२०८३ बैशाख १८
२०८३ बैशाख १८

विराटनगर, १५ माघ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ ।

 

गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो ।

उक्त शिष्टाचार भेटका क्रममा मुख्यमन्त्री कार्कीले पूर्व ब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराएका थिए । वर्षेनी नेपालबाट कति जना गोर्खा सेनामा भर्ति भइरहेको मुख्यमन्त्रीको जिज्ञासामा कर्णेल कमाण्डेन्ट रिचार्डले यस वर्ष ३३६ जना भर्ना भएर गएको जानकारी गराएका थिए ।

गोर्खा वेलफेयर ट्रष्टले नेपालमा गरिरहेको कामको बारेमा मुख्यमन्त्री कार्कीले राखेको जिज्ञासामा रिचार्डले सुरुमा धरानमा पूर्व गोर्खा सेनाका लागि मात्रै गर्दै आएको कामलाई विस्तार गरी आम नेपालीका लागि सुरु गरेको जानकारी गराएका थिए ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले गोर्खा सेनाहरुको थलो धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट २ दशमलव ५ किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा डीपीआरका लागि २ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

 

उनले सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघाावाट विद्युत उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरेका हुन् ।

‘पूर्व गोर्खालगायतका गोर्खा सेनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘गोर्खा भिलेजको घर ब्रिटिस मोडलमा निर्माणा गर्ने भएकाले प्राविधिक लगायतको सहयोग गर्न आग्रह छ ।’

भेटको क्रममा रिचार्डले संघीयता कार्यान्वयन र हिन्दुत्वको बढ्दो प्रभाव र धार्मिक सहिष्णुताको बारेमा जिज्ञासा राखेका थिए । ‘गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएकोले यसलाई निरन्तर अघि बढाइ रहन पनि गोर्खाको भूमिका अहम् छ,’ उनले भने, ‘गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य शाहसले बेलायतको समग्र सुरक्षामा अहम योगदान पु¥याएको छ ।’

गोर्खा ब्रिगेड टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री र प्रधानसेपतिलाई भेटेर पोखरामा परेड खेलेपछि फर्किने छन् ।न्युजकारखाना

 आरके श्रीवास्तव,रौतहट,१४ गते माघ ।

रौतहट– नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा मधेश प्रदेश बाट २३ जना सदस्य मनोनीत गरिएको छ ।

मधेश प्रदेशको सप्तरी बाट ३ जना,सिरहा बाट ४ जना,सर्लाही बाट २ जना,धनुुषा बाट १ ,महोक्तरी बाट २,रौतहट बाट ३,बारा बाट ५ र पर्सा बाट ३ जना गरी जम्मा २३ जनालाइ मनोनय गरिएको हो । जसमा सप्तरी बाट विरेन्द्र चौधरी,अशोक कुमार चौधरी र दिनेश चौधरी रहेका छन् ।

सिरहा बाट मनोनित हुनेहरुमा दुुर्गानन्द चौधरी,दिपक चौधरी,रामप्रसाद चौधरी र प्रमोद चौधरी रहेका छन् । त्यस्तै सर्लाही बाट मनोनय हुनेहरुमा सुशिल चौधरी,तेजनारायण चौधरी रहेका छन् । धनुुषा बाट मनोनित हुनेमा अशोक कुमार चौधरी रहेका छन् । त्यसैगरी महोक्तरी बाट मनोनित हुनेमा विनोद धामी थारु,राजनारायण सिं थारु रहेका छन् भने रौतहट बाट जितेन्द्र चौधरी,राजकशिोर चौधरी,पुनम चौधरी मनोनित भएकी छिन् ।

बारा बाट मनोनित हुनेमा सुुमित्रा देवी चौधरी,धिरेन्द्रप्रसाद दास थारु,रमन प्रसाद चौधरी,विरेन्द्र प्रसाद चौधरी,कृष्ण बाबु चौधरी छन् । पर्सा बाट शैलेन्द्र चौधरी,मनोज दास थारु,मनोजा चौधरी रहेका छन् । नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।

बज्जिकाञ्चल,रौतहट,१३ गते ।

गौर–रौतहटको गौर नगरपालिकामा भइरहेको मेयर कप क्रिकेट प्रतियोगिता आज दुुइ खेल सम्पन्न भएका छन् । पहिलो खेल वडा नम्बर ४ र ८ बिच भएको छ भने दोस्रो खेल वडा नम्बर ३ र ७ बिच भएको हो ।

No description available.

दुवै खेलमा क्रमशः वडा नम्बर ४ र ३ विजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ८ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको थियो । जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ४ को टिमले ८ ओभर ३ बल खेल्दै विजयी लक्ष्य प्राप्त गरेको थियो ।

No description available.

उसको तर्फ बाट धर्मेन्द्र यादवले २ ओभर बलिङ्ख गर्दै १२ रन खर्चेर ४ विकेट लिइ मैन अफ द मैच घोषित भएका थिए । त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नम्बर ३ ले जित हात पारेको छ । वडा नम्बर ७ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १९ ओभर १ बलमा १ सय ६ रनमै पुरै टिम समेटिन पुुग्यो ।

No description available.

जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ३ को टिमले १२ ओभर २ बलमा १ सय ८ रन बनाइ विजयी भएको थियो । खेलमा विवेक साहले ३३ बलमा ६० रन नटआउट रहँदै मैन अफ मैच घोषित भएका थिए । नगर स्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उदेश्यले सो प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरिको ९ वटा टिमको सहभागिता रहेको छ । सो क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी गराएका हुन् ।

No description available.

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको गराइएको हो । संयोजक टिबडेवालले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उप विजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ ।

No description available.

प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए । भोलीको खेल वडा नम्ब।र ३ र ९ को टिम बिच हुनेछ भने अर्को खेल वडा नम्बर ६ र १ को टिम बिच हुने रौतहट जिल्ला क्रिकेट संघले जनाएको हो ।

 बज्जिकाञ्चल,१४ गते माघ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सरमुजवाको २९ औ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । आज उपशाखाका सभापति तेज नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बौधीमाइ नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार यादव रहनु भएको थियो ।

उपशाखा उपसभापति शिवजी कुशवाहाले स्वागत मन्तव्य राखेका थिए भने उपशाखाका सचिव रामनारायण कुशवाहाले बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष सोना लाल बैठाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न भएको थियो । संस्थाका पदाधिकारी सदस्य, आजीवन सदस्य,साधारण सदस्य महिला समेतको उपस्थितिमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र आगामी प्रस्तावित कार्यक्रम पारित सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संचालन आजीवन सदस्य एवम् स्वास्थ्यकर्मी कौस्तुभमणी साहले गर्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि रौतहट जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, अर्का विशिष्ट अतिथि नगर उप प्रमुख प्रमिला जयसवाल, वडा नं ९ को वडा अध्यक्ष मुक्तिनारायण मिश्र ,८ नम्बर का वडा अध्यक्ष बिन्देश्वर यादव, ३ नम्बरका वडा अध्यक्ष कार्यपालिका सदस्य सुनिल जयसवाल,पुर्व वडा अध्यक्ष वडा नम्बर ७ का विजय कुशवाहा,मन्त्री धर्मेन्द्र प्र . सिंह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

काठमाडौं, १५ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।

 

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युजकारखाना

रौतहट, १४  माघ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्।

सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगर पालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीय छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन्।

भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सन्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाईँ लिएर छोरीलाई सधैँ कुटपिट गर्दै आएका ज्वाइ सुनिल बैठा र छोरीकी सासुले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन्।

छोरीलाई पटक-पटक लोग्ने, सासु र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौंमा प्रहरीमा उजुरीसमेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन्।

