२०८३ बैशाख १२
२०८३ बैशाख १२

 

१ असार, महोत्तरी 

जनप्रतिनिधिहरुले जनतालाई उधमसिल वनाउने प्रयास असफल भएको वताएका छन ।

सामुदायिक विकास तथा पैरवी मंच नेपाल र इसिमोडको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरुविच भएको अन्तर्कृयामा सीप सिकाएर पनि उधमसिल वनाउन नसकिएको गुनासो गरेका हुन ।

भंगाहा नगरपालिकाका नगरप्रमुख सन्जिव साहले सर्वसाधारणहरुलाई हरेक हिसावले उधमशिल वनाई आत्मनिर्भर वनाउने योजना महत्वपूर्ण भएतापनी  लाभान्वित गर्न नसकिएको स्विकार गरे ।

`हामीले महिला र पुरुषका लागि छुट्टाछुट्टै सीप विकासका कामहरुलाई निरन्तरता दिदै आएका छौ ।´ नगरप्रमुख साहले भने । `तर तालिम लिएको भोलिपल्टवाट नै त्यो सकिन्छ, व्यवहारमा उतारेको र आर्थिक उपार्जनमा जोडेको कम नै देखिन्छ  ।´

सिपलाई व्यवहारमा उतारी स्थानिय उत्पादनलाई प्रातमिकता दिने हो भने पर्ययकिय हिसावले समेत पर्वद्वन हुने जिकिर गर्दै गैरसरकारी संस्थाहरुले स्थानिय सरकारसँग सहकार्य गरेर योजना वनाउनुपर्नेमा उनिहरुले जोड दिएका छन ।

इसिमोडका सहजकर्ता सिजन श्रेष्ठले महिला तथा गृहणीहरुलाई उधमशिल वनाउन नयाँ ढंगले अगाडि बढनुपर्ने वताउदै सप्तरी, धनुषा र महोत्तरीमा फरक कार्ययोजनना वनाईरहेको वताए ।

वासवाट ब्रस, धुप र स्थानिय वस्तुहरुलाई पर्वद्वन गर्ने अभियान अन्तर्गत बजारको समेत सुनिश्चितता गरेर सारिरिकरुपमा आशक्त र महिलाहरुलाई सहभागी गराईरहेको उन्को भनाई छ ।

हाईग्रीड परियोजना अन्तर्गत बाढी पुर्व सुचनामा समेत काम गरिरहेको इसिमोडले सामुदायिक विकास तथा पैरवी मंचको साझेदारीमा महोत्तरीमा विपन्नहरुलाई आत्मनिर्भर वनाउन विभिन्न काम गरिरहेको छ ।

सामुदायिक विकास तथा पैरवी मंचका अध्यक्ष नागदेव यादवले नगरका टोल र बस्तिहरुलाई उधमशिल वनाएर आर्थिक आधार तयार गर्नुपर्ने सुझाव दिए ।

जनकपुर उपमहानगरपालिका, मिथिला नगरपालिका, बर्दिवास नगरपालिका र भंगाहा नगरपालिकाका योजना प्रमुख,प्रमुख प्रशासकिय अधिकृत, उपमेयर र नगरप्रमुखहरुको उपस्थितिमा भएको उक्त अन्तर्कृयामा सहभागीहरुले तालिमको नाममा खर्च मात्र भएको वताएका थिए ।न्युज कारखाना

 

आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् । शुक्रबार एक समारोहका बिच नगर प्रमुख कल्वारले गरुडा नगरपालिका ४ स्थित गोरु बजार लाग्ने ठाउँमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाको वर्तमान कार्यपालिका निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै आफ्नो प्रशासकीय भवन निर्माण गर्ने भन्ने थियो । निर्वाचित भएको दुई वर्षपछि सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगर प्रमुख कल्वारले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कल्वारले भने – जसरी सर्वसम्मत रुपमा प्रशासकीय भवन बनाउने निर्णय गरेका थियौँ, त्यसरी नै सर्वसम्मत रुपमा शिलान्यास पनि गरेका छौँ । सबै पक्ष तथा राजनीतिक दलका प्रमुख व्यक्तित्वको उपस्थितिले अत्यन्त हर्षित बनाएको बताउँदै नगर प्रमुख कल्वारले भने – आफूसित बोल्नलाई कुनै शब्द नै छैन । समारोहलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख कल्वार भावुक बनेका थिए । पाँच करोडको लागतमा तिन तल्ले भवनको निर्माणको लागि टेन्डर गरिएकोमो श्रेष्ट बटुक भैरव जेभि वीरगंजले ३ करोड ३३ लाखको लागतमा निर्माण गर्ने ठेक्का सकार गरेको छ । ठेक्का सकार भएको मितिले एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने जनाइएको छ । ठेक्काअनुसार काम सम्पन्न भएमा अर्को वर्ष नगर सभा नयाँ भवनमा नै गरिने नगर प्रमुख कल्वारले सार्वजनिक गरेका छन् । रौतहटमा दुई गाउँपालिका र १६ नगरपालिका रहेका छन् । गौर र चन्द्रपुरपछि तेस्रो नगरपालिकाको रुपमा रहेको गरुडाभन्दा पहिले गौर, चन्द्रपुर, मौलापुर, गुजरा, गढीमाई, देवाही गोनाही, ईशनाथ लगायतका नगरपालिकाहरुले आफ्नै प्रशासकीय भवनमा सेवा दिइरहेका छन् । जिल्लामा करिब आधा दर्जनभन्दा बढी पालिकाको प्रशासकीय भवन निर्माण भइरहेका छन् ।

