काठमाडौं । आम जनता पार्टी (आजपा)मा सुकुम्बासीहरु आबद्ध हुन थालेका छन् । नेपाल भूमीहीन सुकुम्बासी संघ र बिभिन्न पार्टीहरुमा आबद्ध सुकुम्बासी संगठनको मोर्चा संयुक्त सुकुम्बासी मोर्चा आजपामा प्रवेश गरेको छ ।
काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज (बुधबार) दुवै संगठनका पदाधिकारी एवं सदस्यहरुले आजपामा प्रवेश गर्दै सुकुम्बासी आन्दोलनलाई निर्णाय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनीहरुलाई पार्टीमा प्रवेश गराउदै लुटकारी दलतन्त्र र नेपालको पूँजी बिदेश लैजाने भगौडाबर्गको बिरुद्धमा हुने आन्दोलनसंगै अब उत्पीडित, अधिकार बिहिन, सुकुम्बासी, कबाडी, श्रेणीबिहीन कर्मचारीको हकअधिकार एवं आन्दोलनलाई निर्णय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘मुलुक अहिले संकटमा छ । श्रमजीवि, उत्पीडित अधिकार विहिन सहितका बर्गहरु एकजुट भएर मुलुकलाई जोगाउँनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सुकुम्बासी बस्तीमा सुद्ध खानेपानी नदिनु सरकारले मानवता विरुद्धको अपराध गर्दैछ । सुकुम्बासीसंग कर लिने, मत लिने तर खाने पानी नदिने, बिजुलीबती नदिएर सरकारले मानवता विरुद्धको अपराध गदैछ,’ आजपा अध्यक्ष साहले भने, ‘बालुवाटार, ललिता निवास, पतञ्जलीको जग्गा आफ्नो नाममा गराउँने, बेचेर खाने तर सुकुम्बासीलाई जग्गा नदिने सरकारका बिरुद्धमा एकजुट भएर निर्णायक आन्दोलनमा जानका लागि जुटौं ।’
काम नगर्ने क्षेत्राधिकार बिहिन भुमी आयोगको काम नभएको बताउदै उनले आयोग कार्यकर्ता पाल्ने र जनता झुक्याउने मेलो बनेको बताए ।
नेपाल भूमीहिन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर योङया, महासचिव एमडी सतार, कोषाध्यक्ष बिन्दा कटुवाल, सदस्य कृष्ण सापकोटा, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका केन्द्रीय सचिव राम विष्ट लगायतका पदाधिकारी एवं सदस्यहरु आजपामा प्रवेश गरेका हुन् । उनीहरुलाई आजपा अध्यक्ष साहले टिका र खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् ।
आजपा सहअध्यक्ष तिलक थापामगर र सुकुम्बासी संगठनका पदाधिकारीहरुले एकता पत्रमा हस्ताक्षर गरेका छन् । आजपा प्रवेश गर्दै नेपाल भूमीहिन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले अहिलेसम्म २३ आयोग बन्यो तर सुकुम्बासीहरुले लालपुर्जा अझै पाउन नसकेको बताए ।
सुकुम्बासी आयोग बनाउने र भत्ता खाने काम मात्रै भएको बताउदै उनले आफूहरुले बालेन साहलाई मतदान गरेर मेयरमा बिजयी गराए पनि उनले आफूहरुकै घर भत्काउन डोजर लिएर आएको बताए । आजपाको नेतृत्वमा अब निर्णाय आन्दोलन गर्ने र सुकुम्बासीहरुलाई अधिकार दिलाउँन सरकार र महानगरको बिरुद्धमा कडा रुपमा प्रस्तुत हुने बताए ।
‘श्रमजीविहरु अपमानित हुने र श्रम नगर्नेहरु सम्मानित हुने संस्कृतिमा रूपान्तरण सहित आम श्रमजीवि वर्गको मुक्ति तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि आम जनता पार्टी र नेपाल सुकुम्बासी संघले लिदै आएको पहलकदमी र कामकारबाही एउटै दिशामा अग्रसर रहेको निचोड सहित साँझा कार्यभारका लागि सँगसँगैै सहयात्रा गर्दा सहज हुने निष्कर्षमा पुग्यौं,’ आजपा सहअध्यक्ष थापामगर र सुकुम्बासी संगठनका पदाधिकारी बीच भएको सहमतीमा पत्रमा उल्लेख गरिएको छ ।
यस्तै वास्तविक भुमिहिन, अव्यवस्थित बसोबास र बस्तीहरू तथा सुकुम्बासीहरुलाइ लालपूर्जा उपलब्ध गराउने प्रतिबद्धता सहित भू–माफियाहरुले सरकारी जग्गाहरू आफ्नो र आफ्नाको स्वामित्वमा गराएर मचाएका लुट आतंकको प्रतिवाद गर्ने सहमती भएको छ ।
गरिब, दलितलाई आवास र रोजगारको हक दिलाउन संघर्षका कार्यक्रम शसक्त रुपमा अगाडी बढाउँने, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको प्राप्ति, रक्षा एवं विकास सहित देशमा धार्मिक स्वतन्त्रता, सामाजिक न्याय, समता, सुशासन, बदलाव र विकासका लागि जारी संघर्षहरुलाई निर्णायक बनाउदै अगाडी बढने सहमती भएको छ ।
आजपा संगठन विभाग प्रमुख एवं कार्यालय सदस्य अमर साहको अध्यक्षमा भएको पार्टी प्रवेश कार्यक्रमको सञ्चालन प्रवक्ता चन्द्रभुषण साहले गरेका थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सुकुम्बासी संगठनका पदाधिकारी, सदस्य लगायतको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख ।
राैतहट । रौतहट जिल्ला अन्तर्गत गुजरा नगरपालिका–१, मनहर्वामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशबाट विनियोजित आर्थिक वर्ष २०८१/८२ को विकास बजेटबाट निर्माण हुन लागेको आरोग्य तथा योग भवन/सार्वजनिक भवनको शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ ।

