धनुषा, २९ कार्तिक :
मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ । दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहित सनेस) लिएर पुग्ने चलन छ । भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ । दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ । आजकै दिनदेखि छठ पर्वको आरम्भ भएको मानिन्छ । रासस
निरञ्जनकुमार साह,महेन्द्रनगर (धनुषा), २९ कात्तिक :
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताउनुभयो । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ । अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताउनुभयो । अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायको भनाइ छ । ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको बाबा विभाष लाभले बताउनुभयो । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ । छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरी प्रवक्ता निरज आवाले जानकारी दिनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउनुहुन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको जानकार रोशन जनकपुरीको भनाइ छ । उहाँले भन्नुभयो, “भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छ । रासस
२९ कात्तिक,काठमाडौँ ।
तराई क्षेत्रमा ‘खुँखार डाँका’ भनेर चिनिएका शक्ति कपुर पासवान र अजय पासवानलाई प्रहरीले गोली प्रहार गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–५ मा प्रहरीको कारबाहीबाट दुवैजना घाइते भएका छन् ।
रौतहटबाट पक्राउ गरेर ल्याउने क्रममा रातको समयको फाइदा उठाएर भाग्न खोजेपछि उनीहरुविरुद्ध गोली चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । उनले भने,‘सर्लाहीबाट ल्याएको गाडी फिर्ता गरेर हाम्रो गाडीमा चढाउन खोज्दा उनीहरु भागेपछि गोली चलाएका हौँ ।’
प्रहरीले चलाएको ३ वटा गोली उनीहरुलाई लागेको छ । डाँकाहरुलाई नियन्त्रणमा लिँदा दुई जना प्रहरी घाइते भएको डिएसपी गिरीले जानकारी दिए । सर्लाही लालबन्दी नगरपालिका–२ घर भएका ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान तराई क्षेत्रमा ‘खुंखार डाँका’ भनेर चिनिन्छन् । दुवैको बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार हुँदै छ ।
शक्ति कपुर र अजय पासवान कार्त्तिक २० मा महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित सानो रतवारामा भएको डकैतिमा संलग्न थिए । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा कार्तिक २६ मा भएको लुटमा पनि उनीहरु संलग्न रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा पसेर उनीहरुले लक्ष्मीपूजा गर्दा राखेको नगद र सुन लुटपाट गरेको पीडित परिवारको आरोप छ । चन्द्रपुरमा भएको लुटपाटपछि महोत्तरी प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनीहरूलाई गरुडाबाट पक्राउ गरेको हो ।
आरोपीहरु महोत्तरीमा दुई ठाउँमा भएका लुट, धनुषा र रौतहटमा भएको लुटमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए । उनले भने,‘तराईका ११ वटा खुनडाँका मुद्दामा उनीहरू फरार थिए ।’
भारतस्थित मधुवनी जिल्लामा पनि उनीहरु लुटमा संलग्न रहेको थाहा भएको छ । दुवैजना भारतीय प्रहरीको पनि ‘फरार सुची’मा छन् । रातोपाटी
वीरगञ्ज (पर्सा), २९ कात्तिक :
दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छन् । अहिले गाउँगाउँ घरघरमा छठपर्वका गीत गुन्जिने गरेको पाइन्छ । सूर्यषष्टी अर्थात छठपर्व प्रारम्भ हुनेछन् । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ । ज्योतिषशास्त्रका आधारमा छठपर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारीसमेत मानिएको छ । छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मीठाइ, अदुवा, उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । छठ पूजाका लागि नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाका किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ । अर्कातिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रको कथन छ । छठपर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । रासस
महोत्तरी, २९ कात्तिक :
मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज बुधबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ अर्थात् अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शुक्रबार नै मनाइँदा छ दिनको भएको छ । दिनमा तिथिको भोग घटबढले यसपालि छ दिनको यमपञ्चक परेको हो । भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । अघि सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले स्वर्गका राजा इन्द्रसँग युद्ध गर्न हिँड्नुअघि दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ । मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोशेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखिदिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ । मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको डा विमलको भनाइ छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने रहेको डा विमल बताउनुहुन्छ । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा चलेका छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा–यमुना नै हुन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीच दाजुबहिनीको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा विमलको भनाइ छ । पछिल्ला वर्षहरूमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडवाड साझा बन्दै गएका छन् । पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिल परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक–फरक संस्कृति परम्पराका युवापुस्ता एकसाथ पर्व मनाउन थालेका छन् । रासस
