रौतहट, २३ माघ ।
रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।
किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका थिए।

किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेका हुन्।
कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ।
घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।न्युजकारखाना
बारा, २२ माघ ।
२६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ।
स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकुद सामग्री र संगठमा आवद्ध दुई संचारकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

प्रेस चौतारी बाराले सिमरास्थित नेपाल अपाङ्ग सेवा संघको भवनमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री र खाद्यान्नका साथै ४० हजारको चेक हस्तान्तरण गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन्। केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक प्रदान गरेका थिए।

चेक ग्रहण गर्दै संघका अध्यक्ष वाग्लेले चौतारी बाराले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरे।न्युजकारखाना


राजविराज, २२ माघ ।
सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।
चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका-७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसाबराबरको निर्माण सामग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युजकारखाना
रौतहट, २२ माघ ।
रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ।
प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन्।
२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भ पतन गरेमात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ। सन्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमान्को रहेको दुखेसो गरिन्।
गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छन्।
प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रुपैयाँ व्याग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ।
आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन्।न्युजकारखाना
रौतहट, २२ माघ ।
प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी रौतहटले विविध कार्यक्रम गरेर मनाएको छ। सोमबार जिल्ला सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूलाई प्रेस चौतारी नेपालले फलफुल वितरण गरेको थियो।
नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पताल गौरमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको थियो। प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर सोमबार अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको हो।
प्रेस चौतारीको स्थापना दिवसकै अवसरमा सोमबार नै जिल्ला सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले नेकपा एमालेले गरेका राम्रा कामको विरोध गर्नेहरूलाई प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले जवाफ दिनुपर्ने बताएका थिए।
देशको राम्रो र गौरवशाली पार्टी नेकपा एमाले भएको र एमालेले गरेका राम्रा कामलाई प्रेस चौतारी आबद्ध सञ्चारकर्मीहरुले खुलेर लेख्नुपर्ने उनले बताएका थिए। सो कार्यक्रममा नेकपा एमालेको लेखा आयोगका केन्द्रीय सदस्य राजकिशोर यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव गौतम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल्सिना संजय मिश्रा, नेपाल पत्रकार महासङ्घका मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारी नेपाल रौतहटका संस्थापक अध्यक्ष शैलेन्द्र गुप्ता, नेकपा एमाले मधेश प्रदेश सदस्य बालविक्रम कार्की लगायतको उपस्थिति रहेको थियो।
प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम चौतारीका जिल्ला सचिव मुकेश कुमार शाहले सञ्चालन गरेका थिए।न्युजकारखाना
ओम प्रकाश् यादव माघ २२ गते, रौतहट।
एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको ताल्चा आज खुलेको छ । एक महिना भन्दा बढी दिन्देखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।
नगर उपप्रमुख पुनम देवि चौधरी सहित ६ जना वडा अध्य
क्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरि मुलगेटमा धार्ना दिदै आएका थिए । नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछी नगर उप प्रमुख चौधरी सहित आन्दोलनरत वडा अध्यक्षहरुले आज ताल्चा खोलेका हुन ।

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयस्वाल र आन्दोलनरत पक्ष बीच विभिन्न बुदामा लिखित सहमति भएपछी आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेका छन । ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्ष बिच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो ।

तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बिच भएको वार्तामा सहमति जुटेको थियो । आजको वार्ता सफल भएपछी गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।
रौतहट, २२ माघ ।
एक समाजसेवी युवाले रौतहटको वृन्दावन नगरपालिकाको १५ सय भन्दा बढि गरिब बिपन्न परिवारलाई न्यानो राहत वितरण गरेको छ ।
वृन्दावन नगरपालिका वडा नं १ घर भइ हाल चन्द्रपुर ४ बस्दै आएका स्थानिय समाजसेवी युवा अरुण रामले चिसोबाट प्रभावित १५ सय भन्दा बढि घरपरिवारहरुलाई न्यानो कपडा र ब्लाकेट वितरण गरिएको हो ।
तराईमा बढेको अत्याधिक चिसोका कारण स्थानीय कठ्याङ्गिदो अवस्था भएपनि स्थानीय सरकारका जनप्रतिनिधि वा राजनीतिक दलका नेता कसैले पनि राहत दिएका छैनन् । तर, रामले न्यानो कपडा वितरण गरेपछि वृन्दावनमा उनको प्रसंसा हुन थालेको छ ।
शीतलहर चल्न थालेपछि रौतहटसहित तराईका जिल्लामा गरिब दलित परिवारको बिजोग भएकोमा स्थानीय सरकारले अहिलेसम्म न्यानो कम्बल वा राहत वितरण नगरेको समयमा युवा तथा समाजसेवी अरुण रामले गरेको काम प्रसंसाकै काम रहेको मानव अधिकारकर्मी तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश तिमल्सिनाले बताए ।
शितलहर बाट रोजगारी गुमाएका तथा गरिबी झेल्दै आएका प्रत्येक परिवारलाई न्यानो कपडा वितरण गरिएको र यसबाट उहाँलाई शितलहरमा ठुलो राहत हुने आफ्नो अपेक्षा रहेको अरुण रामको भनाई छ ।
उनले १५ सय पिस ज्याकेट, उनीका सुईटर र १५ सय पिस ब्लाङ्केट वितरण गरिसकेको र अझ वितरण गर्ने कार्य भइरहेको बताएका छन् । चिसो र शितलहर बाट प्रभावित परिवार न्यानो कपडा सहयोग पाउदा गरिब र विपन्न परिवार खुशी बनेका छन् । न्युजकारखाना
रौतहट,२२ माघ ।
प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आज प्रादेशिक अस्पताल गौरका बिमारीलाई फलफुल वितरण गरिने भएको छ ।
प्रेस चौतारी रौतहटको आयोजनामा आज फलफुल वितरण कार्यक्रमको आयोजना गर्न लागिएको प्रेस चौतारी रौतहटका सचिव मुकेश साहले जानकारी दिएकाछन् ।न्युजकारखाना
जनकपुरधाम, २१ माघ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ ।
करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि , लगायत अन्य सवारी साधनहरु कवारमा परिनत भैइ रहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।
१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले भने, ‘नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।’ न्युजकारखाना
सागर संगम ठाकुर ,रौतहट ,माघ २१ गते ।
नेपाल कलवार कल्याण महासंघको केन्द्रिय कार्यालय काठमाडौंको नौं बार्षिक साधारण गरुडामा सम्पन भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा आईतबार कलवार कल्याण समिती गरुडाले आयोजना गरेको कार्यक्रमममा विभिन्न जिल्लाबाट कलवार जातीका प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो।
ईन्जिनियर रामचन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी क्षेत्र नं.१ क माननिय नागेन्द्र प्रसाद साह रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माननिय नागेन्द्र प्रसाद साहले कलवार समाजको एकतालाई साधारणसभाले अझ बलियो बनाएको बताए ।
कलवार समाज अरु समाज भन्दा कमजोर नरहेको बताउदै साहले केही व्यक्ति अरुको पछाडी र अरुको चापलुसि गरिरहेको बाताए छौ । सबै थोक आफुहरुसंग हुदाहुदैं अरुको कुरा मान्नेकार्य दुःखद रहेको बताउँछदै उनले कलवार समाजलाई एक हुनु अति आवश्यक रहेको बताए । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कलवार जाति अति ठुलो भए पनि हामिमा एकता नहुनुको कारण हामि पछाडी परेको बताए ।” हाम्रो जातिका मानिसहरुलेनै आफ्नै जातिको मानिसहरुको खुटा तान्ने काम गर्ने गरेका देखिन्छ,उनले भने । त्यस कारणले हाम्रो जातिमाथिको अरु जातिको हावि भइरहेको छ ।”
कार्यक्रममा प्रमुख अतिथि साह र संस्थापकले उपस्थित भएका बिशिष्ट लगायत सम्पुर्ण मानिसहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो । नेपाल कलवार कल्याण महासंघको केन्द्रिय सचिव एपोलो कुमार गुप्ताले कार्यक्रमलाई संन्चालन गरेका थिए भने साधारण सभामा ४१ भन्दा बढि समितिका अध्यक्ष लगायत ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाको पुर्व नगर उपप्रमुख रंगिला देवी जैसवाल, गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद जैसवाल, कार्यक्रमको सफल र राम्रोसँग सम्पन होस भनी उदेश्यले दिनरात मिहिनेत गरेर काम गर्ने अहम भुमिका निर्वाह गर्ने नेपाल कलवार कल्याण महासँगको रौतहट जिल्ला सचिव रामबाबु साह कलवार, पुर्व माननीय अशोक जैसवाल, बरहथवा नगरपालिकाको नगर उप प्रमुख रामबाबु प्रसाद साह , बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जैसवाल लगायत दर्जनौं वक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए ।