काठमाडौं- नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
खोटाङ मजुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
उनको शव तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकीनाग टोलस्थित निर्माणाधीन दुई तले घरको भुइँ तलामा फेला परेको थियो। त्यो स्थानलाई लागुऔषध प्रयोगकर्ताले आफ्नो आश्रयस्थल बनाएका थिए।
पक्राउ परेकाहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका-३ घर भई बालाजु-जरंखु, मनमैजुलगायत स्थानका सडकपेटीमा बस्दै आएकी २१ वर्षीया वसन्धुरा कार्की, भक्तपुर चाँगुनारायण-१ घर भई सोही स्थानमा सडकपेटीमा बस्दै आएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भई सोही स्थानमा बस्दै आएकी १८ वर्षीया अन्जली श्रेष्ठ, आँधीखोला-३ कै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती गाउँपालिका-४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन्।
यस्तै, अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती घर भई बालाजु, जरंखु, मनमैजुलगायतका स्थानमा सडकपेटीमै बस्दै आएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भई सोही ठाउँका सडकपेटीमा बस्दै आएका १३ वर्षीय एक नाबालक रहेका छन्।
काठमाडौं-१६ स्थित अस्टनारायण हलपछाडि बाइस धारा जंगलबाट भाग्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले बताए। उनीहरूलाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाई फायर गरिएको रजौरेले जानकारी दिए।
कसरी भयो घिमिरेको हत्या?
एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ।
त्यसपछि घिमिरे घर जानुअघि खाजा-नास्ता खान तारकेश्वर नगरपालिका-११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेजसमेतले देखाएको छ।
घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अन्जली श्रेष्ठ त्यहाँ पुगेका थिए।
घिमिरे र सचिनको पुरानो चिनजान थियो। अन्जलीसमेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए।
‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटनास्थलसम्म) मोटरसाइकलमा पुर्याइदिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर पुर्याइदिए।’
त्यहाँ पुगेपछि सचिनले अन्जलीलाई बिसन्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए। अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे। युवराजले सहयोग गरिदिए।
सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे। हेल्मेटले उनको टाउकोमा प्रहार गरे।
लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालकसमेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे।
हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए। घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके।
हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए। घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए।
पक्राउ परेकाहरू लागुऔषध प्रयोगकर्ता हुन्। बसपार्क क्षेत्रमा कार्यरत् रहँदा घिमिरेको सचिनसँग चिनजान थियो।न्युज कारखाना
५ जेठ, बारा
बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् ।
कोहल्वी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका ९ जना सिकारीलाई डिभिजन वन कार्यालयले बिहीबार छाडिएको खुलेको हो ।
वन कार्यालयले कोल्हवी नगरपालिका वडा नं २ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्ण बहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो ।
वन कार्यालयले उनीहरूको साथबाट ५ वटा मोटरसाइकल, २ वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गरेको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।
उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।
कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा ५ वटा मोटरसाइकल, ४ वटा साइकल, वन्यजन्तु सिकार गर्ने जालो, फलामको भाला र लौरासहित ९ जना सिकारीलाई नियन्त्रणमा लिने क्रममा केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।
डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए ।
नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।न्युज कारखाना
मुगु, ४ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ। औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन्स।
औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ। सरकारले ९८ प्रकारका नि:शुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ।
सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ। बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन्।
मुगुको खत्याड गाउँपालिका-९ का राजकुमार लावड सामान्य बिरामि परेपछि जिल्ला अस्पताल मुगेका थिए। तर, उनले अस्पतालमा सिटामोलसमेत पाउन सकेनन्। ज्वरो आउने, खोकि लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल पनि पाउन नसकेको उनको गुनासो छ।
१५ सैय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन्। मौषम परिवर्तनसँगै बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।
औषधि अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर रहेको नागरिकहरूको दुखेसो छ। जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई समय समयमा औषधि अभाव खेप्दै आइरहेको छ।
गत भदौ महिनामा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ। अहिले गत वर्ष खरिद गरिएका औषधिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गनाले बताए।
सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन्। गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ति खेप्नु परेको उनीहरूको गुनासो छ।न्युज कारखाना
सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ वर्षिय बुधराम महतो र बाचाई महतो विच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो।
लामो समयदेखि जमिन विवाद रहेका उनीहरु आज विहान खेतमै भेटभएको बेला विवादचर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए।
वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाइ रहेको छ।
हत्या घटना लगतै बचाई फरार भएका छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। श्व घटनास्थलमै रहेको छ।
मृतक महतोले लामो बिष्णुपुर चौकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनासक विषादीको पसल संचालन गर्दै आएको बताइएको छ। न्युज कारखाना
२ जेठ, महोत्तरी
गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ ।
यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ ।
किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र विहारका मानिसहरुका लागि कम खर्चिलो समेत वन्ने देखिन्छ ।
बर्दिवास नगरपालिकाको खयरमारावाट ४ किलोमीटर मात्र माथी उक्लेपछी पाइने हावापानी वाहय र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार वनेको छ ।
`जुनार र सुन्तला पनि याँहा पाईन्छ । त्यसो हुदा कत्ती चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन ।´ उधोग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने ।` यो मधेशको दोश्रो भेडेटार जस्तै वन्न सक्छ ।´
प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकिय गन्तव्य वनाउन सकिने गतिलो आधार भएतापनी प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकिय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।
`प्रचुर सम्भावनाहरु वोकेर पनि ओझेलमा परिरहेको छ । सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने । `गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।´
यतिवेला मधेशमा अत्याधिक गर्मी छ । याँहाका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम वढेको छ भने नजिकै सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएतापनी सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा वाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।
औपचारिक मापन हुन नसकेतापनी स्थानियहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन । १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिकोरुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पुर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन । यसैकारणले यो ठाउँमा सहिद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जस्लाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।
स्थानियका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने ।
`नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ती मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ ।´ स्थानिय बिष्णु भण्डारीले भने । `मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।´
भौगोलिक भु-धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन । स्थानियका भनाईअनुसार दुई दशक अघिसम्म याँहा घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर वसे ।
औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानिय काजी वहादुर कार्की वताउछन ।
याँहावाट गौरिसंकर हिमालदेखी प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका छन ।
अचम्मलाग्दो त काहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशकोलागी सवैभन्दा अनौठो बिषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाईनुले पनि याँहाको हावापानीलाई आफै प्रमाणित गरेको छ ।
पर्यटकिय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उधोग बाणिज्य संघको नेतृत्वमा सनिवार याँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकिय गन्तव्य वन्न सक्ने र यस्लाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए ।
उन्ले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।
बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्वता जनाएको छ ।
समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाहय पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यस्लाई थप प्रचारप्रसार गर्ने वताए ।न्युज कारखाना
वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उनको जोड थियो ।
यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरे । विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उनले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन लागेका हुन् ।
मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताए । कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिएका थिए ।
मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गरेका थिए । महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।न्युज कारखाना
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।
योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नवीनकुमार पोखरेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका अन्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सिइओ अकबर हुसेन छन्।
उनीहरूसँग जनहीँ ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।
सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।
उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूले मिलेमतोमा कानुन विपरीत कार्य गरी सरकारको सम्पत्ति हानी-नोक्सानी पुर्याएको अख्तियारको दाबी छ। न्युज कारखाना
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।
नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ।
भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।
भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए। न्युज कारखाना
काठमाडौं- नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्।
उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए। न्युज कारखाना