२०८३ बैशाख २३
२०८३ बैशाख २३

 

मञ्जय राम,कटहरिया,साउन १३ गते ।

आज बिहानै देखि राैतहट सहित देशकाे विभिन्न स्थानमा पार्नी परिरहेकाे छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियाे ।

हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी,

बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन १३ गते ।
रौतहट । फतुवा बिजयपुर नगरपालिकाको केन्द्र रुपमा रहेको बिजयपुरमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित बिजयपुर बजारमा वृक्षारोपण गरिएको छ । बिजयपुर बजार व्यवस्थापन समितिले इप्रका देखि स्कूल सम्म वृक्षारोपण कार्यक्रम गरेको छ ।

बिजयपुरलाइ हराभरा बनाउनुको साथै वातावरण र पर्यावरण जोगाउन मदत पुगोस् भन्ने उद्देश्यले बजार व्यवस्थापन समितिले सो क्षेत्रमा ५०।६० वटा सोप्लानटको वृक्षारोपण गरेको हो । यसरी वृक्षारोपण कार्यले पर्यावरण जोगाउन सहयोग पुग्ने बिजयपुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष अबरारुल हकले बताउनु भयो ।

थोरै लगानीकामा भएपनि जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनका लागि आफूहरुले वृक्षारोपण कार्यको थालनी गरेको बताए । अब उपरान्त जनप्रतिनिधीहरुको यस तर्फ ध्यान जाओस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।
ड्राममा माटो भरेर त्यसै भित्र बृक्षारोपण भएको उनले जानकारी गराए ।बजारलाई शाैन्दर्यीकरण गर्नका लागि ड्राममा राख्दा यसलाइ पछि पनि उचित स्थानमा व्यवस्थापन गर्न सक्ने हिसाब विरुवा रोपिएको उनले बताए ।

वृक्षारोपण गरेर यसलाइ संरक्षण गरि नमुनायोग्य काम गरेर देखाउने हकले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय बिजयपुरका इन्चार्ज प्रहरी निरिक्षक अरविन्द कुमार साह,सशस्त्र प्रहरी बल बिजयपुर बेश क्याम्पका इन्चार्ज राजेस आचार्य , शिक्षक संघका नगर अध्यक्ष राधेश्याम प्रसाद यादव, बिजयपुर बजार ब्यवस्थापन समितीका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।

 

 

आरके श्रीवास्तव,रौतहट,१२ गते साउन 

मुस्लिम समुदायलाई मोहरम पर्व शान्तिपूर्ण,मर्यादित,व्यवस्थित र सुरक्षित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। कार्यालयले सूचना निकालेर जिल्लामा वर्षौं देखि विभिन्न धर्म सम्प्रदाय समुदायले मनाउने पर्वहरु शान्तिपूर्ण र हर्षेउल्लासका साथ मनाउदै आएकोले यो पर्व पनि शान्तिपूर्ण मनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्धारा हस्ताक्षरित सूचनाको पालना गरिदिन मुस्लिम धर्मावलम्बीहरुसँग आग्रह गरिएको छ। मोहरम पर्व मनाउने सिलसिलामा पर्वको नाममा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार खुकुरी,तलवार,भाला,फर्सा प्रर्दशन नगर्न,नगराउन जिल्ला प्रशासन कार्यालले अनुरोध गरेको छ ।

साथै सो सूचनाका अवज्ञा गरि जिल्लाको शान्ति सुरक्षालाइ विथाेल्ने कुनै पनि अवाञ्छित र गैर कानुनी कार्या गरेको पाइएमा प्रचलित कानून कमोजिम कारवाही गर्ने व्यहोरा जानकारी समेत गराइएको छ ।

 

 

लमजुङ १२ साउन ।

जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।

लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

 

त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए ।

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएकाे छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।

 

लमजुङ १२ साउन ।

बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

 

नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मङ्गलबारका दिन देखि १५ दिनको म्याद दिएको हो ।

 

प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो । बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

 

यस सूचना पश्चात अव्यबस्थित तारहरु ब्यबस्थापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृध्द बेसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ । बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ ।

 

बारा, १२ असार । 

निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढदै गएको छ ।

 

एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र  अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।

निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन् ।

अघिल्ला महिनाहरुमा शिवीरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए । महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकोले यो संख्या बढदै गएको उनले बताए । उनका अनुसार गत महिना १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर,  ४ जनाले रिङग पेसरी सेवा लिएका हुन । साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।

त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरु सम्बन्धि अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निशुल्क औषधी समेत प्रदान गरिएको छ । शिवीरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।

हुन । इन्दीप कोइराला

 

विशाल बस्नेत/महोत्तरी, ११ साउन ।

महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ ।

 

