सिरहा, २ चैत ।
आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युज कारखाना
रौतहट, २ चैत।
नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन्। खातामा तलब नगएसम्म अडान सहीत धर्ना बसेका ४ माबिका प्रधानाध्यापक सहीत १६ विद्यालयका प्रधानाध्यापकहरुले बार्षिक परीक्षा बहिष्कार गरेका थिए।
बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ। नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विधार्थी बार्षिक परीक्षामा सहभागी भएका छन भने त्यतिकै संख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन्।
फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ माबि ४ निमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्ना बस्दै आएका छन् । जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरु बीच सहमतिअनुसार धर्ना जारी रहेको माबी बिजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताएका छन्।
कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते आइतबार खातामा जाने निश्चित भएकाले विद्यार्थीको भविष्यको लागि परीक्षा सञ्चालन गर्न शिक्षकहरू लाई आग्रह गर्दै आएका छन्।
नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित गोपाल राय यादव नदी टेन्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजायको निर्णयसँगै उनको पद रिक्त भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।न्युज कारखाना
काठमाडौं, २ फागुन ।
१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै बैठक अवरुद्ध गरे ।
कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, ‘उहाँ (गृहमन्त्री रवि लामिछाने) पीडक हो हैन, त्यो थाहा छैन । तर, आरोप लागेपछि यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । जवाफ नआएसम्म सदन चल्दैन । सभामुखले रुलिङ गर्नुपर्छ ।’
यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्न खोजेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरे । प्रतिपक्ष उभिएका बेला सदन अवरुद्ध मानिने भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिएर वेल घेर्न उक्साएको हो ?’ भनी प्रश्न गरे ।
यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, ४० मिनेट हुन लाग्दासम्म बैठक सुरु भएको छैन । न्युज कारखाना
रौतहट, २ चैत ।
रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ ।

शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइलमा आएका उनीहरु ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजाकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिइन् ।
न्युज कारखाना
बिरगञ्ज, २ चैत ।
पर्साको जिल्लाको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
विगत एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘ डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।
दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार हिजाे दिउँसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिना यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो ।
बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला बन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेशगरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमणसमेत गर्ने गरेको थियो ।
बाघको आक्रमणबाट सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।न्युज कारखाना
सिरहा १ चैत।
सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ। जिल्लाको कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।

नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजीझैँ प्रयोग गर्दै आएको स्थानीयहरु बताउँछन्।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय राम कुमार यादवले बताए । उनले भने , ‘उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।’

कल्याणपुरगाउँबाट सोमबार अबेर राती उपमेयरको श्रीमान अजय यादव र गाउँका ४/७ जनालाई गाडीमा बोकेर जन्तीको लागि जनकपुर गएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए। उनले भने, ‘ जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।’

सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटाे कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन्। गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरुले आरोप लगाएका छन्।न्युज कारखाना
पर्सा, १ चैत।
वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुईपक्षीय बैठक बसेकाे छ।
भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आवद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो।
बैठकमा दुई देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्न, आपराधिक क्रियाकलाप रोक्न, लागुऔषध तस्करी नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ।
त्यस्तै मानव बेचबिखन, प्रतिबम्धित सामान तस्करी, अवैध हातहतियार तथा मदिराजन्य पदार्थको ओसार पसारमा निगरानी गर्ने सहमति भएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्।
बुधवार अबेरसम्म चलेको बैठकमा भारतीय सीमासुरक्षा बल एसएबी फोर्सका आईजीपी पंकज दरादले नेपाल–भारतमैत्री सम्बन्ध सुमधुर बनाउन एसएसबी फोर्स सदैव सकारात्मक रहेको बताएका थिए।
मितेरी पुलमा राखिएको चेकपोस्टका कारण नेपालतर्फ भएको कठिनाईलाई मध्यनजर गरेर हटाउन लगाएको बताउँदै कठिनाइको लागि आत्मआलोचना गरेका थिए।
भारतमा हुनगइरहेको लोकसभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था दुरुस्त राख्न नेपालको तर्फबाट पूर्ण सहयोग हुने उनले विश्वास ब्यक्त गरेका थिए। उनले वीरगञ्ज रक्सौलको सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिने, जसले नेपाल आउनेजाने सर्वसाधारणलाई सहयोग पुग्ने हुने जानकारी दिएका थिए।
बैठकमा भारतको तर्फ बाट सशस्त्र सीमा सुरक्षा बलका आईजिपी दरादका साथै उपमहानिरीक्षक एस सुब्रमण्यम, कमान्डेन्ट विकास कुमार, कमान्डेन्ट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमान्डेन्ट दीपक कृष्णा, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुङ्गेल, पर्साका सशस्त्र प्रहरीका डिएस्पी सङ्गम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल लगायतको सहभागिता रहेको थियो ।न्युज कारखाना

