हनुमत यादव,राजदेवी,असार ३० गते ।
रौतहट । रौतहट जिल्लाको दक्षिणी भेग राजदेवी नगरपालिकामा एकै रात १० घरमा चोरी भएको छ । गएराती सेन्धमारी गरेर लाखौं मूल्य बराबरको चोरी गरेर लगेका हुन् । सो नगरपालिकाको वडा नम्बर ७ मुडवलवामा चोरी भएको हो ।
प्रहरी स्रोतका अनुसार स्थानीय पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव, मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, र इजन राय यादवको घरबाट सने फोरेर सामानहरु चोरी भएको हो ।
उनीहरुको घरबाट लाखौंको चोरी भएको पीडित परिवारले जनाएको हो । चोरीको घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरिता श्रीवास्तव,कटहरिया,असार ३० गते ।
रौतहट । कटहरिया नगरपालिका वडा नम्बर ४ मा उज्यालो वडा बनाउन वडा अध्यक्ष मुखिया चन्दन कुशवाहाले ‘टावर लाइट’ जडान गराएका हुन् । वडालाइ उज्यालो बनाउने अभियान अन्तर्गत ४ वटा टावर लाइट जडान गराएका हुन् । यसैक्रममा आज बिहान सो वडाका विभिन्न ४ स्थानमा लाइट जडान धमाधम गराएका हुन् ।

सो वडाको बहादुरपुर हनुमान चौक,बलिरामपुर मस्जिद नजदिक,हनुमान मन्दिर टोलापुर र त्रिशक्ती पोलट्री नजदिक जडान गराएका हुन् । ती ठाउँहरुमा आज बिहान पोल ठड्याएर लाइट लगाउने कार्य जारी भएको छ ।
ग्रामिण भेगलाई उज्यालो बनाउने उद्देश्यका चालु आर्थिक वर्षको वडा स्तरीय करिब ९ लाखको बजेट बाट टावर लाइट जडान गरिएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिए । गाउँलाई उज्यालो बनाउने प्रयास निरन्तर जारी रहने उनले बताएका छन् ।

समय अनुसार स्वचालित टावर लाइट जडान गरिएको उनले बताए । वडा स्तरीय कार्यक्रम अन्तर्गत १३ मिटर उचाइका लाइट लगाइएका हुन् । उक्त लाइटले धेरै क्षेत्र समेटने भएको छ । जसले करिब २ सय भन्दा माथिका स्थानियहरु लाइ बाहिर बक्ति बाल्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
टावर लाइट जडान भएपछि अपराधिक गतिविधीमा नियन्त्रण हुने देखिएको छ । कम्पनीको २ वर्षे ग्यारेन्टी वाला एलईडी बल्ब टावर लाइटमा जडान गरिएको वडा अध्यक्ष कुशवाहाले बताए । उनले भने बत्ती अटोमेटिक बल्ने र निभ्ने छ । यसबाट वडावासी लाभाविन्त हुनेमा उनको विश्वास छ ।
आरके श्रीवास्तव,गरुडा,असार ३० गते रौतहट ।
गरूडा नगर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गरूडा नगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको एक तले भवनको उद्घाटन गरिएको हो । गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवालले एक कार्यक्रमका बिच समुदघाटन गर्नु भएको हो । गरूडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रम लाई उधोग वाणिज्य संघका संतोष चौधरीले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शिवजी साहले राख्नु भएको थियो । पुरानो भवन जिर्ण भएपछि ५३ लाखको लागतमा गरूडा नगर उद्योग वाणिज्य संघको भवन निर्माण गरि समुद्घाटन गरिएको छ । कार्यक्रममा आफनो मन्तव्य राख्दै एमाले पार्टीका नेता शेख कलिमुलाले जग्गादाता लाई धन्यवाद ज्ञापन गर्दै उधोग वाणिज्य संघको भवन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अध्यक्ष चौधरी धन्यवाद दिनु भएको थियो । अन्य ठाउँमा राजनीतिक दलहरू विकासको मामलामा एक हुन्छ सक्छन् भने हामी किन हुन सक्दैनौं भनेर प्रश्न गरे? हामी सबैजना हातेमालो गरेर गरूडाको विकासमा एकताबद्ध भएर विकासको काम तिव्र गतिमा गर्न आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी संघका मधेस प्रदेश अध्यक्ष रामजी साहले ठूलो कामको थालनी भएको बताउनु भयो । तर व्यापारीहरूको उपस्थिति नहुनु दुःखद रहेको बताउनु भयो ।
बैंकका कर्मचारीहरूको आतंक बन्द गराउन तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आग्रह गर्नु भयो । पुर्व उपप्रमुख रंगिला देवी जयसवालले गरूडा नगरपालिकामा नगर उधोग वाणिज्य संघको भवन निर्माण भएको छ । त्यो सबै व्यापारीको लागि खुशिको कुरा रहेको बताउनु भयो ।
