२०८३ बैशाख २०
२०८३ बैशाख २०

पुस ०६ गते

वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा आर्मीले भारतको वर्डर्स क्लब नोइडालाई ९ विकेटले पराजित गर्यो।

पहिला ब्याटिङ गरेको नोइडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको थियो। नोइडालाई सामान्य योगफलमा सिमित गर्न साहब आलमले ४ तथा सोमपाल कामी, कुशल मल्ल र बासिर अहमदले एक एक विकेट लिए।

साहबले चार ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चिएका थिए।

आर्मीले १३.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीका कुशल मल्लले ३५ बलमा ४१ र सन्तोष कार्कीले २३ बलमा ३७ रन जोडे। भीम सार्कीले पनि २० रन बनाए।

पुस ०६ गते

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।

शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।

 

काठमाडौँ  पुस ६   

वीरगन्जको जितमा नायक रहे घानाका मिडफिल्डर विलियम ओपोकु, उनले गरे प्रतियोगिताको दोस्रो ह्याट्रिक

— वीरगन्ज युनाइटेडले नेपाल सुपर लिगमा त्यस्तो जित निकालेको छ, जसले शीर्ष चारको समीकरण रोमाञ्चक मात्र होइन, जटिल पनि बनाएको छ । तर, यसले धनगढी एफसीको उद्दार गरेको छ । पोखरा थन्डर्स सुरुमा एक मात्र यस्तो टिम देखिन्थ्यो, जसले प्लेअफ खेल्ने निश्चित गरिसकेको थियो । अब यसमा धनगढी पनि थपिएको छ । यसरी मैदानमै प्रवेश नगर्दै धनगढी भाग्यमानी टिम साबित भयो ।

प्लेअफ समीकरणबाट स्पोर्टिङ इलाम र एफसी चितवन मात्रै बाहिरिएका छन् । बाँकी सबैको गणितीय सम्भावना कायम छ । अब लिग चरणमा चार खेलमात्र बाँकी छ । त्यसमा धनगढी एफसीले पोखरा, झापाले चितवन, बुटवल–लुम्बिनीले वीरगन्ज र ललितपुर सिटीले काठमाडौं रेजर्सको सामना गर्नेछ । यसमध्ये धनगढी र पोखराबीचको खेल एक प्रकारले औचापरिकमात्र हुनेछ । यसको नतिजाले शीर्ष चारको वरीयता भने निर्धारण गर्नेछ ।

शीर्ष चारमा पुग्न ललितपुर, झापा, काठमाडौंले आ–आफ्नो खेल जिते पुग्छ । वीरगन्जका लागि आफू जितेर मात्र पुग्ने छैन, अरूको नतिजामा भर पर्नुपर्नेछ । यसक्रममा धेरैखाले ‘तर र यदि’ पनि लागू हुनेछन् । काठमाडौं र ललितपुरले एक आपसमा खेल्ने भएकाले यी दुई टिममध्ये एक मात्र प्लेअफ पुग्ने पनि हुनसक्छ । यो नै प्रतियोगिताको अन्तिम लिग खेल रहेको छ । यसमै एकै टिम मात्र विजेता हुने भएकाले धनगढीको भाग्य खुलेको हो । काठमाडौं र ललितपुरबीचको खेल बराबरी भएर वीरगन्जले आफ्नो खेल जितेमा शीर्ष चारभित्र स्थान बनाउन सक्छ ।

वीरगन्जका विलियम ओपोकु । उनको ह्याट्रिकमा वीरगन्जको प्रभावशाली जित ।

आखिरमा कसले सोचेको थियो र यस खेलअघि पुछारमा रहेको वीरगन्जले डिफेन्डिङ च्याम्पियनलाई यति ठूलो अन्तरले हराउने छ भनेर ? तर यस्तै अविश्वसनीय जित आत्मसात् गरेपछि वीरगन्जको ७ खेलबाट ८ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लेको छ । काठमाडौं भने ७ खेलबाट ९ अंकमा सीमित रहेर पाँचौं स्थानमा कायम रह्यो । निश्चित जितको संघारमा रहेर पनि काठमाडौं हार बेहोर्न बाध्य रह्यो । यसको दोष पनि टोलीकै रह्यो ।

