२०८३ बैशाख १४
२०८३ बैशाख १४

जनकपुरधाम, १० माघ ।

कुनै समयमा उखुलाई नगदे वालीको रूपमा लिने गरिन्थ्यो। बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेवालीको रूपमा उखु गर्न थालेका थिए।

सहज रूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो। तर, सरकारले सधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु पर्ने बाध्यता रहेकाले मधेश प्रदेशमा उखु खेती गर्ने किसानको संख्या घट्दै गएको हो।

रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिलको शिलान्यास हुँदा उखु किसान जति हौसिएका थिए मिल नै बन्द भएपछि अहिले उनीहरूले उखु खेती गर्नै छाडेका छन्।

चिनी मिललाई किसानले बेच्ने गरेको उखुको भुक्तानी समेत समयमा नपाउने गरिएको कारणले किसानहरू विस्तापित भएका हुन्।

मधेश प्रदेशमा विशेष गरेर उत्तरी भेगमा बढी उखु खेती हुने गरेको थियो। भुक्तानीको लागि आन्दोलन गर्दै धर्नासम्म दिनुपर्ने बाध्यता रहेकाले किसानहरूको उखु खेती प्रतिको आकर्षण घटेको हो।

रौतहटका किसान भोजिन्द्र यादव गरुडा चिनी मिल सञ्चालन भएपछि खुसी भएकोमा मिल बन्द हुँदा आफूहरूलाई गाह्रो भएकाले अन्य खेती रोजेको बताउँछन्। अहिले उखुभन्दा पनि अन्य खेतीबाट आम्दानी बढी हुने उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक सवेक्षणले ३३.१८ प्रतिशतले उखु खेतीमा ह्रास आएको देखाएको छ। किसानहरूले उखु लगाउन छोडेपछि कतिपय चिनी मिलहरू समस्यामा परेका छन्।

बाबा बैजुनाथ सुगर मिल रौतहटका सञ्चालक बैजु बाबराले किसानले उखु लगाउन छोडेपछि मिल संकटको अवस्थामा रहेको बताए। उनले किसानलाई उखु खेतीतर्फ आकर्षण गराउन नसक्दा समस्या भइरहेको बताए।

सर्लाही धनकौलका उखु किसान राम कल्याण यादवले अन्नपूर्ण चिनी मिलले गत सालकै भुक्तानी दिन बाँकी रहेको गुनासो गरे। देशमै सबै भन्दा बढी उखु खेती हुने सर्लाहीमा तीन वटा चिनी मिल छन्। त्यस मध्ये ईन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैताले धमाधम उखु क्रसिङ्ग गरिरहेका छन्। यी दुई चिनी मिलबाट भने १०/१५ दिनको अन्तरमा नियमित भुक्तानी पाइरहेको किसानको भनाइ छ।न्युज कारखाना

रौतहट, १० माघ ।

प्रभु साह नेतृत्वको आमजनता पार्टीले आह्वान गरेको एकदिने बन्दको पूर्व सन्ध्यामा प्रदेशभर मसाल जुलुस प्रर्दशन गरिएको छ।

भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।

आमजनता पार्टी निकट आईटीआर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा वुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो। जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको अध्यक्ष साहले बताएका छन्।

त्यसैगरी रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो।

आमजनता पार्टीका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरी लगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन्। राजमार्गको पूर्वतर्फ बाट नारा जुलुस सहित आएका प्रदर्शनकारी र प्रहरी बिच चन्द्रपुर मुख्य चौकमा सामान्य झड्प भएको थियो।

उता उमाशंकर साह, निवेश यादव, बिक्रम साहले गौरमा र अनिल झा, बिजय साहले गरुडा स्थित मसाल जुलुसको नेतृत्व गरेका थिए।

मसाल जुलुस प्रर्दशनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भए पनि गौर र गरुडा शान्तिपूर्ण प्रदर्शन भएको आमजनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन्।

उता वीरगंज, कलैया, मलंगवा लगायत मधेश प्रदेशको सबै जिल्ला सदरमुकाम लगायतका स्थानमा बुधवार साँझ मसाल जुलुस प्रर्दशन गरिएको आमजनता पार्टीले जनाएको छ।

बैंकहरूले लिने गरेका मनोमानी  ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि माघ माग ११ गते मधेश बन्दको आह्वान गरेको छ।न्युज कारखाना

जनकपुर, १० माघ ।

धनुषाको मिथिला नगरपालिका–९, लालगढस्थित चित्रा आयल स्टोर्सको ९ लाख ६० हजार रुपैयाँ लुटिएको छ।

