२०८३ असार २८
२०८३ असार २८

काठमाडौं ।

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतको अभिनय छ ।

उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

ओम प्रकाश यादव
मङसिर २२ गते, रौतहट।

रौतहटमा किसानका लागि अत्यावश्यक पर्ने रासायनिक मलमा कालोबजारी सुुरु भएको छ ।

किसानलाई यतिखेर गहुँको बीउ छर्न मलखाद्यको आवश्यक्ता रहेको बेला जिल्लाको ग्रामीण क्षेत्रका बजारहरुमा युरिया र डिएपी मलको कालोबजारी बढेको छ।

यहि मौका छोपी बजारमा मलको कालोबजारी सुरु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका, गढिमाई नगरपालिका सहित अधिकांश पालिकामा तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री भइरहेको किसानहरूले बताएका छन्।

तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री हुँदा किसानहरू मर्कामा परेका छन्।

माधोपुर लगायतका ग्रामिण बजारका केही व्यापारीले एक हजार रुपैयाँ पर्ने युरिया मल १२ सय देखि १४ सय सम्ममा बिक्री गरिरहेको किसानहरुले गुनासो गरेका छन् ।

त्यस्तै २ हजार ५ सय पर्ने डिएपी ३ हजार ४ सयदेखि ३ हजार ५ सय सममा बिक्री भइरहेको माधव नारायण नगरपालिका -६ माधोपुरका किसान किसुन राय यादवले बताएका छन्।

किसानको मागअनुसार युरिया र डिएपि मल उपलब्ध हुन सकेको छैन तर कतिपय ब्यापारीले लुकिछिपी कालोबजारी गरिरहेको कारण आफूहरु मारमा परेको किसान यादवले दुखेसो गरे ।

सम्बन्धित निकाय वा जिल्ला प्रशासन कार्यालय रौतहटले बजार अनुगमन गरी मल कालोबजारी गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनले गरे ।

आफूहरुले सरकारी दर रेटमा मलखाद्य पाउनुपर्ने उनले बताए । अधिकांश ग्रामीण भेगमा किसान पिडामा छन् तर स्थानीय जनप्रतिनिधीले उनीहरुका माग सम्बोधन नगरेको गुनासो आइरहेको छ ।

स्थानीय निकायले पनि किसानलाई सहज रूपमा मल उपलब्ध गराउन चासो नलिएको गुनासो बढेको छ। कतिपय स्थानीय सरकारबाट संघ संस्थाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन अनुदानमा पाएका मल किसानलाई नदिइ बिचौलिया संग बिक्री गर्ने गरेका छन् जस कारण वास्तविक किसानले प्रर्याप्त मल पाउन सकिरहेका छैनन ।

सरकारबाट विभिन्न कृषि सहकारी संघ संस्थाले अनुदानमा पाएका मलखाद्य किसानलाई नदिई बढी मूल्यमा व्यापारीसँग बेच्ने गरेका छन् । ती व्यापारीहरूले चर्को मूल्यमा किसानलाई मलखाद्य बेच्ने गरेका छन् जस कारण किसानहरू निकै मारमा परेका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी गरिएको पाईएमा कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

तोकिएको भन्दा बढी मूल्यमा कसैले मल बिक्री गरेको पाइए प्रहरीलाई खबर गर्न सिडिओ रेग्मीले आग्रह गरेका हुन् ।

जनकपुरधाम,२१ गते मंसिर ,२०८१ ।
त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ ।
यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था, र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झा ले जानकारी दिएका छन् ।
नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् ।
खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ हुन शिबिरमा आउने यात्रीहरुको भनाइ रहेको छ ।
शिविर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिनेछ । शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादव लगायतका स्वास्थ्यकर्मीहरूले निःशुल्क सेवा प्रदान गरिरहेका छन् ।
जसपा नेता तथा प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख राम नन्दन मण्डलले संस्थाको प्रयासको प्रशंसा गर्दै समाजसेवाको यो पहललाई प्रेरणादायी बताए । शुभकामना दिनेहरुमा प्रमोद चौधरी, डा बिरेन्द्र लाल कर्ण, प्रध्यापक देबेन्द्र झा लगायतका रहेका थिए ।
शिविरमा नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनिष ठाकुर, कृष्ण कुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुशबु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको जानकारी प्रवक्ता प्रमोद साह रङ्गीले दिएका छन् ।
यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ ।