शिलान्यास कार्यक्रम मधेस प्रदेशका पूर्व राज्यमन्त्री केशव राय चौधरीको प्रमुख आतिथ्यमा सभ्य र भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर १ का सम्पूर्ण स्थानीय नेता, अन्य वडाका नेतागण, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी, उपभोक्ता समितिका सदस्यहरू तथा जनसमुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

पूर्व राज्यमन्त्री चौधरीको पहल र योगदानले सो परियोजना अघि बढेको बताइएको छ । २२ लाख ५० हजार रुपैयाँको बजेटमा निर्माण हुने उक्त भवनले स्थानीय स्वास्थ्य तथा योग सम्बन्धी गतिविधिमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा वक्ताहरूले पूर्व राज्यमन्त्री चौधरीको विकासमा योगदानको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यसैगरी जनहितका परियोजनामा निरन्तर सक्रिय भूमिका रहने अपेक्षा व्यक्त गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,महोत्तरी,३१ गते वैशाख ।महाेत्तरी । लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धर्मेन्द्र कुमार यादवलाई संघको केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको छ । संघले एक विज्ञप्ति मार्फत यादवलाई मनोनयन गरिएको जानकारी गराउँदै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माद्वारा जारी गरिएको सन्देशमा देश,मधेश, पत्रकारिता तथा पार्टीको हितमा यादवको योगदान उल्लेखनीय हुने विश्वास व्यक्त गरिएको छ ।

यादव महोत्तरी टुडे अनलाइनका सम्पादक हुन् भने महोत्तरी सञ्चार दैनिक, खबर दर्पन दैनिक, बज्जिकाञ्चल दैनिकका संवाददाता तथा जिई खबर अनलाइनमा समेत कार्यरत रहेका छन् । उनी पत्रकारिताको क्षेत्रमा सक्रिय र योगदानशील व्यक्तित्वको रूपमा चिनिन्छन् ।
उनी संघमा आबद्ध भएपछि मधेस प्रदेशमा लाेकतान्त्रिक पत्रकार संघ मजबुत भएकाे छ ।
सरिता कुमारी श्रीवास्तव,राैतहट,३१ गते वैशाख ।
कटहरिया । राैतहटकाे गरूडा नगरपालिका–२ स्थित श्री मावि गेडहीगुठीमा आज पतञ्जली योग समिति गौरको तत्वावधानमा एकदिने योग शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा योग शिक्षक द्वय राम प्रकाश साह र जयमंगल प्रसादले विविध योग आसन तथा स्वास्थ्यसम्बन्धी अभ्यासहरू गराएका थिए ।
शिविरमा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी, स्थानीय बुद्धिजीवी, व्यापारी, किसान लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा योगप्रति जनचेतना अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको शिविरमा सहभागीहरूले योग अभ्यासको महत्त्वबारे जानकारी लिएका थिए ।

