखु किसानको भबिश्य लाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन ः संचालनमा ल्याउन माग गरिएको छ ।
चिनी मिल जोगाउन आगामी २७ गते मिल्स प्रांगण गरुडामा वृहद आम भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने बताइएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका छन् ।
मञ्जय राम,कटहरिया,साउन २२ गते ।
आज बिहानै देखि रौतहट सहित देशको विभिन्न स्थानमा पार्नी परिरहेको छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियो । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ।

जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू९क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