१६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर फरार भएका मध्यका एक जना भारतियलाइ प्रहरीले पक्राउ गरेको हो ।

 

बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षिय अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

झण्डै ४,५ जनाको समुहमा आएका नकावधारी समुहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैया सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

 

त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछी निक्कै आलोचना समेत खेप्नुपर्‍यो ।

 

पक्राउ परेका उन्लाई मुकुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा  दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

सप्तरी, ११ साउन। करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गएको छ। गए राति करेन्ट लागेर अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ।

खेतमा सिँचाइका लागि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो। यादवको उपचारमा क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिए।

आरके श्रीवास्तव,राैतहट,साउन ११ गते
राैतहटको माैलापुरमा रहेको नेपाल विद्युत् प्राधिकरण माैलापुर वितरण केन्द्रको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्राधिकरणकाे कर्मचारीहरूले लापरबाही गरेको र फाेन गर्दा वास्ता नगरेको भन्दै स्थानीयहरूले बिहिवार माैलापुरमा रहेको प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वितरण केन्द्र अन्तर्गत पर्ने माैलापुर ३ गम्हरीया टाेलमा बिधुतकाे केबलतारमा आगाेलागे पछि तार चुँडेर तल झरेको थियाे । तत्कालै स्थानीयहरूले वितरण केन्द्रमा फाेन गर्दा फाेन नउठाएकाे भन्दै आक्राेशित बनेका थिए । आक्राेशित स्थानीयहरू प्राधिकरणकाे कार्यालयमा पुगि सबै कर्मचारीहरूलाई बाहिर निकाली मूल गेटमा ताल्चा लगाई दिएका हुन् । ताल्चा लगाएर साँचाे प्रहरीलाई बुझाएका हुन् ।

केबालतारमा आगाेलागेकाे उक्त घटनामा भने कुनै मानवीय क्षति भने नभएको बुझिएको तर यस्तो संवेदनशील अवस्थामा फाेन गर्दा कुनै रेस्पाेन्स नगरेकाे भन्दै स्थानीयहरू आक्राेशित बनेका हुन् ।

यस विषयमा नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका प्रमुख दिनेश यादव सँग साेध्दा केबल तारमा आगाे लागेर चुँडेकाे विषयलाई लिएर स्थानीयहरूले कर्मचारीहरू लाई कुटपिट गर्दै वितरण केन्द्र बाट प्रसारित लाईन काटन लगाई ताल्चा लगाई दिएकाे बताए । हामी कर्मचारीहरूकाे टाेली यस विषयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमा जान लागेको बताए । बारम्बार कर्मचारीहरू माथि यसरी दुर्ववहार गर्ने घटना घटनु दु:खद रहेको बताउनु भयाे ।

तालाबन्दी भएपछि बिहान देखि नेपाल माैलापुर वितरण केन्द्र अन्तर्गतका बिधुत लाईन अबरुद्ध भएको छ । यस भेगका उपभोक्ता बिधुतकाे सेवा बाट बञ्चित भएका हुन् । बिहान ८ बजे देखिनै बिधुत सेवा बन्द गरिएको छ । चर्काे गर्मीमा उपभोक्ता थप मारमा परेका हुन् । अहिले राेपाई गर्ने भएकोले माेटर बाट सिंचाइ गर्ने कृषकहरू पनि समस्या उत्पन्न भएको छ । बिधुत सेवा बन्द भएपछि अधिकांश सेवा अबरुद्ध भएको । ईन्भर्टरकाे चार्ज सकिएपछि सेवाहरू प्रभावित बनेका हुन् ।

यस विषयमा जिल्लाका प्रशासनिक निकायहरूमा यथासिघ्र ध्यानाकर्षण हुन जरुरी देखिएकाे छ ।

