२०८३ बैशाख १८
२०८३ बैशाख १८

रौतहट,१२ माघ ।

जिल्लाको वृन्दावन नगरपालिकाको सवारी साधन पछिल्लो समय कबाडमा परिणत हुन थालेको छ ।

 

सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्रयाक्टर र ट्याङ समेत कबाड बनेको हो ।

 

नगर प्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारी साधन कबाड बनेपछि स्थानीयले आक्रोश बन्न थालेका छन् । आम सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएका एम्बुलेन्स समेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ । सो नगरपालिकामा चारवटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुईवटा एम्बुलेन्स चालु अवस्थामा मात्र रहेको छ ।  सो नगरपालिकाको वडा नम्बर १, ४, ७ र ८ मा एम्बुलेन्स रहेको   छ । जसमध्ये वडा नम्बर १ र ४ को एम्बुलेन्स कबाड नै बनेको हो ।

यता जनतालाई लाभ हुने ट्वाइलेट साफ गर्ने सेफ्टी टयाङकर ७ महिनादेखि बीरगञ्जको एक ग्यारेजमा अल्पत्र परेको छ ।

 

पूर्व नगर प्रमुख राम स्नेही यादवको पाला देखि सस्तो रेटमा आम सर्वसाधारणको ट्वाइलेट सरसफाई गर्दै आएको थियो । तर गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्याङ्की समेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए ।

 

नगर प्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए ।

 

लामो समयदेखि एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ रहेको छ । यता पालिकाले दिदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोसित बन्दै जान थालेकाछन ।

 

पालिकामा सवारी कसरी कवाड बन्यो भन्ने बिषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेल सँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन् । सो बिषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले    बताए ।

 

यता स्थानीयले नगरपालिकाको जिन्सी शाखाका चरम लापरवाहीका कारण सो एम्बुलेन्सदेखी ट्याङकरसम्म  कबाड बनेको बताएका हुन ।

 

तर, नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असार यता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन ।

न्युजकारखाना

काठमाडौं, १३ माघ ।

काठमाडौँ- प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।

 

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्‍ने सुनाउने परम्परा छ।

 

 

प्रविधिको विकाससँगै हाल मोबाइल एपमा समेत स्वस्थानी पढ्न एवं सुन्‍न सकिने सुविधा आएको छ । यसरी डिजिटल माध्यममा स्वस्थानी आएपछि मानिसहरूले मोबाइलमा राखेर आफूले पायक पर्ने समयमा पढ्न र सुन्‍न सकिन्छ । यहाँ आज मोबाइलमै स्वस्थानी पढ्न सकिने कही मोबाइल एपको बारेमा जानकारी दिइन्छ । तल दिइएका एप आफ्नो मोबाइलमा डाउनलोड गरेर मोबाइलमै स्वस्थानी पढ्न सकिन्छ ।

 

श्री स्वस्थानी व्रत कथा

यस एपमा स्वस्थानीका प्रत्येक अध्यायलाई छुट्टा छुट्टै समावेश गरिएको छ । पहिला सुरु हुने पुष्पाञ्जली तथा अन्त्यको आरतीलाई छुट्टा छुट्टै रूपमा पढ्न सकिन्छ । सन् २०१९ मा प्ले स्टोरमा अपलोड भएको यस एपलाई हालसम्म ५ हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ५ एमबी स्पेस रहेको हुँदा थोरै स्टोरमा तथा मोबाइलमा स्टोरेज कमी भएकाहरूलाई समेत यो एप निकै उपयोगी हुन पुग्नेछ । एन्ड्रोइड ४.३ भन्दा माथिको डिभाइसले सपोर्ट गर्ने हुँदा यसलाई पुरानो डिभाइसले समेत सपोर्ट गर्छ । यस एपलाई मोबाइलमा पढ्न सजिलो हुने गरि डिजाइन गरिएको छ। यसलाई आफ्नो मोबाइलमा डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

स्वस्थानी व्रत कथा नेपाली

स्वस्थानी व्रत कथा नेपाली एपमा पनि तपाईं श्री स्वस्थानी व्रतकथा पढ्न सक्नुहुन्छ । यसमा स्वस्थानीको अध्यायलाई फोटो खिचेर राखिएको छ । अध्याय अध्याय छुट्याएर राखेको यसको साइज भने ९ एमबीको रहेको छ । करिब १ हजार पटक डाउनलोड गरिएको यस एपमा २९ रिभ्यु दिइएको छ । ४.१ भन्दा माथिका एन्ड्रोइड प्रयोगकर्ताले यो एप सजिलै डाउनलोड गर्न सकिन्छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

