काठमाडौं, १० फागुन ।
नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैँछ ।
यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदैँछ ।
नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
समुह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुदैँछ ।
यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।
नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ ।
मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ ।
यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।
क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ । नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।
क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । आजको खेलपछि क्यानडा युएई जाने छ ।न्युज कारखाना
काठमाडौँ, ९ फागुन ।
नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।
यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।
अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । न्युज कारखाना
काठमाडौँ, ९ फागुन ।
नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ।
यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। जस अनुसार नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
आजको खेलमा नेपालले एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा करण केसीलाई टिम सामेल गरेको छ।
यस अघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो।
नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्। जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी।
लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।
सिरिजको खेल तालिका:
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स।
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स। न्युज कारखाना
राैतहट,०८ गते फागुन ।
पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रौतहट स्थित एक साइकल दौड प्रतियोगिताको उद्घाटन गरेका छन । राजदेवी मिडिया सेन्टरले रौतहटको सदरमुकाम गौरमा मंगलबार आयोजना गरेको एघारौं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिताको जसपा अध्यक्ष यादवले रिवन काटेर उद्घाटन गरेका थियो ।

एकदिने साइकलदौड प्रतियोगिताको उद्घाटन गर्न रौतहट आएका बारा क्षेत्र नम्बर २ का सान्सदसमेत जसपा अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजदेवी मिडिया सेन्टरले प्रत्येक वर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएका छन ।

जिल्लाको विभिन्न विद्यालयका १ सय ४० जना किशोरीहरुले प्रतियोगितामा भाग लिएको थिए । प्रतियोगितामा चन्चल कुमारी कुशवाहा प्रथम,रानी कुमारी यादव दृतिय र बबिता कुमारी सहनी तृतीय स्थान हासिल गरेकी छन । प्रथम हुनेलाई नगद ५० हजार दृतिय लाई ३० हजार र तृतीयलाई २० हजार नगदसहित मेडल, कप र शिल्डसहितको पुरस्कार प्रदान गरिएको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले जानकारी दिएका छन।
बिजेताहरुलाई जसपा अध्यक्ष यादवले उक्त पुरस्कार प्रदान गरेका थिए । सो कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य गोबिन्द चौधरी राष्ट्रिय सभा सदस्य पुजा चौधरी, जसपाका केन्द्रिय सदस्य एवम् मधेस प्रदेशका पुर्व राज्यमन्त्री योगेन्द्र यादव मधेस प्रदेशका उर्जा सिचाइ तथा खानेपानी राज्यमन्त्री शेख फुलबाबु, प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मोरङ, ८ फागुन ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रंगेली नगरपालिकामा १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। हिजोबाट सुरुभएको प्रतियोगीता फगुन १० गते समापन हुने छ।
नगरभित्र रहेका माध्यमिक तहका विद्यालयरू आदर्श मावि, गणेश मावि चोप्राहा, रत्न मावि रञ्जनीलगायतका १३ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय प्रतिस्पर्धामा छन्।
विभिन्न विधामा हुने प्रतिस्पर्धामा हिजो दौड, कवडी, भलिबल, सटपुट, हाइजम्पलगायतका खेल खेलाइएको छ। उद्घाटन सत्रमा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपप्रमुख भूमा पराजुली लगाउतको उपस्थिती रहेको थियो।
जनप्रतिनिधीहरू बीचमा एकसय मिटर दौड गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।
समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
नेपाली महिला फुटबल टिमले सिरियाविरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।
जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलमा नेपालका लागि अमिष कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने दोस्रो हाफको ६९औं मिनेटमा रेखा पौडेलले एक गोल थापेकी थिइन् । त्यस्तै नेपालले पहिलो हाफको अन्त्य तिर एक गोल खाएको थियो ।
यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।
नेपालले अब दोस्रो खेलइराकविरुद्ध विहिबार खेल्ने तालिका रहेको छ । त्यस्तै समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।न्युज कारखाना
मुम्बइ, ९ फागुन ।
बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् ।
मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको घोषणा गरेकी थिइन्। अनुष्काले इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको खुलासा गरिएको छ ।

उनको नोटमा लेखिएको थियो, ‘प्रचुर खुशी र हाम्रो मायाले भरिएको हृदयका साथ, हामी सबैलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि फेब्रुअरी १५ मा हामीले हाम्रो बच्चा अकाय र वामिकाको सानो भाइलाई यस संसारमा स्वागत गर्यौं । हामी हाम्रो जीवनको यो सुन्दर समयमा तपाईंको आशीर्वाद र शुभकामना चाहन्छौं। हामी तपाईंलाई यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। प्रेम र कृतज्ञता, विराट र अनुष्का।’
वलिउडका हस्तीहरू रणवीर सिंह, वाणी कपूर र अन्य धेरै सेलिब्रेटीहरूले पोस्टको कमेन्ट सेक्सनमा नयाँ अभिभावकलाई बधाई दिएका छन ।
विराट कोहली र अनुष्का शर्माले आफ्नो गर्भावस्थाको खबर गोप्य राखेका छन् । पहिलो पटकको विपरीत दम्पतीले आफ्नो आनन्द घोषणा गर्न पर्खिरहेका थिए।
दम्पतीले जनवरी २०२१ मा छोरी वामिकालाई स्वागत गरेका थिए । विराट र अनुष्काले धेरै वर्ष एक अर्कालाई डेट गरेपछि २०१७ मा विवाह गरेका हुन ।
न्युज कारखाना
काठमाडौँ, ८ फागुन ।
क्यानडा- ११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको हो ।
क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।
त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।न्युज कारखाना