२०८३ बैशाख १२
२०८३ बैशाख १२

राैतहट,१९ गते चैत । 

रौतहटको राष्ट्रिय बनमा लागेको आगोको कारण लाखौ मूल्य बरावर काठ जलेर नस्ट भएको छ । सोमबार दिउँसो १ बजे देखि डिभिजन बन कार्यालय क्षेत्रमा घाटगद्दी गरी राखिएको ५० चट्टा भन्दा बढ़ी काठ जलेर नस्ट भएको छ ।

दिन भरी चलेको तेज हावाको कारण लागेको आगो नियन्त्रणमा लिन समस्या भएको डिभिजन बन कार्यालय रौतहटका सुचना अधिकारी बन अधिकृत विमल ठाकुरले बताएका छन ।

गैड़ाटार सब डिभिजन क्षेत्र बाट कटान गरी विक्रीको लागि राखिएको सालको काठमा आगो लागेको छ । आगो नियन्त्रणको लागि गौर नगरपालिका , चन्द्रपुर नगरपालिका ,सर्लाहीको हरिवन नगरपालिका ,बाराको निजगढ र कोल्बीबाट बारुण यन्त्र प्रयोग गरिए पनि आगो पूर्ण रुपमा नियन्त्रण हुन नसकेको ठाकुरले बताए ।

विधुत प्रसारण लाइन मुनि परेको रुखहरु काटेर करीव ४ बर्ष पहिला पूर्व पच्छिम राजमार्ग छेउमाँ  घाटगद्दी गरेर राखिएको कुकाठको चट्टामाँ लागेको आगो नियन्त्रणको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र बन सुरक्षाकर्मी  प्रयासरत रहेका छन ।

सुख्खा मौषम शुरू भएकोले बनमा डढेलो लाग्ने जोखिम उच्च रहेको देखिदा पनि बन कार्यालयले सर्तकता अपनाउनमा ध्यानकेंद्रित गर्न सकेका छैन । प्रत्येक बर्ष आगलगीको घटना हुने गरेको छ । २९ हजार ४ सय हेक्टरमा रहेको बन क्षेत्रमा डढेलो रोक्नको लागि ९ जना मात्र अग्नि नियंत्रक नियुक्त गरेका छन ।

 

सिरहा, १९ चैत ।

सिरहाको विष्णुपुर गाउँ कार्यापालिकाको कार्यालय होटलबाटै सञ्चालन हुने गरेको छ। कार्यालय विरलै जाने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले गोलबजारका होटलहरूबाटै कार्यालय चलाउँदै आएको हो।

अधिकृत सिंह कार्यालय नगई महत्वपूर्ण कागजात र चेकहरूसमेत बोकेर लेखाका कर्मचारीलाई गोलबजारको होटलहरुमा बोलाउने गरेको विष्णुपुरका एक सेवा ग्राहिले बताए। विद्यालयका प्रधानाध्यापक समेत रहेका उनले भने, ‘हामी प्रशासकीय अधिकृतलाई काम विशेषले कार्यालय पुग्दा कहिल्यै भेटिनु हुन्न। उहाँ कार्यालय बाहिरै बसेर काम गर्न रुचाउनु हुन्छ। कार्यालय किन आउनु हुन्न हामीले जान्नै सकेका छैनौं।’

यतिमात्र हैन गाउँ पालिकाका अध्यक्षसँग हुने छलफल र काजगात मिलान समेत होटलमा गरिने गरेको स्रोतले जनाएको छ। पछिल्लो पटक गत शुक्रबार कार्यालयको समयमा पालिका अध्यक्ष, आर्थिक शाखाका एक कर्मचारी र प्रशासकीय अधिकृतको गोप्य बैठक गोलबजारको एक होटलमा बसेको स्रोतको दावी छ।

गाउँ पालिकाको गत वर्षको १८ नम्वर फायलको तीन करोडभन्दाबढी भुक्तानी दिनुपर्ने भएपनि प्रशासकीय अधिकृत कार्यालय नबस्दा काम हुन नसकेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। वडा नम्वर ३ का वडा अध्यक्ष जय कुमार यादवले आफ्नो वडाको पनि काम गरेको भुक्तानी लिन बाँकी रहेको बताए। उनले भने, ‘काम भएको ८/९ महिना वितिसक्यो, उपभोक्ताको त्यत्रो लगानी लागेको छ। अधिकृत कार्यालयमा नबस्दा उपभोक्ताको लगानी फसिरहेको छ।’