आज बिहान ११ बजे पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर लुटपाट गरेको हो।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन्।

लुटेरा समहूको खोजी गरी कानुनी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराइदिन प्रहरीसमक्ष निवेदनसमेत दिइएको उनले बताए।न्युजकारखाना

रौतहट १० माघ।

नेपाली कांग्रेस मधेश प्रदेशमा नेताहरुको जालोमा परेर रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुले समयमा तलब भत्ता पाउन नसकेको कारण आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन्।

डाक्टरले ओपिडी लगायतका  सेवा बन्द गरेपछि उपचार गराउन आउने बिरामी तथा सर्वसाधारण प्रादेशिक अस्पताल गौरबाट स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका छन् । तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा यही ७ माघदेखि आकस्मिकबाहेकका कुनै पनि सेवा सर्वसाधारणले पाउन सकेका छैनन्।

६ माघमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीले पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको आराेप लगाएका थिए।

प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमीले बताएका थिए। प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले ७ महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको डाक्टर चन्दन सहनीले बताएका छन्।

मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको आकस्मिकबाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर सहनीले जानकारी दिएका छन्।

 

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमीले बताएका छन।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै  मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ ।  मेडिकल सुपरिटेन्डेण्ट कृष्ण  साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।

संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन् ।  सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।न्युजकारखाना

रौतहट १० माघ।

रौतहटको संसदीय निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका संघीय संसद किरण कुमार साह इशनाथ नगरपालिकास्थित जटहरा गाउँछेउ अज्ञात समूहले आगजनी गरेको हनुमान मन्दिर र ब्रह्म स्थानमा पुग्दा जय श्रीरामको नारा गुन्जिएको छ।

सांसद साह आफ्ना समर्थकसहित ईशनाथ ५ जटहारा गाउँछेउ सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा बुधवार बिहान पुग्दा हजारौं मानिस जम्मा भएका थिए।

हातहातमा धार्मिक झण्डा बोकेका हिन्दू धर्मका समर्थकहरु जय श्रीराम को नारा लगाउँदै धार्मिक आस्था माथि कुठाराघात गर्ने अपराधी लाई अविलम्ब पक्राउ गर्न माग गरेका छन्।

रौतहट क्षेत्र २ का सांसद किरण साहले जम्मा भएका हजारौं मानिस लाई शान्त रहन आग्रह गर्दै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन त्यहाँ पुगेका एसपी महेन्द्र कुमार श्रेष्ठ लाई अनुरोध सहित निर्देशन दिएका थिए।

बिद्यालय छेउमा रहेको मन्दिरमा हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा कसैले पराल राखेर आगो लगाएको  छ। आगलागी बाट हनुमान को मुर्ति र ब्रह्मस्थानमा क्षती पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टी गरेकी छन्। कसैले पराल राखेर गएराती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ घटना बारे स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको  छन्।

सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागी बाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५  बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् । रौतहटको क्षेत्र २ अन्तर्गत बिगत लामो समय देखि दुई समुदाय बीच बिभिन्न बिषयमा पटकपटक बिवाद हुँदै आएको छ। उक्त क्षेत्रमा धार्मिक बिवाद लिएर शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन लाई पनि ठूलो चुनौती हुनेगर्दछ।न्युजकारखाना

रौतहट,१० माघ ।

जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो ।

स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा खयरका रुख काटिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जङ्गलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएका हुन् । जुडीबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।

चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाई बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्त लाने गरेको स्थानीयले बताए ।

रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको बताएका  छन् ।

आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ ।

रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य जातको खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।

रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमहरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ । बुद्ध धर्म मान्नेहरूको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको जानकारहरूको भनाइ रहेको छ । रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेकाहरू नै पछिल्लो समय अवैध रूपमा खयरकाहरू काटेर विभिन्न सामान बनाएर बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएको भएपनि वन कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । खयरबाट बनेका विभिन्न सामानहरू वन कर्मचारीकै सेटिङमा रौतटका मुख्य बाटो भएर जिल्ला बाहिर पुग्दा समेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् ।

सो बिषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले भेटेर कुरा गरौँला भन्ने फोनमा प्रतिक्रिया दिएका छन् ।न्युजकारखाना

रौतहट १० माघ।

रौतहटको  इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ।

भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्म स्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेकाे छ।

ईशनाथ ५ जटहारा गाउँमा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको हो।

आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधिसभा सदस्य किरण कुमार साह,नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थलमा पुगेको छ।

विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ।

जटहरा गाउँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ।

आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर मंगलबार राती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ । घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्।

सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५  बर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।न्युजकारखाना

 रौतहट,१० गते माघ ।

बैंकहरुको ज्यादती विरुद्ध आम जनता पार्टीले मधेश बन्दको आहवान गरेको आइटि आर्मीको देवाहीगोनाही नगर अध्यक्ष बिरबल महतोले बताएका छन् ।

मधेश बन्द आहवानको पूर्व सन्ध्यामा सञ्चारकर्मीहरु सँग कुराकानी गर्नुु हुँदै उनले यस्तो बताएका हुन् । आम जनता पार्टीको मधेश प्रदेश कमिटिले बैैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता,लघुविक्त तथा सहकारीबाट लिएको कर्जा माफि तथा आम जनतालाइ सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको बताए ।

उनले भने,“बैंकहरु जुन आतंक मच्चाएको हो,त्यसलाइ हामी समाप्त पार्ने छौं । मजदुर,किसान, व्यापारी लगायत आम जनता सँग भोलीको मधेश बन्द सफल पार्न आहवान गर्दछुु । बैंकहरुको ज्यादती विरुद्ध यदि हामी खडा भएनौ भने उनीहरुको ज्यादती अझै बढ्दै जानेछ ।

त्यसैले हामी यसलाइ रोकौं” वास्तवीक किसानहरुले ऋण नपाइरहेको उनको भनाइ छ । बैंकहरु लुट्ने काममा लागि परेको उनको आरोप छ । बैंकले गर्दा गरिबी बढेको छ । आम जनता सँग पैसा छैन् । आर्थिक तंगीमा सर्वसाधारण छन् । त्यसैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । व्यवसायीलाइ उद्धार गर्न हामीले बन्दको आहवान गरेका हौं । यसबाट व्यापारीहरु मर्का पर्दैन्न् कि उनीहरुको समस्याको गाँठो फुक्नेछ ।

त्यसैले हामीलाइ साथ दिनुस् आम जनता पार्टीको मधेश बन्द कार्यक्रमलाइ पारौं भन्दै महतोले आम जनतामा आग्रह गरेका छन् ।

 रौतहट,०९ गते माघ ।

रौतहट–मधेश प्रदेशमा आर्थिक मन्दीका कारण विभिन्न घटनाहरु बढ्दो छ । पछिल्लो समय भाषणमा सिमित रहेको लघुविक्त बैंकहरु माथिको आक्रमण आज व्यवहारमै उत्रिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा लघुविक्त बैंकहरुको कार्यालयमा झुण्डयाइएको ब्यानर च्यातनुदेखि लिएर तालाबन्दी सम्म गरिएको छ ।

No description available.

सम्पूर्ण विक्तिय शोषण र उत्पीडन विरुद्ध किसान मजदुर मोर्चाका मान्छेहरुले लघुविक्त खारेज,लघुुविक्तको मनोमानी चल्दैन्,किस्ता माग्न बन्द गर लगायत नारावाजी गर्दै कटहरिया बजारमा रहेको लघुविक्त बैंकहरुको ब्यानर नै च्याति दिएका छन् । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति रौतहट र लघुुविक्त विक्तिय संस्था विरुद्ध संघर्ष समिति रौतहटको आयोजनामा जम्मा भएका मान्छेहरुले लघुविक्त विरुद्ध प्रदर्शन गरेका छन् ।

No description available.

मंगलबार उनीहरुले कटहरियामा रहेको ७ लघुविक्त बैंकहरुको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । कटहरियामा रहेको मेरो माइक्रोफाइनान्स,डिप्रोक्स बैंक लगायतका बैंकहरुमा तालाब्न्दी गरिएको हो । लघुवित बैंकको कारण धेरै मान्छेहरुले आत्महत्या गर्न बाध्य भएको उनीहरुको आरोप छ ।

No description available.

बैंक कर्मचारीहरु किस्ता माग्न जादा गाली,बेइज्जती गर्ने,दुव्र्यवहार गर्ने गरेको प्रर्दशनकारी हरुको भनाइ रहेको छ । प्रर्दशनकारीहरुले झुण्ड आउने खबरले लघुविक्त बैंकका कर्मचारीहरु कार्यालय नै बन्द गरेर फरार भएका थिए । प्रर्दशनको क्रमममा सयौं मानिसहरुको सहभागिता रहेको थियो ।No description available.No description available.

No description available.
No description available.
No description available.No description available.No description available.No description available.

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।