आरके श्रीवास्तव,राैतहट,०१ गते माघ ।
राैतहटकाे कटहरियामा संत शिरोमणि रविदास महराजको ६४८ औं जन्माेत्सव भव्य रूपमा मनाइएको छ । चमार कल्याण समाज राैतहटले विभेदमुक्त समाज र समानताको पक्षमा जीवन समर्पित गरेका रविदास महराजको सम्मानमा साे कार्यक्रम आयाेजन गरेको थियोे ।
कटहरिया बजार भरि शोभा यात्रा निकालेर बहादुरपुर दलित धर्मशालाको सभाहलमा पुगेर एक समारोहमा परिणत भएको जिल्ला अध्यक्ष धर्मेन्द्र रामलृ जानकारी गराएका हुन् ।
कटहरिया स्थित आयोजित सो भव्य समारोहका बिच चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारले शंत गुरु रविदासले आदर्शवादी सोच र चिन्तनद्वारा समाजमा रहेका हरेक प्रकारका बिभेद,कुरिती,अन्धबिश्वास एवम् शोषणको अन्त्य गर्नका लागि उनले गरेका कार्यहरु समाजमा सदैव स्मरणीय रहने बताए ।
साथै याे दिन हामीसबै राम समुदायले घर घरमा दिप प्रज्जवलन गर्नुपर्नेमा जाेड दिएका थिए ।
रामले जातीय विभेद लगायत विभिन्न किसिमका हिंसा एवम् विभेदहरु समाजमा चरमउत्कर्षको अवस्थामा पुगे पछि गुरु रविदासले आफ्नो सद बिचारको माध्यमले समाजमा समता एवम् समानता कायम गर्नका लागि ठुलो योगदान दिएकोले आज पनि संसार भरीमा उनको कृति एवम् महानतमको स्मरणीय चर्चा भइरहेको बताए ।
उनले हरेक वर्ष माघ पुर्णिमाका दिन मनाइने रविदास जन्मजयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गर्न माग गरेको हुन् । आगामि वर्ष सार्वजनिक विदाको घोषणा न भए आफुहरु कडा आन्दोलनमा जाने सरकारलाई चेतावनी समेत दिएका छन्।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले रविदास महराजको योगदान र शिक्षाका बारेमा प्रकाश पारेका थिए ।
आरके श्रीवास्तव,रौतहट,०१ गते फागुन ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाईते हातीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेब स्थान सामुदायिक बन उपभोक्ता समुहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हातीको उपचार गरिएको हो । यहाको जङ्गल तथा बस्तीमा करीब दुई महिना देखि हाती देखा पर्दै आएको स्थानीय टीका आचार्यले बताए । उनका अनुसार हातीको दाया खुट्टा घाइते भएको अवस्थामा रहेको थियो ।हातीको कसैले गोलि हानेको हुन सक्ने आशका गरिएको उनले बताए ।राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले घाईते हातीको उपचार गरेको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ ।राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हातीको दाया खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अबस्थामा उपचार गरिएको हो ।हातीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक औषधि दिएर उपचार गरिएको उनले जानकारी दिए ।हाती बेहोस भएको आधा घण्टाभित्र पशु चिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । हात्तीको उपचार सकिए लगत्तै त्यसै स्थानमा छाडिएको थियो । तर स्थानीयले
हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन । हातीको उपचार मात्र गर्ने तर स्थानतरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृती संरक्षण कोषले जनाएको छ । उक्त जङ्गली हातीको नाम एमगज भएको बुझीएको छ ।
प्रेमचन्द्र झा,राैतहट,फाल्गुन ०१ गते
राैतहट । गाैर -चन्द्रनिगाहपुर सडक खण्डमा फोरलाईन
सडक निर्माण तथा स्तर उनन्ति सुरु भए संगै समस्या देखिन थालेका छन ।
सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमार कर्णका अनुसार गाैर नगर पालिकाले निर्माण गर्न लागेकाे स्वागत द्वारको विभाग स्विकृति नरहेकाे बताएका छन ।
सडक डिभिजन कार्यालयले मुल सडक देखि १५ मिटर दायां वायांमा कुनेै पनि संरचना नबनाउन तथा बनाउन नदिन सबैलाई आग्रह गरेका छन । यसै बिचमा गाैर नगर पालिकाले बनाउन लागेको प्रवेस द्वार फोर लाईन बाहिर रहे पनि ड्राेईङ्ग स्विकृत नरहेकाे प्रमुख कर्णले बताए ।