श्री स्वस्थानी व्रत कथा

स्वस्थानी व्रत कथा मोबाइलमा पढ्न अर्को एपमा यो पनि एक विकल्प हुन सक्छ । एन्ड्रोइड भर्सन ५ भन्दा माथी रहेको छ । यसको अन्य साइज अन्य दुईको तुलनामा भने निकै ठूलो रहेको हुँदा स्टोरेज कमी भएको मोबाइलमा भने समस्या हुन सक्छ । यसलाई १० हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ४.४ समग्र रिभ्यु आएको छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।न्युजकारखाना

 

 

काठमाडौं, १३ माघ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।

आज टियु मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुदैँछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

 

त्यसैगरी, बागमती प्रदेशले आफ्ना ८ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

 

त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा झरेको छ ।

त्यस्तै एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ । न्युजकारखाना

काठमाडौं, १३ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतयाः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना

 

आजमिति २०८० साल माघ १३ गते तदअनुसार जनवरी २७ , सन् २०२४ शनिबार, कृष्णपक्षको तृतिया तिथि, अश्लेषा नक्षत्र, सौभाग्य योग, कर्कट राशिमा चन्द्रमा, आजको योगमा शुभ कामको लागि शुभ मानिन्छ ।

अभिजित् मुहूर्त: बिहान ११:५५ देखि १२:३८ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:५४

• सुर्यास्त: बेलुका ०५:४० बजे

 

 

आजको वैदिक राशिफल:

 

• मेष

उज्ज्वल ऊर्जाले तपाईंको कसरतलाई इन्धन गर्छ र समग्र कल्याणलाई बढाउँछ। यसलाई शारीरिक गतिविधि वा रचनात्मक कार्यहरूमा च्यानल गर्नुहोस् । आत्मविश्वास बढ्छ, आर्थिक अवसरहरू आकर्षित गर्दछ। स्पष्टता र विश्वास संग वार्ता। अप्रत्याशित लाभको सम्भावना छ।  सहयोगी परिवारका सदस्यहरूले मार्गदर्शन र स्थिरता प्रदान गर्छन्। तिनीहरूको बुद्धि र अनुभवमा भर पर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ।अविवाहितले करिश्माको विकिरण गर्नेछ, रोमाञ्चक सम्भावनाहरू आकर्षित गर्नेछ। जोडीहरूले भावुक, चंचल क्षणहरू अनुभव गर्छन्। आफ्नो प्रेम रचनात्मक रूपमा व्यक्त गर्नमा ध्यान दिनुहोस्।

 

शुभ रंग: रातो

शुभ अंक : ९

 

• वृष

 

घाँटीमा सामान्य समस्या आउन सक्छ। नुनपानीले गार्गल गर्नुहोस् र आफ्नो आवाजलाई दबाउनबाट बच्नुहोस्। आत्म-हेरचाह र विश्राममा फोकस गर्नुहोस्। अप्रत्याशित खर्च बढ्न सक्छ। आवश्यक आवश्यकताहरूलाई प्राथमिकता दिनुहोस् र तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्। अप्रत्याशित आर्थिक सहयोग आउन सक्छ। सहयोगी परिवारका सदस्यहरूले मार्गदर्शन र स्थिरता प्रदान गर्छन्। तिनीहरूको बुद्धि र अनुभवमा भर पर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले साझा कलात्मक चासोहरू मार्फत साथी खोज्छन्। जोडीहरूले रचनात्मकता र प्रशंसा मार्फत प्रेम व्यक्त गर्छन्। एक रोमान्टिक साँझ स्टोर मा छ।

 

शुभ रंग: हरियो

शुभ अंक : ६

 

• मिथुन

बढ्दो मानसिक स्पष्टताले तपाईंलाई ध्यान केन्द्रित गर्न र आफ्नो लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ। एकाग्रता कायम राख्न मल्टिटास्किङ नगर्नुहोस् र ब्रेक लिनुहोस्।

टोली कार्य र सहयोगले आर्थिक पुरस्कार ल्याउँछ। भरपर्दो साझेदार बन्नुहोस् र प्रभावकारी रूपमा योगदान गर्नुहोस्। अप्रत्याशित आम्दानीका स्रोतहरू देखा पर्न सक्छन्। संचार अन्तरले गलतफहमी निम्त्याउन सक्छ। आफ्नो अपेक्षाहरू स्पष्ट गर्नुहोस् र सक्रिय सुन्ने अभ्यास गर्नुहोस्। पारिवारिक जमघटले सम्बन्धको अवसर ल्याउँछ। अविवाहितहरूले बुद्धि र बुद्धिले ध्यान आकर्षित गर्नेछन्। दम्पतीहरूले उत्तेजक वार्तालापहरू र रमाइला झगडाको आनन्द लिन्छन्। नयाँ बौद्धिक चुनौतीहरू सँगै अन्वेषण गर्नुहोस्।

