बिरगंज ।
आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारको बिरुद्धमा बिरगंजमा प्रदर्शनका साथै खबरदारी सभा गर्दैछ । साथै बिरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ । हालै भ्रष्टाचार बिरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्न लागेको हो ।
आजपा पर्सा जिल्ला कमिटीले आज (बिहिबार) बिरगंजमा गरेको पत्रकार सम्मेलनमा नेताहरु यस्तो जानकारी गराएका हुन् । आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्न लागेको जानकारी दिए ।
बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउँन र भ्रष्टाचार बिरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते बिरगंजमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जनाएका छन् । ‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ ।
सरकारकै संरक्षणमा भ्रष्टाचार बढदै गईरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा वरिष्ठ उपाध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गईरहेको छ । भ्रष्टाचार बिरुद्ध आवाज उठाउँने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’ आजपा महासचिव त्रिभुवन साह अमरले संघिय संरचना आउँनुभन्दा अघि बिरगंजलाई राजधानी बनाउँने भनिए पनि बिरगंजसंग धोका भएको बताए ।
प्रदेशको राजधानी बिरगंजलाई बनाउँन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भईरहेको आरोप लगाए । ‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? हामीले बिरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ महासचिव साहले भने, ‘यदी बिरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं ।
अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’ आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार बिरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले बिरगंजमा खबरदारी सभा गर्न लागेको उनले बताए ।
‘सरकारले हरेक क्षेत्र र बस्तुमा मनोमानी कर असुल्ने काम गरिरहेको छ । सर्वसधारणदेखी उधोगी, व्यापारीसंग मनोमानी कर लिन पाईदैन् । हामी त्यसको विरोधमा छौं । सरकारको मनोमानी कर आतंकले उधोग, व्यापार सबै धरासायी बन्दै गईरहेको छ,’ कुशवाहाले भने, ‘भ्रष्टाचार बढदै गईरहेको छ, मुलुकको आर्थिक अवस्था बिग्रदै गईरहेको छ ।
यस्तो अवस्थामा सरकारले मनोमानी कर असुल्ने धन्दा बन्द गर्नुपर्ने हाम्रो जोडदार माग हो । त्यसैका लागि हामीले बिरगंजमा खबरदारी सभा गर्न लागेका छौं ।’ आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी, भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्र बिरुद्ध आवाज उठाउदै आएको छ ।
आजपा पर्सा जिल्ला कमिटीका इन्चार्ज लखिन्द्र साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका नेताकार्यकर्ताका साथै बिभिन्न मिडियाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
रौतहट।
लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरैसमेत आवश्यक कारवाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको छ । डिसी नेपाल
सप्तरी, पुस १६ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा सोमबार यहाँ आयोजित साइबर सुरक्षा र एआईसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री लेखीले राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका अतुलनीय रहेको बताउँदै पत्रकारप्रति आमजनताको ठुलो आशा, भरोसा र विश्वास रहेकाले थप जिम्मेवार तथा मर्यादित हुँदै नवीन प्रविधिको उपयोग गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिसँगै समाजमा रहेको विकृति न्यूनीकरण गर्ने खालका समाचारलाई प्राथमिकतामा राखी सामाजिक रूपान्तरणमा टेवा पुग्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । स्थानीय ठाउँको परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भूमिका रहेको बताउनुभयो ।