देशमा लोकतन्त्र हो कि मनपरि तन्त्र हाे बुझन बहुत गाह्रो छ । जसलाई जे मन लाग्यो त्यही काम गरी रहेका छन । कसैले कसैको अधिकार क्षेत्रमा प्रवेश गर्नु अगाडि साेधे न साेधे कुनै फरक पर्दैन । ठेक्का भई सकेकाे रहेका छन । अहिले सहमति दिन भन्छन तै पनि कागज पत्र मिलाएर स्केच मिलाएर ल्याउन भनेको प्रमुख कर्णले बताए । यस बारे गाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले सडक डिभिजन चन्द्रनिगाहपुरमा विभागिय सहमतिका लागि आवश्यक कागजात पेस गरी सकेको बताए ।
सडकले तोकेको माप दण्ड अनुसार स्वागत द्वार निर्माण भई रहेको ठाउमा जग्गा प्रयाप्त रहेको प्रमुख ठाकुरले बताए ।
सडक डिभिजन चन्द्रनिगाहपुरले गाैर विपि चाैक देखि माधवनारायण नपा ३ गजेन्द्रनारायण सिंह अस्पताल सम्मकाे १६.३६० किमि सडक फाेर लाईन बनउन ठेक्का भएको हो । सो रमन-आश्रेय जेभीले निर्माण गराई रहेको छ।
चन्द्रपुर -गाैर सडक (एनएच ३६)लाई फोर लेन कालो पत्रे सडकमा विस्तार तथा स्तर उन्नतिको काम शुरु भएका छन । यसको लागि सडक डिभिजन चन्द्रनिगाहपुरले २०८१/०६/०२१मा रमन -आश्रेय जेभी बसुन्धरा काठमाडौ संग समझाैता गरेका थिए ।सो सडकलाई बनाउन २०८४/०६/२०सम्मको अन्तिम समय सिमा दिईएको छ। सो कार्य ताेकिएको समय सिमा भित्र सम्मपन्न गराउन कम्पंनीले २०८१/०७/०६ गते देखि कार्य शुभारम्भ गरि सकेको रमन आश्रेय जेभीका प्रोजेक्ट मैनेजर अजय गुप्ताले बताए । सो फोर लाईन सडकलाई विपि चाैक सम्म मात्र सिमित न राख्न स्थानीय समाजसेवी विक्रान्त विक्रम नेपालले बताए। फोर लेन सडक प्रदेशिक अस्पताल गाैर सम्म ल्यान उनले माग गरेका छन।
नेपाली कांग्रेसका नेता तथा राैतहट १ (क) बाट निर्वाचित मधेस प्रदेस सभाका सदस्य नागेन्द्र साहले निर्माण भई रहेको फोर लाईन सडकलाई बोडरसंग जोडिए मात्र यसको औचित्य रहेको बताए । बोडर संग जोडन गाैर वजार क्षेत्रको दायाँबायाँबाट पनि बोडरसम्म फोर लाईन सडक जोडन प्रदेश सदस्य साहले माग गरेका छन ।
फोरलाईन सडकको कामलाई बोडर सम्म नजोडिए स्थानीय जनता आन्दोलित हुन वाध्य हुने उनले चेतावनी समेत दिएका छन ।
रौतहट, ३० माघ गते – संत शिरोमनि रविदास महराजको ६४८ औं जन्मजयन्ती देशको विभिन्न ठाउँहरुमा मनाउनुको साथै रौतहटमा पनि मनाइएको छ।

बुधबार रविदास समाज सेवा नेपालको आयोजनामा शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको अवसरमा रौतहटको मध्यभागमा रहेको गरुडा बजारमा शोभा यात्रा निकालेर गरुडा चौक तथा बजार भरि परिक्रमा गर्दै,अन्त्यमा श्री राम सुगर मिल्स गरुडाको प्राङ्गणमा आयोजित रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको समारोहमा समावेश भएका थिए ।

समारोहको अध्यक्षता रविदास समाजका अगुवा सत्यनरायण महरा, ले गरेको थियोे भने सो सोभा यात्रा दलित संघर्ष समितिका संयोजक सोनालाल रामको संयोजकत्वमा निकालिएको थियो। त्यसैगरी सो कार्यक्रमको प्रमुख अतिथिमा राजपुर नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष कृष्नन्दन महरा,विशिष्ट अतिथिमा मटुक पासवान तथा अथितिहरु मा उदय नारायण राम,लगायत जिल्ला भरिकै रविदास समाजका व्यक्तित्व तथा दलित अधिकार कर्मी हरुको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि रामले दलित बहुजनको गुरु परमज्ञानी शंत शिरोमनि रविदास महराजको वाणी सुनाउदै समाजमा एकता, समानता, जातिवादको अन्तय र सबैले ज्ञान प्राप्त गर्नको लागि गुरु रविदासले संघर्ष गरेको बताए । उनलेे रविदासको आश्रम र जन्म जयन्तीको दिन स्थानीय सरकारले विदा दिनुपर्ने मन्तब्य राखेका थिए ।
रामले शंत रविदासले चाहेको समनता, विभेदमुक्त समाज र उनको ज्ञानको चर्चा समाजमा गर्नको लागि नै शंत शिरोमणि रविदास महराजको जन्म ज्यन्ती मनाउन सरकारी स्तरबाट पहल गरिनु पर्ने बताए ।
विगत २ बर्ष देखि नै रौतहटमा पनि रविदास जन्मजयन्ती मनाइँदै आएको छ । शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको उपलक्ष्यमा सबै जनाले ज्ञान प्राप्ति, सुख, शान्ति, समृद्धिको कामना गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,३० गते माघ ।