सुशील लामाको प्रहार आन्द्रेस निआको हातमा छोएर बाहिरिएकामा रेफ्री सुरोजित दासले पेनाल्टीको निर्णय दिएका थिए । भिडियो रिप्लेमा भने ठ्याक्कै के भएको थियो, त्यो प्रस्ट देखिएन ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले त्यो निर्णय विवादास्पद रहेको दाबी गरे र यसैले खेलको दिशा फेरिएको दाबी गरे । दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै वीरगन्जले दोस्रो गोल थप्यो । सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका सुनील खड्काले गोल गरे ।

ओपोकुले ५६ औं मिनेटमा फ्रि–हेडरको मदतमा टिमका लागि तेस्रो गोल गरे । उनले ह्याट्रिकका लागि लामो समय कुर्नुपरेन । यो ५७ औं मिनेटमा सम्भव भयो । यो भने प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट गोल रह्यो । सुशीलले निकालेको पासमा ओपोकुले लगभग ३० यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक अञ्जल श्रेष्ठ बिट गर्दै गोलमा परिणत भएको थियो । यसअघि पहिलो संस्करणमा काठमाडौंका लागि मेसुके ओलेमोउले ह्याट्रिक गरेका थिए ।

ओपोकुले यस संस्करणमा गरेको गोलसंख्या ५ पुगेको छ । ‘आजको खेल जित्न सक्छौं भनेर त सोचेका थियौं, तर यति धेरै अन्तरले जित्नेबारे सोचेका थिएनौं,’ खेलपछि वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले प्रतिक्रिया दिए । अर्कोतर्फ काठमाडौंका प्रशिक्षक महर्जनले भने आफ्नो प्रशिक्षक जीवनमै यो हार सबैभन्दा पीडादायी रहेको बताउँदै भने, ‘आज हाम्रा अधिकांश खेलाडीले स्वार्थी भएर खेले । त्यसले पनि हाम्रो प्रदर्शन राम्रो हुन नसकेको हो ।’

 

आरके श्रीवास्तव,राैतहट,०६ गते पुस ।

ईलाका प्रहरी कार्यालय कटहरियाकाे नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् ।

ईलाका प्रहरी कार्यलय कटहरियामा नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लाग्नु भएको हाे । सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो ।

उनले प्रहरी चेकिङ लाइ कडा बनाएका छन् । प्रहरीकाे सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् । उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिस्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।

यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदार लाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत गर्नु भएको छ । साथै सिंहले कार्यभार सम्हाल्ने वितिकै तस्करहरूमा हडकम्प नै मचेकाे छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्नु भएको हाे । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हाे । पछिल्लो समय कटहरियामा चाेरीकाे घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

 

जनकपुर ६ पुस।

नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।

प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।

यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

 

सिरहा  पुस ६ /     

सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

अस्पतालले कन्सलटेन्ट पेडियाट्रिसियन, कन्सलटेन्ट अब्टेट्रिसियन, कन्सलटेन्ट जनरल फिजिसिसन, डेन्टल सर्जन, फार्मेसी सहायक, हलुका सवारी चालकलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

 

सिराहा ६ पुस /        

सिराहा जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको छ, धनगढीमाई नगरपालिका । २०७२ साल असोज १ गते साबिक धनगढी, विष्णुपुरकट्टी, हनुमाननगर, भवानीपुर, फुलकाहाकट्टी र अयोध्यानगर गरी छ वटा गाविस समायोजन गरी धनगढीमाई नगरपालिका घोषणा गरिएको थियो ।

पूर्वपश्चिम राजमार्गमा परेका ससाना बजारलाई प्रवर्धन गरी सहरीकरण गर्नु धनगढीमाई नगरपालिकाको प्रमुख प्राथमिकता रहे पनि यस नगरपालिकाले पर्यटन, स्वास्थ्य र कृषि क्षेत्रमा प्रशस्त सम्भावना बोकेको छ ।

स्थानीय शिशुज्योति आवासीय माध्यमिक विद्यालयको संस्थापकका रूपमा शिक्षण पेसाबाट राजनीतिमा आएका धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभयो । उहाँसँग गोरखापत्रका सिराहा समाचारदाता सन्तोष सुवेदीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप

– नगरपालिकाको नेतृत्व गर्दै जाँदा कस्तो अनुभव गर्नुभएको छ ?