बिमलेश कुमार झा,राैतहट,२१ गते मंसिर । 
रौतहट। नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिँदै आए पनि किसानका समस्याहरू दिन-प्रतिदिन जटिल बन्दै गएका छन्। मौलापुर नगरपालिका वडा नं. ७ का समाजसेवी सुरेश प्रसाद कानुले किसानहरूको दयनीय अवस्था र आम्दानीको न्यूनताबारे गहिरो चिन्ता व्यक्त गरेका छन्।

कानसका अनुसार नेपालको अधिकांश किसानले आफ्ना खेतबारीबाट पर्याप्त आम्दानी गर्न सकिरहेका छैनन्। उत्पादनको लागत धेरै भए पनि आम्दानी निकै कम हुने समस्याले उनीहरू आर्थिक रुपमा पछि परेका छन्। उनले उदाहरण दिँदै भने, “एक कठ्ठा खेतमा धान वा गहुँ खेती गर्दा झन्डै ३०२० रुपैयाँ खर्च हुन्छ। तर, त्यसबाट आउने आम्दानी अधिकतम ३६०० देखि ४८०० रुपैयाँ मात्र हो। यसरी नाफा ५८० देखि १७८० रुपैयाँमै सीमित हुन्छ।”

कानुले किसानका लागि उत्पादित अन्नबालीको बजार व्यवस्थापन र उचित मूल्य निर्धारणको अभाव सबैभन्दा ठूलो समस्या रहेको बताएका छन्। “मधेशको धान होस् वा हुम्लाको स्याउ, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,” उनले भने।

उनले किसानहरूको वास्तविक समस्या समाधान गर्नका लागि सरकारलाई ठोस कदम चाल्न सुझाव दिएका छन्। उनका अनुसार किसानको पहिचान सुनिश्चित गर्दै ‘कृषक परिचय पत्र’को व्यवस्था गर्न, उत्पादित अन्नबालीको मूल्य निर्धारण गर्न र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन जरुरी छ।

कानुले थपे, “सामान्य किसानसँग पर्याप्त जमिन पनि हुँदैन। उनीहरूको आर्थिक अवस्था यति कमजोर छ कि खर्च कटाएर पनि जीवन धान्न कठिन भइरहेको छ। यदि यही स्थिति जारी रह्यो भने हामीले नेपाललाई कृषि प्रधान देश भन्न लाजमर्दो हुनेछ।”

उनका विचारमा सरकारले किसानका लागि अनुदान कार्यक्रम ल्याउनुका साथै उत्पादनको लागत घटाउने र बजार सुनिश्चित गर्ने कदम तत्काल चाल्नुपर्ने आवश्यकता छ।

 

सत्येन्द्र प्रताप सिंह,मंन्सिर २० रौतहट
ब्रीटिस काउन्सिल, भि.एस.ओ. र आसमान नेपालको साझेदारीमा संचालित जेम्स ( GEMS) परियोजनाको आर्थिक सहयोग र सहकार्यमा गढ़िमाई नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजित २१औं महिला स्वास्थ्य स्वंयसेविका दिवस २०८१ गढ़िमाई नगरपालिका सुन्दरपुरमा सफलतापुर्बक सम्पन्न भएको छ ।