“गरौं योग, रहौं निरोग” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सहभागीहरू अत्यन्त उत्साहित देखिएका थिए ।

यस किसिमका कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सजगता बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,बारा,३१ गते वैशाख ।
परवानीपुर । बाराकाे परवानीपुर गाउँपालिका–४ स्थित रामटोल चैनपुरमा आज एक विशेष कार्यक्रमका बीच सडक ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । पूर्व भौतिक पूर्वाधार मन्त्री तथा लोसपाका नेता माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मधेस प्रदेश सरकारबाट बजेट विनियोजन भई माननीय सोनलको पहलमा शुरु गरिएको यस सडक निर्माण योजनाको शिलान्यास विधिपूर्वक पूजा–आर्चना गरी गरिएको हो ।

कार्यक्रममा लोसपा परवानीपुरका प्रत्यासी जगत नारायण महतो, इकाई अध्यक्ष प्रेम पटेल, वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, वडा सदस्यहरू जगदीश साह कानु, राजदेव पटेल, उदेश पटेल तथा गाउँपालिका बोर्ड सदस्यहरू महन्थ राम, शंकर राम, कन्हैया पटेल, अर्जुन राम, बिनेश राम, आत्माराम साह र ओम प्रकाश साह लगायत दर्जनौं स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीयवासीहरूले सडक ढलान कार्य प्रारम्भ हुनुलाई निकै स्वागत गरेका छन् । उनीहरूका अनुसार यस निर्माणले दैनिक आवागमनमा सहजता ल्याउनुका साथै विकासको नयाँ ढोका खोल्नेछ ।
आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख ।
राैतहट । राैतहटकाे बौधीमाई नगरपालिका वडा नम्बर ४ स्थित रहेको श्री मावि ईनारवारीमा आज एक विशेष कार्यक्रमका बीच कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको छ ।
पुस्तक वितरण कार्यक्रमको उद्घाटन बौधीमाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्त नारायण यादवले गर्नु भएकाे हाे । उहाँले विद्यार्थीहरूलाई समयमै पुस्तक उपलब्ध गराउन पाउँदा खुशी व्यक्त गर्दै शिक्षालाई नगरपालिका नेतृत्वको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल यादव,शिक्षकहरू, अभिभावक प्रतिनिधि तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिको समन्वयमा गरिएको उक्त कार्यक्रमले नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीहरूलाई पठनपाठनमा सहज बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालय प्रशासनले वडाध्यक्ष लगायत सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,३१ गते वैशाख ।
रौतहट । लोकतान्त्रिक पत्रकार संघ, रौतहटले बरिष्ठ पत्रकार फणि महतको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक शोक विज्ञप्ति जारी गरेको छ । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा समर्पित महतको वैशाख ३० गते मंगलबार राति १०:३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी संघले जनाएको छ ।

ब्रेन ट्युमरको उपचारमा रहेका महत रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी थिए । रेडियो सुप्रिम चन्द्रपुरको सञ्चालन,कलमपाटी डटकम अनलाइनको स्थापना र अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा संवाददाताको रूपमा सक्रिय महतले स्थानीयदेखि राष्ट्रिय सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
संघका संयोजक राजु कुमार श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा महतलाई एक समर्पित, सत्यनिष्ठ र निर्भीक पत्रकारको रूपमा स्मरण गरिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, “स्वर्गीय महतको निधनले हामीले एक कुशल, इमानदार र सधैं जनताको पक्षमा कलम चलाउने पत्रकार गुमाएका छौं, जसको अभाव लामो समयसम्म महसुस हुनेछ।”