रौतहट,२५ जेठ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहिन भएको बताएका छन् ।

नगर प्रमुख काफ्लेले हाल गदै आएको सडकको काम गुणस्तरहिन भएको र सडकमा नै जलासय बनेको कारण तुरुन्त सच्चाउन निमार्ण कम्पनीलाइ निर्देशन दिनुभएको छ । सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उहाँले निर्माण कम्पनीलाई सुझाव दिएका थिए ।

चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको विहिबार स्थलगत निरिक्षण गर्दै उहाँले उतm निर्देशन दिएका छन् । कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरवाहि भएको जनगुनासो आएपछि आफु स्थलगत निरिक्षणका लागि आएको उनले बताए ।

सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भएपनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले बताए । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफु अनुगमनमा आएको  बताए ।

नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए । यदपी प्राविधिक तथा ईन्जिनियरले यसको मुल्याङ्गन गर्नु पर्ने उनको तर्क छ । जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाईएको छ । कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरवाहि तरिकाले काम भएको आरोप लगाए । पटक पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदा समेत वेवास्ता गरेको उनको आरोप छ ।

जुडिबेलाको प्रवेशद्धार देखी असनवा सम्मको मुल सडकको दाँया बाया नाला सहितको कालोपत्रे,नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक ÷ प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ । सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । अहिले सोहि अन्तर्गत जुडिवेला प्रवेशद्धारबाट कालो पत्रे सडक निर्माण कार्यले तिव्रता पाएको हो ।

दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निमार्ण कम्पनीले जनाएको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो । ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ ।

चन्द्रपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका ईन्जिनियर महेश वोहरा र पत्रकार लगायतले अनुगमन गरेका हुन् ।

अनुगमनमा पुगेको टोलीलाई स्थानियले सडक निर्माणका क्रममा भएको त्रुटी वा कमिकमजोरीको बारेमा बताएका हुन् ।चन्द्रपुर नगरपालिकाले सडक ढलान, कालोपत्रे तथा नाला निर्माणको काम पनि प्रथामिकता दिदै आएको जनाएको छ।न्युज कारखाना

 

रौतहट- विश्व पर्यावरण दिवसको अवसरमा महत्वका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

गैरसरकारी संस्था आरडिसी नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुरको सहयोग तथा डिभिजन वन कार्यालय रौतहटको आयोजनामा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ विश्व पर्यावरण दिवस मनाइएको हो।

पर्यावरण बचाउन विभिन्न नारा लेखिएको तुल-ब्यानरसहित बुधबार बिहान चन्द्रनिगाहापुर बजारमा प्रभातफेरी गरी वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर सञ्जयकुमार काफ्ले, अतिथिहरू डिभिजन वनका प्रमुख शैलेन्द्रकुमार मिश्र, प्रमुख प्रशासकीय अधिकृत उपसचिव किरणनिधि तिवारी, डाक्टर सुभाष चौधरी, डिएसपी गौरव महत, जनचाहना सामुदायिक वनका अध्यक्ष रामलाल ठोकर, हातेमालो सामुदायिक वनका अध्यक्ष प्रेमकुमार तिमलसिना लगायतको हातबाट दुई वटै सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ६०० बिरुवा रोपिएको सहायक वन अधिकृत राजेशकुमार साहले जानकारी दिए।

उक्त अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले चुरेक्षेत्र देशको करिब १३ प्रतिशत भू-भाग ओगटेको र पूर्व इलामदेखि पश्चिम डडेल्धुरासम्म ३६ वटा जिल्लाहरूमा यो क्षेत्र फैलिएको छ बताए।

चुरेसँग जनजीविका जोडिएको र चुरे सकिनेवित्तिकै भावर अनि त्यसपछि तराईको समथर भू-भाग प्रभावित हुने निश्चित रहेको वक्ताहरूले बताए।