 

शुभ रंग: पहेंलो

शुभ अंक : ३

 

• कर्कट

बढ्दो संवेदनशीलताले तपाईंलाई भावनात्मक उतार-चढ़ावको खतरा बनाउँछ। आत्म-हेरचाह अभ्यास गर्नुहोस् र आफ्नो भावनाहरू स्वस्थ रूपमा व्यक्त गर्नुहोस्। रचनात्मक कार्यहरूले भावनात्मक रिलीज प्रदान गर्दछ।रचनात्मक प्रयासहरूले आर्थिक पुरस्कार ल्याउँदछ। नवीन विचारहरू र सहकार्यहरू अन्वेषण गर्नुहोस्। अप्रत्याशित खर्च समायोजन आवश्यक हुन सक्छ। सहयोगी परिवारका सदस्यहरूले सान्त्वना र समझ प्रदान गर्छन्। आफ्नो चिन्ता साझा गर्नुहोस् र तिनीहरूको प्रेममा निर्भर गर्नुहोस्। खुला सञ्चारले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। अविवाहितहरूले भावनात्मक रूपमा सुरक्षित र पालनपोषण गर्ने व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले गहिरो भावनात्मक सम्बन्ध र घनिष्ठता अनुभव गर्छन्। सँगै भावनात्मक कल्याणलाई प्राथमिकता दिनुहोस्।

 

शुभ रंग: सेतो

शुभ अंक : २

 

• सिंह

यो नयाँ चन्द्रमाले आत्मनिरीक्षण निम्तो दिन्छ। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्। ध्यान वा प्राकृतिक हिडाइ उपयोगी हुन सक्छ।आर्थिक स्थायित्व कायम छ, तर अप्रत्याशित यात्रा खर्च हुन सक्छ। तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्। पहल र नेतृत्वबाट अप्रत्याशित आर्थिक लाभ सम्भव छ। पारिवारिक जमघटले घरमा आनन्द र हाँसो ल्याउँछ। आफ्ना उपलब्धिहरू साझा गर्नुहोस् र उनीहरूको गर्वमा बास गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले सहयोग प्रस्ताव गर्छन् । अविवाहितहरू चम्किनेछन्, प्रशंसकहरूलाई आकर्षित गर्नेछन्। जोडीहरू भावुक क्षणहरू मनाउँछन् र एकअर्काको प्रेममा बास गर्छन्। प्रशंसा र कृतज्ञता व्यक्त गर्न फोकस गर्नुहोस्।

 

शुभ रंग: सुनौलो

शुभ अंक : ५

 

• कन्या

 

तनाव व्यवस्थापन गर्न माइन्डफुलनेस र विश्राम प्रविधिहरूमा ध्यान दिनुहोस्। आफैलाई अति बोझ नदिनुहोस् र आत्म-हेरचाहलाई प्राथमिकता दिनुहोस्।आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। अप्रत्याशित यात्रा खर्च समायोजन आवश्यक हुन सक्छ। लगानीमा ध्यान दिनुहोस् र आवश्यक भएमा विशेषज्ञको सल्लाह लिनुहोस्। प्रियजनहरूसँग असमझदारी हुन सक्छ। सञ्चारमा धैर्यता र स्पष्टता कुञ्जी हो। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले प्रकृतिसँग जोडिएर वा एकान्त रचनात्मक कार्यहरू पछ्याउँदा सान्त्वना पाउँछन्। जोडीहरूले आफ्नो बन्धनलाई बलियो बनाउँदा व्यक्तिगत ठाउँको प्रशंसा गर्छन्। भावनात्मक समझ र समर्थनमा फोकस गर्नुहोस्।

 

शुभ रंग: खैरो

शुभ अंक : १

 

• तुला

बढ्दो शारीरिक गतिविधिले तपाईंको ऊर्जा बढाउँछ र तपाईंको समग्र कल्याण सुधार गर्दछ। आफ्नो उर्जालाई शारीरिक गतिविधि वा बाहिरी गतिविधिहरूमा च्यानल गर्नुहोस्। सहयोग र टोली कार्यले आर्थिक सफलता ल्याउँछ। भरपर्दो साझेदार बन्नुहोस् र प्रभावकारी रूपमा योगदान गर्नुहोस्। साझेदारीबाट अप्रत्याशित आम्दानीका स्रोतहरू देखा पर्न सक्छन्। सहयोगी परिवारका सदस्यहरूले सहयोग र प्रोत्साहन प्रदान गर्छन्। तिनीहरूको उपस्थितिको लागि तपाईंको प्रशंसा देखाउनुहोस्। पारिवारिक जमघटले आनन्द र हाँसो ल्याउँछ।

