रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।
बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन पछी मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उँखु उपहार दिएको छ।
बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु गत असार १५ गते देखी आन्दोलनमा उत्रेका छन् ।
बाँदर नियन्त्रणका लागि यस अघी किसानहरुले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।
प्रत्यासी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरुले बिहिवार मेयर कन्थमणि जैसवाल लाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षतिगरेको उँखु उपहार स्वरुप राखेका थिए ।
गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन।
झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन।
वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन्।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै , उँखु लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उँखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।
२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।
राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्। सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।
न्युज कारखाना
सिरहा, १७ साउन। पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ।
यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ पालिका हो। यो पलिकाले योजनाहरुको काम सम्पन्न नै नगरी रकम निकाशा दिएको छ। पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरित योजनाका कामहरु सम्पन्न नै नगरी आफ्नो आफन्तले गरेको कामको अर्थिक सेटिङमा रकम भुतmानी गरेको रहस्य खुलेको हो।
मिलेमत्तोकै कारण भवनको छत ढलान हुनु अघि नै फर्जि मूल्याङ्कन गरेर रकम निकासा गरेको स्रोतको दावी छ।
तराई मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको साझेदारीमा वडा नम्वर ३ मा पसल सञ्चालन गर्न मिल्ने ८ कोठे सटर भवन निर्माणको लागि ३४ लाख रकम विनियोजन गरिएको थियो। यो भवन निर्माण गर्न नामको लागीमात्र उपभोक्ता समित गठन भएको थियोे।
भवनको पिलर, वाल र छत ढलानको काम सम्पन्न गरी निकासा लिईसक्दा पनि उपभोक्ता समितिका अध्यक्ष सिमल देवी सदायले जानकारी नपाउनुले नामकोलागिमात्र समिति गठन भएको पुष्टि गर्छ।
यस काममका कति रकम निकासा भयो, निकासा कसले लियो भन्ने उपभोक्ता समित अध्यक्ष सदायलाई कुनै जानकारी छैन। उनी भन्छन्, ‘अफिसमै मिटीङ्ग भएको थियो, मलाई पनि समितिमा राखेको रहेछ। निर्माणका सम्पूर्ण काम गरिरहेका नविन यादवले घरमै आएर चेकमा सहि लगारएर लग्यो। म अक्षर नचिन्ने मान्छे के लेखिएको थियो केही थाहा छैन।’
सोही वडाका वडा अध्यक्ष महेश यादवले निमार्णका सम्पूर्ण काम नविन यादवले गरेको स्विकार गरेका छन्। उनले, ‘उपभोतmा समिति जो कोही भएपनि काम नविन यादवले गरेको हो, काम पनि राम्रो भएको छ।’ उनले वर्षाका कारण छत ढलानको काम असार २३ गते राती सम्पन्न भयो। अझै केही काम बाँकी रहेको छ। बाँकी कामको रकम कार्यालय प्रमुखले होल्ड गरेर राखेको बताए।
अर्नामा गाँउपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुले रकम हिनामिना गर्नकै लागी गाँउघरका निमुखा, गरिव, दलित र कमजोर वर्गका व्यक्तिलाई नामकैलागी उपभोतmा समितिमा राखेर काम आफै वा आफन्तहरु लगाएर गराउने गरेको स्रोतको दावी छ।
यता प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवले निर्माणको सम्पूर्ण काम उपभोक्ता समितिले गरेको दावी गरीन। उनले भनिन, ‘मैले बुझेसम्म भवनको काम उपभोक्ता समितिले गरेको हो। उपभोक्ता समितिले ठेकेदारलाई दिएर कामगराएको भए मलाई जानकारी भएन।’
उनले कामको मूल्याङ्कनको आधारमा २२ लाख रुपैयाँमात्र निकाशा भएको जनाउँदै अरु थप जानकारी चाहिएकोभए कार्यालयमा आउनुस् भन्दै फोन काटे। सटर भवन निमार्णको लागी सोही वडाका सिमल देवी सदायलाई उपभोतmा समितिको अध्यक्षको रुपमा खडागरी काम भन्ने जनप्रतिनिधिकै आफन्त पर्ने नविन यादवले गराएको स्थानियहरुको आरोप छ।
