आरके श्रीवास्तव,गरूडा,१९ गते चैत ।
रौतहट । गरुडा नगरपालिकाको वडा नम्बर ८, जिगडियामा जामे मस्जिद भवन निर्माणका लागि भव्य शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। मंगलबार एक विशेष समारोहबीच नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विधिवत रूपमा मस्जिद भवनको शिलान्यास गर्नुभएको हो।

१ करोड ३८ लाखको लागतमा निर्माण हुन लागेको यो मस्जिद भवन मुस्लिम धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहज बनाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ। शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख जैसवालको उपस्थिति रहेको थियो भने जामे मस्जिदका अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले गरुडा नगरपालिकाको विकास सबै जातजाति, धर्म, वर्ग, तथा समुदायको समान हक सुनिश्चित गर्दै अघि बढिरहेको बताउनुभयो। उहाँले नगरपालिकाले सबै नागरिकको धार्मिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राखेर कार्य गरिरहेको स्पष्ट पार्दै भन्नुभयो, “नगरपालिकामा कसैलाई उपेक्षित हुन दिइने छैन। सबै समुदाय समान छन्, सबैको हक बराबर छ, र विकासको अधिकार सबैको हो।”
नगरपालिकाको नेतृत्व सम्हालेपछि समान विकासलाई प्राथमिकता दिएको बताउँदै प्रमुख जैसवालले गरुडा नगरपालिकालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र समृद्धिको उदाहरणीय मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधि, मुस्लिम समुदायका अगुवा, सामाजिक अभियन्ता तथा नगरवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। मस्जिद भवनको निर्माण कार्य छिट्टै प्रारम्भ भई निर्धारित समयसीमाभित्रै सम्पन्न गरिने योजना रहेको छ।
आरके श्रीवास्तव,रौतहट,१९ गते चैत ।
स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा मंगलवार जिल्लाको कटहरिया नगरपालिकामा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले धर्ना कार्यक्रममा सहभगी हुने बारे जानकारी गराएका छन् ।

नगर स्तरीय संघर्ष समतिले कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर साह लाइ स्वास्थ्यकर्मी धर्मेन्द्र दासको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोली चैत २५ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यालय अगाडी अनिश्चितकालिन धर्नामा सहभागी हुने बारे जानकारी गराएको हुन् ।

कार्यालयको सेवा प्रवाहमा असर नपर्नेगरी सो धर्ना कार्यक्रममा सहभागिता हुने सम्बन्धमा एउटा पत्र नै तयार पारी बुझाएका हुन् । मधेस प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आन्दोलित छन् ।
मधेश प्रदेशका आठ जिल्लामा करिब १ हजार ८ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको स्तरवृद्धिमा मधेस सरकारले रोका गरेकाले नियमित स्तरवृद्धिको माग गर्दै प्रदर्शन गरिरहेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
आरके श्रीवास्तव,राैतहट ,१९ गते चैत ।
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । कटहरिया वडा ४ मा गरिएको शिविरमा ४८ बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
कटहरिया नगरपालिका वडा नम्बर ४ को समन्वयमा नेत्र ज्योती आँखा हस्पिटल प्रालिले सञ्चालन गरेको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराएका हुन् ।

जसमध्ये २८ जनामा मोतियाविन्दु समस्या देखापरेको आधारभूत स्वास्थ्य केन्द्र कटहरिया ४ का इन्चार्ज कृषनन्दन साहले जानकारी गराएका हुन् । उनले भने चैत १९ र २० गरि याे शिविर दुई दिनसम्म चल्ने छ । त्यसैले काेही पनि बञ्चित हुनु हुँदैन ।
सो वडामा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ वडामा निःशुल्क आँखाजाँच गरिएको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जानकारी गराएका हुन् । साथै उनले सबै वडावासीलाइ मौकाको फाइदा उठाउनु हुन अनुरोध समेत गरेका छन् ।

शिविर सञ्चालन भइरहेको बेला अुगमन गर्न कटहरियाका प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर साह पनि पुगेका थिए । यस्ता शिविरले ग्रामीण क्षेत्रका सर्वसाधारण लाभान्वित हुने बताएका छन् ।
शिविर उदघाटनको क्रममा कटहरिया ४ का वडा सदस्य रामइश्वर यादव,मेराजुल मियाँ धोबी,एलआइसीका अभिकर्ता जटाशंकर सोनी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो । कटहरिया वडा नम्बर ६ फतेपुरमा यो आँखा शिविर सञ्चालन गरिएको थियो ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १९ गते चैत २०८१ ।
राैतहट । लोकतान्त्रिक पत्रकार संघको रौतहट जिल्ला संयोजकमा राजुकुमार श्रीवास्तवलाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधान अनुसार पत्रकार श्रीवास्तवलाई रौतहट संयोजकमा मनोनयन गरेको हो ।
बज्जिकाञ्चल मिडिया प्रालि.का प्रमुख तथा बज्जिकाञ्चल दैनिकको पनि प्रमुख हर्ताकर्ताको रुपमा कार्यरत श्रीवास्तव बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष पनि हुन् । एक दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा रहेका श्रीवास्तव एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।

