२०८३ जेष्ठ १३
२०८३ जेष्ठ १३

काठमाडौँ, ६ फागुन ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

 

आइतबार सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

 

यस खेलमा रियल म्याड्रिडले खेलको तेस्रो मिनेटमा नै जोसेलुको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

 

रायो भल्लेकानोका लागि खेलको २७औं मिनेटमा राउल डे टोमासले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

 

यस खेलमा खेलको ९५औं मिनेटमा रियल म्याड्रिडका डानी कारभाजोलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए ।

 

यो बराबरीपछि रियल म्याड्रिडको २५ खेलमा ६२ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रायो भल्लेकानोको २५ खेलमा २५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ ।

त्रिभुवन विश्वविधालय, किर्तिपुरकाे खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः
फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः  नेपालविरुद्ध नेदरल्यान्ड्स
न्युज कारखाना

काठमाडौँ, ६ फागुन ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए ।

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ । त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

 

काठमाडौँ, ६ फागुन ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ, ३ फागुन ।

नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

 

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

 

यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ । न्युज कारखाना

भक्तपुर १ फागुन ।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी गराइयो । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमै हुनेछ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए। प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए। खेल अवधिभर खेलाडीहरूको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए।

पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष  तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे।

प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले पहिलो पटक  २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो।न्युज कारखाना

काठमाडौं, २९ माघ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।

 

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

 

यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

 

नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ ।

 

यस खेलबाट नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दै छन् । आजको खेलमा नेपालले कुल चार परिवर्तन गरेको छ । नेपालले सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेखलाई बाहिर राखेर उनीहरुको ठाउमा आरिफ शेख, ललित राजवंशी, कुशल भुर्तेल र हेमन्त धामीलाई टिममा समावेश गरेको छ ।

 

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल भुर्तेल, देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललित राजवंशी । न्युज कारखाना

काठमाडौं, २९ माघ ।

आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो ।

आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सर भएर क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।

टोसँगै आइभरी कोष्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो । न्युज कारखाना

काठमाडौँ, २८ माघ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

 

आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

 

भुटानले दिएको ६६ रनको लक्ष्य पछाएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउदै ६५ रन बनाएको थियो ।

 

यो जित सँगै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल २ जितमा ४ अंकसहित समुह डी मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै भुटानको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।

 

नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग मंगलबार खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं, २८ माघ ।

नेपालले भुटानलाई  पराजित गरेको छ ।

 

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।

लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।