धनुषा, २९ कात्तिक :
नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उहाँको भनाइ छ । दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ । जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । महाप्रबन्धक झाले भन्नुभयो, “चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ ।” परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ । त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिनुभयो । दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने उहाँले भन्नुभयो । यो रेल साँझ ७ः१५ बजे भङ्गहा (विजपुरा) पुगेर रात्रि विश्राम बस्ने छ । यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थाबाट महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७ दशमलव पाँच किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भङ्गाहाबाट बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनका लागि लिक निर्माण भइरहेको छ । विसं १९९४ मा जुद्धशम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो । नेपालमा पहिलो रेल सेवा १९८४ सालमा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । अहिले सञ्चालन भइरहेको नेपाली रेल २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकर्ण कर्पोरेशनसँग रु ८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रासस
कात्तिक २८, जनकपुरधाम :
धनुषामा भारतीय गाडीको ठक्करले दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिएका हुन्।
सोमबार राति करिब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको डीएसपी अवाले जानकारी दिए।
उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ। चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ। अन्रपुर्ण
२८ कात्तिक,रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार नेपाल समाज विकास केन्द्रले आयोजना गरेको उक्त १० किलोमिटर दौड भएको हो ।
सुनसरी, कात्तिक २८
सुनसरीको दुहबी ननरपालिका-३ सोनापुरस्थित एउटा बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको छ।
सोनापुरमा रहेको प्रिमियर अर्गानिक बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको हो। सोमबार राति स्थानीय १८ वर्षीय प्रमोद सरदार काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएका थिए। मेसिनमा च्यापिएर प्रमोदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागी कोशी अस्पताल विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपाल लाइभ
कात्तिक २८, काठमाडौं ।
सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।
नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।
तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।
काठमाडौं । सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।
नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।
तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।
टिकटक बन्द भएसँगै यसको विकल्पमा नेपालमा यी एप प्रयोग गर्न सकिन्छ :–
इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।
काठमाडौं । सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।
नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।
तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।
टिकटक बन्द भएसँगै यसको विकल्पमा नेपालमा यी एप प्रयोग गर्न सकिन्छ :–
इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।

फेसबुक रिल्स
फेसबुकमा रहेको रिल्स फिचर पनि टिकटकको राम्रो विकल्प हो । रिल्समा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिल मात्रै होइन भिडियोहरू नै अपलोड गरेर मापदण्ड पुगेपछि मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ ।
युट्युब सर्टस
टिकटकलाई टक्कर दिन युट्युबले ल्याएको सर्ट भिडियो फिचर युट्युब सर्टस पनि टिकटकको विकल्प हो । युट्युब सर्टस भिडियोमा पनि राम्रो भ्युज जान्छ । सर्टस मोनिटाइज गरेर आम्दानी पनि गर्न सकिन्छ । युट्युब सर्टस मोनिटाइज गर्न १ हजार सब्सक्राइबर र ९० दिनमा १ करोड भ्युज भएको हुनुपर्छ ।
स्न्यापच्याट
मल्टिमिडिया र म्यासेजिङ एप स्न्यापच्याटमा पनि छोटा भिडियोहरू राख्न सकिन्छ । स्न्यापच्याटको स्पटलाइट फिचरमा भिडियो राखेर क्रिएटरहरूले कम्पनीको तर्फबाट रिवार्ड पाउन सक्छन् । मापदण्ड पूरा गरेपछि स्न्यापच्याटको स्पटलाइटबाट आम्दानी गर्न सकिन्छ ।
एक्स
एक्स (ट्विटर)ले पनि भिडियो एवं अन्य क्रिएटरका लागि आम्दानी गर्न सकिने सुविधा थपेको छ । मापदण्ड पूरा गरेपछि एक्समा राखेको भिडियोबाट पनि आम्दानी गर्न सकिन्छ र एक्स आफैँले पोस्टको भ्युजका आधारमा समेत पैसा दिने गरेको छ ।
एक्सको सब्सक्राइब फिचरबाट पनि क्रिएटरहरूले आम्दानी गर्न सक्छन् । पैसा तिरेर सब्सक्राइब गरेका फलोअरहरूलाई क्रिएटरहरूले विशेष कन्टेन्टमा पहुँच दिनसक्छन् तर यो फिचर नेपालको हकमा त्यति सहज नहुन सक्छ ।
यसबाहेक लाइकी, लेमन–८, ट्रिलर, मोज, जुमेरंगलगायत एप पनि उपलब्ध छन् । तर नेपालका धेरै प्रयोगकर्ता फेसबुक, इन्स्टाग्राम र युट्युबमा भएका कारण यी तीनवटै प्लेटर्फमको रिल र सर्ट भिडियो फिचर अहिलेका लागि बढी उपयोगी हुन सक्छ ।

