रौतहट।
लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरैसमेत आवश्यक कारवाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको छ । डिसी नेपाल
बुधबारको राती करिब १२ बजेको समयमा सुरुङ बनाई घरमा प्रवेश गरेर पाँच वटा मोबाइल गरगहना र नगद २ लाख गरी करिब ५ लाख बराबरको चोरी भएको पीडित अच्छेलाल साहको भतिज राजकिशोर साहले बताएका छन्।
घरमा चोरी भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको र चोरी भएको मोबाइलहरू र गरगहना र पैसा त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराएपछि त्यहाँबाट आएको टोली चारैजना चोरलाई समातेर इलाका प्रहरी कार्यालय विजयपुरमा लगेको स्थानीयहरूले बताएका छन्। समातिएको चारैजना चोर गाउँ गाउँमा घुमेर खेला हेराउदै मागेर खाँदै आएको कलैया रहेको फतुवा गाउँका मान्छेहरू बताएका छन्।बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ । -अर्थ ससार
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजदेखि सुरू भएको छ । सन् २०२४ लाई गएकाे मध्यराति विदाइ गरेसँगै नयाँ वर्ष २०२५ लाई हर्षाेउल्लासका साथ स्वागत गरिएको छ ।
आज जनवरी १ तारिक हाे । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु भएको छ ।
न्यू इयर २०२५ काे अवसरमा राैतहटकाे पर्यटकीय स्थलहरू भरिभराउ छन् । चन्द्रनिगाहपुरमा रहेका हाेटेलहरू रातिदेखि देखिनै प्याक छन् । प्रसिद्ध पर्यटकीय स्थल नुनथरमा नयाँ वर्ष मनाउन आउनेहरूकाे यहाँ भिड छ ।
त्यस्तै जिल्लाकाे प्रमुख पिकनिक पार्कहरू माैलापुर पिकनिक पार्क,सिमरी लगायतका अन्य पार्कहरूमा एकाबिहानै देखिनै भिड लागन थालेको छ ।
यी ठाउँहरूमा राैतहट,बारा,पर्सा लगायत छिमेकी मुलुक भारत बिहारका पनि धेरै मानिसहरू नयाँ वर्ष मनाउन आउने गरेका छन् । मङ्गलबार बेलुकीदेखि नै यी ठाउँहरू विशेष चहलपहल देखिएको छ ।
जनकपुरधाम, १६ गते पुस ।
मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने भएको हो । जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा सम्झौता गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।
मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गर्नुभयो । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य तथा ७ लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँ सम्झौता गर्न लागेको बताउनुभयो । यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा मिडियाको सिफारिसमा गरिने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गर्नुभयो । राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश सांसद रामप्रसाद चौधरी, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव रिजाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले कुल ३० लाख रुपैयाँ बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।
त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।
त्यसैगरी ई–रिक्साको मुल्य रु.३ लाख फेला परेको हुँदा उक्त सामान र ई–रिक्सा सहितको मुल्य रु. ३ लाख दश हजार दुई सय चालिस समेत गरी कुल जम्मा रु.४ लाख १८ हजार १ सय चालिस बराबरको सर–सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । साथै चालक विधिचन सहनीलाइ समेतलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी रायले बताए ।
जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार आइतवार रातीको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित बाँस घारिमा लुकाएर राखेको अन्दाजी मुल्य रु १ लाख ७ हजार ९ सय बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।