महोत्तरी, ३० फाल्गुन ।
महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ।
आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो।
अचम्म त काँहानिर छ भने १२ करोड मुद्दाको सफाई पाएका मध्ये पंचधुरामाई सप्लायर्स नै यो मुद्दामा पुन: जोडिएको देखिएको छ। नाँपजाँच उपसमितिले सम्झौताभन्दा बढी नदीजन्यपदार्थ निकालेको निष्कर्षलाई अदालतले गलत सावित गरेसँगै राजस्वसँग जोडिएको अर्को ६६ लाखको मुद्दा सतहमा आएको हो।
आर्थिक बर्ष २०७७/७८ मा बर्दिवास नगरपालिकाले पालिका वाहिर १४४० घनमिटर नदीजन्यपदार्थ निकासी कर संकलन गर्न ठेक्का आवहान गरेको थियो। नगरले आह्वान गरेको बोलपत्र बम्मोजिम पञ्चधुरामाई सप्ल्यार्सले १२३ दिनको लागी दैनिक १५२९९९. ९९ पैसा कवोल गर्दै सम्झौता गर्यो जुन १ करोड ८८ लाख १८ हजार ९९८ रुपैयाँ ७७ पैसा हुन् नगरलाई तिर्नुपर्ने हुन्छ।
२०७७ साल चैत ३ गतेदेखि २०७८ असार ३१ सम्मको अवधिमा उक्त रकम नगरलाई दिने सर्तमा दुई पक्षबीच सम्झौता भएको थियो। तर कोभिड-१९ को माहामारीको कारण निकासी नभएको भन्दै कार्यापालिका बैठकवाट ठेक्केदारले १२३ दिनको सट्टा ८४ दिनको मात्र निकासी आय कर तिरे पुग्ने निर्णय गरेको थियो।
तर त्यही ८४ दिनको दिन बाँकी ६६ लाख ५१ हजार ९ सय ९९ रुपैया ठेक्केदारले नगरलाई सम्झौता बमोजिम दाखिला गर्नुपर्ने रकम कोभिडको कारण देखाउँदै दिन अस्विकार गरेपछि नगरले ताकेता गर्न थाल्यो।
६६ लाख दाखिल गर्न अस्विकार गरेका ठेक्केदारले उल्टै नगरका विरुद्ध जनकपुर उच्च अदालतमा मुद्दा दायर गरे जुन अझैँ विचाराधीन अवस्थामा छ। नगरका कानुनी सल्लाहकार टिकाध्वज खड्काका अनुसार उक्त पैसा अघिल्लो स्थानीय सरकारको कार्यापालिका निर्णयमा मिनाहा गर्ने निर्णय गरेको थियो।
उक्त रकम अघिल्लो स्थानीय सरकारले मिनाहा गर्ने निर्णय नगरेको तत्कालिन सरकारका प्रतिनिधि निरोज अधिकारी प्रष्ट बनाए । ‘मलाई लाग्छ यस्मा पनि जालझेल हुदै छ भन्ने बुझ्न सकिन्छ,’ उन्ले भने, ‘१२ करोड त गुम्यो यो पनि गुम्ने निश्यत नै देखिन्छ।’
२२ गते भएको फसैलालाई पनि स्थानियहरुले अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्। नगरले मुद्दा जित्ने प्रसस्त आधार हुदाहुदै पनि मुद्दा फितलो वनाउन आफ्नो अधिवक्ता नराखेको, भएको अधिवक्तालाई बहसमा नपठाएको जस्ता आरोप लागेका छन्।न्युज कारखाना
फागुन ३० रौतहट ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। कौलाश राउत बरई, शत्रुध्न साह, हृदय साहको घरमा आगलागी भएको छ।
आगलागीमा खाने समान, लताकपडा लगायतका लाखै बराबरको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।
आगोलाई स्थानीय, सस्त्र प्रहरीको सहयोग र गौर नगरपालिकाको वरुणा यन्त्रले नियन्त्रणमा लिएको छ।न्युज कारखाना