न्युज कारखाना
सिरहा, १६ साउन। सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेको छ।
जिल्लाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रमशाृषण गरेको हो।
स्थानीय मजदुरहरुले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मूख्य गेटमै तालावन्दी गरेर धर्नामा बसेका छन्।
दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराएपनि आफूहरुले तोकेका पारीश्रमीक नपाएको सुखिपुर ६ का मजदुर सैदि सदायले बताए। उनी जस्तै सुखिपुर ६ कै रेखादेवि रामले पनि पारिश्रमीक पाएका छैनन्। वडा नम्वर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारीश्रमिक नपाएको बताए।
सुखिपुर ६ का मजदुर सैदि सदायले आफूहरुलाई दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँमात्र हालेको बताए। उनले भने, ‘हामीलाई पहिला तिमीहरु काम गर, सवै पैसा एकैपटक खातामा जान्छ भने, पछि खातामा रकम गईसकको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाई रकम पनि छैन।’
नगपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको बताए। उनीहरुले आफूहरु श्रम शोषणमा परेकाले सरोकारबाला सवैलाई सहयोग गर्न समेत अपील गरे।
उनीहरुले वडा नम्वर ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेको छ। लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ। यस प्रति सम्वन्धित व्यक्तिहरुको ध्यान गएको छैन।
वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर माँगे पछि पठाएको बताए। वडा अध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भनेपनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरु पन्छिने गरेको आरोप लगाए।
वडा अध्यक्ष साहले मजदुरहरुले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सूचारु गर्न नेतृत्वले पहल गर्ने पर्ने बताए।
तालाबन्दिका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ। नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत यसप्रति उदासीन रहँदै आएको छ। तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरुको दुखेसो सुनिएको छैन।
सुखिपुर नगरपालिकाका मेयर राम औतार यादवलाई तपाईको कार्यालयमा तलाबन्दी गरेको रहेछ, कसले किन तालाबन्दी गरेको हो? भनी फोनबाट प्रश्न गर्दा उनले आफू अहिले बाहिर रहेको भन्दै फोन काटी दिए।
यस विषयमा जान्न प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्वर ९८५२८२९१११ म फोन गर्दा फोन स्वीच अफ रहेको थियो।
सम्वन्धित सरोकारबाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन।
सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरुले पारीश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए। उनले भने, ‘विहान एक पटक कार्यालय गएको थिएँ, तालावन्दीका कारण फर्कीएर आएँ।’न्युज कारखाना
रौतहट,श्रावण १३।
गरुडा–स्थित समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समुदाय दलित विकास केन्द्र नेपाल माधवनरायण नगरपालिका–६ ले शनिबारका दिन एक कार्यक्रमका विच गरूडा बजार स्थित अनुष पार्टी प्यालेसमा सो साधारणसभा सम्पन्न गरेको हो।

केन्द्रका अध्यक्ष सुब्बा साहेब हजारीको अध्यक्षता तथा माधव नरायण नगरपालिकाका नगर प्रमुख वैजु प्रसाद यादवको प्रमुख आतिथ्यमा सो साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन सो संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले प्रस्तुत गरेका थिए।
सो कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै,माधव नरायणका नगर प्रमुख यादवले,मुक्त हरवाचरवाको न्यायिक पुःनस्थापना सरोकार र शिक्षा,स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षा अभियानका साथै दलित, गरिब, सुकुम्बासी, भुमिहिन शोषित पिडितको अधिकारका निम्ति समाजमा निरन्तर आवाज उठाइरहेको तथा पैरवी गरिरहेको सो संस्था र संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिदै समाज परिवर्तनका लागि सामुदाय दलित विकास केन्द्रको ठूलो भुमिका देखिएकोले आफुले सो संस्थााई सधै सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे।
