२०८३ श्रावण ३
२०८३ श्रावण ३
 हनुमत कुमार यादव,गौर,०६ भदौं ।
नयाँ सदस्यता, नविकरण र मानार्थको सदस्यको विषय लिएर विवादित बनेका नेपाल पत्रकार महासंघ रौतहट शाखा अहिले सम्म कुनै निकास निकाल्न सकेको छैन ।
शाखाको विवाद नटुंगिदै गठन गरिएको कार्यदल पदधिकारी बाहिरिएका छन् । रौतहट शाखाले विवाद समाधान गर्न गठन गरिएको कार्यदल बाट गौतम श्रेष्ठ र संयोजकबाट प्रभातकुमार झा अलग भएको घोषणा गरेका छन् । नयाँ सदस्यता, नविकरण र मानार्थको सदस्यको टुंगो लगाउनका लागि गत साता गठन गरिएको कार्यदलको संयोजक पद र सदस्य समेत नरहने गरी अलग भएका हुन् ।
गठन गरिएको कार्यदलमा रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखा पुर्व अध्यक्ष रविन्द्र प्रसाद साहले शाखाका पदधिकारीको नियतमा खोट देखिए पछि पहिले नै अलग भएका थिए । कार्यदल गठन भएको दिन पुरानो सदस्यहरुको हकमा नविकरण तथा मानार्थ सदस्यको टुंगो लगाएपनि नयाँ सदस्यताको लागि निकै छलफल गरेपछि परीक्षाको माध्यमबाट समाधान गर्ने सहमती जुटेको थियो ।
तर उक्त सहमतीलाई विथोल्न महासंघकै नेतृत्व वर्ग लागिपरेको तथा कार्यदललाई भदौं ४ गते सम्म ५१ जना सदस्यको फाइल कार्यदललाई उपलब्ध गराउने सहमती भएको थियो । तर बुधवार ६ गते पनि उक्त फाइलहरु उपलब्ध नराउँदा भदौं ११ गते भनिएको परीक्षा हुन सक्ने अवस्था नरहेको उनले बताए ।
एकातिर विवाद समाधान गर्ने अर्को तिर भित्र भित्र आफू अनुकुलको सेटिंग मिलाउने शाखा नेतृत्वको कार्यशैली अनुसार आफू हिड्ने सक्ने नैतिकताले नमिल्ने भएको हुँदा कार्यदललाई औचित्वविहिन बनाएपछि बाध्य भएर कार्यदलको सबैपदबाट अलग भएको उनले घोषणा गर्दै विवाद समाधान गर्न महासंघका शाखा अध्यक्षले पहल गरोस उनले भने । विवादका कारण रौतहटका सम्पूर्ण सक्रिय संचारकर्मीहरुले महासंघ रौतहट शाखामा लगभग २ महिना देखि तालाबन्दि गरेका छन् । तर उक्त विवाद लाई समाधान गर्न वा ताल्चा खुलाउन शाखाका पदधिकारीहरुले कुनै चासो देखाएको छैन ।

 

