२०८३ बैशाख १४
२०८३ बैशाख १४

माघ १२ वीरगञ्ज ।

नेकपा एकिकृत समाजवादी निकेट समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

 

शुक्रबार वीरगञ्जमा सम्पन्न विशेष अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार संगठनको उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिवमा विनोद पटेल, सह–सचीवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह रहेका छन् ।

 

यस्तै सदस्यमा दिपु वर्णवाल, श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सरोज पटेल, अमोद शर्मा, श्रवण साह, राधेश्याम पटेलपनि सर्वसम्मत चयन भएका छन् ।

 

संगठन केन्द्रिय सदस्य एंव पर्साका निवर्तमामन अध्यक्ष मनोज पटेलको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उपमहासचिवद्वय लेखनाथ सिकारु र प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान र नेपोलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकोपनि उपस्थिती रहेको थियो ।न्युजकारखाना

 

महाेत्तरी, १२ माघ ।

महोत्तरीको चुरे क्षेत्र राईमण्डलको पर्यटकीय सम्भाव्यता अध्यन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ ।

 

बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, स्थानीय पत्रकारसँग भएको छलफलमा तत्कालै अध्यन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।

 

उक्त छलफलमा मन्त्री किरातीले राईमण्डलकाे सम्भाब्यता अध्ययन पछि आवाश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् ।

 

डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।

 

अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्वन गर्न आफु तयार रहेको उनकाे भनाई छ ।

 

छलफल पछी महोत्तरी क्षेत्र न. १ का पुर्व सांसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमण्डललाई पर्यटकीय क्षेत्र बनाउने उदघोष गरेको बताउँदै सो प्रतिबद्दता अहिले पनि सम्झिराखेको नेता पोखरेलले बताए ।

 

यता मन्त्री किरातीले अध्ययन टोली पठाउने बताए पछि उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आशजाग्दो भएको बताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमण्डल पर्यटकीय हवको रुपमा बिकास हुने बिस्वास ब्यक्त गरेका छन ।

 

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवको रुपमा विकास हुदै गएको बर्दिवास अब मधेशकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए ।

 

छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्सन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।   न्युज कारखाना

 बज्जिकाञ्चल,रौतहट,१२ गते माघ ।

रौतहट– शीतलहर परियोजना अन्तर्गत माण्डवीले बाँडयो न्यानो कपडा वितरण गरेको छ । रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ ( स्टार्ट फण्ड नेपाल) को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा विभिन्न सामाग्रीहरु राहत स्वरुप वितरण गरेको हो ।

No description available.

शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज देखि राहत वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लाको गौर नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुका शीत लहर परियोजना अन्तर्गत करिब ५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको सँस्थाको अध्यक्ष अन्जु झाले बताईन ।

राहत वितरण कार्यक्रम अन्तर्गत माण्डवीले आज परोहा नगरपालिकाको १ नं. वडाका ३१ जना घरपरिवारबाट वितरण गर्ने कार्य शुरु गरेको छ । शील लहर राहत कार्यक्रम अन्तर्गत २ चरणमा राहत वितरण हुनेछ । पहिलो चरणमा करिव रु.८ हजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु.६ हजार ५०० सय बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्यांकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराए ।

No description available.

राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश( तातो पानी राख्ने,१ लिटर) , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२÷१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु सिभिए कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिएको माण्डवीका कार्यक्रम संयोजक मुनिलाल बैठाले जानकारी गराए ।

पर्सा, १२ माघ ।

वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।

 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ । ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए ।

 

ठेकेदार कम्पनीका संचालक दिपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए । ‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।न्युजकारखाना

वीरगञ्ज, १२ माघ ।

भारतले शुक्रबार विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदै छ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

 

दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ । समाराेहमा उनी ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा सहभागी हुनेछन् ।

 

भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले भारत र फ्रान्सबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने बताए ।   गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जसका लागि १४ हजार सुरक्षाकर्मी परिचालित छन्।न्युजकारखाना

बारा, १२ माघ । 

नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संल्गन रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन भएको छ । स्मृतिग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा हुँदै छ ।

 

यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।

 

उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।

 

उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।

 

प्रस्तुत स्मृतिग्रन्थ उनको एकल जीवनको गाथामात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृहजिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।न्युजकारखाना

काठमाडौं, १२ माघ ।

मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् ।

 

मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ। यो खोजले मंगल ग्रहको भूमध्य रेखा नजिकको यो क्षेत्रमा बरफको सबैभन्दा ठूलो भण्डार रहेको देखाएको छ ।

 

सन् २००७ मा मार्स एक्सप्रेसले पहिलो पटक मेडुसे फोसिल फॉर्मेशन (एमएफएफ) परीक्षण गरेको लगभग १६ वर्षपछि वैज्ञानिकहरूले अन्तरिक्षयानको उन्नत मंगल ग्रह रडारको साथ यस क्षेत्रको पुनः भ्रमण गराएका थिए । सन २००७ र भर्खरको अनुसन्धान दुबै स्मिथ सोनियन संस्थानका वैज्ञानिक थोमस वाटर्सको नेतृत्वमा थिए।

 

उनका अनुसार नयाँ खोज अनुसार मंगल ग्रहमा जम्मा भएको पानी प्रारम्भिक अनुमान भन्दा धेरै रहेको बताए । यो सतह मुनि ३.७ किलोमिटर सम्म फैलिएको छ।

