रौतहट ३० फागुन ।
रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ।
नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले भोलिदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।
पटकपटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन्।
जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म हामी परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिएका छन्। फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय रहेको छ।
प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सम्पूर्ण विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।
त्यहाँ रहेको ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मको झण्डै ६ हजार रहेका विद्यार्थीहरू भोलिदेखि हुने वार्षिक परीक्षामा सहभागी हुने रहेका थिए।
यसरी शिक्षकहरूको तलबको विवादकै कारण भोलिदेखि हुने वार्षिक परिक्षा नभएमा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कक्षा १ देखी ९ सम्मका ६ हजार बालबालिकाको भबिश्य अन्यौल हुने देखिएको छ।
नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरू बुधबार तलबको माग गर्दै पुनः धर्नामा बसेका थिए। हिन्दूहरूको महान पर्व होली आउनमात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन्।
नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्नामा बसेका थिए।
नगरभरीको शिक्षकहरूको भेलाले बुधवार अपरान्ह ४ बजे भोलिदेखिको वार्षिक परीक्षा बहिस्कार गर्ने निर्णय गरेका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताए।
फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टी बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारी पाएकी छन्।न्युज कारखाना
फागुन ३० वीरगञ्ज । एसएसबीका आइजी श्री पंकज दराड (आईपीएस)ले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध, सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। बुधबार महानिरीक्षक श्री पंकज दराड फ्रन्टियर हेडक्वार्टर सशस्त्र सीमा बाल पटना (बिहार)ले भारत र नेपालका वरिष्ठ अधिकारीसँग एक विशेष बैठक बसेको थियो। जसमा मैत्री सम्बन्ध सुधार गर्न प्रयास गरिएको थियो।
भारत र नेपालबीच सर्वसाधारणलाई सहयोग पुर्याउने सुविधा, भारत–नेपाल सीमा क्षेत्रमा काम गर्ने दुवै पक्षका सरकारी निकायबीचको आपसी सहकार्य र लोकसभा निर्वाचनका सन्दर्भमा विशेष निर्देशनका विषयमा छलफल भएको थियो।
नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धका सम्बन्धमा परापूर्वकालदेखि नै भारत र नेपालबीचको सम्बन्ध रहेको भन्दै उनले यो रोटी–बेटीको सम्बन्ध कायम राख्नु नै सशस्त्र सीमा बलको नारा रहेको बताए।
जनताको पहिलो दायित्व हो। यस सन्दर्भमा सशस्त्र सीमा बलका सबै बल कर्मीहरूलाई समय समयमा निर्देशन दिइन्छ। यसका लागि मैत्री पुलमा हेल्प डेस्क स्थापना गरिनेछ। जसले नेपालबाट आउने र नेपाल जाने व्यक्तिलाई सहयोग गर्नेछ।

भारत–नेपाल सीमा क्षेत्रमा कार्यरत दुवै पक्षका सरकारी निकायबीच आपसी सहकार्यका सम्बन्धमा उनले सबै निकायको मुख्य उद्देश्य देश र समाजको हित हुने भएकाले भारतिय सशस्त्र सीमा बल, नेपाल सशस्त्र प्रहरी बल , भारत र नेपाल भन्सार कर्मचारी नेपाल प्रहरी र अन्य सुरक्षा निकायले आपसी समन्वय र सहकार्यमा आफ्नो काम बढाउनुपर्छ, तब मात्र अपराध, समाज विरोधी गतिविधि, भारत विरोधी गतिविधि, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सकिन्छ।
भारतमा हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भारत र नेपालका अधिकारीहरुको बैठक बसेको पत्रकार सम्मेलनमा आईजी पंकज दर्दारले बैठकमा लोकसभा निर्वाचनमा नेपाल सरकारलाई सहयोग गर्ने सहमति भएको जानकारी दिए । आगामी महिना भारतमा हुने भएको छ।
बैठकमा सशस्त्र सीमा बल भारत का उपमहानिरीक्षक एस सुब्रमण्यम , कमाण्डेन्ट विकास कुमार, कमाण्डेन्ट एनएस मेहरा, सेकेन्ड कमाण्डिङ अफिसर सुन्दरम, डेपुटी कमाण्डेन्ट दीपक कृष्ण, डेपुटी कमाण्डेन्ट ए. प्रियदर्शन अरुण, एएचटीयू इन्चार्ज इन्स्पेक्टर मनोजकुमार शर्मा, भारतीय महावाणिज्य दूतावासका कन्सुल शैलेन्द्र कुमार, सुरेश पट्टापु, नेपाल प्रहरीका एसपी कुमोद ढुंगेल, भन्सार रक्सौलका सहायक आयुक्त रामानन्द सिंह, सशस्त्र प्रहरी बलका डीएसपी देबेन्द्र सिंह, नेपालबाट डीएसपी संगम श्रेष्ठ, वीरगन्ज उध्योग वाणिज्य संघ अनिल अग्रवाल, अधिकारी माधवराज पाल । ब्यूरो आदिको पनि उपस्थिति रहनेछ।न्युज कारखाना