२०२४ डिसेम्बर ५ का दिन ” बिबिध स्वास्थ्य क्रियाकलापहरुमा महिला स्वास्थ्य स्वयसेविकाको भूमिका स्वस्थ समाज निर्माणमा सहभागिता ” भन्ने नाराका साथ मनाइएको थियो। कार्यक्रमकमा आसमान नेपालका जेम्स ( GEMS) परियोजना रौतहटका परियोजना संयोजक संजय कुमार यादवले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयसेविकाले पुर्याएको योगदानको प्रशंसा गरे । महिला स्वास्थ्य स्वयसेविकाहरुको कडा परिश्रमका कारण हाल स्वास्थ्यका सूचकहरुमा धेरैनै सुधार भएको बताए । साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको कदर गर्दै अझै प्रोत्साहन बढाउन उपस्थित सबैलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा परियोजना संयोजक यादवको साथै वहाका सहयोगीहरु आसमान नेपालकका गढ़िमाई नगरपालिका स्वास्थ्य सहजकर्ता सुरज सहनी र सामुदायिक सिकाइ केन्द्र कि चांद कुमारीको पनि उपस्थिती थियो ।
यस कार्यक्रमका आयोजक तथा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र साहले महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको प्रशंसा गर्दै उनीहरुको सेवा सुबिधा अझै बढाउन आफुले नगरपालिकामा पहल गर्ने आश्वासन दिए । साथै आसमान नेपालको आर्थिक सहयोग र सहकार्य जुटाई दिएकोमा संयोजक संजय कुमार यादवको साथै आसमान नेपालको सम्पूर्ण टीमलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२० गते मंसिर । 

राैतहटमा भाेजपुरी गायक खेसारीलाल सँगसँगै नेपाली भाेजपुरी गायकले पनि दर्शकलाई झुमाएका छन् । जिल्लाकाे गढिमाइ नगरपालिकामा लागेको गढिमाइ मेलामा चर्चित भारतीय भाेजपुरी गायक सँगसँगै नेपाली भाेजपुरी गायक साेनु कुशवाहा लगायतका कलाकारले पनि दर्शकहरू लाई भरपूर मनाेरंजन गराएका छन् । स्टेजमा नेपाली कलाकारहरूले साथ दिएकाे उनले आभार पनि प्रकट गरेका थिए ।

राैतहटकाे गढिमाई मेलामा खेसारीलाल सहित भाेजपुरी कलाकारहरू लाई हेर्न मानव सागर नै उर्लिएकाे थियाे । कलाकारहरूकाे नामै सुनेर टाढा टाढाबाट मानिस मेला हेर्न आएका थिए ।

साे नगरपालिकाकाे वडा नम्बर ४ शुन्दरपुरमा गढिमाईमा पञ्चवर्षीय मेला आगामी मंसिर २६ गते सम्म चल्ने गढिमाई नगरपालिकाका नगरप्रमुख श्याम यादवले जानकारी गराएका हुन् ।

राैतहटमा भने भाेजपुरी गायक कलाकार खेसारीलाल यादवकाे याे दाेस्राे आगमन हाे । यस अघि उनी माैलापुर मधानी महायज्ञमा सहभागी भएका थिए ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहटमा भएको उपनिर्वाचनकाे अन्तर्गत ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक ७ सय २७ मत ल्याइ निर्वाचित भएका छन् ।   १ हजार ८ सय ७० मत खसेको यो वडामा आलमले ७ सय २७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवारले ५ सय ७५ र एकिकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत पाएका छन् ।

 

यस्तै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार शेख अमिरूल हकले १ सय ३५ मत पाएका छन् । माओवादी केन्द्र शेख अमिरूलले २४,राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४,राष्ट्रिय स्वतन्त्र पार्टीका शेख असराजले ६ र जनता समाजवादी पार्टीका शेख अब्दुल अहमदले ४ मत पाएका छन् ।

 

इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको थियोे । साे वडामा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मतदान गरेका थिए । याे सँगै नेपाली काँग्रेसले जिल्लाकाे दुई वटा वडा राजपुर ६ र ईशनाथ ७ जित हात पारेको छ भने एकीकृत समाजवादी कलम छापले गढिमाइ ८ मा जित निकालेको छ ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहटमा भएको उपनिर्वाचनकाे अन्तर्गत राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ निर्वाचित भएका छन् ।  १ हजार ७ सय ६६ मत खसेको यो वडामा आलमले ७ सय ४४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार जिकरूलाहले ४ सय ६३ र नेकपा एमालेका माेहम्द नसिम अख्तरले ४ सय ३१ मत पाएका छन् ।