त्यसैगरी कार्यक्रमका विशिष्ट अथितिको रुपमा बोल्दै ईसि डिसी का अध्यक्ष तथा दलित अगुवा धर्मेन्द्र पासवानले एउटा नयाँ संस्था रको रुपमा स्थापित भई समाजमा निरन्तर काम गरिरहे ता पनि पारदर्शी रुपले साधारणभा गर्नु संस्थाको सराहनीयकार्य रहेको बताउदै सो संस्थाको उन्नति प्रगतिको लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।
त्यस्तै विशिष्ट अथितिकू रुपमा बोल्दै दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी रामविनय पासवानले दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझ पनि सबभन्दा पछाडि रहेकोले संस्थाले शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी जोड दिएर काम गर्न आग्रह गरे।

त्यसैगरी अथितिको रुपमा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष राजेश पासवान(निर्माणी)लेआफु दलितहरुको उत्थान तथा न्यायका लागि निरन्तर आवाज उठाउदै र वकालत गर्दै आइरहेकोले आफुले दलितको पक्षमा काम गर्ने हरेक संघ संस्थालाई सम्मान टक्रेयाइरहने बताउदै आफु र संघले त्यस्ता संस्थाको पक्षमा निरन्तर कलम चलाइरहने बताए।
कार्यक्रममा बोल्दै माधव नरायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार साहले आफु निर्वाचित भएको ठाउँमा दलितको संख्या ठुलै रहेकोले आफुले दलितको हरेक समस्यालाई नजिकैबाट नियालिरहेको बताए। उनका अनुसार दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझै पनि कमजोर नै रहेको बताउदै संस्थाले दलित समुदायको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका निम्ति जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न आग्रह गर्दै सो कार्यमा आफसले सक्दो धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिबद्ध जाहेर समेत गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य दलित अगुवा शिव शंकर पासवानले राखेका थिए। भने कार्यक्रम संचालन सो संस्थाका कार्यकारिणी निर्देशक धरेमदेव पासवानले गरेका थिए। उक्त कार्यक्रममा सो संस्थाका सम्पुर्ण पदाधिकारीहरुको साथै पत्रकार तथा विभिन्न विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।
रौतहट ।
पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।
त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदैआएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।
सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एडस संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन ।
चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन।यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा बिजयपुरमा १० ,कटहरियामा २० ,बृन्दावनमा १०,गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिएकी छिन ।यस्तै माधब नारायण नगरपालिकामा १२ ,गरुडामा १९ ,देवाही गोनाहिमा २० ,मौलापुरमा १५ ,बौधीमाइ मा २० ,परोहामा २५ ,राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१ ,दुर्गाभगबती गाउपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको तथ्याङकमा उल्लेख गरेको छ ।
२०७१ साल यता जिल्लामा एचआइभी एडस रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एडस शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन ।
एचआइभी एडस संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्यु बाट जोगिनसक्ने डाक्टर ठाकुरले जानकारी दिएका छन ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जानेगरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुनेगरेको कारण एचआईभि संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।
शिक्षा र चेतनाको अभावले अती बिपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरु सुरक्षाको साधन अपनाउन लापरवाही गरेको कारण संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।
न्युज कनरखाना
ओम प्रकाश यादव