रौतहट,साउन १० गते
जिल्ला प्रहरी कार्यालय गौर रौतहटले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आज गौरमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय गौरले आर्थिक वर्ष २०७९। ०८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक एसपी वीर बहादुर बुढामगरले यस आर्थिक वर्षमा प्रहरीद्धारा गरिएको विभिन्न कामहरुको विवरण प्रस्तुत गरेका थिए ।
सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७९। ०८० मा जिल्लामा विभिन्न प्रकृतिको गरी ८ सय ५ वटा मुद्धा दर्ता भई कार्यवाही प्रकृया अगाडि बढेको पाइएको छ ।
कुल ८ सय ५ वटा मुद्दा दर्ता भएकोमा ५ सय ७५ वटा मुद्दा फछर्यौट भइसकेको र २ सय २९ वटा मुद्दा फछर्यौट हुन अझै बाँकी रहेको पत्रकार सम्मेलनमा एसपी बुढामगरले बताए ।
जबकी आर्थिक वर्ष २०७८। ०७९ मा ७ सय ४८ वटा मुद्दा दर्ता भएको थियो भने त्यसमध्ये ४ सय ६९ मुद्दा फछर्यौट भइसकेको र २ सय ७९ वटा मुद्दा फछर्यौट हुन अझै बाँकी थियो ।
आर्थिक वर्ष २०७९। ०८० मा जघन्य अपराध तर्फ कर्तव्य ज्यान सम्बन्धी १९, जबरजस्ती करणी उद्योग अन्र्तगत २६, अपहरण तथा शरीर बन्धक सम्बन्धी ३, सवारी ज्यान सम्बन्धी ४३, लागु औषध सम्बन्धी ३६, हातहतियार सम्बन्धी ३, ज्यान मार्ने उद्योग सम्बन्धी ४२, खोटा मुद्रा सम्बन्धी ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
त्यस्तै ७३ जनाको झुण्डीएर मृत्यु भएको छ भने बिष सेवनबाट १७ जनाको मृत्यु भएको छ । चोरीको ७० वटा घटना घटेको पाइएको छ ।
लागु औषध सम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकोमा ३५ वटा फछर्यौट भइसकेको र एउटा मुद्दा मात्र फछर्यौट गर्न बाँकी रहेको छ । यस लागु औषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।
उनिहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाईजेपाम ईन्जेक्सन, १५ सय ७९ पिस फेनारगन ईन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ ।
मुद्दाको फैसला कार्यान्वयन गर्न अनुसन्धान गर्ने क्रममा १ सय २ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ भने फैसला कार्यान्वयन पश्चात ३ सय ३६ जना पक्राउ परेको विवरणमा उल्लेख छ ।
पक्राउ परेका प्रतिवादीहरुबाट ५५ लाख ८ हजार ३ सय ३३ रुपैया दण्ड जरिवाना गरिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०७८। ०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा राजस्व संकलन दोब्बर भन्दा बढीले वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८। ०७९ मा २ करोड ३ लाख ३ हजार ४ सय ६८ रुपैया राजस्व संकलन गरिएकोमा यस आर्थिक वर्ष २०७९। ०८० मा ५ करोड २६ लाख ५७ हजार ६१ रुपैया राजस्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
आर्थिक वर्ष २०७८। ०७९ भन्दा यस आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड २६ लाख २३ हजार ५ सय ९३ रुपैया बढी राजस्व संकलन गरिएको छ ।
त्यस्तै यस वर्ष श्रोत नखुलेको ३ करोड ६१ लाख ४ हजार ४ सय रुपैया सहित ९ जना पक्राउ परेका छन् । त्यस्तै यस वर्ष २ लाख ४३ हजार नेपाली नक्कली जाली नोट बरामद भएको छ । जाली नोटको कारोबार गर्ने २२ जना व्यक्ति पक्राउ परेका छन भने ११ जनामाथी मुद्दा दर्ता गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा कटुवा पेस्तोल २ थान र एक थान गोली सहित एक जना व्यक्ति पक्राउ परेका छन भने १२ बोरको २ नाले बन्दुक एक थान, लाइफ राउण्ड गोली ११ थान, खोका ३ वटा सहित ८ जनालाई पक्राउ गरिएको छ । त्यस्तै एक थान एकनाले भरुवा बन्दुक समेत बरामद भएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा आगलागी सम्बन्धी भएको १ सय ९४ वटा घटनामा परी ३ महिला र एक पुरुषको मृत्यु भएको छ ।


आगलागीमा परेर ९८ वटा पशुचौपायाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । वर्षा र बाढीको ८ वटा घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने हावाहुरीको २३ वटा घटना हुँदा पनि कसैको ज्यान गएको छैन ।
करेन्ट सम्बन्धी ३५ वटा घटना हुँदा करेन्ट लागेर ११ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । यसरी दैवि प्रकोप सम्बन्धी घटेको घटनामा १९ जना पुरुष र ८ जना महिलाको दुखद निधन भएको पाइएको छ ।
१९ वटा अबैध दारु भट्ठी नष्ट गरिएको छ भने तयारी मदिरा ९ हजार ११७ लिटर र ३ हजार १५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।
नदि खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने विभिन्न ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ भने १२ जना मानिसलाई पक्राउ गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३८ हजार ५ सय ८२ जना चालकलाई कार्यवाही गर्दा ३ करोड १ लाख ४ हजार रुपैया राजस्व संकलन भएको छ ।
जिल्लाभरीमा भएको कुल ६ सय ४५ वटा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने १ हजार ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
११ सय १७ वटा ठाडो उजुरी परेकोमा ३ सय १४ वटा उजुरी मिलापत्र गरिएको छ भने ४ सय ४५ वटा उजुरी मातहतमा मिलापत्र गरिएको छ । २ सय ६४ उजुरी छलफल गर्ने प्रकृयामै रहेको छ भने ९४ जना सम्पर्कमा नआएको बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।