 

यस्तै जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार क्यामुदिन धुनियाले ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०,राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७ मत पाएका छन् ।

 

राजपुर ६ मा ६९.३६ प्रतिशत मतदान भएको थियोे । साे वडामा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको थियोे ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहटमा भएको उपनिर्वाचनकाे मत परिणाम बाहिर आएकाे छ । जिल्लाकाे तीन वटै वडाकाे परिणाम अबेर रात आएकाे छ । राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ विजयी भएका छन् भने ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्ष नेपाली काँग्रेसकै शेख अब्दुल खलिक ६ सय २७ मत सहित विजयी भएका छन् ।

जिल्लाकाे दुई वटा वडामा नेपाली काँग्रेसले बर्चस्व जमाउँदा नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवकै वडा गढिमाइ ८ मा भने नेपाली काँग्रेसलाई हार्न व्यहोर्नुपरेको छ ।

गढिमाइ ८ मा एकीकृत समाजवादी पार्टी कलम छापका वडा अध्यक्ष उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकाल्न सफल भएका छन् ।

उनी गढिमाइ ८ को वडा अध्यक्षमा समाजवादीका बजरंगी प्रसाद निर्वाचित भएका छन् । २ हजार २ सय ३७ मत खसेको यो वडामा यादवले ६ सय ५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जिउती देवी यादवले ६ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार सुबाेध कुमार यादवले ६ सय १७ मत पाएका छन् ।

यस्तै जनता समाजवादी पार्टीका संदेश प्रसाद यादवले २ सय ५८,राष्ट्रिय मातृभूमि पार्टीका साहेबलाल राउतले ४० र जनमत पार्टीका सुरेन्द्र राउत कुर्मीले ८ मत पाएको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् ।

 

अन्तिम मत परिणाम सार्वजनिक हुँदा कलम छापका यादव २४ मतले विजयी भएका छन् । सुरुदेखि नै अग्रता कायम राख्दै आएका नेकपा एमालेलाई अन्त्यमा पछाडि पार्दै कलमका उम्मेदवार बजरंगी यादव अन्ततोगत्वा निर्वाचित भएका छन् ।

गढिमाइ ८ मा ८१.३१ प्रतिशत मतदान भएको थियो । साे वडामा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदाताले मतदान गरेका थिए ।

 

२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा साे जसपाका रामअज्ञा यादव निर्वाचित भएका थिए । उनकाे निधन भएपछि साे वडामा उपनिर्वाचन भएको थियोे ।

आरके श्रीवास्तव,रौतहट,१६ गते मंसिर ।
रौतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको तीन वटै वडामा आज शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाको गढिमाइ ८,राजपुर ६ र इशनाथ ७ मा रहेको मतदान केन्द्रहरुमा शान्तिपूर्ण अवस्थामा मतदान भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जनकारी गराउनु भएको हो ।
प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भएको देखिएको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गढिमाइ ८ मा ८१.३१ प्रतिशत,राजपुर ६ मा ६९.३६ प्रतिशत र इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको हो ।
गढिमाइ नगरपालिका वडा नम्बर ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदान भएको हो भने राजपुर नगरपालिका वडा नम्बर ६ मा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको छ ।
त्यस्तै जिल्ला दक्षिणी भेग इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मत परेको छ । यसपालीको उपचुनावमा उत्साहजनक मत परेको छ ।
आज रातीदेखि नै मतगणना गरिने अधिकारी दासले जानकारी गराउनु भयो । यसको लागि बेलुकी ९ बजे सर्वदलिय बैठक बस्ने उनले बताए । सबै राजनितिक दलको ध्यान केन्द्रित रहेको रौहतटको गढिमाइ वडा नम्बर ८ मा विवादरहित तथा शान्तिपृर्ण रुपमा चुनाव भएको स्थानिय पत्रकार गुडु यादवले जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।