मधेश प्रदेश, २९ फागुन ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ।
आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो। सो क्रममा जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीले नारावाजी गरेका थिए।
आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागी आजपाका महासचिव साहले आफूहरूको माग गम्भिर रूपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्।
‘हामीले शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं। किसान, सर्वसधारणदेखी आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं। त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ,’ आजपा महासचिव साहले भने।
आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ।
यसैगरी आजपाले मधेसमा भइरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ। आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु अगाडी बढाउँने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए।न्युज कारखाना
पर्सा, २९ फागुन।
जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद घटना दोहोरिएको छ।
देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको लजास्पद घटना सार्वजनिक भएको हो।
बाराको कलैया उपमहानगरपालिका ४ घर भएका अपरेटर साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार , एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिएको बेहुली पक्षले बताएका छन् ।
साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका अपरेटर साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको छ। बाराको कलैया उपमहानगरपालिका-४ का बच्चलाल साहका छोरा वर्ष २६ का उमेश साहको वीरगञ्ज- २४ रानीघाटका एकजना उनकै स्वजातिको छोरीसँग फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित भएको थियो।
सोहीअनुसार साेमबार साँझ बेहुली पक्षका आफन्तहरु उनको घर अगाडि जन्तीको स्वागतको लागि जम्मा भएका थिए। निर्धारित समयमा सोमबार राती बेहुलासहित जन्ती आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परमपरा पनि पूरा भएको थियो। उक्त विधि पश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका हुन् ।
द्वार पूजा बरमाला भइसक्दा पनि मात्र ५० हजारको सिक्री नपाउँदा बेहुला बिवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ। बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो। स्थानीयको खबर अनुसार लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको थियो।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। प्रहरी चौकी श्रीपुरले उक्त घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ। ‘म भर्खर काठमाडाैंबाट आएको छु, पीडितको तर्फ बाट अहिलेसम्म जाहेरी आएको छैन ,तथापी घटनासम्बन्धी अनुसन्धान भईरहेको छ,’ प्रवक्ता तथा डिएस्पी थापाले भने ।
यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण सामाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षको घरमा रुवाबासी भएको स्थानीयहरूले बताएका छन।
मधेश प्रदेशमा दाईजोको निहुँना कैयौं बुहारीकाे हत्यादेखि कैयौं जघन्य अपराधसमेत भइरहेको अवस्थामा मात्र एउटा सिक्रीको लागि सरकारी कर्मचारी भएर पनि बिहे रद्द गर्ने अपरेटर साहलाई कडा कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्।न्युज कारखाना
राैतहट,२८ गते फागुन ।
चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका जारी नगर स्तरीय वाड अध्यक्ष फुटबल कपको उपाधि वाड नं. ३ ले हात पारेको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आयोजनामा भएको सोमबार सम्पन्न फाइनल खेलमा वाड नं. ५ लाइ हराउदै वाड नं. ३ ले उपाधि हात पारेको हो ।
