२०८३ श्रावण २
२०८३ श्रावण २
आरके श्रीवास्तव,राैतहट,०८ गते कार्तिक राैतहट ।
राैतहटको कटहरिया नगरपालिकामा सञ्चालित प्रथम मेयरकप नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधि सिम्राैनगढले जितेको छ। कटहरिया वडा नम्वर–४ मा रहेको क्रिकेट मैदानमा सञ्चालित फाइनल खेलमा सिम्राैनगढले बिरगंजलाई ७ रनले हराउँदै उपाधि कब्जा गरेको हो । उपाधि कब्जा गरेसंगै सिम्राैनगढले रु.एकहतर हजार सहित कप, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै उपविजेता बनेको बिरगंजले रु. पैतिस हजारसहित मेडल,कप र प्रमाण पत्र हात पारेको छ ।
सिम्राैनगढले निर्धारित २० ओभरकाे खेलमा १ सय ३३ रन बनाएको थियोे । १३४ रन बिजयी लक्ष्य पाएकाे बिरगंजले १९ दशमलव ३ ओभर खेल्दै १ सय २६ रनमै सम्पूर्ण टिम समेटाएकाे थियोे । खेलकाे बिजेता र उप बिजेता टिमलाई क्रमशः नगर प्रमुख अजय प्रकाश जयसवाल र उप प्रमुख रिता देवी यादवले चेक, मेडल र प्रमाण पत्रले पुरस्कृत गर्नु भयाे । कटहरिया नगरपालिकाकाे आयाेजनामा भएको मेयर कप टि २० नक आउट क्रिकेट प्रतियोगितामा बिरगंज,सिम्राैनगढ, हेटौंडा,कटहरिया गरि ८ वटाकाे टिमकाे सहभागीता रहेको थियाे ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक ०८ गते । 
उज्यालो वृन्दावन अभियान अन्तर्गत नगर स्तरीय बजेटको करिब ७ लाखको लागतमा आज रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ मा नगर प्रमुख विनोद प्रसाद कुर्मीले नव निर्मित टावर लाईटको उद्घाटन गर्नु भएको छ । चुनावको बेला आफ्ना जनताहरु लागि गरेको वाचा अनुसार नगर प्रमुख कुर्मीले सो पालिकाको वडा नं.१ देखि ९ सम्मको हरेक चौक,बजार र सार्वजनिक ठाउँमा टावर लाइट जडान गर्ने क्रममा बुधबार सो नगरपालिकाको वडा नं.१,६,७,८ र वडा नं.९ मा समेत टावर लाईटको उद्घाटन गर्नु भएको छ ।
टावर लाइट बले पछि स्थानीय बासीहरु अत्यन्तै हर्षित भएका छन । हरेक वडाको चौक तथा सार्वजनिक ठाउँहरुमा टावर लाइट चाहिन्छ,भनी स्थानीय बासीहरुले पटकपटक आग्रह गर्दै आएको कुराको मध्य नजर गर्दै नगर प्रमुख कुर्मीले सो टावर लाइटको लाइटको उद्घाटन गर्नु भएको छ। टावर लाइटको आज विधिवत रुपले उद्घाटन भए लगतै स्थानीय बासीहरु खुशी मनाउदै,गाउँमा चारैतिर उज्यालो भएको देखेर आफुहरु अत्यन्तै खुशी महसुस गरिएको बताउदै नगर प्रमुख कुर्मी लाई धन्यवाद व्यक्त गरेका छन्।
सो उद्घाटन कार्यक्रम मा वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मी,प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेल,नगरपालिका का ईन्जिनियर दिलिप यादव,वडा अध्यक्ष रवीन्द्र प्रसाद साह, कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी) र वडा सदस्य सुनिता साह लगायत सो वडाका स्थानीय जनसमुदायको समेत बाक्लो उपस्थिति रहेको थियो। त्यसैगरी टावर लाईट जडान भएको हरेक वडाका स्थानीय जनता अत्यन्तै खुशी व्यक्त गर्दै नगर प्रमुख कर्मीलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् ।

विशाल बस्नेत,महाेतरी, ४ कात्तिक ।

काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  ।

 

महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछी निराशा छाएको हो ।यसअघि केन्द्रिय अनुसासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत पदमा नै रहने गरी फुकुवा गरेको थियो ।

 

कारवाही फुकुवा पछी पुर्बबत पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ काङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे । पुर्व नगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पुर्णरुपमा अबैधानिक रहेको बताउदै क्षेत्रीय सभापति महेश झाले भ्रमपुर्ण पत्रको पछाडी नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।

 

केन्द्रिय कार्यसमितिको निर्णय अनुसार निर्बाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी काङ्ग्रेसको दावी छ । पाटीको बदनाम हुनेगरी कुनै बैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपुर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए ।

 

तर कारवाही फुकुवापछी पुर्ववत पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रिय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए । पाटीको विधानअनुसार नै कारवाही फुकुवा भएतापनी क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथी हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाई छ । न्युज कारखाना

 

 

विशाल बस्नेत,महाेत्तरी, ४ कात्तिक ।

बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।

 