ओम प्रकाश यादव, रौतहट,भदौ ६ गते ।

हेफर इन्टरनेश्नल नेपालले रौतहटको बतहु माध्यमिक विद्यालय हर्षाहामा अध्ययनरत विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वृन्दावन नगरपालिकाका–६ हर्षाहा स्थित रहेको बतहु माध्यमिक विद्यालयका १५ जना विपन्न समुदायका छात्रालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको हेफर इन्टरनेश्नलले जनाएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग र हेफर इन्टरनेश्नल नेपालको आयोजनामा उक्त सामाग्री वितरण गरिएको हो । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हेफर इन्टरनेश्नलले सो विद्यालयको कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने अति गरिव एवं विपन्न समुदायका १५ जना छात्राहरुलाई प्रति छात्रा दुई÷दुई थान विद्यालय पोशाक, एक एकथान जुत्ता, ब्याग, कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले विद्यार्थीहरुलाई उक्त पोशाक र शैक्षिक सामाग्री वितरण गरेका हुन । शैक्षिक सामाग्री वितरण गर्दै नगर प्रमुख कुर्मीले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा सहयोग हुने अर्थात प्रोत्साहन मिल्ने बताएका थिए । आफना नगर भित्रका अन्य सामुदायीक विद्यालयहरुमा समेत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाईमा सहयोग हुने उद्देश्यले छात्रवृत्ति, विद्यालय पोशाक र शैक्षिक सामाग्री लगाएत वितरण गर्दै आएको र आगामी दिनमा समेत वितरण गर्ने आफनो योजना रहेको मेयर कुर्मीले बताए । शिक्षामा गरिव तथा विपन्न परिवारका छोरा छोरीलाई पनि सहज पहुच पुरयाउने लक्ष्यका साथ आफुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । पैसाको अभावमा गुणस्तरीय शिक्षा पाउनबाट कसैले बञ्चित नहोस भन्ने उद्देश्यले आफुले गरिव तथा विपन्न समुदायका छात्रछात्राहरुलाई पढाईका लागि आवश्यक पर्ने सबै सामाग्री सहयोग गर्न तयार रहेको मेयर कुर्मीले बताए । विपन्न समुदायका बालबालिकालाई पढाईमा शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुग्ने उद्देश्यले उनिहरुलाई सामाग्री सहयोग गरिएको हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दिपेश पोखरेलले बताएका छन् । कार्यक्रम संयोजक पोखरेलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले गरेका कामहरुका बारेमा बताएका पनि थिए । यस संस्थाले यस्ता सामाजिक कार्यहरु लामो समयदेखी रौतहट सहित विभिन्न जिल्लाहरुमा गर्दै आएको छ ।

 

 रामानन्द साह, देवाहीगोनाही,भदौ ०६ गते ।

इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले परिच्यात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

आज एक कार्यक्रमका बिच नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरिक्षक कुशराम कार्कीले देवाही गोनाही नगरपालिका अन्तर्गत स्थानिय जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी,समाजसेवी,शिक्षक,पूर्व प्रहरी कर्मचारी,संचारकर्मी लगायतका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसंग परिचय गर्नु भएको छ ।

सो कार्यक्रममा उनले यस क्षेत्रको शान्ती सुरक्षाको अवस्था, अपराधको अवस्था,रोकथाम तथा न्यूनिकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भयो ।

प्रहरी निरिक्षक कार्कीले आफु समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्था कडा पार्ने बताउनु भयो । कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

 बज्जिकाञ्चल,गौर,भदौ ०६ गते ।

आज संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न भएको छ । बैठक बाट गाउँपालिका र नगरपालिकाको अधिवेशन यही मिति २०८०÷०५÷३० गते भित्र सम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।

संघीय शिक्षक फोरम नेपालको अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा संघिय शिक्षक फोरम नेपालको बैठक सम्पन्न भयो ।

सो बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जनता समाजवादी पार्टी नेपालको जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगायत शिक्षक फोरम नेपालको सदस्यहरुको उपस्थित रहेको थियो ।

धनगढी, ५ भदौ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो।

चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।
 

महोत्तरी, ५ भदौ ।

महोत्तरीको बर्दिवासमा भएको सवारी दुर्घटनामा परेर बुवा र छोरीको मृत्यु भएको छ।

 

बर्दिबास नगरपालिका-२ मा पर्ने बर्दिवास औरही सडक खण्डमा सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु छोरीको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा बर्दिवास-८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेकी छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारका लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज (मंगलबार) बिहान मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास-४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ।

