२०८३ बैशाख १५
२०८३ बैशाख १५

 

अखिलेश कुमार यादव बारा/

: बारा जिल्लाको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गरिएको छ ।सोमबार मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्रि चन्दन सिंहले बाराको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गर्नु भएको छ

।मङ्सिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरिएको थियो ।पहिला देखि पटके सवारी को अनुमति लिनको लागि बिरगंज र हेटौडा जानु पर्ने समस्याको समाधानको लागि बाराको पथलैयामा नै अस्थायी पटके इजाजत शाखा उद्घाटन गरिएको छ।

पटके इजाजत शाखा बाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घन्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए। पथलैयामा पटके इजाजत शाखाको उद्घाटन भए पछि पथलैया बासीमा खुशी छाएको छ ।

पटके सवारी इजाजत शाखा उद्घाटन भए पछि अब देखि पटके सवारीको अनुमति लिनको लागि बिरगंज र हेटौंडा जानू पर्ने बाध्यता हटेको स्थानिय पेशल मुलमीले बताए । अस्थायी पटके बाटो इजाजत पत्र उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैया अस्थायी पटके बाटो इजाजत शाखाको उद्घाटन हुनु सुखद रहेको तर मधेश प्रदेश सरकारले,लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता सेवा पथलैया बाट प्रदान गर्ने ब्यवस्था मिलाईदीन मन्त्री सिंह संग आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा सहभागि वक्ताहरुले पथलैया बाट नै सवारी नवीकरण र सवारी लाईसेन्स नवीकरण जस्ता सेवाहरु प्रदान गरिने माग गरेको थियो। उक्त उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख ,जनमत पार्टिका पर्सा इन्चार्ज ओमप्रकाश सराफ ,भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्ल मुल्मी, ट्राफिकका प्रहरी नायब उपरिक्षक माधव काफ्ले लगाएतको उपस्थिति रहेको थियो।

 

 आरके श्रीवास्तव,राैतहट,१६ गते पुस ।

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त राउत पक्राउको विरोधमा सोमवार गौरमा प्रदर्शन गरिएको छ । राष्ट्रिय धोती दिवस मनाउने क्रममा राजधानी काठमाडौंको माइती घर बाट नेपाल प्रहरी द्वारा पक्राउ गरिएको नेता कार्यकर्ताको रिहाईको माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य विकास कुमार यादवले जानकारी गराएका हुन् ।

प्रर्दशनको क्रममा उनीहरुले पार्टीका नेता कार्यकर्तालाई छिटोभन्दा छिटो रिहा गर,मधेसी माथीको दमन बन्द हो,नश्लिय सरकार मुर्दावाद,धोती हाम्रो पोषाक हो सम्मान हो,राष्ट्रिय धोती दिवस जिन्दावाद,जनमत पार्टी जिन्दावाद लगायतका नारा लगाएका थिए । प्रर्दशन पछि उनीहरुले टायर बालेर विरोध समेत जनाएका थिए ।

राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउत सहित जनमतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा प्रर्दशन गरेको भन्दै पक्राउ गरिएको प्रहरीले बताएको थियो । विद्यार्थी जनमत सङ्घको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रममा अध्यक्ष राउत सहितका नेता कार्यकर्ता त्यहाँ पुुगेका थिए । प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाइरहेका थिए । धोती हाम्रो शान हो लगायतका नारा समेत लगाएका थिए ।

यसैबिच प्रहरीले पक्राउ गरेको विरोधमा ठाउँ ठाउँमा प्रर्दशन हुन थालेपछि पक्राउ परेको अध्यक्ष राउतसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् । राउतसहित सो पार्टीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ अध्यक्ष राउत सहित कार्यकर्ता राखिएको ठाउँ नेपाल प्रहरी क्लबमा आफै पुुगेर सबैलाई रिहा गर्न आदेश दिनुभएको खबर छ । आदेश पछि अध्यक्ष राउत सहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।

 

 आरके श्रीवास्तव,राैतहट,१६गते पुस ।

रौतहट । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन मौलापुर पिकनिक पार्कमा पिकनिक गर्नेहरुको घुइँचो लागेको देखिएको छ ।

जिल्लाको मौलापुर नगरपालिका स्थित मौलापुरमा रहेको मौलापुर पिकनिक पार्क पछ्रिल्लो समय पिकनिकको लागि प्रसिद्ध ठाउँको रुपमा परिचित हुँदै गएको छ ।

चाडपर्वहरूमा यहाँ चहलपहल बढि देखिन्छ । पहिला पहिला गाउँ छाडेर बाहिर गइ पिकनिक मनाउने गर्ने गरिन्थ्यो तर ग्रामीण भेगमा नै सुविधा सम्पन्न पिकनिक पार्क सञ्चालनमा आएदेखि अहिले टाढा टाढा बाट मानिसहरु मौलापुर पिकनिक पार्कमा आएर पिकनिक गर्ने गरेका छन् ।

पिकनिक गर्नका लागि यहाँ छिमेकी जिल्ला बारा,पर्सा सहित अन्य जिल्लाबाट आउने गरेका छन् । दैनिकजसो त्यहाँ सयौं पर्यटकले भरिभराउ देखिन्छन् । आज नयाँ वर्ष भएकोले पिकनिक गर्नेहरु बढि देखिएका थिए ।

रौतहट लगायत मधेश प्रदेशको अन्य जिल्लाका मानिसहरुको लागि मौलापुर पिकनिक पार्क आकर्षकको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।

