२०८३ बैशाख १३
२०८३ बैशाख १३

सर्लाही, १९ माघ ।

हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

 

संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।न्युजकारखाना

 

सिरहा, १९ माघ ।

सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै  चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।

कुनै न कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेका छन्। दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्।

लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन्। उनी भन्छीन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नु? यो कम्बल चिसो छल्न दिएकको हो कि खुट्टा पुछ्न ? च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ ? मेयर साव।’

जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिशन कुम्ल्याउने मेलो देखियो। पतलो र च्यातिएको कम्बलले जाडो जान्छ?’

स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर  खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमापनि च्यातिएको कम्बलले कतिदिन चिसो छल्ने ? यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’

वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलितग, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको नाम नबताउने शर्तमा एकजना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चैधरीको ठाडो आदेशमा विपद व्यव्स्थापन अन्र्तगतको वजेटबाट हतार–हतारमा गोप्य सुचना जारीगरी खरिद गरिएको थियो। त्यसवेला करिव एक हजारका दरले खरिद गरिएको एकहजार थान कम्बल अहिले वितरण भईरहेको ती कर्मचारीले जानकारी दिए।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरेपनि उनको फोन स्विच अफ रहेको थियो। १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन्।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए।  उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सुचना मागँ गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन नमिल्दैन।’

त्यही कुराहुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस्न यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।

स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरु बताउछन्।न्युज कारखाना

सप्तरी, १९ माघ ।

हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान,  क्यामेरा १ थान,  पावर बैंक १ थान, मोवाइल १ थान, लाईट १ थान,  मृगको जस्तो देखिने मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका-५ बस्ने ४६ वर्षीय शैलेस कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना

रौतहट,१९ माघ ।

रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले पहल नगर्दा सर्वसाधारणहरु मारमा परेका छन्।

 

विगत एक महिनादेखि गरुडा नगरपालिकाका सर्वसाधारणले गरुडा नगरपालिकाको कार्यालयबाट दैनिक रुपमा पाउने सेवा पाउन सकेका छैनन् । गरुडा नगरपालिकाकी उपमेयर पुनमकुमारी चाैधरी र केही वडा अध्यक्षहरूले नगरपालिकाको मुख्य गेटमा एक महिना पहिला अर्थात् पुसको १८ गते तालाबन्दी गरेका थिए । उनीहरूले विभिन्न माग राखेर नगरपालिकाको गरुगरुडा,१९ माघ । कार्यालयमा तालाबन्दी गरेपछि सो नगरपालिकाबाट नगरवासीले पाउनुपर्ने सेवासुविधा पाउन सकेका छैनन् ।

 

गरुडा नगरपालिकाका नगरप्रमुख कण्ठमणिप्रसाद जयसवालले उपमेयर लगायतका केही वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोजेका कारण समस्या सिर्जना भएको बताए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । उपमेयर सहितका वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा  भागबण्डा खोज्दै तालाबन्दी गरेका कारण नगरवासीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको नगर प्रमुख कण्ठमणि प्रसाद जयसवालको भनाइ  छ ।

 

आफूले नगरपालिकाको कार्यपालिका बैठकमा बसेर उनीहरूका मागहरुलाई सम्बोधन गर्ने बताएको भए पनि सो कुरालाई वास्ता नगरी उपमेयरसहितका केही जनप्रतिनिधिले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर बसेका कारण नगरवासी सेवासुविधाबाट बन्चित भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ ।

 

ताला खुलाउने विषयमा अब पनि सहमति नभए आफूले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलेर नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा दिनका लागि आफू तयार भएको नगर प्रमुख जयस्वालको भनाइ रहेको छ । उपमेयरसहित केही वडा अध्यक्षहरूले भने बजेटमा नगरप्रमुख जयस्वालले एकलौटी गरेको र अहिलेसम्म भएका हिसाबकिताब पारदर्शी हुनुपर्ने बताउँदै नगरपालिकाको कार्यालयमा एक महिना पहिला तालाबन्दी गरेका थिए । न्युजकारखाना

सर्लाही, १९ माघ ।

सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।

 

पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार  व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

 

पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा  दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।न्युजकारखाना

 

सिरहा, १९ माघ।

सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा घुर तापिरहेका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र. २–०१–००१ च ०६३१ नम्वरको पिकप भ्यान अनियन्त्रित भइ ठोक्किँदा ७२ वर्षिय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।

घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। न्युजकारखाना

 

बारा, १९ माघ । 

बाराको निजगढ नगरपालिका- ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।

 

स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

 

तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएका छन ।न्युजकारखाना

 

जनकपुरधाम, १८ माघ ।

सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। प्रहरीका अनुसार नोटबारेको विस्तृत विवरण केही बेरमा आउने छ।

यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।