खेलको समयभरी दुबै टिमले गोल गर्न नसकेपछि भएको ट्राइबेकरमा वाड नंं ३ ले वाड नं. ५ को टिमलाइ हराएको थियो । ट्राइबेकरमा वाड नं. ३ ले ५ गोल गरेको थियो भने वाड नं. ५ ले ४ गोल गर्न सफल भएको थियो । बिजेता वाड नं. ३ ले नगद ३० हजार र ट्राफी हात पारेको छ भने उपबिजेता वाड नं. ५ ले नगद २० हजार र ट्रफि हात पार्न सफल भएको थियो ।
पुरस्कार बितरण गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले यस्ता किसिमका खेलले आपसी सदभाब बढाउनुको साथै खेल क्षेत्रको पनि बिकाश हुने बताउनु भएको छ । फुटबल खेलको बिकाशको लागी आफुले सक्दो सहयोग गदै आएको उहाले बताउनु भयो । उक्त वाड अध्यक्ष फुटबल कपको उत्कृष्ठ खेलाडी वाड नं. ३ टिमका रुपेश धामीले हात पारेका छन । धामीले नगद ५ हजार सहित ट्रफी पाएका छन ।
यसैगरी उत्कृष्ठ फर्वाडमा वाड नं. ३ कै जर्सी नं. १० का सरोज लामाले नगद ३ हजार सहित ट्रफी र उत्कृष्ठ गोल रक्षकमा वाड न.ं ३ का निरज धामीले नगद ३ हजार सहित ट्रफी हात पारेका छन । यसैगरी वाड नंं ५ को टिमबाट उत्कृष्ठ मिड फिल्डरमा सुरेश पौडेलले नगद ३ हजार सहित ट्रफि र उत्कृष्ठ डिफेन्डरमा बिष्णु कार्कीले नगद ३ हजार सहित ट्रफी पाउन सफल भएका छन । बिजेता र उप बिजेता टिमलाइ नगर प्रमुख काफलेले पुरस्कार बितरण गर्नुभएको थियो । उक्त वाड अध्यक्ष फुटबल कपमा चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुको १० वटा टिम सहभागी भएको थियो ।
उक्त समापन कार्यक्रम आयोजक चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । वाड अध्यक्ष राना मगरले खेललाइ भब्य र सब्य बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ । रौतहट मै पहिलो पटक भएको वाड अध्यक्ष कप पुर्ण रुपमा सफल भएको उहाको भनाइ रहेको थियो ।
वाड नं. ४ ले खेल क्षेत्रको बिकाशको लागी काम गदै आएको बताउनु हुदै वाड अध्यक्ष राना मगरले यस वाड अध्यक्ष कप प्रतियोगितालाइ निरन्तरता दिने प्रतिबद्धता समेत गर्नुभएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शुशिल आचार्य, अखिल नेपाल फुटबल संघका मधेश प्रदेश अध्यक्ष नेपाल कार्की,रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,चन्द्रपुर नगरपालिकाका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,वाड नं. ३ का वाड अध्यक्ष बोधनाथ देबकोटा,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी लगायतको उपस्थीती रहेको थियो ।
राैतहट,२८ गते फागुन ।
रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगितामा सोमवार भएको दुइ खेलमा कटहरिया नगरपालिका र गढ़ीमाई नगरपालिका बिजयी भएको छ !

दिउँसो १ बजे देखि भएको दोस्रो खेलमा ईशनाथ नगरपालिकालाइ ४ विकेटले पराजित गर्दै कटहरिया नगरपालिका प्रतियोगितामा पहिलो जित दर्ज गरेका हुन । पहिलो बैटिंग गरेका ईशनाथ नगरपालिकाले १८ ओभर ५ बलमा १० विकेटको क्षतिमा १०२ रनको सामान्य स्कोर खड़ा गरेका थिए । ईशनाथ नगरपालिकाको तरफबाट मुस्कान आलम सवै भन्दा बढ़ी २३ रन बनाएका छन ।

बॉलिंग तरफ कटहरिया नगरपालिकाका संजीव अधिकारी ३ , दीपू साह २ सेस यादव २ विकेट हात परेका छन । जितको लागि पाएका १०३ रनको लक्ष्यको पूरा गर्न बल्लेबाजी गर्न आएका कटहरिया नगरपालिकाले १९ ओभर १ बलमा ६ विकेट गुमाउदै १०६ रन बनाएर जित सुनिश्चित गरेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।
कटहरियाको तरफबाट नरेश साह २६ , अविराज पटेल २१ रन टीमको लागि योगदान दिएको थियो ।
रौतहट २८ फागुन ।
रौतहटको कटहरिया बजारस्थित एक हार्डवेयरको गोदामामा आगलागी हुँदा लाखौंको प्लास्टिक पाइप जलेर नष्ट भएको छ।
गोदाममा आगलागी हुँदा झण्डै दुई लाख रुपैयाँभन्दा बढीको पाइप जलेर नष्ट भएको हो। सोमबार अपरान्ह विधुत सर्ट भएर गोदाममा भएको आगलागीबाट दुई लाख बढी मूल्यको ९५ क्वाएल पाइप जलेर नष्ट भएको पीडित साहले बताएका छन्।
घटना लगतै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट दुई लाख बढीको क्षति भएको तथा घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।न्युज कारखाना
रौतहट २८ फागुन ।
देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो।
पाकिस्तानलगायत तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। एसएसबीको केन्द्रीय निर्देशन अनुसार बिरगञ्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने भएकाले चेकपोस्ट स्थापना गरिएको थियो।