चन्द्रपुर,भदौ ०५ गते ।

रौतहटका समाजसेवी तथा युवा व्यवसायी जनकराज भारतीले आफु आवद्ध विभिन्न संघ संस्थाबाट राजिनामा दिएका छन् । भारतीले एक विज्ञप्ति जारी गर्दै विगतमा आफ्नो पृष्ठभूमी व्यापारी,व्यवसायी रहेको र पछिल्लो समयमा आफ्नो व्यवसायी संचालनमा नरहेकोले व्यवसायीको रुपमा आफ्नो पहिचान देखिएकोले आजकै मितिदेखि लागु हुने गरि चन्द्रपुर नगर उद्योग बाणिज्य संघको महासचिव पदबाट राजिनामा दिएको घोषणा गर्दछु, विज्ञप्तिमा भनिएको छ । उहाले व्यवसायीको हकहितका लागि आफु सक्रिय रुपमा लागेको र व्यवसायीकै सहयोगमा आफु महासचिव समेत हुन सफल भएको बताउनुहुदै आफु महासचिव हुदा नगर उद्योग बाणिज्य संघको लागि सक्दो सहयोग गरेको र संघको भवन निर्माणको आफुले दिलोज्यान दिएर भवन निर्माण सम्पन्न गर्नका लागि सहयोग जुटाउने काममा कुनै कसर बाकी नराखेको बताउनुभयो । उहाले आजैका मितिदेखि रौतहटको चन्द्रनिगाहपुरमा संचालनमा रहेको गुन्जन सूचना तथा सहकारी लिमिटेडको सचिव पदबाट समेत राजिनामा दिनुभएको छ । उहाले विज्ञप्ति प्रकाशित गरि आफ्नो व्यक्तिगत समस्या देखाउदै राजिनामा दिएको बताउनुभएको छ । यसबारे जनकराज भारतीसंग कुरा गर्दा आफु पछिल्लो समयमा व्यवसायमा सक्रिय रुपमा सहभागी नरहेका कारण व्यवसायीमाझ आफुलाई खल्लो महसुस गरेकोले आफुले राजिनामा दिएको बताउनुभयो । अवका दिनमा आफु सक्रिय रुपमा व्यवसायमै लाग्ने समेत बताउनुभयो । आप्mनो पहिचान व्यवसायी भएकोले अव व्यवस्थित र राम्रो लगानीमा बजारमा नया स्वरुपमा प्रस्तुत हुने बताउनुभयो ।

सागर संगम ठाकुर, रौतहट भदौ ५ गते
रौतहटको इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा प्रहरी निरीक्षक इन्सपेक्टर गोबिन्द साहको बिदाई गरेको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय देवाही गोनाहीको प्राङ्गनमा एक कार्यक्रमको बिच साहलाई बिदाई गरिएको हो ।
करिब १५ महिना सम्मको बसाई पछि साह धाधिङ्गको ईलाका प्रहरी कार्यालय गजुरी जानू भएको हो । प्रहरी निरिक्षक साह ईन्चार्जको रूपमा काम गर्ने बताईएको छ ।
प्रहरी निरिक्षक साहले कार्यभार सम्हाले देखि आज सम्म देवाही गोनाही नगरपालिका भित्र चोरीका घटनामा कमी ल्याउन, र झै—झग्डा अनत्य गराउन निकै ठुलो भुमिका खेलेको थियो ।
प्रहरी निरिक्षक साहको बिदाई पछि निजको सट्टामा ईलाका प्रहरी कार्यालय ताप्लेजुङ्गबाट सरुवा भई आएका प्रहरी निरिक्षक कुशराम कार्कीले सोमबार देखि जिम्मेवारी सम्हालेका छन ।
जिम्मेवारी सम्हाल्दै पत्रकार संग संक्षिप्त कुरा गर्दै प्रहरी निरिक्षक कार्कीले आफु समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्था कडा पारिने बताउनु भयो ।
कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

 