तराईको समग्र क्षेत्रमा ५० प्रतिशत जनसङ्ख्याको बसोबास छ। प्राकृतिक जल भण्डारको हिसाबले हिमालमा जम्ने हिउँ यहाँको प्रमुख जलभण्डार हो भने चुरे क्षेत्र र भावर क्षेत्रले चाहिँ तराईका निम्ति भूमिगत जल भण्डारको काम गरेका छन्।

जैविक विविधतातर्फ देशका करिब ७ वटा संरक्षित क्षेत्र यही चुरे तराई क्षेत्रमा पर्छन्।

जीवजन्तु विविधताको हिसाबले नेपालमा पाइने १ हजार ९१८ प्रजातिमध्ये १ हजार ३०८ चुरे तथा तराई मधेस क्षेत्रमा पाइने वक्ताहरूले बताउँदै चुरेको संरक्षण अपरिहार्य रहेको जिकिर गरेका थिए।

कार्यक्रममा वन, नगरका कर्मचारी,सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय भद्रभलादमी लगायत दर्जनौं मानिसको सहभागिता रहेको थियो।

आज विश्व पर्यावरण दिवसको अवसरमा सदरमुकाम गौर, गरुडा, कटहरिया लगायत कैयौं स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको थियो। कैयौं विद्यालयका शिक्षक तथा छात्रछात्राहरूले तुल-ब्यानरसहित विभिन्न नारा लगाउँदै विश्व पर्यावरण दिवस मनाएका थिए।न्युज कारखाना

 बारा

गत राती भएको आईसीसी ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको नेपाल र नेदरल्यान्ड्सबीच खेल हेर्न निजगढ नगरपालिकाले ठूलो स्क्रिनको व्यवस्था गरेपछि नगरपालिका भवनमा दर्शकको ओइरो लागेको थियो ।

त्यस्तै वडा नम्बर ६ को कार्यालय र वडा नम्बर ८ ले बजारको बुद्घचोकमा समेत प्रत्यक्ष प्रसारण गरिएपछि दर्शक खेलमा झुम्मिरहेका देखिन्थ्यो ।
निजगढ नगरपालिकाले संचालन गरेको स्थानमा क्रिकेट समर्थको निकै राम्रो भिड देखिएको थियो । दर्शकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुसमेत खटिएका थिए ।

यस्तै नगरपालिकाले नेपालको खेललाई सबै वडाले वडाको उपर्युक्त स्थानमा खेलको प्रत्यक्ष प्रशारण खेलप्रेमी नगरवासीलाई देखाउने व्यवस्था मिलाउन पत्रचार समेत गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले जानकारी दिए ।
नगरपालिकाले गरेको पत्रचार अनुरुपनै निजगढ नगरपालिकाको भवनसहित विभिन्न वडामा ठूला स्क्रिनमा देखाइएको निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।

मंगलबार राति भएको आइसिसी टी–२० विश्वकपअन्तर्गत खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको मध्यम योगफल बनाएको थियो । कप्तान रोहितले ३७ बलमा ३५ रन बनाए । करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ तथा गुल्सन झाले १५ बलमा एक छक्कासहित १४ रन जोडे ।

प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेटको क्षतिमा १०९ रन जोड्दै जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५४ रनको योगदान गरे । उनले बास डी लिडेसँग पाँचौँ विकेटका लागि २० बलमा २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन ।न्युज कारखाना

 

 

रौतहट- भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना बताइएको छ। तर, मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको तथा शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताएकी छिन्।

मृतकको शवको केही पर सिजे०१- २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ। उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको छ वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन।

हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।न्युज कारखाना

रौतहट- रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मन्दिरको शिलान्याससँगै विद्यालय भवनको जिर्णोद्वार कार्य शुभारम्भ गरेका छन्।

मेयर जैसवालले एक समारोहबीच गरुडा नगरपालिका ४ गरुडा गाउँमा निर्माण हुन गइरहेको राम मन्दिरको शिलान्यास गरेका हुन्।

कुल ४० लाखको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास समारोहमा गरुडा नगरपालिकाका जनप्रतिनिधिलगायत स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।

त्यस्तै, गरुडा नगरपालिका-७ प्राथमिक विद्यालय भिमडावरको जीर्णोद्वार कार्य सुरू भएको छ। मेयर कन्थमणि विद्यालयमा पुगेर वाल, प्लास्टर, तथा तीन कोठे छाना निर्माणको कामको शुभारम्भ गरेका थिए।