एसाएसबिको चेकपोष्टको कारण पुलको बाटो सांघुरो भएकाले आवतजावत गर्न यात्रुहरूलाई सास्ती भएपछि चेकपोस्ट हटाउने निर्णय गरिएको एसएसबीका अधिकारीहरूले बताएका छन्।
चेकपोस्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको ध्यानाकर्षण समेत गराएका थिए। एसएसबीका जवानहरूले केहीदिन अघी नेपाली युवकसँग दुर्व्यवहार गरेपछि पोस्ट हटाउने दबाब बढेको थियो।
दुवै देशका सुरक्षा अधिकारी बीच केहीदिन अघि भएको छलफल पछि चेकपोस्ट हटाईएको बिरगंजका सुरक्षा अधिकारीले बताएका छन्।
दुईदेशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्धलाई मध्यनजर गर्दै हाल मितेरी पुलबाट चेकपोस्ट हटाउने निर्णय गरिएको भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना
रौतहट,२८ फागुन ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएओ र एकजना सहायक वन अधिकृत कार्यालय छाडेर एकाएक बेपत्ता भएका छन्।
उनीहरु बेपत्ता हुनुको कारण नेकपा एमाले निकट युवा संघ हो । रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौ काँचा खयरका रुख कटान भएपछि स्थानीय बासिन्दा तथा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय संचारकर्मी बोलाएर खयर कटान भएको स्थान देखाएका थिए ।
त्यसकै रिस साध्नका लागि जुडिबेला सव वन डिभिजन कार्यालयका प्रमुख सुरेश महतोले सोही खयर कटान काण्डमा लामालाई पक्राउ गरेर थुनामा राखेपछि युवा संघले बिरोध र चक्का जाम गर्न थालेपछि डिएफओ शैलेन्द्र कुमार मिश्र र सहायक वन अधिकृत महतो बिहिबार देखी बेपत्ता भएका हुन ।
लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय प्रमुख मिश्र र सहायक वन अधिकृत महतो एकाएक बेपत्ता भएका हुन ।
राष्ट्रिय युवा संघ नेपाल रौतहटले लामा पक्राउको बिरोधका पुर्व पश्चिम राजमार्गमा टायर बोलेर चक्का जाम गर्न थालेपछि दुबै जना बेपत्ता भएका हुन । नेकपा एमालेका नेता कार्यकर्ता नियमित रुपमा वन कार्यालयमा गएर लामा पक्राउको बिषयलाई लिएर नारावाजी गर्न थालेपछि दुबैजना कार्यालय छाडेर हिडेका हुन ।
कार्यालय नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले ख्वाएर काण्डमा पक्राउ गरेपछि एमालेको डरले यतिबेला कार्यालय प्रमुख मिश्रा बेपत्ता भएका छन् । युवा सङ्घको डरले मिश्र मात्र नभएर सहायक वन अधिकृत सुरेश महतो समेत कार्यालय छोडेर बेपत्ता भएका छन् ।
लामालाई सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायीक वनका अध्यक्ष केशव पुलामीको मिलेमतोमा सामुदायीक वनको लेटर प्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित दिएपछि उनी पक्राउ परेका थिए ।
हाल वनको हिरासतमा रहेका लामाले सो सामुदायीक वनमा रहेको २२ य क्युफिट काठ गोप्य रुपमा बिक्रि गर्न लागेको र त्यो काठ आफुहरुले समेत खरिद गर्न पाँउनुपर्ने भन्दै टण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र यो दुबै रिस साध्नका लागि पक्राउ गरेको पाइएको नेकपा एमालेका जिल्ला सचिव बाबुराम दाहालले बताए ।
एमालेको प्रेसर सहन नसकेर मिश्र र महतो कार्यालय छाडेर भागेपछि रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन् ।
रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा काँचाहरुको कटान तीव्ररूपमा भइरहेको बलेरीका स्थानीय बासिन्दाले बताए । वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको वनमा काठ चोरी तस्करी तीव्र रुपमा बढेको हो ।
डिभिजन वन कार्यालय रौतहटमा प्रमुख भएर शैलेन्द्र कुमार मिश्र आएदेखि नै रौतहटको वनमा चोरी तस्करीले स्थान पाएको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख मिश्रानी नियमित रूपमा कार्यालयमा नबस्ने गरेका कारण अन्य वन कर्मचारीले नियमित गस्ती नगर्दा वनमा चोरी तस्करी बढेको सर्वसाधारणले बताएका छन् ।न्युज कारखाना
सर्लाही, २८ फागुन ।
सर्लाहीमा साईकल यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोसित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् ।
नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्।घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।
उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।न्युज कारखाना