चाडपर्वको अवसर पारेर महिनाभरी  नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।

 

उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर  फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।

 

कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरि त्यस्को व्यवस्थापन मिलाईएको छ । दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरि नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए ।

 

नि:शुल्क पानी पाईयो भन्दैमा त्यस्को दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ । न्युज कारखाना

 

 

संजय सहनी,राैतहट,कार्तिक ०३ गते

जनमत पार्टी रौतहटका नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएकाे छ । रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे ।

मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए। साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिग रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।

२ गते कार्तिक ।
कारागार कार्यालय राैतहटका कैदीबन्दीहरुलाई नेपाल सरकारले उपलब्ध गराएको मसुली चामल कैदी बन्दीहरुले नै विक्री गरेको बताएका छन् । प्रति कैदीबन्दीलाई ७५० ग्राम मसुली चामल र ८० रुपैयाँ दुई छाकका लागी नेपाल सरकारले दिदै गरेको चामल विक्री गरी कैदीबन्दीहरुले आटा खरिद गरी रोटी बनाइ खाने गरेको बताएका छन । सरकारले चामल मात्र दिदै आएकोले कतिपय विरामी तथा चिनीको रोगी भएको हुनाले चामल नखाई रोटी खाने गरेकोले चामल विक्री गरी सोही पैसाबाट आटा खरिद गरी रोटी बनाई खाने गरेको उनीहरुले बताएका छन । प्रति दिन एक छाक रोटी खाने कैदीबन्दीको सख्या १२० रहेका छन भन्ने दुई छाक रोटी खानेको सख्या २० रहेको गौर कारागारका चौकीदार मनोज कुमार बैठाले बताएका छन । कैदीबन्दीहरुलाई खाना खुवाउन महिनाको ३० बोरा आटा खर्च हुने गरेको चोकीदार बैठाले बताए । गौर कारागारमा कैदीबन्दी जिवन बिताइ रहेको मोहमद महताब आलमले आफु चिनीको रोगी रहेकोले रोटी खानको लागी मसुली चामल आफनो हिसाको विक्री गरेको बताए । सरकारले दिदै आएको चामल राम्रो नभएकोले कतरनी चामल खरिद गरी खानेको बताए । नेपाल सरकारले दिदै आएको कैदी बन्दीको सुविधा अपुग रहेकोले घरबाट पैसा मगाई लुगा कपडा लगायत दैनिक उपभोग गर्ने सामाग्री खरिद गरी प्रयोग गर्दै आएको बताउदै नेपालको सविधानमा खान र वाच्नका लागी मौलिक हकमा व्यवस्था गरे पनि उचित प्रवन्ध नमिलाएको गुनासो उनले आज पत्रकारसँगको भेटघाटमा व्यत गरे । कारागार व्यवस्थापन कार्यविधि २०७३ को दफा १५ मा कैदीबन्दीले पसल खोल्ने व्यवस्था दफा १६ मा माल सामानको खरिद विक्री गर्ने व्यवस्था दिएको छ । यसै गरी कारागार नियमावली २०२० को दफा ५४ मा पसल खोल्ने र दफा ५६ मा माल सामान खरिद विक्री गर्ने व्यवस्था दिएको उल्लेख छ । गौर कारागारका कैदीबन्दीहरुले २०८० साउन १ गतेका दिन बैठक बसी आफुले प्रति दिनको लागी पाएको मोटो मसुली चामल विक्री गरी आटा खरिद गरी रोटी खाने , घरबाट आएको खाना खाने कैदीबन्दीले आफुले पाएको चामल घर पठाउने , मोटो चामल मसुली नखाने कैदीबन्दीले मोटो चामल विक्री गरी मसिनो चामल खरिद गरी खाने निर्णय गरेको हो । त्यसै गरी ११ सदस्यीय संचालन समिति गठन गरी दैनिक प्रयोग हुने सामानहरुको मूल्य निर्धारण गरेको छ । गौर कारागारका प्रमुख मणीभुषण साहसँग सम्पर्क गर्दा साउन देखि आएको चामल २ सय ३८ क्युन्टल चामल कैदी बन्दीहरुलाई प्रति दिनको लागी ७०० ग्राम को दरले बुझाएको बताए । ३६५ जना कैदीबन्दी रहेको उनले बताए । कैदीबन्दीहरुले आफुले पाउने चामल विक्री गर्ने कारागारको नियमावलीमा रहेकोले उनीहरुले आफै विक्री गरेको बताए । मेरो कुनै किसिमको सलग्नता नरहेको बताउदै खान र बाच्न पाउने अधिकार कैदीबन्दीहरुलाई पनि रहेको बताए । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गौर कारागारको चामल व्यतिगत व्यापारी पसलमा फेला परेकोले अनुसन्धान भइ रहेको छ । दोषी पाइएमा कार्यवाही हुने उनले बताए । कतिपय कैदीबन्दी विरामी र चिनीको रोगी रहेकाले रोटी खाने गरेको बताउदै प्रजिअ मिश्रले सरकारबाट चामल मात्र उपलब्ध भइ रहेको हुदाँ चामल विक्री गरी आटा खरिद गरी रोटी खाइ रहेको थाहा हुन आएको बताए । ७०० ग्राम कैदीबन्दीले खान नसकिने भएकोले बदमासी हो की अनुसन्धान बाट खुल्ने भएको बताए । अनुसन्धानको कार्य पुरा नभएको प्रजिअ मिश्रले स्पष्ट पारे ।