साउन ९ गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपाल रौतहटले माधवनारायण नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।
पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग संगठन निर्माणको विषयमा छलफल गर्न जसपा नेपालले माधवनारायण नगरपालिकामा जारी राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको तेश्रो दिन बुधवार सखुअवामा पार्टीका नेता कार्यकर्तासंग भेटघाट गरेको हो ।
जसपा नेपालको माधवनारायण नगर कमिटिले यस पालिकामा आफना नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम जारी राखेको हो ।
माधवनारायण नगरपालिका वडा नं. ३ सखुअवामा बुधवार माधवनारायण नगर कमिटिले पार्टीका नेता कार्यकर्ताहरुसंग संगठनलाई अझै बलियो बनाएर जाने विषयमा वृहद छलफल गरेको नगर कमिटि अध्यक्ष विरेन्द्र प्रसाद यादवले बताए ।
मिसन २०८४ लाइ ध्यानमा राखी अहिलेदेखी नै संगठनलाई अझै मजबुत बनाउनका लागि पालिकाको प्रत्येक वडामा कार्यकर्तासंग भेटघाट गरी आवश्यक राय सुझाव र सल्लाह लिने काम भइरहेको माधवनारायण नगरपालिकाका पूर्व मेयर समेत रहेका नगर अध्यक्ष यादवले बताए ।
पार्टी संगठनलाई अझै सुदृढ, बलियो, शक्तिशाली र एकतावद्ध बनाउन माधवनारायण नगरपालिकाको प्रत्येक वडामा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई तिव्रता दिइएको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष श्याम विहारी यादवले बताएका छन् ।
सो क्रममा जिल्ला अध्यक्ष श्याम विहारी यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’ उनले भने ।
उनले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिए पनि १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दाबी गरे । उनले भने, ‘जसपा नेपालमा डेढ लाख क्रियाशील सदस्य छन्, तीमध्ये १ हजार पनि उता गएका छैनन् । केहि नेता मात्र पार्टीबाट फुटेर गएको तर पार्टीका सबै कार्यकर्ताहरु जसपा नेपालकै साथमा रहेको उनले बताए ।
मिसन २०८४ मा बढि भन्दा बढी सिट हासिल गर्ने गरी जसपा नेपाललाई अझै ठुलो र सक्तिशाली पार्टी बनाउन अहिलेदेखी नै संगठन निर्माणमा लाग्न अध्यक्ष यादवले सबैलाई निर्देशन दिए । भोली विहीवार वडा नं ४ विशुनपूर्वा मानपुरमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष यादवले बताए ।
सिरहा ९ साउन। यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ।
सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान,सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो।
सवारी करबाट रु ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैया, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु ११ करोड १८ लाख ६८ हजार विस रुपैया तथा पटके दस्तुर र रुट परमिटबाट रु ७९ लाख ७८ हजार २२५ रुपैया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९÷०८० मा ४५ करोड ३५ लाख ७४ हजार तिनसय ९४ रुपैया राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।’
यस्तै आव २०८०÷०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।
कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, ‘कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।’ं
सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नवे रुपैया र प्रदेस सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेृखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।न्युज कारखाना
महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पर्यटन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मंगलवार पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
पर्यटन बर्षको अवसर पारेर प्रदान गर्ने उक्त पुरस्कार मुल्यांकनको आधारमा ३ जनालाई प्रदान गरिनेछ ।
जनही १५ हजारका दरले नगद पुरस्कार समेत प्रदान गरिने उक्त पुरुस्कारको राशी ४५ हजार राखिएको छ । देशको आर्थिक समृद्वीको मुख्य आधार पर्यटन नै भएको वताउदै यस्को लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने र प्रोत्साहनको जरुरी भएको महसुस भएअनुसार पुरस्कार घोषणा गरेको संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिए ।