केही समयअगाडि निरीक्षण गरिएको उक्त विद्यालयको अधुरा रहेका कामहरू तत्काल गराउनु पर्ने भएकाले सो काम सुरू गरिएको मेयर जैसवालले बताएका छन्। उक्त कार्य नगरस्तरीय विकास कोषद्वारा १० लाखको लागतमा निर्माण हुँदैछ।

‘हामीले ज्ञान हासिल गर्ने संस्थाकै विकास भएन भने यहाँ अरू विकासले खासै अर्थ राख्दैन। यसकारण गरुडा नगरपालिका शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेका छौं,’ उनले भने।न्युज कारखाना

 

रौतहट – रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ।

तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन्।

बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच उत्पन्न विवादको कारण अवस्था तनावग्रस्त बनेको छ।

मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा सोमबार राति गएको टोलीले दुवै पक्षलाई सम्झाई-बुझाई अवस्था साम्य पारेको थियो।

दुवै पक्षबाट जम्मा भएका सयौं मानिस पटक-पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाई भएको थियो। तर, जसोतसो सम्झाएर पठाएपछि कुनै अप्रिय घटना भएन डिएसपी खनालले जानकारी दिएका छन्।

मेयर पटेलले बागमती नदीको टेण्डर आहृवान नगरी बृन्दावन नगरपालिका-१ बलेरीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत् नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो।

मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मिनिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैरकानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्वमेयर रामस्नेही यादवले दाबी गर्दै आएका छन्।

गत आइतबारदेखि नदीजन्य पदार्थ निकाल्न सुरू गरेपछि ठूलो संख्यामा गाउँलेहरू नदीमै पुगेर केही समय रोक लगाएका थिए।

लगत्तै मेयर कुर्मीले प्रहरीको सहयोगमा बागमतीमा पुनः उत्खनन् सुरु गरेको पूर्वमेयर यादवले आरोप लगाएका छन्।

नियमविपरीत पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्वमेयर यादवको भनाइ छ। तर, गैरकानुनी रुपमा उत्खनन् भइरहेको आरोप लागे पनि प्रहरीसमेतले मेयर पटेललाई सहयोग गरिरहेको छ।

बागमती नदी उत्खनन् नगर्न गाउँलेले पटक–पटक गरेको आग्रहविपरीत मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको बृन्दावन नगरपालिका-१ का पूर्ववडाध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन्। मेयर कुर्मीले सोमबार साँझ पिकनिकको निहुँमा ठूलो संख्यामा मानिस जम्मा गरेर नदी उत्खनन् गराइरहेको गाउँलेहरूले बताएका छन्।

जेठ महिनाको अन्तिम साता नदी उत्खनन् बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन् गराइरहेको आरोप लागेको छ।

अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठूलो खतरा रहेको गाउँलेहरूले बताएका छन्।

मेयर पटेल भन्ने सम्पर्कमा आउन चाहेनन्। उता जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले निरीहतासँगै अनभिज्ञता प्रकट गरेका छन्। ‘गैरकानुनी रुपमा उत्खनन गर्नु हुँदैन, कारबाही गर्न हामीसँग स्रोतसाधन छैन’ भन्दै सभापति यादवले ‘के साँच्तै बागमती नदीमा अवैध उत्खनन् भइरहेको हो त?’ भन्दै उल्टै प्रश्न गरे।

पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदीबाट व्यापक रुपमा नदीजन्य पदार्थको दोहन भएको छ।न्युज कारखाना

रौतहट-रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ।

दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र बनेको हो।

यसैबीच, गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्।

पक्राउ पर्नेमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका-१ बस्ने बर्ष ४८ को श्यामनारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन्।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं दलाल घुमिरहेको देख्न सकिन्छ।

दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ। स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत् हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन्। तर प्रत्यक्ष रूपमा जुन समय जाँदा पनि दलाललाई कार्यालयमा देख्न सकिन्छ।न्युज कारखाना

सञ्जय मिश्रा

रौतहट- उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ।

५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताएका छन्। मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहेका थिए।

लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर रोग लागेको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो। त्यसको एक वर्ष लगातार क्यान्सर रोगको उपचार गराएका वडाध्यक्ष यादव धनाधन सतगुरुको गरुडास्थित आश्रममा लागेका थिए।

आश्रमका गुरुको सल्लाह अनुसार उनले क्यान्सर रोगको उपचार छोडेर एक वर्षबढी समयदेखि पूजापाठ र ध्यानमा लागेपछि उनको अवस्था नाजुक भएको थियो। त्यसपछि उनलाई पुनः उपचारको लागि क्यान्सर अस्पताल भरतपुरमा भर्ना गरिएको मेयर यादवले जानकारी दिएका छन्।

मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्तेष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ।

क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।