विशाल बस्नेत,महोत्तरी, १ कार्तिक ।

नेकपा एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठन थालेकाे छ ।

 

गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफुखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि साे अधिवेसनकाे बैधानिकतामाथी प्रश्न उठाइएकाे हाे । जिम्मेवार नेता र सदस्यहरुले बैधतामाथी प्रश्न उठाएपछी मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

`न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराईएको छ,´ एक जना पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `सबैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुन्ने अवस्था देखा परेकाे छ ।’

 

पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई शिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरिय नेताहरुको आरोप छ । `यसले पाटीलाई बलियो वनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ,´ अर्का नेताले भने, ‘पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफुखुसी गर्नुलाई कसरी मान्नु र ?´

 

तर अधिबेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन ।

 

`अब नेताहरु धेरै भएको पाटीमा त्यो खाल्को केही असन्तुष्टिहरु आउनु स्वभाविक पनि हो,´ निर्वाचन अधिकृत खडकाले भने,` मनोनितको नाम वाहेक पाटीवाट सर्वसम्मत भएका सवैजनाको नाम टाँस गरिएको छ ।´ उनका अनुसार अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएकाे छ । तर, ५ जना पदाधिकारी वाहेक सदस्यहरुमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरुको जिकिर छ ।

 

`बरु हामी निर्वाचन प्रणालीवाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मुल्यांकन गर्नु त्यो गलत भयो,´ पाटीका अर्का पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, `पाटीका लागि नै रगत पसिना भिजाएका साथीहरुको लागी अन्याय भएको छ ।´

 

नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन । अधिबेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको वताउदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए ।

 

`विधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ,´ उनले भने,  `यसवाट पनि केही असन्तुष्टीहरु समाप्त हुनेछन् । उनका अनुसार पाटीले अगाडी सारेको मिसन २०८४ अभियानबाट विचलित नहुने र उदेश्य प्राप्ति गरेर नै छाडने म्यान्डेट पाएकाले अबकाे ध्यान त्यतै लगिनेछ ।

 

उता, पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिबेशन भएको वताउदै केही त्रुटी भएको हुनसक्ने वताए । `अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुन: चलायमान हुनेछ,´ उनले भने  । यद्दपी, पन्त पक्षधरहरुले भने पाटी कै कारण अख्तियारले अधिबेशनको अघिल्लो दिन मुद्दा  दायर गरेको आरोप लगाएका छन ।

 

पुर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले एक प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडवाट उनी पछाडी हटन बाध्य भएका थिए । न्युज कारखाना

मुकेश कुमार यादबसिरहा, १ कार्तिक ।

अन्य समय भन्दा बढी दशैमा बढी मुल्यमा विक्रि हुने खसि वोकाको मुल्य आर्थिक मन्दिका कारण घटे पछि किसानहरु मर्कामा परेका छन् । अत्याधिक मात्रामा मासुको  खपत हुने दशैंमा नै आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी–बोका खरिद विक्रि कम भएकाले मूल्य सस्तो भए पछि किसानहरु चिन्तित बनेका हुन् ।

सिरहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोलबजारको मंगलबारे बजारमा विक्रिको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा विक्रि हुने बोका १३ हजारमा बिक्रि गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्रि हुन्थ्यो, आज त १३ हजार मै बिक्रि गर्नु पर्यो।’

बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दशैंको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए। ‘राम्रो मुल्य पाउँला र दशैंको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन्’ उनले भने । दुर्गा पुजामा बोका बलि दिंदै आएका नरहा- ५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए। उनले अरु वर्ष १५-१७ हजार पर्ने बोका यो पटक ११ हजार मै खरिद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन ।  ‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँं,’ उनले भने ।


गोलबजार नपा ६ मा लाग्ने खसी बजारमा अहिल्लो दशैंको बेला प्रत्यक हटिया तीनसय भन्दा बढी खसी बोका बिक्रि हुने भए पनि यो वर्ष आधाभन्दा कम बिक्री भईरहेको बजारका ठेकेदार बीरेन्द्र यादवले बताए। उनले भने, ‘दशैंका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय बिक्न पनि मुस्किल हुने गरेको छ।’

दशैंका बेला बजार मूल्य ह्वात्तै बढे पनि खसी बोकाको मूल्य भने स्वात्तै घटेको छ। जसका कारणा बाख्रा पालक किसान भने मर्कामा परेका छन्। बजार मूल्य बढेका र आर्थिक मन्दिका कारण बजारमा दशैं आएजस्ताे चहलपल पनि नदेखिएको स्थानियले बताएका छन् ।

 

काठमाडौं ३० असोज, 

 रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को  स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो

साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। थाहा खबर

३० असोज, काठमाडौं ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’

विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार । औनलाईन खबर

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।