नेपाली र बज्जिका दुवै भाषाको पत्रकारिता गर्दै आएका श्रीवास्तव मधेश प्रदेशमा आफ्नो पहिचान बनाइसकेका छन् । ग्रामीण क्षेत्रमा रहेर स्थानीय तथा केन्द्रीय सञ्चार माध्यमसम्म पहुँच विस्तार गरेका श्रीवास्तवको नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले मंगलवार श्रीवास्तवलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा श्रीवास्तवको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, १८ चैत । गणतन्त्रको पक्षमा नेकपा एमाले रौतहटले दबाबमूलक विशाल मोटरसाइकिल रैली प्रदर्शन गरेको छ । सोमबार एमालेले जिल्लाको मध्य भाग गरुडामा रहेको श्री राम सुगर मिलको प्रांगण देखि जिल्ला सदरमुकाम गौर सम्म २१ किलोमिटर लामो दूरीको मोटरसाइकिल रैली प्रदर्शन गरेको छ । गौरको परिक्रमा गर्दै विपी चौक ( मधेशी क्रान्ति चौक ) घण्टाघर स्थित कोण सभा गरिएको थियोे ।
उक्त सभालाई एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इनचार्ज अजय गुप्त सहित जिल्ला अध्यक्ष सचिदानन्दले सम्बोधन गरेका थिए । केन्द्रीय सदस्य गुप्ता विभिन्न षड्यन्त्र गरि केहि अराजक तत्वले जनता लाई भ्रमित गर्न खोजि रहेको छ । हजारौं जनताले आफ्नो बलिदानी दिएर ल्याएको गणतन्त्र लाई समाप्त गर्न खोजिरहेको छ । यो षड्यन्त्र कदापी स्वीकार्य नहुने बताएको छ । साथै यस्तो उच्श्रृंखल क्रियाकलप गर्ने लाई सिधैं जेल हाल्न सरकार सँग माग पनि गरेका छन् ।
राजावादीहरुले गत चैत १५ गरेका दिन संघीय राजधानी काठमाडौंको तीनकुनेमा आन्दोलनको नाममा खुलेयाम लुटपाट , तोडफोड र दुनिया लाई सूचना प्रवाह गर्ने देशको चौथो अंगको रुपमा रहेको पत्रकार लाई हत्या जस्तो घिनौना हर्कत गरेको प्रतिगामीहरु लाई कानुनको घेरामा ल्याउन समेत माग गरेका छन् ।
यस्ता कार्य गर्न लगाउने पूर्व राजा ज्ञानेन्द्रलाई अविलम्ब पक्राउ गरि जेलमा हाल्नुपर्छ, नेपालमा संविधान भन्दा माथि कोही छैन, देशमा संघीय लोकतन्त्र गणतन्त्रलाई खतरा पुर्याउन खोजिरहेकोले यस्ता अराजकता फैलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने धारणा राखेका थिए ।
उक्त विशाल मोटरसाइकिल रैली हजारौ मोटरसाइकिल सहित नेता कार्यकर्ताको हजारौंको सहभागिता रहेको थियोे ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१८ गते चैत । रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको टिप्पणी गरेका छन् । असफल भईसकेको वर्तमान सरकार भेन्टिलेटरमा भएको विरामीको अवस्थामा पुगेको उनले दावी गरे ।
रौतहटको कटहरियामा आजपाको जिल्ला अगुवाकार्यकर्ता भेला आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले ओली सरकार ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओली संसद र सडक दुवैबाट अस्विकृत भईसकेको बताउदै उनले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिए ।
‘देशमा सरकार छ भन्नेपनि नागरिकले अनभूति गर्न छोडिसकेका छन् । नैतिकताको कसीमा उभिने हो भने प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्दा नै मुलुक र एमालेको हित हुन्छ । नत्र एमालेको अस्तित्व समाप्त हुने दिन टाढा छैन्,’ आजपा अध्यक्ष साहले भने ।
सरकारको गलत रबैयाको कारण देश असफल भईरहेको बताउदै उनले सरकारको आन्तरिक र बाहृय सम्बन्ध अशान्त बनेको बताए । ‘यो सरकार आएपछि भारतसँगको सम्बन्ध बिग्रियो । राजनीतिक तहमा सम्वादहिनता देखिएको छ । सरकारले असन्तुलित कुटनीति अपनाएको कारण भारतसँगको सम्बन्ध बिग्रिएको हो’, उनले भने ।
उनले अहिले एउटा भ्रमणको लागि पूरै राज्य–संयन्त्र दुरूपयोग गर्न खोजिएको बताए । विभिन्न देशले आयोजना गर्ने सम्मेलनमा भाग लिने र त्यही मौकामा यसो साइडलाईन भेटवार्ता गर्न अहिलेका परराष्ट्रमन्त्री र प्रधानमन्त्री उद्धत रहेको बताउदै यो त देशको लागि पनि लाजको विषय भएको बताए ।
तीनकुने घट्नामा सुरक्षा कमजोरी भएको बताउदै उनले यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउदै भने, ‘यसको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्दैन् ? म त भन्छु–यो सरकार देशमा शान्ति, सु–व्यवस्था र जनधनको सुरक्षा गर्न असफल भैसक्यो । संघीय राजधानी काठमाडौंमा घोषित कार्यक्रममा समेत सुरक्षा मजबुद गर्न नसक्ने सरकारले देशको कुनै कुनामा कसरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न सक्छ ? तिनकुने घट्नाले गम्भीर प्रश्न उठाएको छ ।’
साहले प्रधानमन्त्री खोपीको देउता भएको टिप्पणी गरे । ‘बालुवाटार र सिंहदरबारबाहेक केही देख्न पाउनुभएन ? किन यस्तो अवस्था आयो ? देशमा मात्रै होईन विदेशमा समेत नेपालीहरुले प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गरेका छन् । असफल भएपछि पनि कुर्सीमा बसिरहन केले प्रेरिरत गर्छ ? देशले अहिले जुन मूल्य चुकाउनुपरेको छ, यसको जवाफ देश र जनताले केपी ओली र शेरबहादुर देउवासँग लिनेछ’, उनले भने ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।
सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।
पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् ।
वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ ।
वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खाैँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पु¥याउँदै आएको छ ।”
वीरगञ्ज–२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “वीरगञ्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।
वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । “हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भन्नुभयो, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।”
ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।
सभार वर्णन मिडिया
आरके श्रीवास्त,राैतहट,,१७ गते चैत ।
रौतहट । स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा आज जिल्लाभरीमा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला स्तरीय संघर्ष समितका संयोजक काशी साहको नेतृत्वमा गएका स्वास्थ्यकर्मीहरुको टोली रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेश प्रसाद यादवलाइ ज्ञापनपत्र दिएका हुन् ।
मधेस प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आन्दोलित छन् । मधेश प्रदेशका आठ जिल्लामा करिब १ हजार ८ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको स्तरवृद्धिमा मधेस सरकारले रोका गरेकाले नियमित स्तरवृद्धिको माग गर्दै प्रदर्शन गरिरहेको रौहतट जिल्लाको संघर्ष समितिका कोषाध्यक्ष संजिव साहले जानकारी गराएका हुन् ।
पटक पटक नियमित स्तरवृद्धिको माग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनु परेको उनले बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी यादवले सम्बन्धित निकायमा याे पत्रलाई पठाईदिने जवाफ दिनु भएको थियोे ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
उनीहरुले आउँदो चैत २५ गते वृहत् विरोध प्रर्दशन सहित मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका प्रदेश स्तरीय संघर्ष समितिका सदस्य कस्तुभमनी साहले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,रौतहट,१७ गते चैत ।
रौतहटको चार वटा पािलकामा एकैदिन जनता समाजवादी पार्टी नेपालको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लाको गौर नगरपालिका,गढिमाइ नगरपालिका,देवाहीगोनाही नगरपालिका र माधवनारायण नगरपालिकामा नगर अधिवेश सम्पन्न भएको जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् ।