मैले डेढ वर्षको अवधिमा केही महŒवपूर्ण कार्यमा सफलता प्राप्त गरेको छु । हाम्रो नगरपालिका जिल्लाकै कान्छो नगरपालिका भएकाले अघिल्लो कार्यकालमा सुरु गरिएका केही महŒवपूर्ण काम सम्पन्न गर्ने जिम्मेवारीका साथै नयाँ कार्यलाई अगाडि बढाउने दायित्व हामीमाथि सरेको छ । डेढ वर्षकै अवधिमा शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, पूर्वाधारतर्फ महŒवपूर्ण फड्को मारेका छौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmम अन्तर्गत ११ वटा विद्यालय भवन निर्माण गरिसकेका छौँ । दुई वटा नमुना विद्यालयमा एक÷एक करोड बराबरको छुट्टै भवनको टेन्डर लागिसकेको छ । नेपालमै पहिलो नेचुरल थेरापीको कोर्स यहीँको प्राविधिक धार विद्यालयमा सञ्चालन गरेका छौँ । स्वास्थ्यतर्फ महेन्द्र गेनाई मेमोरियल अस्पताल, प्राकृतिक चिकित्सालय र नगर अस्पताललाई सुविधासम्पन्न बनाएका छौँ । राजमार्गदेखि उत्तरतर्फ चुरेको फेदमा रहेको जननेता मदन भण्डारी महासचिव हुनुभएको विकट अम्बास क्षेत्रसम्म पुग्न २५ करोड रुपियाँको लागतमा कालोपत्रे सडक, दुईवटा झोलुङ्गे पुल र सञ्चार नेटवर्क स्थापना हुँदै छ । धनगढीमाईस्थित पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमा नाकासँग जोड्न यहाँदेखिको दक्षिणका गाउँपालिकासँग समन्वय गरेर विभिन्न सहायक मार्गमा कालोपत्रे गरिँदै छ ।

– नगरपालिकालाई व्यवस्थित सहरी नगर बनाउन कस्तो योजना बनाउँदै हुनुहुन्छ ? 

विभिन्न गाउँ र विभिन्न साना बजार रहेको यस नगरपालिकालाई व्यवस्थित सहरी र बजार क्षेत्रका रूपमा परिचित बनाउन निकै चुनौतीपूर्ण छ । तर पनि यसका लागि केही खास योजना बनाएका छौँ । नगरपालिकाभित्र पूर्वपश्चिम राजमार्गमा पर्ने छपराडी, धनगढी, जिरोमाइल र कसहालाई व्यवस्थित सहरी क्षेत्रमा रूपान्तरण गर्न सुरु गरिसकिएको छ । यी चारै बजारलाई एकआपसमा जोड्न उज्यालो धनगढीमाईको अवधारणा अगाडि बढाएका छौँ । यस अन्तर्गत राजमार्गमा रहेका बिजुलीका खम्बाहरूमा सिसिटिभी र स्मार्ट सडक बत्ती जडान गर्ने लक्ष्य छ । भारतीय नाकासँग जोडिने प्रत्येक सडक धनगढीमाई नगरपालिकाका यी चारै वटा बजारी क्षेत्रसँगको सिधा सम्पर्कमा हुने छन् । यसले गर्दा यस क्षेत्रका व्यवसाय उकालो लाग्ने सम्भावना देखेका छौँ ।

– नगर प्रमुखका नाताले सबैभन्दा प्रमुख चुनौती केलाई ठान्नुहुन्छ ?