पुरस्कारको लागि छनोट कार्यविधि समेत वनाईएको छ । पर्यटन बर्षको निर्धारित मिति भन्दा १ महिना अगाडी नै छनोट प्रक्रियाका मापदण्ड सार्वजनिक गर्ने र सोहीअनुसार पत्रकारहरुलाई पुरस्कारको लागि आव्हान गर्ने संघले जनाएको छ ।
मोफसलमा बसेर पत्रकारिता गर्नेहरुको लागि मधेशमा नै एउटा विशिष्ट उदेश्य वोकेको संस्थाले पुरस्कारको घोषणा गर्नु आफैमा नौलो वनेको छ । मधेश प्रदेशमा पहिलोपटक महोत्तरीमा घोषणा भएको यस्तो पुरस्कार अन्य जिल्लाहरुमा समेत बिस्तार गर्नुपर्ने सरोकारवालाहरुले प्रतिक्रिया दिए ।
संस्कृति तथा शिक्षा राज्यमन्त्री सारदादेवी थापाले पर्यटन क्षेत्रमा कलम चलाउनेहरुका लागि यो पुरस्कारले थप उत्साहित वनाउने वाताईन । ‘यो वास्तवमा निक्कै राम्रो काम भएको छ यसवाट पर्यटन पर्वद्वनमा ठुलो योगदान पुग्ने देखिन्छ ।’ राज्यमन्त्री थापाले भनिन ।
न्युज कारखाना
ओम प्रकाश यादव
साउन ८ गते, मंगलवार रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुर स्वास्थ्य चौकीमा यहि साउन महिना भित्रमा प्रसुति गृह अर्थात बर्थिङ सेन्टर सञ्चालन हुने भएको छ ।
प्रदेश र माधवनारायण नगरपालिका कार्यालयको आर्थिक सहयोगमा माधोपुर स्वास्थ्य चौकीमा नवनिर्मित भवनमा यहि साउन महिनामा बर्थिङ सेन्टर सञ्चालन हुने बताइएको छ ।
पहिलादेखी नै जन स्वास्थ्य प्रयोगशाला र ल्यावको सेवा उपलब्ध रहेको उक्त स्वास्थ्य चौकीमा माधवनारायण नगरपालिकाले बर्थिङ सेन्टरको सुविधा थप गर्न लागेको छ ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले मंगलवार उक्त स्वास्थ्य चौकीमा नवनिर्मित भवन र स्वास्थ्य उपकरणहरुको अनुगमन निरीक्षण गरेका छन् ।
अस्पतालको अनुगमन निरीक्षण गर्दै नगर प्रमुख यादवले यस साउन महिना भित्रमा उक्त अस्पतालमा अत्याधुनिक एवं सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन गरी सेवा सुचारु गर्ने बताएका छन् ।
बर्थिङ सेन्टर नहुँदा चन्द्रपुर, विरगंज लगाएतका ठाउँमा मोटो रकम तिरेर गर्भवती महिलाहरुले प्रसुति गराउनु बाध्य हुँदै आएको अवस्थालाई अन्त्य गरी आफनै गाउँ ठाउँमा सहज तरिकाले सुत्केरीको सेवा उपलब्ध गराउने उद्देश्यले माधोपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सेवा थप गर्न लागेको मेयर यादवले बताए ।
स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्ने र आम नागरिकलाई स्थानीय स्तरमै प्रसुति गृहको सेवा उपलब्ध गराइ स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले माधोपुर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गर्न लागिएको उनले बताए ।
‘बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरिसकेका छौँ,’ उनले भने, ‘अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम पनि दिसकेका छौ । प्रसुति गृह सञ्चालनका लागि आवश्यक पर्ने सबै स्वास्थ्य उपकरण खरिद देखी लिएर अन्य सबै तयारी पुरा भइसकेको र अब उदघाटन गर्न मात्र बाँकी रहेको मेयर यादवले बताए ।
माधवनारायणमा अहिले एउटा खेसरहीयामा मात्र बर्थिङ सेन्टर सञ्चालन रहेको छ । नगरपालिकाले आफना दोश्रो बर्थिङ सेन्टरको रुपमा माधोपुरमा बर्थिङ सेन्टर सञ्चालन गर्न लागेको छ ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवको अथक प्रयास र पहलकदमीमा माधोपुरमा उक्त बर्थिङ सेन्टर सञ्चालन हुन गालेको छ ।
माधोपुरमा अहिले बर्थिङ सेन्टर नहुँदा गर्भवतीलाई सुत्केरी गराउन बोकेर बाहिर लैजानुपर्ने अवस्था छ । यसरी बाहिरको अस्पतालमा सुत्केरी गराउन जाँदा एक जनाले महिलाले सुत्केरी गराए वापत ७० हजार देखी १ लाखसम्म रुपैयाँ अस्पताललाई तिर्न बाध्य छन ।
तर माधोपुरमा प्रसुति गृहको सुविधा भएपछि माधोपुर सहित खडकी रजवडा, गढो, फुलवरीया, लौकाहा लगाएत दर्जनौ गाउँका हजारौ व्यक्ति लाभान्वित हुने उनले बताए ।
साथ साथै यहाँका गर्भवति महिलालले सहज तरिकाले नजिकैमा प्रसुति गराउन पाइने र अन्य अस्पताललाई तिर्दै आएको लाखौं रकम बचत हुने छन् ।