पृथ्वीको पानी लाल सागर जत्तिकैः वैज्ञानिक

हालैका अनुसन्धानका अनुसार मंगल ग्रहको सतहमुनि ठूलो मात्रामा बरफ जम्मा भएको छ । यदि यो बरफ पग्लियो भने मंगल ग्रहको सतह १.५ देखि २.७ मिटर गहिरो पानीमा डुब्न सक्छ। यो मंगल ग्रहको मेडुसा जीवाश्मा गठन क्षेत्रमा फेला परेको पानीको सबैभन्दा ठूलो भण्डार हुन सक्छ, जसमा पृथ्वीको लाल सागरको मात्रा बराबर पानी रहेको छ।

यस अध्ययनलाई मंगल ग्रहमा भएको सबैभन्दा महत्त्वपूर्ण पानी खोजको रूपमा हेरिएको छ। मंगल ग्रहमा रहेको यसको अग्ला चुचुराहरू रहेका छन, जुन सयौं किलोमिटरसम्म फैलिएको छ र धेरै किलोमिटर अग्लो रहेको छ। मंगल ग्रहको उच्च पहाडी र तराईको सिमानामा ठूलो मात्रामा धुलो छ।न्युजकारखाना

रौतहट, १२ माघ ।

झण्डै एकसाता पछि रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ।

 

गत ७ गतेदेखी आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित अपिडी लगायतको सेवा सुचारु भएको हो।

 

अस्पतालको तर्फ बाट ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारि गर्दै सेवा सञ्चालन बारे सार्वजनिक गरेको छ। तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।

 

अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए ।

 

गत ६ गते अस्पताल सञ्चालन तथाव्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको सार्वजनिक गरेका थिए।

 

प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले बताएका थिए।

 

प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले  विगत ७  महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको एकजना डाक्टर चन्दन सहनीले बताएका छन।

 

मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर  सहनीले जानकारी दिएका छन।

 

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमिले बताएका छन।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै  मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ ।  मेडिकल सुपरिटेन्डेण्ट कृष्ण  साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।

संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन ।  सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।न्युजकारखाना

रौतहट १२ माघ।

रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्।

जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।

 

रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा राखेर गाँजा तान्ने गर्दछन् । पढेलेखेका शिक्षीत तथा आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतलमा वा अन्य पलास्टिकको बोतलमा फलामको पाईप जोडेर गाँजा खाने गरेका छन् ।

यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गाँजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । प्रत्येक दिन बिहान र साँझ प्रायः कटहरिया स्थित माध्यमिक बिधालय वरिपरि, बिधालय छेउ पोखरीको डिलमा,र लालबकैया नदिको पुल तथा नदिको बांध माथी, तथा गाँउमा जहाँ निःशुल्क वाईफाई चलेको छ युवाहरुको चहलपहल हेर्न सकिन्छ ।

 

उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा  जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन । यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे ।

 

कोरोना कालमा सरकारले गरेको लकडाउन पछि कटहरिया, गरुडा, फातुवा विजयपुर, देवाहि गोनाहि, गुजरा, बृन्दाबन,बाराको आदर्श कोतवाल लगायत दर्जनौं स्थानीय तहका युवाहरू गांजाखान पल्केका छन । एकपटक गाँजा खान सुरु गरेपछि युवाहरू दिनदिनै गाँजाको अमली हुन थालेका छन । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रणको लागि पहल गरेको देखिएन ।

 

कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए सँगै स्थानीय  युवाहरु गाँजा खान आकर्षित भएको एकजना जानकारले बताएका छन ।

 

त्यतिमात्र नभई दिनभरि गाँजा खाएर बस्ने युवाहरुले पैसाको जोहो गर्न ससाना चोरीका घटना देखि विभिन्न अपराधिक क्रियाकलापमा  लागिरहेको कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन। युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ता तथा अपराधिक क्रियाकलापमा लागेपछि समाजको लागि ठुलो चिन्ताको बिषय बनेको वडा अध्यक्ष कुशवाहाले दुःख ब्यक्त गरेका छन ।

 

केही तस्करले तस्करीमार्फत मकवानपुर जिल्लाको विभिन्न ठाउँबाट रौतहट र बारा जिल्लाको अधिकांश गाउँ बजारमा गाँजा ल्याउने गर्दछन् । यसरी ल्याइएको गांजा  रौतहट र बाराको अधिकांश बजारका पान पसल, ससाना किराना पसलमा सहजै सहजै खरिद गर्न पाईने हुनाले सो क्षेत्रमा लागुऔषध गाँजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

 

त्यस्ता पसलमा गएर गाँजा खानेहरुले ५० वाला दिनुस भनेर कोड भाषामा भनेर पैसा दिएपछि एउटा पुडिया गाँजा पाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन।
बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन ।

 

सुर्या अस्पताल बिरगंजका बरिस्ठ डाक्टर सरोज सिंहका अनुसार युवा अबस्थामा नियमित गाँजा सेवनले  सम्पुर्ण शरीरनै प्रभावित हुने गर्दछ ।  बिस्तारै स्मरण शक्ति कम्जोर हुने, हाई ब्लड प्रेसर ,मुटुरोग, फोक्सो, पेटमा क्यान्सर हुने र मानसिक अवस्था बिग्रेर अल्पायु मै मृत्यु हुने डाक्टर सिंहले जानकारी दिएका छन ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरी आफ्नो हिसाबले लागिरहेको बताउँछन्।
गाँउ गाँउमा विद्यालयमा साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम समेत संचालन भएको छ।

कैयौं युवालाई प्रहरिले नियन्त्रणमा लिदा हारगुहार गरेर कार्वाही गर्न नदिएर स्वयं अभिभावकले जिम्मामा लानेगरेको एसपी श्रेष्ठले बताएका छन। यस्तो कुलत बाट युवा तथा आफ्ना बालबालिका लाई छुटाउन प्रहरीका साथै अभिभावकले समेत भूमिका खेल्नुपर्ने एसपी श्रेष्ठको भनाई रहेको छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।