पहिलो पटक निर्वाचित जनप्रतिनिधिका लागि पहिलो वर्ष त सिकाइकै वर्ष हुने रहेछ । यसमा पनि स्पष्ट बहुमत नभएको र खिचडी सरकार जस्तो निर्वाचित भइआएका जनप्रतिनिधिका लागि पनि प्रशस्त चुनौती र समस्या आउँदो रहेछ । स्थानीय तहमा पहिलेदेखि कायम रहेका कर्मचारीको मानसिकता परिवर्तन नहुँदा केही जटिलता आउने रहेछ । निर्वाचित भएर काम सुरु गर्न थालेको छैन; ज्ञात अज्ञात उजुरीकर्ताबाट भए नभएका काममा समेत अख्तियारमा सयौँ निवेदन दिइएका छन् । हामीसँग सीमित स्रोतसाधन छ । पूर्वपश्चिम राजमार्गमा भएर पनि हामीसँग पर्याप्त स्थायी बजार छैनन् । नगरवासीको आकाङ्क्षा ठुलो छ । जनप्रतिनिधिप्रति विभिन्न आशा राखिएका छन् । नगरभित्रको कर प्रणाली, आन्तरिक स्रोत, आन्तरिक प्रशासन कमजोर अवस्थामा छन् । यी सबै कमीकमजोरीलाई व्रmमिक रूपले सुधार गर्दै बल्ल व्यवस्थित गर्दै आएका छौँ । शिक्षा, स्वास्थ्य र पूर्वाधारतर्फको विकास हाम्रो अनिवार्यता हो । सबैले यसतर्फ ध्यान दिइरहेका छन् तर मानवीय र सामाजिक पक्ष बलियो नहुने हो भने जतिसुकै बाटोघाटो र विकास गरे पनि त्यो निरर्थक हुन्छ । त्यसैले मैले मानवीय र सामाजिक विकासलाई केन्द्रमा राखी विकासको मोडेल तयार गरेको छु । यही मोडेलका कारण कान्छो नगरपालिका भए पनि कार्यकालको अन्तिम समयसम्म नगरपालिका सुन्दर र समृद्ध नगरपालिकामा रूपान्तरण हुने छ ।

– नगर क्षेत्रभित्र रहेका अन्य राजनीतिक दलसँग कसरी सहकार्य र समन्वय गरिरहनुभएको छ  ?

नेकपा (एमाले) बाट गत स्थानीय निर्वाचनमा निर्वाचित हुनेमा म नगर प्रमुख र अन्य दुई वडाध्यक्ष मात्र छन् । अन्य बाँकी पदमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आउनुभएको छ तर पनि हामीबिच कहिल्यै विवाद आएको छैन । भएका सानामसिना विवादलाई हामीले तत्कालै आपसमै बसेर टुङ्ग्याउने गरेका छौँ । अहिलेसम्म नियमित रूपले कार्यपालिकाको बैठक बसिरहेकै छ । यसैबाट स्पष्ट हुन्छ, स्थानीय सरकार प्रमुखको हैसियतले मैले अन्य राजनीतिक दलको अस्तित्व स्विकार्दै उनीहरूसँग समन्वय र सहकार्य गर्दै आइरहेको छु ।

– प्रदेश र सङ्घीय सरकारसँग के कस्तो सहयोगको आशा गर्नुभएको छ ?

चाहेर पनि नगरपालिकाको एक्लो बलबुताले भ्याउन नसकिने निकै काम छन् । भारतीय सीमानजिक भएर पनि निर्यातमुखी बन्न सकेका छैनौँ । कृषिको प्रचुर सम्भावना छ तर त्यसलाई विदेशी भूमिमा पठाउन सकेका छैनौँ । ढल निकास र व्यवस्थित बजारीकरणको खाँचो छ । खानेपानी र बजारी सौन्दर्यको खाँचो पूरा गर्न बाँकी छ । यी सबैलाई मैले चुनौती र समस्याका रूपमा लिएको छु । यसलाई सङ्घीय र प्रदेश सरकारको सहयोगमा एकपछि अर्को गर्दै निरुपण गर्नु पर्छ । आर्थिक सङ्कटको बहानामा माग गरिएको जस्तो बजेट प्रदेश र सङ्घबाट आइरहेको छैन । तर पनि कृषि क्षेत्रका लागि पौने तीन करोड रुपियाँ जतिको बजेट आएको छ ।

– काममा नगरवासीबाट कस्तो सहयोग पाउनुभएको छ ?