अविवाहितहरूले आफ्नो आकर्षण र सामाजिक अनुग्रहको माध्यमबाट प्रशंसकहरूलाई आकर्षित गर्छन्। जोडीहरूले सामंजस्यपूर्ण साझेदारी र साझा लक्ष्यहरूको आनन्द लिन्छन्। रोमान्समा फोकस गर्नुहोस् र साझा अनुभवहरू सिर्जना गर्नुहोस्।

 

शुभ रंग: गुलाबी

 

शुभ अंक : ७

 

• वृश्चिक

 

भावनात्मक तीव्रता उच्च हुन सक्छ। आफ्नो उर्जालाई रचनात्मक खोज वा रिलिजको लागि व्यायाममा च्यानल गर्नुहोस्। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्। अप्रत्याशित आर्थिक लाभ सम्भव छ, तर तिनीहरूलाई जिम्मेवारीपूर्वक ह्यान्डल गर्नुहोस् र अपव्ययबाट बच्नुहोला। अप्रत्याशित खर्च समायोजन आवश्यक हुन सक्छ। आवश्यक परेमा विशेषज्ञको सल्लाह लिनुहोस्।प्रियजनहरूसँग गहिरो कुराकानीले समझ र बन्धनलाई बलियो बनाउँछ। आफ्नो भित्री आत्म र कमजोरीहरू साझा गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले चाखलाग्दो र रहस्यमय व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले आत्मीयता र भावुक क्षणहरूको नयाँ गहिराइहरू अन्वेषण गर्छन्। भावनात्मक इमानदारी र जोखिममा फोकस गर्नुहोस्।

 

शुभ रंग: बैजनी

शुभ अंक : ८

 

• धनु

आशावादी र उत्साहले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यलाई बढावा दिनेछ। आफ्नो सकारात्मक भाइबहरू अरूसँग साझा गर्नुहोस्। बढ्दो शारीरिक गतिविधि लाभदायक छ।आर्थिक स्थायित्व कायम छ, तर अप्रत्याशित यात्रा खर्च हुन सक्छ। तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्। उनीहरूले ल्याउने साहसिक र नयाँ अनुभवहरू अँगाल्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले सहयोग र प्रोत्साहन प्रदान गर्छन्। तिनीहरूको उपस्थिति र समर्थनको लागि तपाईंको प्रशंसा देखाउनुहोस्। पारिवारिक जमघटले आनन्द र हाँसो ल्याउँछ। अविवाहितहरूले आफ्नो साहसी भावना र बौद्धिक जिज्ञासा मार्फत प्रशंसकहरूलाई आकर्षित गर्छन्। दम्पतीहरू सँगै रोमाञ्चक यात्राहरू सुरु गर्छन्, तिनीहरूको सम्बन्धलाई बलियो बनाउँछन्। साझा अनुभव र खुला संचारमा फोकस गर्नुहोस्।

 

शुभ रङ: निलो

शुभ अंक : ४

 

• मकर

अनुशासन र दिनचर्यामा ध्यान दिनुहोस्। स्वस्थ खानपान र नियमित व्यायाम सन्तुलन कायम राख्ने कुञ्जी हुन्। भावनात्मक स्पष्टताको लागि आवश्यक भएमा मार्गदर्शन खोज्नुहोस्। कडा परिश्रम र समर्पणले आर्थिक प्रतिफल ल्याउँछ। निरन्तर रहनुहोस् र तपाईंको दीर्घकालीन लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्। लगनशीलता र पहलकदमीबाट अप्रत्याशित आम्दानीका स्रोतहरू देखा पर्न सक्छन्।  सहयोगी परिवारका सदस्यहरूले तपाईंलाई चुनौतीहरू पार गर्न मद्दत गर्छन्। तिनीहरूसँग खुला र इमानदारीपूर्वक कुराकानी गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले महत्वाकांक्षी र प्रेरित व्यक्तिसँग भेट गर्नेछन्। जोडीहरूले एकअर्काको सफलतामा प्रेरणा पाउँछन् र सँगै स्थिर भविष्य निर्माण गर्छन्। एकअर्काको लक्ष्य र आकांक्षाहरूलाई समर्थन गर्नमा ध्यान केन्द्रित गर्नुहोस्।

 

शुभ रंग: कालो

शुभ अंक : १०

 