अर्का एक वडा अध्यक्षले नाम नखोल्ने सर्तमा अध्यक्षले गराएको एउटा विवादित कामको भुक्तानीको विषयमा कुरा नमिल्द अहिलेसम्म १८ नम्वरको भुक्तानीमा समस्या भएको बताए। उनले भने, ‘अध्यक्ष त्यसको भुक्तानी नभई अरुको हुँदैन भन्ने अडान लिएपछि सवैको भुक्तानी रोकीएको छ।’

यहिँ भुक्तानीहरुको विषयमा आर्थिक बार्गेनिङ गर्न गाउँ पालिका अध्यक्ष र प्रशासकीय अधिकृत सिंहको विष्णुपुर बाहिरका होटलहरुमा गोप्य बार्ता हुनेगरेको स्रोतले जनाएको छ।

पालिकाले लाखौं रकम खर्चेर प्रशासकीय कार्यालय, अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यालय, बैठक तथा सभाकक्षहरु भडामा लिएका छन्। सुविधा सम्पन्न कार्यालय, सबारी सुविधा हुँदाहुँदै प्रशासकीय अधिकृत सिंह कार्यालय भने विरलै जाने गरेको सा्रेतको दावी छ।
आर्थिक प्रशासन शाखाका सहायक कर्मचारी गंगा प्रसाद यादवले कहिलेकाही विशेष अवस्थामा मात्र सरले बोलाएको ठाउँमा चेक सहितका फायल लिएर जाने गरेको स्विकारेका छन्। उनले भने, ‘कहिले काही विशेष अवस्थामा मात्र जाने गरेको हो। अर्को कुरा हामी कर्मचारीलाई हाकीमले बोलाएपछि त जानै पर्छ।’

गाउँ पालिका उपाध्यक्ष गीता कुमारी सिंहले प्रशासकीय अधिकृत नियमित कार्यालय नआउने गुनासो आउने गरेको बताए। उनले भने, ‘म सँगपनि सेवा ग्राहिहरुले प्रशासकीय अधिकृतको विषयमा गुनासो गर्ने गरेको छ। यस विषयमा एक पटक भेटेको बेलामा कुरा गरेको थिएँ तर, उहाँले वास्ता गर्नु भएन। उहाँका यस्ता गुनासा धेरै छन्।’

‘यस विषयमा फोन गरेर कुरा गर्ने प्रयास गरे पनि हाकीमले कहिल्यै फोन उठउदैन; उपाध्यक्ष सिंहले भने, ‘मैले फोनमा पनि कुरा गर्न खोजे, कहिल्यै फोन नै उठ्दैन।’

गाउँ पालिका अध्यक्ष सत्य नारायण यादवले पालिकामा केही समस्याहरु रहेको भन्दै आज बस्ने कार्यपालिकाको बैठकबाट समाधान गर्ने प्रयास हुने बताए। उनले भने, ‘पालिकामा केही समस्या त छ। त्यसैको लागि हामी आज कार्यपालिका बस्दै छौं। समाधानको प्रयास गर्दै छौं।’

यस विषयमा बुझ्न प्रशासकीय अधिकृत सिंहलाई पटक पटक फोन गर्दा पनि उठेन र म्यासेज गर्दा पनि त्यसको कुनै प्रतिकृया आएन। न्युज कारखाना

बारा
नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।

शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन ।

अध्यक्षको आकांक्षा देखाएका भण्डारीको जन्म २०२५ भदौ ३ गते भएको हो । भण्डारीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका भण्डारी २०४१ देखि २०४२ सम्म अनेरास्ववियु बारा जिल्ला सदस्य भएका थिए । त्यसपछि उनी २०४५ देखि २०४६ सम्म वीरगञ्जको ठाकुरराम क्याम्पसको अनेरास्ववियु सदस्यसमेत भएका थिए ।

२०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको संघठित पार्टी सदस्यता प्राप्त गरेका भण्डारीले २०४९ देखि २०६३ सम्म गाँउ कमिटीको सचिब रही पार्टीको जिम्मेवारी पुरा गर्दै आएका थियो । २०६७ साल देखी भण्डारी ४ कार्यकाल जिल्ला कमिटी सदस्य रही सचिवालयको जम्मेवारी निर्वाह गरेका थियो भने २०७९ बाट उनी बारा क्षेत्र १ को संयोजक समेत हुन ।

राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी २०५९ बाट २०७० सम्म श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय सपहिको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ४ कार्यकालको जिम्मेवारी पुरा गरे । उनै भण्डारी २०६८ बाट २०७१ सम्म सपहि कलेजको संस्थापक अध्यक्ष समेत भएका थिए ।

भण्डारीले २०६४ देखे २०७१ सम्म तामागढी साझेदारी वन व्यवस्थापन समितीको उपाध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल काम गरेका थिए । राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीको लोकप्रयताका कारण उनले २०७४ को स्थानिय निर्वाचनमा कोल्हवी नगरपालीकाको प्रथम निर्वाचीत नगर प्रमुख भएका थिए ।

राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने भण्डारीको धेय छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने भएको हुदाँ समस्या संग चल्न र जुध्न सक्ने क्षमताको व्यक्तीले मात्र जिल्ला चलाउन सक्ने भएको हुदाँ भण्डारी नेतृत्व लिन तयार छन् ।

पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको भण्डारी बताउँछन् । ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्नेमाथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा भण्डारीको जोड छ ।

भण्डारी राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई तोड्ने पक्षमा छन् । उनी आफै ब्यवसाय संगसंगै राजनिति गर्ने भएको हुदाँ ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गनुपर्ने बाध्यतामा उनि छैनन् ।

गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा भण्डारी जहिलेपनि अगाडी हुन्थे । निरन्तर राजनितिमा लागेका भण्डारी बिभिन्न पटक पार्टीको आन्तरिक चपेटामा समेत परेका थिए तर उनि निरन्तर जनतासंगै काममा ब्यस्त हुन्थे । बाराको चारवटै क्षेत्रमा उनि निकै सक्रिय छन् ।

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने भण्डारी त्यसैले कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने भण्डारी पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित छन् ।

चार दशकदेखि राजनीतिको अनवरत यात्रामा रहेका भण्डारी यस क्षेत्रका शान्त, सरल र पार्टी नेतृत्वसंग नजिकको पहिचाज राख्ने नेताका रुपमा परिचित छन ।न्युज कारखाना

सिरहा, १७ चैत।

सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्।

 

व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।

 

पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन्।

 

म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ। त्यसैले पनि सवैबाट थाेरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं।’

 

यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहान देखि बर्दिवास सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए।

 

दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए।  उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ।’

 

त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन्।

व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न्।’

 

आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन्। उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन्।

‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने।’

 

सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु  बताउँछन्।

न्युज कारखाना

 चन्द्रपुर,१८ चैत ।

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ ।

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सो नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका    छन् ।

प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकमा प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले सो निर्णय गर्दै नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ  ।न्युज कारखाना

 

बारा, १८ चैत ।

नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ।

एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ। अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए।

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।

एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशनका प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेकाछन्। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ।

अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिब भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन्।

अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन्। उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन्।

जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिब भईसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलबिर चौधरी निकट भएको बताइएको छ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित भएका थिए। उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनैट भएका थिए।

एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्। सुबेदी प्रतिनिधि सभाका सभासद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमति हुन्।

यसअघि सर्वसम्मतबाटनै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ। नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तीको लडाई हुने देखिन्छ। नेकपा एमालेका तिन पोलिटब्युरो सदस्य रहेको बारामा आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन्।

यसअघि नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो।न्युज कारखाना

बारा, १७ चैत ।

जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषि देखिएका सबै जना धरौटीमा रिहा भएका छन्।

अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र सहचालक सोही ठाउ बस्ने टिकाराम पाख्रिन शुक्रबार जनही १ लाख रुपैया धरौटीमा रिहा भएका छन्।

यसअघि गत बुधवार अदालतले सोही अभियोगमा पक्राउ परेका धनुषा धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कडाड पसलमा कवाडको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका ९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश प्रसाद जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका ९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका– २ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका– १ निवासी वर्षीय ४१ शिवशंकर साह, कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुर्दा दर्ता गरी ११ चैतमा बारा जिल्ला अदालतमा पेश गरिएको उनले बताए।

ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन्। कवाडी पसले रमेशले लगेको सो बस्तु काटने क्रममा गत फागुन १४ गते भएको विष्फोटमा परेर निजगढ ७ स्थित रोहित वर्कशप संचालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो । त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए ।

प्रहरीले करिब २३ दिनको अनुसन्धान पछि घटका आरोपिहरुलाई जिल्ला अदालत बारामा पेश गरेको छ। उनीहरुलाई प्रहरीले ९ चैतमा जिल्ला सरकारी वकील कार्यालय बारामा बुझाएको थियो।

यता विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए। सैनिकले प्रयोग गेर्न भनिएको उक्त विष्पोटक पदार्थ कहाँबाट बाहिरिएको हो भन्ने बारेमा भने प्रहरी अनुसन्धानबाट पनि खुल्न सकेको छैन । उक्त विष्फोटक पदार्थ कहाँबाट कसरी बाहिरिएको हो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार मालीको कवाडी पसलमा सामान संकलनको काम गर्ने महतोले गाउँकी एकजना बालकले बेवारिसे अवस्थमा फेला पारेर उनलाई बेचेको बताइएको छ।

घटनामा मृतक परिवारका आफन्तले भने अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुुनासो गर्दैआएका छन्।  न्युज कारखाना

 

रौतहट १७ चैत।

देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन्।

त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन्। बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामाङकन गराउने नाउँमा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

 

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपैया ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

 

सोनी लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  न्युज कारखाना

 सिरहा ।

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नवित्दै वाहिरिएको पाइएको छ।

जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको १० मिनेट नवितिदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो।

गोलवजार नगरपालिका ८ स्थितको श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले समाजिक संजाल ह्वाटस्एप मार्फत परिक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको स्थानीयहरु बताउछन्।

यस परिक्षा केन्द्रमा ४ वटा निजि विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमीक विध्यालय डण्डाको परिक्षा केन्द्र रहेको छ ।

त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परिक्षा केन्द्रबाट मोवाइल सहित एकजना छात्रालाई नियन्त्रनमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय ,बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोवाईलबाट प्रश्नपत्र वाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो।

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेलापरेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी ) संतोष अचार्यले जनाएको छ। उनले, ‘नक्कली परिक्षर्थी बनी परिक्षा दिइरहेको अवस्थामा स्थानिय अर्जुन महरालाई नियन्त्रनमा लिएको बताए । उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन जिल्लाका ४ वटा परिक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोवाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परिक्षा केन्द्र वाहिर निकालिएको छ। भन्ने, श्री लनकौ मा.वि.नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोवाईल फेलापरेपछि दुइजना गार्ड लाई वाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख अचार्यले जनाएको छ।’

जिल्ला भरीमा ४३ वटा परिक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना शसस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ६ सय दुइजना प्रहरीलाई परिक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी अचार्यले जनाएको छ।

सयौँको संख्यामा सुरक्षाकर्मी खटाइएपनि प्रश्नपत्र वाहिरिनुले परिक्षा केन्द्रका केन्द्राअध्यक्ष लगायतका सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा निर्भिक्ताका साथ प्रश्न पत्र वाहिर ल्याई चिठ्ठ चोरी गराउन नियामक निकायलाई १० लाख रुपैया दिएको नाम नखोल्ने शर्तमा एक निजि विद्यालयका संचालकले बताएको छ । उनले भने, ‘निजि विद्यालयहरुले पायकपर्ने ठाउँमा परिक्षा केन्द्र पार्न देखि निर्भिक चिठचोरी गर्नदिने सहमतीमा उतm रकम दिइएको बताए।’

जिल्लाका सबै निजि विद्यालयहरुले परिक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईको अधिकारी लगायतका सरोकारवाला निकायहरुलाई संग सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बताउछन्। निजि विद्यालयहरुले विद्यार्थीसंग सरोकारवाला निकायहरुलाई मिलाउन र परिक्षा केन्द्रमा सेटिङगर्न ३ हजार देखि पाँच हजार सम्म असुली गरेको उनीहरुको भनाई छ । न्युज कारखाना

 

सिरहा, १६ चैत ।

सिरहामा परिक्षा संचालन भएको १० मिनेट नवितिदै (कभभ) परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यासछ्यास्ती बनाइएको छ।

परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरु सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक संजाल मार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।