आरके श्रीवास्तव,रौतहट,भदौ ०५ गते ।
रौतहटको फतुुवा विजयपुर नगरपालिकामा यस वर्ष देख कक्षा ११ को पढाइ हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर २ शितलपुर स्थित रहेको श्री माध्यमिक बिधालय शितलपुरमा कक्षा ११ सञ्चालन हुने भएको छ । स्थानिय सरकार बाट अनुमती लिइ कक्षा ११ मा शिक्षा र वाणिज्यमा पढाइ हुने भएको प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले जानकारी गराउनु भयो ।
वि.स.२०१७ सालमा स्थापना भएको सो बिधालयमा कक्षा ११ को पढाइ हुने भएपछि स्थानियहरु हर्षित् भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारमा बालबालिकाहरुलाइ एसइई पछि गाउँमा अध्ययन गराउन सहज हुने भएको छ । उच्च शिक्षा हासिल गर्न अन्य ठाउँमा जानु पर्ने बाध्यता थियो । अब उपरान्त त्यो बाध्यताको अन्त्य हुुने भएको छ ।
उच्च शिक्षाका लागि सहरकै भर पर्नु पर्ने बाध्यता थियो । गाउँमा क्याम्पस नहुँदा विद्यार्थीहरु पढाइ छाडने गरेका थिए । त्यस बिधालयमा प्रधानाध्यापकको रुपमा बुनिलाल यादव आएदेखि मुहार नै बदलिन थालेको छ । गत वर्षको एसइइमा त्यहाँ पढेका बिधार्थीले जिल्ला टप गरेका थिए । पढाइ गुणस्तरीयता बढेको छ ।
अहिले कक्षा ११ को लागि धमाधम नयाँ भर्ना भइरहेको प्रअ यादवले जानकारी गराए । गाउँमै उच्च शिक्षा हासिल गर्ने मौका आएको कोही पनि नछुटुन भन्ने आफनो चाहना रहेको उनको भनाइ छ ।
बिधालय रहेको सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले पनि शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर नै काम गरि रहेका छन् । आफनो वडाको बिधालयहरुमा कसरी राम्रो सँग पढाइ हुन्छ । र बिधालयको प्रगती कसरी हुन्छ भन्ने ृनको पनि चाहना रह्दै आएको छ । उनले पनि कक्षा +२ सञ्चालका लागि पहल गरेको बताए ।

 

बज्जिकाञ्चल,रौतहट,भदौ ०४ गते ।
रौतहटको गुजरा नगरपालिकामा नेपाल विश्वकर्मा लोहार सघको नगर समिति गठन भएको छ । लोहार जातीहरुको हक हितको रक्षा गर्नका लागि बनेको नेपाल विश्वकर्मा संघको आज एक कार्यक्रममा गुजरा नगर समिति बनाएको हो । रौतहट लगायत देशको सबै जिल्लामा रहेको लोहार जातीले सङ्गगठलाइ जिवित बनाउन र हरेक जिल्लामा लोहार जातीको प्रतिनिधित्व निमन बनाबेके राम्रो बनाउन सङ्गगठन लाइ चलायमान बनाउन काममा लागेको नेपाल विश्वकर्मा लोहार संघके सचिव विवेक शर्मा कार्यक्रममे बतएलन ।
आउने असोज १ गतेको दिन विश्वकर्मा पुजाको उपलक्ष्यमा सार्वजनिक विदा दिन २ वर्ष पहिला विवेक शर्माको नेतृत्वमा सघिय गृहमन्त्री तथा मधेस प्रदेशका मुख्यमन्त्रीलाइ ज्ञापन पत्र समेत बुझएपछि त्यसपछी २०७८ सालदेखि सार्वजनिक विदा दिदै आइरहेको सचिव शर्माले आफनो राख्ने क्रममा सो कुरा राखे ।

प्रत्येक वर्ष असोज १ गते हुँदै आएको बाबा विश्वकर्माको पुजाको तयारीका लागि जिल्लाको हरेक नगरपालिकामा जाने योजना रहेको , पुजामा धेरै संख्यामा लोहार समुदायको उपस्थिति गराउनका लागि जिल्लामा पहल भइरहेको सस्थाका अध्यक्ष डा रामसन्कर ठाकुरको भनाइ छ । रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको वार्ड न ५ शिवनगरमा रहेको बाबा विश्वकर्माको मन्दिर असोज १ हुने विश्वकर्मा पुजाको प्रचार प्रसार गर्ने क्रममा रौतहटको फतुवा विजयपुर, कटहरीया र गुजरा नगरपालिकमा कार्यक्रम रहेको थियो ।
यो समिति प्रत्येक नया नया कामहरु गर्दै आइरहेको जस्तै मन्दिरको प्राङ्गणमा धर्मशाला बनाउने, मन्दिर शौन्दर्यकरण गर्ने, जिल्लाको सबै पालिकामा समिति गठन गर्ने, जातिय समस्याको समाधान आदि रहेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।