उनले दिएको जानकारी अनुसार माधवनारायण नगरपालिकामा विरेन्द्र राय यादवको अध्यक्षतामा २७ सदसीय नगर कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा निर्मला देवी रमन,ललिता देवी,सचिवमा तपसीलाल यादव,सह सचिवमा खुशीलाल यादव,नरेश हजरा,कोषाध्यक्षमा उपेन्द्र महतो रहेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रिन्स साह,शैल कुमारी साह,जयराम पासवान लगायतका व्यक्तीहरु रहेका छन् । त्यस्तै जिल्लाको गौर नगरपालिकामा अमरुल हकको अध्यक्षतामा ११ सदसीय नगर कमिटि गठन गरिएको छ भने गढिमाइ नगरपालिकामा हरिकिशोर साहको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि गठन गरिएको जसपा नेपालका जिल्ला अध्यक्ष यादवले जानकारी गराएका हुन् ।

त्यसैगरी देवाहीगोनाही नगरपालिकामा विरबहादुर यादवको अध्यक्षतामा २१ सदसीय नगर कमिटि गठन गरिएको उनले बताएका हुन् । जसपा नेपाल रौतहटको २०८१ चैत २६ र २७ गते हुने जिल्ला अधिवेशन गर्नका लागि अहिले धमाधम नगर अधिवेशन भइहरेको यादवले जनाएका हुन् ।
यही चैत २० गते सम्म जिल्ला भरिको सम्पूर्ण पालिकाको नगर अधिवेशन सक्नुपर्ने भएकाले एकै दिन चार पलिकाको नगर अधिवेशन गर्नु परेको उनले बताएका छन् । आज पनि जिल्लाको चार पालिकामा जसपा नेपालको नगर अधिवेशन हुँदैछ ।