विकासका प्रत्येक योजनामा स्थानीयस्तरबाटै अनुगमन समिति र निर्माण समिति बनाइएका छन् । त्यस्ता समिति निर्माणमा कुनै पनि किसिमको राजनीतिक दबाब आएको हुँदैन । अनुगमन समिति र निर्माण समितिले कुनै गलत काम गर्ने प्रयास गरेछन् भने त्यसको गुनासो सर्वसाधारणबाट तत्काल हामीकहाँ आइपुग्छ । यो अवस्था हेर्दा मलाई लाग्छ; जुन हिसाबले विकासका योजना कार्यान्वयन गरिँदै छ, ती सबैमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता देखिने गरेको छ ।

 

मकवानपुर  ६ पुस।

बागमती प्रदेश सरकारले आफू मातहत रहेका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, मकवानपुरको हेटौंडा अस्पताल, चितवनको बकुलर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृतिं अस्पताल, काठमाडौँको टोखा चण्डेश्वरी अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, रसुवाको रसुवा अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई स्तरोन्नति गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताललाई ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालय सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । उनका अनुसार भक्तपुर अस्पतालको क्षमता पनि ३०० शय्याको बनाउने निर्णय भएको छ भने धादिङ अस्पताल, त्रिसुली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई १०० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गरिनेछ ।

 

यस्तै, सिन्धुपाल्चोक, रामेछाप, पशुपति चौलागाई स्मृति अस्पताल र मेथिनकोट अस्पताललाई ५० शय्या र टोखा चण्डेश्वरी अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, रसुवा अस्पताललाई २५÷२५ शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिएको छ ।

उनले बताए । धादिङ अस्पताल, सिन्धुली अस्पताल ५०÷५० शय्या, त्रिशुली अस्पताल २५ शय्या र बकुलहर अस्पताल १५ शय्यामा सञ्चालन हुँदै आएका छन् ।

यस्तै चौतारा अस्पताल २५, रामेछाप २५, पशुपति चौलागाई स्मृति अस्पताल ५ र मेथिनकोट अस्पताल ५ शय्याको अस्पतालका रुपमा सञ्चालन भइरहेका छन् । टोखा चण्डेश्वरी अस्पताल १५, बज्रबाराही चापागाउँ अस्पताल १५ र रसुवा अस्पताल ५ शय्यामा सञ्चालन छन् ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर सेवा प्रवाह गर्दै आएका १३ वटा अस्पतालको स्तरोन्नतिका लागि सरकारले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ ।

प्रदेश सरकारले ती अस्पतालहरुको व्यवस्थापनका लागि १ करोड ३१ लाख ९८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको सूचना अधिकारी डा. भुसालले बताए ।

उनका अनुसार प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको लागि ५ लाख ६२ हजार रुपैयाँ, धादिङ अस्पतालको लागि १० लाख ७ हजार रुपैयाँ, रामेछाप अस्पतालको लागि ६ लाख ४१ हजार रुपैयाँ, रत्ननगर  बकुलहर अस्पतालका लागि ६ लाख ७१ हजार रुपैयाँ, हेटौंडा अस्पतालका लागि १५ लाख ८८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

यस्तै सिन्धुली अस्पतालका लागि १७ लाख ७५ हजार रुपैयाँ, भक्तपुर अस्पतालका लागि २१ लाख ५१ हजार रुपैयाँ, बज्रबाराही चापागाउँ अस्पतालका लागि ६ लाख ४६ हजार रुपैयाँ, टोखा चण्डेश्वरी अस्पतालका लागि ५ लाख ४४ हजार रुपैयाँ, मेथिनकोट अस्पतालका लागि ६ लाख ५७ हजार रुपैयाँ, चौतारा अस्पतालका लागि ६ लाख ७२ हजार रुपैयाँ, रसुवा अस्पतालका लागि ४ लाख ११ हजार रुपैयाँ र त्रिशुली अस्पतालका लागि १८ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी भुसालले बताए ।