पूर्व मन्त्री प्रभुु साहको गृह नगर मौलापुरमा उनकै पहलमा वि.स.२०७७ मा पार्क सञ्चालनमा आएको थियो । तत्पश्चात् यो ठाउँ विस्तारैं सबैको रोजाइमा पर्न थालेको हो । रौतहटको प्रसिद्ध पार्कको रुपमा रहेको सो ठाउँमा चाडपर्व, विवाह, व्रतबन्ध, पिकनिक र घुमफिर गर्ने मानिसहरुको लागि थलो बनेको छ ।

पार्क सञ्चालनमा आएपछि कयौंले रोजगारी पनि पाएका छन् । यता जिल्ला प्रसिद्ध पर्यटकीय स्थाल नुनथरमा पनि अंग्रेजी नयाँ वर्षको अवसरमा पिकनिक गर्नेहरुको घुुँइचो लागेको देखिएको छ । पर्यटकहरुले सो ठाउँ भरिभराउ भएको हो ।

 आरके श्रीवास्तव,राैतहट,१६गते पुस ।

रौतहट । रौतहटमा लाखौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ । शनिवार बेलुका गौर नग्पालिका वडा नं.४ स्थित बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा किराना सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार चेकजाँच गर्ने क्रममा आवश्यक कागजातपत्र नभएका भारतिय नम्बर पलेटको मोटरसाईकल थान–१ र अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका किराना सर समानहरु प्रहरीले बरामद गरेको हो ।

करिब एक लाख ब्यालिस हजार मूल्य बराबरको उक्त सामान भएको उनले जनाए । बरामद गरिएको सर सामान कार्यवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थाई प्रहरी पोष्ट बसपार्क र महादेवपट्टी रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकजाँच टोलीले उक्त सामान बरामद गरेको उनले बताए । पछिल्लो समय रौतहट प्रहरी भन्सार छलीको सरसामानहरु धमाधम पक्राउ गर्न थालेको हो ।

शनिवारमात्रै रौतहट प्रहरीले भारत बाट अबैध रुपमा ल्याइरहेको एक लाख नौ सय चालिस रुपैयाँ वराबरको किराना,लत्ताकपडा र प्याज पक्रेको थियो ।

महोत्तरी, १७ पुस :

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउनुहुन्छ । विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील हुनुभएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताउनुभएको छ । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।(रासस)

महोत्तरी, १५ पुस :

जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ ।

“हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला ?” हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुग्नुभएका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भन्नुभयो, “मै गरीबको छाप्रो चाहिँ फोर्नु परेछ ।” शुक्रबार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको विचल्ली भएको छ ।

हात्तीले काठेघरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो । घरमा एक्लै बस्दै आएकी राधिका धन्न बाँचेको बताउनुहुन्छ । घर हल्लाएर लडाउँदा अब बाँच्दिन जस्तो लागेको उहाँ सुनाउनुहुन्छ । “माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासी घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो”, माझी शुक्रबार बिहान झिसमिसेको घटना सम्झँदै भन्नुहुन्छ, “चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखेँ, गुडुल्किएर चाल मारेर बसिरहें, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचँे ।” घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले पाँच÷छ क्विन्टल धान छरेको छ ।

राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ । भुजेल पनि आपूm कालको मुखबाटै जोगिएको बताउनुहुन्छ । भुजेल सुतिरहनुभएको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ । परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केहीबेर हात्तीले लघारेको भुजेलले बताउनुभयो । दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाउनुुभएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताउनुभयो । यसअघि गत बुधबार साँझ हात्तीले गौशाला–१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कंदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो ।

पछिल्ला करिब दुई महिनायता महोत्तरीका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । वनक्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ । दिनभर घनाजङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन् । काठेघरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पु¥याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन् । यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ । सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ ।

बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वनक्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ । यसैबीच बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वनक्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्नलागे विस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ ।(रासस)

काठमाडौँ, १४ पुस :

प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु÷कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो । ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् । भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन । शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।(रासस)

सिरहा, १४ पुस :

चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ । यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो । सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालयले कर्जन्हा–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान डोजरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि वन कार्यालयले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।(रासस)

पर्सा १३ गते ।
प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा जिल्ला अध्यक्षमा तुलसी भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

भण्डारीको अध्यक्षमा विशेष अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष ९महिला० निलम पन्त, सचिवमा राकेश कुमार शाह, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् ।

यस्तै, समितिको सहसचिव धनन्जय मिश्र र सहसचिव ९समावेशी० मा भने कृष्ण कशुवाहा चयन भएका हुन् । साथै सदस्यमा राजन रौनियार ,सक चौरसिया ,आरोहन साह , रसमि राज भन्डारि , पन्नालाल साह , राजन कुमार सिंह ,राजन बानिया , आन्न्द पटेल ,मुस्तुफा आलम ,दिपेन्द्र कुमार साह ,सोभा धमला,एन्जल चौधरि,कमला भन्डारि ,नितेश कर्ण ,कृष्ण कुमार श्रीवास्तव,अखिलेश साह ,सेख सजाद हुसेन ,राजु साह,नविन कर्कि ,राम कुशवाहा,बलिराम यादव र उर्मिला सापकोटा चयन भएका हुन् ।

वीरगञ्ज (पर्सा), १४ पुस :

पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने भएका छन् । वीरगञ्जस्थित नारायणी रङ्गशालामा उक्त फाइनल खेल आज दिउँसो १ बजे हुने छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा–११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । यस्तै तेस्रो स्थानका लागि आज बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा पर्सा–११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी–११ को सहभागिता छ । (रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।