लोकतान्त्रिक पत्रकार संघ, रौतहटले स्वर्गीय महतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक र सम्पूर्ण पत्रकार समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख ।
रौतहट – नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा रेडियो सुप्रिमका सञ्चालक,अन्नपूर्ण पोस्टका रौतहटकर्मी पत्रकार फणीदेव महतको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि टाउकोमा रहेको ट्युमरको उपचार गराइरहनुभएका महतको गएराति असामयिक निधन भएको हो । तीन वर्ष अघि बिरामी परेका महत नेपाल र भारतका विभिन्न सहरमा उपचाररत थिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार महतको निधनले रौतहटले भुइँमान्छेका आवाज बुलन्द गर्ने साहसी तथा निर्भीक पत्रकार गुमाएको बताएको छ । विज्ञप्तिमा उहाँको निधनलाई रौतहटको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति उल्लेख गरिएको छ ।

स्वर्गीय महतका श्रीमती र दुई छोरा रहेका छन् । महासंघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
महासंघका सचिव गौतम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भगवान पशुपतिनाथले शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख ।
रौतहट । अन्नपूर्ण पाेष्ट दैनिकका राैतहट संवाददाता,सुप्रिम सञ्चार प्रा.लि. अन्तर्गत सञ्चालित रेडियो सुप्रिम तथा अनलाइन पोर्टल कलमपाटी डटकमका सञ्चालक, प्रेस चौतारी मधेश प्रदेशका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार फणि देव महतको असामयिक निधनले सम्पूर्ण सञ्चार क्षेत्र शोकमग्न बनेको छ ।
बिगत लामो समयदेखि ब्रेन ट्युमर राेगका सिकार पत्रकार महतको मंगलबार उपचारकै क्रममा दुःखद निधन भएको छ । ४८ वर्षिय उहाँको निधनको खबरले रौतहट मात्र होइन, देशैभरिका पत्रकारलाई स्तब्ध तुल्याएको छ । लामो समयदेखि सञ्चार क्षेत्रको सशक्तिकरण तथा समाज रूपान्तरणमा सक्रिय महतले जनताको आवाज बुलन्द पार्न आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएको थियो ।

पत्रकारितामा उहाँको निष्ठा, समर्पण र निर्भीकता उदाहरणीय रहेको पत्रकार तथा उहाँका सहकर्मीहरूले बताएका छन् । उहाँको योगदान सदैव स्मरणीय रहने छ । पत्रकार महतको निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो शून्यता उत्पन्न भएको छ ।
उहाँको निधनप्रति रौतहट लगायत देशैभरिका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेश लगायत विभिन्न सञ्चार संस्थाहरूले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस दुःखद घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गरिएकाे छ । उनकाे परिवारमा एक श्रीमती र दुई छोरा छन् । चन्द्रनिगाहपुरमा आज दिउँसो उनकाे अन्त्येष्टि गर्ने कार्यक्रम रहेको रेडियाे सुप्रिमका स्टेसन मैनेजर मुकेश कुमार साहले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,गरूडा,३० गते वैशाख ।
रौतहटकाे गरुडा नगरपालिका वडा नं. ६ स्थित पोठियाहीमा आज एक विशेष कार्यक्रमका बीच आधारभूत विद्यालयको कक्षा ६ को औपचारिक उद्घाटन गरिएको छ । नगर प्रमुख कन्थमनी जयसवालले समारोहमा उपस्थित भई कक्षाको उद्घाटन गर्नु भएकाे छ ।
उक्त अवसरमा नगरप्रमुख जयसवालले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै विद्यालय पूर्वाधार विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिएका हुन् । कक्षा ६ को सञ्चालनसँगै विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण पाठ्यपुस्तकहरू पनि वितरण गरिएको छ ।

“नगरवासीहरूको साथ, अभिभावकहरूको विश्वास र विद्यार्थीहरूको उत्साहले हामीलाई अझ बढी जिम्मेवार बनाउँछ,” नगरप्रमुख जयसवालले भन्नुभयो । उहाँले गरुडा नगरपालिका शिक्षामा गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।