• कुम्भ

मानसिक स्वास्थ्यमा ध्यान दिनुहोला । ध्यान वा प्रकृतिमा समय बिताउनु तनाव व्यवस्थापन गर्न सहयोगी हुन सक्छ। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्। अप्रत्याशित आर्थिक लाभ नवीन विचार र सहयोग मार्फत आउँछ। नयाँ अवसरहरूको लागि खुला हुनुहोस् र आफ्नो रचनात्मक दृष्टिकोण साझा गर्नुहोस्। अप्रत्याशित खर्च समायोजन आवश्यक हुन सक्छ। सञ्चारमा कमीका कारण असमझदारी हुन सक्छ। सक्रिय सुन्न अभ्यास गर्नुहोस् र गलत व्याख्याहरूबाट बच्न आफ्ना विचारहरू स्पष्ट गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ।अविवाहितहरूले बौद्धिक र उत्तेजक व्यक्तिसँग भेटघाट हुनेछ। दम्पतीहरूले जीवन्त कुराकानी र साझा चासोहरूको आनन्द लिन्छन्, उनीहरूको बौद्धिक जडानलाई बलियो बनाउँछन्। खुला सञ्चार र बौद्धिक अन्वेषणमा सँगै फोकस गर्नुहोस्।

 

शुभ रङ: फिक्का हरियो

शुभ अंक : ११

 

• मीन

बढ्दो अन्तर्ज्ञानले तपाईंलाई भावनात्मक उपचारको आवश्यकता पर्ने क्षेत्रहरू पहिचान गर्न मद्दत गर्दछ। आवश्यक भएमा मार्गदर्शन खोज्नुहोस् र आत्म-दयालाई अँगाल्नुहोस्। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्।आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। भविष्यका लक्ष्यहरूको लागि बचतलाई प्राथमिकता दिनुहोस् र आधारभूत दृष्टिकोणको साथ लगानी गर्नुहोस्। अप्रत्याशित आय स्रोतहरू अन्तर्ज्ञान र भावनात्मक बुद्धि मार्फत देखा पर्न सक्छ। रचनात्मक गतिविधिहरूले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। विचारशील इशाराहरू र साझा रचनात्मक कार्यहरू मार्फत आफ्नो प्रेम र प्रशंसा व्यक्त गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ।अविवाहितहरूले दयालु र समझदार व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले भावनात्मक घनिष्ठता र समर्थनलाई प्राथमिकता दिन्छन्, सुरक्षित र मायालु जडान सिर्जना गर्दछ। भावनात्मक इमानदारी र जोखिममा फोकस गर्नुहोस्।

 

शुभ रंग: समुद्री हरियो

शुभ अंक: १२

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युजकारखाना

बज्जिकाञ्चल,राैतहट,१२ गते माघ ।

नेपाल रेडक्रस साेसाईटि राैतहटकाे विभिन्न उपशाखाहरूकाे साधारणसभा सम्पन्न भएको छ ।

No description available.

नेपाल रेडक्रस सोसाइटी उपशाखा सपगढा २९ औं वार्षिक साधारण सभा उपशाखाका सभापति शेख मैनुदिन अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री शधर्मेन्द्र प्रसाद सिंह, युवा समाज सेवी मो. मुरतजा लगायत उपशाखा कार्य समिति पदाधिकारी, सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ।

No description available.

उपशाखाका सचिव शेख कैमुदिन कोषाध्यक्षले बार्षिक प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै गरी नेपाल रेडक्रस सोसाइटी हथियाहीको २३ अौं बार्षिक साधारण सभा उपशाखाका सभापति शिवचन्द्र लाल कर्णको अध्यक्षता तथा प्रमुख अतिथि को रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपकोषाध्यक्ष शेख कैमुदिन लगायत उपशाखा कार्य समिति पदाधिकारी,सदस्यहरूको स्थानीय बुद्धिजीवी,समाजसेवी,शिक्षकको उपस्थितिमा सम्पन्न भएको छ ।

No description available.

उपशाखाका सचिव बिनोद लाल कर्णले बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन तथा अगामी बर्षको प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो भन्ने दुबै उपशाखाको कार्यक्रम सभाले पारित गरेको थियो ।

काठमाडौँ, १२ माघ ।

अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

 

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।

 

अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

 

त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।न्युजकारखाना

सप्तरी, १२ माघ ।

कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना

 

काठमाडौं, १२ माघ ।

परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं।’

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्‍नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’न्युजकारखाना

काठमाडौं, १२ माघ ।

विशेष अदालत काठमाडौंले सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ।

शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो।

घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन्। विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भनावना महतलाई भने सफाइ दिएको छ।न्युजकारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।