व्यापारीहरूको मर्कालाई सबैले बुझनुपर्नेमा जोड दिनु भयो । संघको भवनमा आउने बाटो र प्रतिक्षालय निर्माणका लागि आग्रह गर्नु भयो । शनिबार उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख कन्थमनी जयसवालले भवन निर्माणको काम ऐतिहासिक रहेको बताउनु भयो । आफू सधैं व्यापारीहरूको हकहितको लागि लड्दै आएको स्मरण गराउनु भयो । उधोग वाणिज्य संघ सम्म आउने सडक ढलान देखि दोस्रो तल्ला पनि निर्माण गराउने प्रतिबद्धता जनाउनु भयो ।
नगरभरी आवश्यकता परेको ठाउँहरूमा घुम्ती सौचालय सञ्चालन हुने उनले जानकारी गराउनु भयो । कार्यक्रमलाई समापन गर्नु हुँदै संघका अध्यक्ष चौधरीले उधोग वाणिज्य संघको भवन निर्माणमा सहयोग गर्नु जग्गादाता लगायत सम्पूर्ण जनालाई मुरमुरी धन्यवाद ज्ञापन गर्नु भयो । यस अघिको समुदघाटन कार्यक्रम स्थगित हुन पुगेकोमा आफू दुःख लागेको बताउनु भयो ।

आफनो कार्यकालमा यो उदाहरणीय काम गर्न सफल भएको बताए । कार्यक्रम आगामी साउन ०४ गते साधारणसभा हुन गईरहेको जानकारी गराईएको थियो । भवन उद्घाटन कार्यक्रममा अतिथिहरू लाई सम्मान समेत गरिएको थियो । सो अवसरमा गरूडा नपाका पूर्व उपमेयर रंगिला देवी जयसवाल,वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसवाल,वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद
जयसवाल,सुनचाँदी व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष रामजी साह,गरूडा नपाका मेयर प्रत्यासी अनिल यादव,दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दास,गरूडा बहुमुखी क्याम्पसका अध्यक्ष लक्षमण प्रसाद साह ,स्थानीय व्यापारी,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

रौतहट, असार ३० गते ।
रौतहटको लालबकैया नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको हर्षाहा नजिक लालबकैया नदिमा महिलोको शव फेला परेको प्रहरीले जनाएको छ । लालबकैया नदीमा गुजरा नगरपालिका वडा नम्बर ४ बौधि टोल निवासी बलबहादुर मगरको श्रीमती ७० वर्षीया रत्न माया मगरकी शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रवक्ता प्रहरी ओमप्रकाश खनालले जनाएको छ ।
अविरहल वर्षाले लालबकैयामा शुक्रबार आएको बाढीले मगरलाई बगाईएको र उनकी शव शनिबार फेला परेको प्रहरी प्रवक्ता खनालले जनाएको छ । स्थानीयले लालबकैया बाँधको ढुुङ्गामा अडकीएको अवस्थामा उनकी शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीयले महिलाको शव देखनसाथ प्रहरीलाई खबर गरेको थियो ।
खबर प्राप्त भएलगतै ईलका प्रहरी कार्यालय गरुडाबाट प्रहरी प्रवक्ता खनालसहित प्रहरी टोली घटना स्थलमा पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रौतहट, असार ३० ।
रौतहटको चन्द्रनिगाहपुर स्थित एक पसलमा पिउनका लागी ल्याईएको मुन ड्रप्स नामको मिनरल वाटर बोतलमा रहेको पानीमा हडीदो सेतो लेदो सहितको अखाद्य पदार्थ भेटिएको छ ।
शनिबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर नजिकैको एक पसलमा कम्पनीबाट खरिद गरिएको उक्त मुन ड्रप्स नामको पानीको सील सहितको बोतलमा लेऊ र लेदो सहितको अखाद्य पदार्थ भेटिएको हो ।
मुन बेब्रेज ईण्डष्ट्रिज प्रा.लि चन्द्रपुर ५ द्धारा उत्पादन गरिएको मुन ड्रप्स नामको पानीको बोतलमा लेदो सहितको अखाद्य पदार्थ भेटिएपछी अहिले चन्द्रनिगाहपुरसँगै रौतहट जिल्ला र सो आसपासका जिल्लामा समेत उक्त पानीका उपभोक्ताहरु त्रसित भएका छन् ।
पानीमा भेटिएको पदार्थ बारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने माग स्थानीयले गरेका छन्।
आरके श्रीवास्तव,गरूडा,असार ३० गते
राैतहटकाे गरूडा नगरपालिकाले घुम्ती शाैचालय खरिद गरेको छ । नगरपालिका अन्तर्गत सार्वजनिक स्थानमा राख्नकाे लागि घुम्ती शाैचालय खरिद गरिएको हाे ।
नगरपालिकाले ४ वटा घुम्ती शाैचालय खरिद गरेकाे छ ।खरिद गरिएका उक्त शाैचालयहरू छिट्टै सञ्चालनमा ल्याइने नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।
पछिल्लो समय घुम्ती शौचालय निकै उपयोगी बन्दै गएको छ । विभिन्न चाड पर्व,बजारमा र मेलाको समयमा अति उपयोगी मानिएको छ । सार्वजनिक स्थलहरूमा शाैचालय नहुँदा गरूडा बजारमा आउने ग्राहकहरूलाई समस्या हुने गरेकाे थियाे । अब उपरान्त उक्त समस्या हट्ने भएको छ ।
सागर संगम ठाकुर,देवाहीगाेनाही,असार ३० गते राैतहट ।
रौतहटकाे देवाही गाेनाही नगरपालिकाले एसईईमा ए पल्स ल्याउने बिधार्थीहरुलाई सम्मान गरेको छ ।जिल्लामा देवाही गाेनाही नगरपालिकाले पहिलोपटक आफ्नो नगरभरीका बिधालयबाट ए पल्स ल्याउने बिधार्थी भाईबहिनीहरूलाई शनिबार सम्मान गरेकाे हाे ।
नगरपालिकाकाे सभा हलमा आयाेजित एक कार्यक्रमका बिच नगर प्रमुख प्रेमलाल साह र उप-प्रमुख परनिया देव पटेलले २०७९ सालकाे परिक्षाबाट ए पल्स ल्याउने नगरकाे तिनवटा बिधालय मध्ये श्री जय किसान नमुना माबि धरहरीका बिथार्थीहरुलाई सम्मान गरिएकाे बिधालयका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले जानकारी दिनु भयो । नगरका तिनवटा माबि मध्ये जय किसान नमुना माबिका ९ जना बिथार्थीहरु ए पल्स ल्याउन सफल भए पछि सम्मान गरिएकाे प्रअ गुप्ताले बताए ।
जनप्रतिनिधिहरुकाे विशेष उपस्थितिमा सम्मान गरिएको धरहरी माबिका प्रधानाध्यापक गुप्ताले बताउनु भयो । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख प्रेमलाल साहले आउने दिनमा शिक्षा प्रति बिधार्थीहरूकाे रुचि बढदै जाने र परिक्षामा राम्रो नतिजा ल्याउदै जाओस् भने कामना गर्दै कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
शिक्षित नगर हाम्रो रहर भने आफ्नो चाहना रहेको बताउदै नगर प्रमुख साहले देशका कुनै पनि बिधालयमा नगरभरीका बिथार्थीहरु नाम निकालन सफल भए त्यस्ता बिधार्थीहरुलाई सम्मान गरिने आफ्नो चाहना रहेको बताएका थिए । मानव जिवनको लागि शिक्षा नै धन हाे भन्दै नगर प्रमुख साहले नगर भरिएका बिधालयमा शिक्षा प्रति कन्जुस्याइँ नगर्न समेत सबै शिक्षक र शिक्षिकाहरुलाई निर्देशन दिनु भयो ।
इन्दीप कोइराला,बारा, २९ असार ।
निजगढ नगरपालिका- २ सिंगौलमा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका-२ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।
गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।
सिरहा, २९ असार। सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षासम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ ।
नगरपालिकाले नायव सुब्बा र खरिदार पदका लागि लोकसेवा तयारी कक्षासम्बन्धी चलाइएको तालिमको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरिएको खुलेको हो।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका अन्य कार्यक्रमहरुमा पनि अनियमितता भएको आशंका गरिएको छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याटबाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको छ।
सम्झौताबमोजिम खरिदारमा ६६ र नायवसुब्बामा ६५ जनासहित १३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भएको छ । तर, विद्यार्थीको सहभागिता भने ५० भन्दा कम रहने गरेका सहभागी प्रशिक्षार्र्थीहरुले सुनाए। दुईवटा विषयका लागि छुट्टा छुट्टै सम्झौता भए पनि उपस्थित सबै प्रशिक्षार्थीलाई एउटै कक्षामा पढाएर अनियमिता गरेको स्थानीय योगेश सिंहले बताए ।
‘नायवसुब्बा र खरिदारको लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ्ग गरेको छ । एउटै कक्षा कोठामा एकै समयमा राखेर पढाउनुले पनि कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता भएको छर्लङ्गै देखिन्छ,’ उनले थपे, ‘सबै ठाउँमा अनियमितता भएको भन्ने हल्ला भयो । हामीले नगरपालिकामा आएर सूचना माग ग¥यौँ । तर, धेरै प्रयासपछि सूचना त पायौँ । तर, त्यो पनि अपूरो पायौँ ।’