मृतकको १६ महिनाको छोरासमेत रहेका छन्। उनको माइती पक्षले दोषिलाई कानुनी कारबाही गर्न माग गरेको छ।

सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुइँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुण्ड्याइएको माइती पक्षको आरोप छ। हत्यामा संलग्न रहेको भन्दै ज्वाइ र उनका आमाबुवा विरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ।न्युजकारखाना

जनकपुर, १४ माघ ।

धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ। अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।न्युजकारखाना

लुम्बिनी, १४ माघ । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक  एवम् मोन्लम पूजा आइतबार सकिएको छ।

मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारणसहितको महागुरु भूम्छोक एवम् प्राणीधान मोन्लम पूजा गरिएको हो।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्राथना र  कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए। उनले आफू उपाध्यक्षको रुपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितीमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए।

महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे,  छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले विहिबारदेखि भूम्छोकमा सहभागी थिए।

यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी  एकै ठाउँमा भेला भइ लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो।न्युजकारखाना

 रौतहट,१४ गते माघ ।

रौतहटको बौधीमाइ नगरपालिकामा प्रशासन र स्वास्थ्यका कर्मचारीहरु बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको गुुजरामाइको खेल मैदानमा एक दिवसीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रशासन टिमले टस जितेर ब्याटिङ्ख गर्दै १ सय ४८ रन बनाएको थियो ।

जवाफमा स्वास्थ्यकर्मीको टिमले निर्धारित १६ ओभरमा १ सय ४१ रन मात्र बनाउन सक्यो । र उक्त खेलमा स्वास्थ्यकर्मीको टिम ७ रनले पराजित हुन पुुग्यो । बौधीमाइ नगरपालिकाको सहयोगमा उक्त क्रिकेट प्रतियोगिता भएको हो ।

प्रशासनको टिम बाट खेलाडीको रूपमा ब्याटिङ्ग गर्दै अरविन्द कुमार यादव ८ रन, बिक्की जयसवाल २६ रन, वडा अध्यक्ष तुरन्तनारायण यादव २ रन, जाहगिर आलम १ रन, सुनिल यादव ३० रन, रवीन्द्र यादव ३५ रन, नितेश यादव ५ रन बनाएका थिए ।

स्वास्थ्यकर्मीकाे तर्फबाट गजेन्द्र महताेले एक्लै १६ ओभरमा नट आउट रहँदै १ सय ११ रन बनाएका थिए ।

धनगढी, १४ माघ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३ देखि माघ २६ गतेसम्म देश ब्यापी सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो।

कांग्रेसले माघ १३ देखि माघ २६ गते सम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन अभियानलाई सफल पार्न कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रवक्तासमेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए।

खटाइएको प्रतिनिधिलाई समुदायमा कांग्रेस अभियानलाई सफल पार्न जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाइएका प्रतिनिधिको नामावली :

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) अनुराधा स्वाँर
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तुलाराम साउँद
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (क) भक्त बहादुर ठकुल्ला
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (ख) रुपा आउजी

डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) प्रेमा श्रेष्ठ
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तेज बहादुर लुहार

बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) जयन्ती जोशी/राजेन्द्र खड्का
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) गणेश विष्ट/सुनिता थापा

बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) रनसिंह बहादुर अयडी

दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) मदन गिरी/कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट

डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) निर्मला बोगटी विष्ट

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) दिवाकर पाण्डेय
कञ्चनपुर     ”             ”    ३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर     ”             ”    २ (क) प्रभा भट्ट
कञ्चनपुर     ”             ”    २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर     ”             ”    १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर     ”             ”    १ (ख) चमेली तामाङ

कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५     (क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के.)
(ख) राम बहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४    (क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
”  प्रतिनिधिसभा निर्वाचन क्षेत्र २     (क) धन बहादुर शाही (धिरेन्द)
(ख) राजेश कुमार टमटा
”  प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) केशरी विष्ट
(ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (ख) टेकराज जोशी

न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।