सप्तरी गणतन्त्रवादी नेता, मधेश आन्दोलनका नेता, आदिवासी तथा थारू आन्दोलनका नेता, सङ्घीयता तथा समावेशिताका नेता, सशस्त्रको नेतृत्व गर्ने नेताहरूको जन्मभूमि रहेको ऐतिहासिक जिल्ला रहे पनि अपेक्षित विकास हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले पत्रकारका समस्याप्रति आफू संवेदनशील रहेको बताउँदै प्रदेशका पत्रकारका लागि एक लाख रुपियाँको स्वास्थ्य बिमा र सात लाख रुपियाँको दुर्घटना बिमा सुविधा सरकारले दिएको बताउनुभयो । उहाँले चाँडै मधेश प्रदेशका अग्रज पत्रकारलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रमसमेत राखिएको बताउनुभयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यव्रmममा मधेश प्रदेशका पूर्वशिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, मधेश प्रदेश सदस्य किरणकुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका सल्लाहकार अवधेशकुमार झा, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवलगायतले पत्रकारले भोग्दै आएका विभिन्न समस्याका बारेमा विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साइबर अपराध, एआई प्रविधिको महत्त्वर आवश्यकताबारे जीवन भण्डारी र प्रकाश गौतमले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।
दिपेन्द्र रजक,राैतहट,पुस १८ गते २०८१ ।
रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा सुरुङ बनाएर चोरका समुहहरुले चोरी गरेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा निवासी अच्छेलाल साहको घरमा चोरी भएको छ ।

बुधबारको राती करिब १२ बजेको समयमा सुरुङ बनाई घरमा प्रवेश गरेर पाँच वटा मोबाइल गरगहना र नगद २ लाख गरी करिब ५ लाख बराबरको चोरी भएको पीडित अच्छेलाल साहको भतिज राजकिशोर साहले बताएका छन्।

घरमा चोरी भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको र चोरी भएको मोबाइलहरू र गरगहना र पैसा त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराएपछि त्यहाँबाट आएको टोली चारैजना चोरलाई समातेर इलाका प्रहरी कार्यालय विजयपुरमा लगेको स्थानीयहरूले बताएका छन्। समातिएको चारैजना चोर गाउँ गाउँमा घुमेर खेला हेराउदै मागेर खाँदै आएको कलैया रहेको फतुवा गाउँका मान्छेहरू बताएका छन्।
इलाका प्रहरी कार्यालय सन्तपुरको प्रहरीहरूले गस्ति न गर्दा बारम्बार चोरी भइरहेको स्थानीयहरूले गुनासो गरेका छन् । भर्खरै केही दिन अगाडि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो। त्यो चोरलाई पनि अहिलेसम्म पक्राउ गरेका छैनन् ! पेटभरावा गाउँमा बारम्बार चोरीको घटना हुँदा पेटभर्वा गाउँबासी अहिले त्रसित बनेका छन्।प्रहरीले दिएको जानकारी अनुसार अनुसन्धान भईरहेको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ । -अर्थ ससार
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजदेखि सुरू भएको छ । सन् २०२४ लाई गएकाे मध्यराति विदाइ गरेसँगै नयाँ वर्ष २०२५ लाई हर्षाेउल्लासका साथ स्वागत गरिएको छ ।
आज जनवरी १ तारिक हाे । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु भएको छ ।
न्यू इयर २०२५ काे अवसरमा राैतहटकाे पर्यटकीय स्थलहरू भरिभराउ छन् । चन्द्रनिगाहपुरमा रहेका हाेटेलहरू रातिदेखि देखिनै प्याक छन् । प्रसिद्ध पर्यटकीय स्थल नुनथरमा नयाँ वर्ष मनाउन आउनेहरूकाे यहाँ भिड छ ।
त्यस्तै जिल्लाकाे प्रमुख पिकनिक पार्कहरू माैलापुर पिकनिक पार्क,सिमरी लगायतका अन्य पार्कहरूमा एकाबिहानै देखिनै भिड लागन थालेको छ ।
यी ठाउँहरूमा राैतहट,बारा,पर्सा लगायत छिमेकी मुलुक भारत बिहारका पनि धेरै मानिसहरू नयाँ वर्ष मनाउन आउने गरेका छन् । मङ्गलबार बेलुकीदेखि नै यी ठाउँहरू विशेष चहलपहल देखिएको छ ।
जनकपुरधाम, १६ गते पुस ।
मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने भएको हो । जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा सम्झौता गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।
मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गर्नुभयो । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य तथा ७ लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँ सम्झौता गर्न लागेको बताउनुभयो । यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा मिडियाको सिफारिसमा गरिने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गर्नुभयो । राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश सांसद रामप्रसाद चौधरी, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव रिजाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले कुल ३० लाख रुपैयाँ बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।
चन्दन यादव, रौतहट १६ गते पुस ।
रौतहटको कटहरिया ३ (बिर्ती प्रस्टोका) निवासी एक जनाको पिकअपको ठक्करबाट मृत्यु भएको हो । रौतहट कटहरिया ३ बिर्ती प्रस्टोका निवासी उमाशंकर प्रसाद यादवको कान्छो छोरा सुरेश प्रसाद
यादवको हिजो दिउसो १२ बजे बारा जिल्लाको सिम्रौनगढ नगरपालिका – ११ लक्ष्मनिया चोकमा म. प्र.२–०३–००७ प २०६० नम्बरको मोटरसाइकल र बा. प्र. ०१–०३ च ४०७८ नम्बरको पिकअप सोमबार दिउँसो एक आपसमा दुर्घटना भएको थियो ।
पिकअपको ठक्कर बाट अवस्था गमभिर घाइते भएको थियो । आज राती उपचारको क्रममा मृत्यृ भएको खबर बाहिरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रौतहटको मोटरसाइकल चालक यादवको प्रादेशिक अस्पताल कलैया हुँदै नेसनल मेडिकल कलेज बीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
अति नै कम उमेरमा देहान्त भएको हुन्नाले पुरै गाँउ नै शोकमा डुबेको अवस्था छ । प्रहरीले दिएको जानकारी अनुसार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ती प्रस्टोका निवासी उमाशँकर यादवको छोरा अं. २५ वर्षिय सुरेश यादवको उपचारको क्रममा मृत्यु भएको छ । कान्छो छोराको मृत्युको कारणले पुरै परिवारनै शोकाकुल भएको छ ।
सरिता श्रीवास्तव,रौतहट,१५ गते पुस २०८१ ।
रौतहटमा भन्सार छलेर भारत बाट नेपाल ल्याउँदै गरेको ४ लाख भन्दा बढीको सामान प्रहरीद्वारा बरामद गरिएको छ । भारतबाट भन्सार राजस्व छलेर ल्याइएको अवैध सामान प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार आइतवार रातीको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित बाँस घारिमा लुकाएर राखेको अन्दाजी मुल्य रु १ लाख ७ हजार ९ सय बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।

त्यसैगरी ई–रिक्साको मुल्य रु.३ लाख फेला परेको हुँदा उक्त सामान र ई–रिक्सा सहितको मुल्य रु. ३ लाख दश हजार दुई सय चालिस समेत गरी कुल जम्मा रु.४ लाख १८ हजार १ सय चालिस बराबरको सर–सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । साथै चालक विधिचन सहनीलाइ समेतलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी रायले बताए ।
सरिता श्रीवास्तव, रौतहट,१५ गते पुस २०८१ ।
रौतहटमा भन्सार छलेर भारत बाट नेपाल ल्याउँदै गरेको ४ लाख भन्दा बढीको सामान प्रहरीद्वारा बरामद गरिएको छ । भारतबाट भन्सार राजस्व छलेर ल्याइएको अवैध सामान प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार आइतवार रातीको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित बाँस घारिमा लुकाएर राखेको अन्दाजी मुल्य रु १ लाख ७ हजार ९ सय बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।
त्यसैगरी ई–रिक्साको मुल्य रु.३ लाख फेला परेको हुँदा उक्त सामान र ई–रिक्सा सहितको मुल्य रु. ३ लाख दश हजार दुई सय चालिस समेत गरी कुल जम्मा रु.४ लाख १८ हजार १ सय चालिस बराबरको सर–सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । साथै चालक विधिचन सहनीलाइ समेतलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी रायले बताए ।