हनुमत कमार यादव,गाैर, १८ गते भदौ ।
रौतहट सदरमुकाम गौरमा जनमत पार्टीका बृहत पार्टीमा प्रवेश कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ ।

गौर स्थित जानकी धर्मशालामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका मो. शेख जमसेद सहित विभिन्न पार्टी परित्याग गरि देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, श्री व्रजभूषण सिंह सहित सैकडौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष डा.सि.के राउत अध्यक्षको आसनमा, श्रम तथा यतायात मन्त्रि चन्दन सिंह विशिष्ठको आसनमा बस्नु भएको थियो । पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउतको हातबाट टिकामाला लगाएर उहाँहरुले जनमत पार्टी आवद्ध भएका हुन् । कार्यक्रममा लाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेश हित तथा यहाँका जनताको लागि हरदम लडेको, निरन्तर लड्ने वहाँको भनाई रहेको थियो ।

देशको सबैभन्दा बढी बालिहुने, कृषि योग जमिन मधेशमा रहेको तर सरकार द्वारा कुनै खास व्यवस्था नदेखिएको प्रति दु:ख समेत पोखेका छन् । उक्त कार्यक्रममा पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउत,श्रम तथा यतायात मन्त्रि चन्दन सिंह, पुर्व कृषि मन्त्रि बसन्त कुसवाहा, सैकडौं नेता कार्यकर्ता, सुरक्षाकर्मी, संचारकर्मी लगायत भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते ।
कटहरिया नगरपालिका–५, कटहरिया बजारस्थित रहेकाे श्री जनता नमूना माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

कटहरिया नगरपालिकाले नेकपा माओवादी केन्द्रका यूवा नेता एवम् नगर प्रमुख प्रत्यासी नसरूदिन अन्सारीलाई अध्यक्ष पदमा मनाेनयन गरेको हाे । नगर प्रमुख अजय प्रकाश जसवालले अन्सारीलाई अध्यक्ष पदमा चयन गरेका हुन् । समितिका सदस्यहरुमा सिकिन्द्र साह,मन्जु देवी,शारदा देवी लगायत चयन भएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जनाए । नव नियुक्त अन्सारी विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने अभिभावकहरूले विश्वास लिएका छन् । अध्यक्ष पदमा चयन भए लगत्तै उनले बिधालयकाे सर्वाङ्गीन विकासमा टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले बिधालय बाहिर रहेका बालबालिकाहरू लाई बिधालयमा फर्काउन एउटा छुट्टै टिम परिचालन गराउने बताए । शिक्षाकाे मूलधार बाट बञ्चित रहेका बालबालिकाहरू लाई बिधालयमा फर्काउन विशेष पहल गर्ने उनकाे भनाइ छ । साेमबार एक कार्यक्रममा बिच कटहरिया नगरप्रमुख अजय प्रकाश जयसवालले टिका,माला लगाइ बिधालयमा स्वागत गर्नु भएको थियो । साथै उनले अध्यक्षकाे जिम्मेवारी पाउने हुने अन्सारीले बिधालयकाे विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नु भयाे ।
साे अवसरमा अभिभावक,शिक्षक,शिक्षिका,बिद्यार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

आरके श्रीवास्तव,रौतहट,भदौं १८ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन भई बेलुका ४ बजे सम्पन्न भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । साेमबार भएको चुनावमा शान्तिपूर्ण रूपमा चुनाव भएकाे उनले जानकारी गराएका हुन् ।
अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार,रामईशवर साह,बिनोद दास,सुशिला देवी जयसवाल,मनोज साह गुप्ता,अजय साह सोनार,हेमलाल साह सोनार,छठु प्रसाद साह,दिपेन्द्र यादव ,रामअधार साह कानु रहेका छन् । संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कसले बाजी मार्ने हो,त्यो अनुमान लगाउन सजिलो छैन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन भएको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । संघको कुल ९ सय ५२ जना मतदाता रहेकाेमा ८ सय ४४ जना मतदातादे मतदान गरेका छन् । चुनाव सके लगत्तै आजै बेलुका ८ देखि मतगणना गरिने संयाेजक जैसवालले जानकारी गराएका हुन् ।
आज भएको मतदानमा ८८.६५ प्रतिशत मत खसेको उनले बताए । उनका अनुसार पहिलो चरणमा सदस्यहरूकाे मतगणना गरिने छ । जसमा दुवै अध्यक्ष पदका उम्मेदवारका २/२ जना प्रतिनिधिहरू मतगणना स्थलमा बस्ने जनाए ।
बिशाल बस्नेत/न्युज कारखाना ,१९ भदौ, महोत्तरी ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो ।
बिधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ । जसअनुसार निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मिन वहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो ।
यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, स-सचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा बिमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन । सदस्यहरुमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित माहासचिव नारायण घिमिरेले जानकारी दिए ।
निर्वाचित हुने सदस्यहरुमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, बिस्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन ।
यसअघि कार्यकाल सुदिप कार्की (रेवन्त)ले नेतृत्व गरेका थिए । उन्लाई साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ ।
विशाल बस्नेत/ ,महोत्तरी, १८ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।
समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ ।

यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी संचालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएकाे छ ।

अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ ।
उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुकाे उपस्थिति छ ।
काठमाडौं, १७ भदौ ।
नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन ।
आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।
बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।
जनकपुरधाम, १७ भदौ । जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।
आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए। कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले बयान दिएकी छन्।
स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै मृत्यु भएको बताएका छन्। सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ।
घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ।
सागर संगम ठाकुर ,रौतहट, भदौ १७ गते
रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाएको मृत्यु भएको छ। चपुर देखि गौर तर्फ जादै गरेको बसले साईकल यात्रीलाई ठक्कर दिदा साईकलमा सवार ब्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ। मृत्युु हुनेमा जिल्लाको वृन्दावन नगरपालिका ७ का अन्दाजी ७० वर्षिय शेख नन्क मंसुर मिया रहेको प्रहरीले जनाएको छ ।
ना ४ ख २७९७ नम्बरको बसले हर्षाहाबाट आउदै गरेको साईकल यात्रीलाई मियाँलाई ठक्कर दिएको थियोे । बसको ठक्करबाट गम्भीर घाइते भएको मियाँलाई उपचारका लागि गरुडा स्थित रहेको हेल्थलैयाण्ड होस्पिटल लगिरहदा बिच बाटोमा नै मृत्यु भएको प्रहरीले बताए । मृतक मियाँको शव पोसमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
मृतक मियालाई ठक्कर दिने बसका चालक चन्द्रपुर नगरपालिका (४ बस्ने अरुण कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।