केही अस्पतालको भवन तथा औजार उपकरण खरिदका लागि सम्बन्धित अस्पतालले नै खरिद गर्ने गरी बजेटको व्यवस्था गरेको उनको भनाइ छ ।

मन्त्रालयले विनियोजन गरेको बजेटबाट त्रिशुली, भक्तपुर र सिन्धुली अस्पतालले सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् भने हेटौंडा अस्पतालमा स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त बजेटबाट एमआरआइ मेसिन जडान कार्य अन्तिम चरणमा रहेको उनले बताए । अन्य अस्पताललाई पनि आवश्यक औजार तथा उपकरणका लागि सरकारले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको उनको भनाइ छ ।

स्वास्थ्यमा नागरिकको पहुँच बढ्छ : मन्त्री जोशी

प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पताल स्तरोन्नतिले नागरिकहरुको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गरेको बताए । उनका अनुसार अस्पताललाई स्तरोन्नति गर्दा स्वास्थ्य सेवा स्तरीय र व्यवस्थित हुनका साथै सहज स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्नेछ ।

मन्त्री जोशीले आगामी वर्षहरुमा अझै सुविधायुक्त अस्पताल बनाउँदै लगिने बताए । यसअघि नै करारमा कर्मचारीहरु नियुक्त गरी स्वीकृत शय्याभन्दा बढी सेवा दिँदै आएको र हाल सो कार्यलाई व्यवस्थित बनाउन मन्त्रिपरिषदबाट निर्णय गरिएको मन्त्री जोशीको भनाइ छ ।

सरकारले अस्पतालको सेवालाई व्यवस्थित बनाउन प्राविधिकतर्फ करारमा रहेका ५९९ कर्मचारीलाई स्थायी गर्ने गरी प्रदेश किताबखानामा दरबन्दी दर्ता गरी प्रदेश लोक सेवा आयोगबाट विज्ञापन गर्ने तयारी भएको उनले बताए । सो संख्याका स्थायी कर्मचारीले मात्र सहज स्वास्थ्य सेवा प्रवाह गर्न कठिन हुने हुँदा अपुग १५९ जना प्राविधिक कर्मचारी अस्पतालले नै करारमा भर्ना गर्नेगरी मन्त्रालयले स्वीकृति प्रदान गरेको उनले बताए ।

संघीय सरकारबाट प्राप्त ८८२ प्राविधिक, प्रशासनिक तथा आयुर्वेदिक र अतिरिक्त समूहका कर्मचारीहरुबाट सेवा प्रवाह गर्नेगरी अस्पताल व्यवस्थापनको तयारी सरकारले गरेको मन्त्री जोशीको भनाइ छ । प्रदेश सरकारले निरन्तर रुपमा प्रशासनिक तथा प्राविधिक खर्चका लागि बजेट तर्जुमा गर्ने र आवश्यक औजार उपकरण समेत सम्बन्धित अस्पतालले नै खरिद गर्नेगरी रकम व्यवस्था गर्ने तयारी गरिएको उनले बताए ।

मन्त्री जोशीले भने, ‘ग्रामीण भेगका नागरिकहरुको स्वास्थ्यमा पहुँच वृद्धि गर्न र सहजता प्रदान गर्न अस्पताल

स्तरोन्नति फलदायी हुनेछ ।’

१ करोड ३१ लाख बजेट

प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको लागि ५ लाख ६२ हजार रुपैयाँ, धादिङ अस्पतालको लागि १० लाख ७ हजार रुपैयाँ, रामेछाप अस्पतालको लागि ६ लाख ४१ हजार रुपैयाँ, रत्ननगर  बकुलहर अस्पतालका लागि ६ लाख ७१ हजार रुपैयाँ, हेटौंडा अस्पतालका लागि १५ लाख ८८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

पुस ०६ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री दाहालले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । 

यसअघि बिहान १० बजे प्रधानमन्त्रीले दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् । 

मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।

आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।

पुस ०६ गते

नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।