राैतहट । मध्य राैतहटकाे गरूडामा रहेको ईलाका प्रहरी कार्यालयमा आजदेखि नागरिक सहायता कक्ष सुरू गरिएको छ । आम नागरिककाे गुनासो सुन्न ईप्रका भित्र रहेको गाेलघरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएकाे छ ।
जहाँ असहाय गरिब नागरिकहरुको लागि प्रहरी द्वारा नि:शुल्क निवेदन लेखन कार्य सुरुवात गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी गराउनु भएको हाे ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु भएको सहायता कक्ष बाट बुधबारदेखि नै सेवा प्रवाह गरिएको उनले बताएका हुन् ।
सहायता कक्षबाट आम नागरिकहरूलाई सहजहुने विश्वास व्यक्त गरिएको छ । सहायता कक्षबाट नागरिकका गुनासाहरूको सुनुवाइ गरिने प्रहरीकाे भनाइ छ ।
स्मरणीयहाेस् गरिबको लागी निःशुल्क निवेदन लेख्न राैतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएकाे हाे ।
एसपी दिलीप घिमिरेकाे निर्देशनमा निःशुल्क उजुरी ठाडो निवेदन लेख्ने फर्मेट जिल्लाकाे प्रत्येक थाना चौकीमा पुगेपछि नागरिकलाई अब सहज भएको छ ।
रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो । प्रहरीले नै निवेदन लेखिदिएपछि आम नागरिक लाई सहज भएको छ । एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका थिए ।
बज्जिकाञ्चल संवाददाता,गाैर,२९ गते माघ २०८१ । मधेशी शहीदहरूको सालिक स्थापनाको माग गर्दै समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सचिव तथा युवा नेता ललन यादव नेतृत्वको टोलीले गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहलाई ज्ञापन पत्र बुझाएका छ्न ।
रौतहटको गौर नगरपालिका-३ स्थित मधेसी क्रान्ति चौकमा नवनिर्मित घन्टाघर चौतारा क्षेत्रमा मधेसी जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको सालिक स्थापनाको माग गर्दै मधेसबादी नेताहरू असन्तुष्टि व्यक्त गर्दै आइरहेको अवस्था युवाहरूले गौर नगरपालिकाको नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
यादवले मधेसी बलिदानीहरूका योगदानलाई सम्मान गर्दै उनीहरूको स्मरणका लागि गौर नगरपालिकाले विशेष पहल गर्नुपर्ने बताएका छन् । उनले मधेश आन्दोलनमा वीरगति प्राप्त गरेका योद्धाहरूको सम्झनामा स्थायी स्मारक निर्माण आवश्यक रहेको उल्लेख गर्दै, शहीदहरूको सम्मान नगरपालिकाको दायित्व भएको बताएका छन् ।
नगर प्रमुख साहले ज्ञापन पत्र ग्रहण गर्दै यस विषयमा गम्भीर छलफल गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गौर नगरपालिकालाई ऐतिहासिक र गौरवशाली बनाउन शहीदहरूको योगदानलाई उजागर गर्ने कार्यमा आफ्नो सहयोग रहने आश्वासन समेत दिएका छन् ।
ज्ञापन पत्र बुझाउने क्रममा विभिन्न युवा नेता, विद्यार्थी तथा स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । स्थानीय युवाहरूले शहीदहरूको सम्मानमा यथाशीघ्र सालिक स्थापनाका लागि पहल गर्नुपर्ने माग गर्दै नगरपालिकालाई दवाव दिएको बताएका छन् ।
बज्जिकाञ्चल संवाददाता,गाैर,२९ गते माघ २०८१ ।
मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक खारेजीको माग गर्दै श्रमजीवी पत्रकार संघ, रौतहट शाखाको आयोजनामा मौन जुलुस प्रदर्शन तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।
मधेसी क्रान्ति विपी चौक, गौरमा जिल्लाका सम्पूर्ण श्रमजीवी पत्रकारहरूको सहभागितामा सरकारको प्रेस दमन नीति विरुद्ध आवाज उठाइएको थियो । पत्रकारहरूले “मलाई लेख्न र बोल्न दे सरकार” भन्ने नारासहित मौन जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका छन् ।
पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने नियतले ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएकाले तुरुन्त फिर्ता लिनुपर्ने श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष संतोष पौडेले माग गरेका छन् ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, स्वतन्त्र पत्रकार तथा समाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विधेयक खारेज नभएसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन् ।