२०८३ बैशाख २४
२०८३ बैशाख २४

चितवन, ११ बैशाख । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।

 

आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना  हुन सकेकाे थिएन ।

 

आज सर्वदलीय बैठक बोलाईएर सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।

 

सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।  सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।

बारा, ११ बैशाख । हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा–२ को मतगणना आजवाट सुरु हुने भएकाे छ ।

आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।

 

सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।

 

तनहुँ–१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा–२ र चितवन–२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

 

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङघन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ । जसकाकारण चितवन–२ मा मतगणना सुरु हुन नसकेकाे हो ।

पोखरा, ११ बैशाख । तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन ।

 

आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार २ सय ५१ मत पाएका छन ।

 

तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत पाएका छन् ।

 

बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि तनहुँ–१ मा भने हिजो राती देखी मतगणना सुरु गरिएको थियो ।

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् ।

बारा–२ मा ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । १ लाख ५ हजार ११ मतदाता रहेका छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

मतगणना कहाँ ? 
चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ ।

तनहुँ–१ को मतगणना जिल्ला समन्वय समितिको कोठामा हुनेछ । त्यहाँ पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ ।

बारा–२ को मतगणना कलैयास्थित शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ पनि तारजालीसहितको व्यवस्था मिलाइएको छ ।

मतगणना थालिएको तीन दिनभित्रै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ । हाम्राकुरा

बारा, १० बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

 

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।

 

‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन ।’  प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन्

बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन्  ।

चितवन, १० बैशाख चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन । उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गरेका छैनन ।
नेका एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा  रहेको तथा रास्वपाका सभापति लामिछानको मतदाता नामावली काठमाडौंमा रहेको तथा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाएका हुन ।

 

चितवन– २ मा श्रेष्ठ, न्यौपाने र लामिछानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

बारा, १० बैशाख । बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये तीनले भने मतदान गर्न नपाउने भएका छन् ।

 

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन ।

 

एमालेका पाैडेलकाे बारा–३ काे मतदाता रहेकाे, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन ।

 

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।

काठमाडौं, १० बैशाख । उपनिर्वाचनका लागि मतदान सुरू भएको छ ।

 

निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो । उसका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।

 

यसैगरी, बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

 


बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

तनहु, १० बैशाख । आज हुने हुने उपनिर्वाचन प्रयोजनका लागि तनहुस्थित पृथ्वी राजमार्गलगायत स्थानिय सडकखण्ड बन्द हुने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सुचना अनुसार पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भागसम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछन् ।

 

‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ,’ जारी सुचनामा उल्लेख गरिएको छ ।

पोखरा ९ बैशाख । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ ।

 

विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।

 

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उनको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन्  ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसे पछि उनी पदमुक्त भएका हुन । उनले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

 

केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन ।

 

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।