सबै विवरण नभएको र सेवा प्रदायकसंस्थासँग माँग गरेकाले आएपछि उपलब्ध गराउने पत्र आफूहरुलाई दिएको भन्दै उनले भने, ‘यो कस्तो नगरपालिका हो ? जसले बिल भरपाईबिना नै भुक्तानी दियो । यसले पनि अभियमितता भएको प्रस्ट हुन्छ ।’
प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गरेका छन् । ‘दुवै विषय करिब करिब मिल्ने भएकाले र सबै विद्यार्थी नियमित उपस्थित नहुँदा खरिदार र नायवसुब्बाको कक्षा एकैपटक एउटै कोठामा चलाएको हो। सेवा प्रदायक संस्थाले एकैपटक चलाउँदा पनि हुन्छ भनेकाले हामीले स्वीकृत दिएका हौँ,’ उनले भने ।
दुईवटा विषय, फरक फरक सम्झौता गरेर एकैठाउँ एकैपटक कक्षासञ्चालन गर्ने, तर भुक्तानी भने दुवैको गर्दा अनियमितता भएन र ? भन्ने प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले यसबारे प्रतिकृया दिन नै चाहेनन् ।
तालिमका सहभागी मिथुन कुमार रामले आफूले पुस्तक, ह्याण्डस्आउट र भेष्ट जस्ता केही सामाग्री नपाएको बताए । उनले कक्षा संचालन भएको तीदिनपछि मात्र गएका भए पनि उपस्थित नभएका दिनहरुको पनि हस्ताक्षर गरेको बताए । उनले भने, ‘म अन्य काममा रहेकाले नियमित कक्षामा जान नसके पनि सबै दिनको हस्ताक्षर गर्न लगाए । यहाँबाट कुनै किसिमको सामाग्री पाएको छैन ।’
अमितकुमार मण्डलले १० दिन जति कक्षामा सहभागी बताए । ‘कार्यक्रममा सहभागी त भएँ । तर, मैले पनि कुनै सामग्री पाइँन । उनले भने, ‘तालिममा करिब १३ दिन सहभागी भए पनि उपस्थितिमा एक महिनाकै हस्ताक्षर गर्न लगाए ।’
हलभाडा ९० हजार देखाए पनि २० हजारमात्र तिरेको छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा प्रशिक्षण चलाएको थियो । सहकारीलाई २० हजारमात्र भाडा बुझाएको स्रोतको दावी छ।संस्थाले प्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताब, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सहसंयोजकको पारिश्रमिक, सहाभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाइ, उद्घाटन÷समापन, प्रदिवेदन, सञ्चार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुागमन तथा अन्य सम्झौता बमोजिमको रकम गत ११ वैशाखमा भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेस गरेपछि गत २० वैशाखमा भुक्तानी गरियो भन्ने उल्लेख गरेको छ।
युवाहरुले पटक पटक भुक्तानीको प्रक्रिया र भुक्तानी प्रक्रियामा पेस गरेका कागजातहरु माग गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले लोकसेवा आयोगको खरिदार र नासुस्तरको तयारी कक्षाको क्रियाकलाप गत खर्चको विवरण परामर्शदातासँग यस कार्यलयले क्रियातग खर्च विवरण पेस गर्न लेखि पठाइएको हुँदा उक्त संस्थाबाट प्राप्त भएपछि उपलब्ध गराउने भनी पत्रद्वारा नै जानकारी गराएको छ । यसले पनि यो कार्यक्रममा व्यापक अनियमितता भएको पुष्टि हुन्छ ।
यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादको सेटिङमा भएको आरोप लगाइएको छ । कार्यक्रमको बीच उनको सक्रियताले पनि यसप्रति संकेत गरेको युवाहरुको भनाइ छ। स्थानीय युवाहरुले अन्य कार्यक्रम सकिएको महिनौंसम्म चेक नकाट्ने लेखाअधिकृतले यस कार्यक्रम सकेको हप्तादिन नबित्दै भुक्तानी दिनुले पनि सेटिङको आशंका उब्जिएको हो ।
आक्रोशित युवाहरुले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत बगाले र लेखा अधिकृत पुरुषोत्तमसँग कार्यालयमै गएर जानकारी मागेका थिए । उनीहरुले माग गरेको कागजात नदिएसम्म कार्यालयबाहिर जान नदिनेभन्दै युवाहरुले दुवै अधिकारीहरुलाई कार्यकक्षामै राखेर धर्ना दिए ।
नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लोकसेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवाप्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ । कार्यक्रमका लागि पाँचवटा संस्थासँगको प्रतिस्पर्धामा सबैभन्दा कममा यो संस्थाले कार्यक्रम स्वीकार गरेको भने पनि अन्य संस्थाले पेस गरेको प्रस्तावित योजना विवरण भने कार्यालयले देखाउन चाहेन ।