२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौँ,१० चैत । .

इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ ।

आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा रचिन रविन्द्रले सर्बाधिक ३७ रन बनाएका थिए । डेभ्यु आइपिएल खेल खेलिरहेका रचिनले १५ बलमा ३७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाएका थिए ।

त्यसैगरी बैंगलुरुका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नईले २ महत्वपूर्ण अंक हासिल गरेको छ भने बैंगलुरुले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।न्युज कारखाना

 

भैरहवा, ९ चैत ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारबाट आयोजना गर्देछन ।

 

क्रिकेटर गौचनले स्व. बुआ ख्डगप्रसाद गौचनको सम्झनामा चैत्र १० गतेदेखि २० गतेसम्म स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो ।

 

स्टार क्रिकेट एकेडमीका प्रबन्ध निर्देशक एबं प्रशिक्षक समेत रहेका गौचनले ५ संस्करणको प्रतियोगिता सम्पन्न गर्दै यस पटक नवनिर्मित अन्तराष्ट्रिय क्रिकेट मैदान एक्स्ट्रटेक ओभलमा एकेडमीकै आयोजनामा प्रतियोगिता गर्न लागेका हुन ।

 

‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोगसमेत पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको क्रिकेटर गौचनले बताए ।

 

यस क्षेत्रमा जुनियर खेलाडीको अवस्था अपग्रेड गर्दै खेलाडीको प्रोत्साहन र गुणस्तरीय खेलाडी उत्पादन गर्नका लागि प्रतिस्पर्धात्मक रुपमबाट खेलमा रुची बढाउने, बैद्धिक विकास र चाडै प्रतिभाशाली भई देशको लागि योग्दान दिने भनेर पनि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

 

प्रतियोगितामा पोखरा, काठमाडौं, धनगढी र विराटनगरको एक–एक टिम र रुपन्देहीका ४ वटा टिम गरी ८ टिमको सहभागिता रहने गौचनले बताए । प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए ।

 

प्रतियोगितामा विजेता टिमले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । गौचनले पहिलो संस्करणमा विद्यालयस्तरीय, दोस्रोमा रुपन्देही जिल्ला स्तरीय र तेस्रो संस्करणबाट राष्ट्रिय स्तरमा आयोजना गर्दै आएका छन ।

 

प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब विराटनगर, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी बुटवल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

२० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ । राष्ट्रिय टिमबाट संन्यास लिएपछि गौचनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।न्युज कारखाना

काठमाडौं, ९ चैत ।

नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एच मा लगातार तेस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

त्यस्तै बहराइनले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ६ अंक हासिल गरेको छ । यस अघि बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो ।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ ।

दशरथ रंगशाला खेल लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ ।न्युज कारखाना

बारा, ६ चैत ।

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।

सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।

 

कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।

 

टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।

 

आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।

 

कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।

 

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।

 

समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।न्युज कारखाना

काठमाडौं, ३ चैत ।

नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको हो ।

 

यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो ।

 

यो हारपछि अब नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोट खेलका लागि बहराइन प्रस्थान गर्नेछ । बहराइनसँगको दुई मध्ये एक खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुनुपर्नेमा दशरथ रंगशाला खेल्नका लागि अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुने भएका छन् ।

 

नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेल्दै छ । दुवै खेल बहराइनको नेशनल स्टेडियममा हुने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं, २ चैत ।

आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज देखी सुरू हुदैँछ ।

नेपाल भलिबल संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप आजवाट सुरू हुन लागेको हो । सो प्रतियोगिता चैत १० गतेसम्म जारी रहनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समुहले भाग लिदैँछन ।

 

जसअनुसार महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश तथा समूह बी मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेशले प्रतिस्पर्धमा उत्रिदैँछन् ।

 

यसैगरी पुरुषतर्फको समूह ए मा हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब रहेका छन् भने समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन ।

 

साथै, समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब र समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लबले सहभागी हुने आयोजकले जनाएका छन् ।

 

प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।न्युज कारखाना

शारदानगर, २ चैत ।

सडन डेथमा पेनगुइन एजुकेसनलाई हराउँदै पार्वतीपुर युनाइटेड बखान कपको फाइनलमा प्रवेश गरेको छ ।  नेपालको सहकारीको जन्मदाता रुपमा परिचितव पूर्व कानुन न्याय तथा भूमि–सुधार मन्त्री स्वर्गिय क्याप्टेन बखानसिंह गुरुङको सम्मानमा भरतपुर वडा १९ अन्तर्गतको युवा तथा खेलकुद विकास समिति शारदानगर, भूतपूर्व सैनिक कल्याणकारी संस्था भरतपुर १९ चितवनको आयोजनामा आयोजनामा जारी सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियन कप, फुटबल प्रतियोगिताको पहिलो सेमी फाइनल खेलमा पेनगुइन एजुकेसन भरतपुर २४ लाई सडन डेथमा १-०  गोलले पराजित गर्दै  पार्वतीपुर युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।

पश्चिम चितवनको सहिद भूमि भरतपुर महानगरपालिका-१९ मा रहेको बखान मिनी रङ्गशाला, शारदानगर खेल मैदानमा शुक्रबार भएको रोमाञ्चित खेलमा खेल अबधिभर दुबै टिमले गोल गर्ने सुनौलो मौका पाएको थियो तर दुबै टिमबाट अन्तिम समयसम्म पनि गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।

ट्राईबेकरमा दुबै टिमको तर्फबाट समान ५/५ गोल भएपछि खेल सडन डेथमा धकलिएको थियो । सडन डेथमा पेनगुइन एजुकेसनका आशिस थिङले गोल गर्न चुक्दा खेल पार्वतीपुर युनाइटेडको पक्षमा गएको थियो ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे सँगै पार्वतीपुर युनाइटेडका गोल रक्षक रविन बस्नेत प्लेयर अफ दि म्याच चुनिन सफल भए । भने पार्वतीपुर युनाइटेडका आशिस ताम्राकार र विशाल स्याङ्ताङ यस्तै पेनगुइन एजुकेसनका सलिल ढकालले  एल्लो कार्ड पाएका थिए ।

गत फागुन १९ गतेबाट शुरु भएको खेल चैत्र ५ गते  एक कार्यक्रम विच समापन गरिने आयोजकले जनाऐको छ । यश प्रतियोगिताको पहिलो चरणमा १७ टिम सहभागी भएका थिए । यस प्रतियोगितामा एन्फाका रेफ्रीहरु पूर्ण गुरुङ होम गुरुङ ,सुजन अधिकार र सुजित ठकुरी रहनुभएको छ । प्रतियोगितामा अन्तिम सेमी फाइनल खेल शनिबार रामपुर रड्स र एभरेष्ट फुटबल क्लब बिच हुनेछ । भोलीको खेल बिजेताले चैत्र ५ गते पार्वतीपुर युनाइटेड सँग पलाइनल खेल हुनेछ ।

खेलको प्रत्यक्ष प्रसारण रेडियो साहिनोको आधिकारिक फेसबुक पेज बाट पनि हेर्न सक्नुहुनेछ । यस्तै, खेलको सम्पूर्ण फोटोहरू विशाल गुरुङ फोटोग्राफी फेसबुक पेजमा हेर्न सक्नुहुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार स्वरूप नगद रु २ लाख सहित रजत शिल्ड, मेडल र प्रमाण पत्र साथै उपबिजेता हुने टोलीले नगद रु १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्तम गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी हुने नगद सहित पुरस्कार प्राप्त गर्ने छन् ।न्युज कारखाना

काठमाडौं, २ चैत ।

युइएफए युरोपा लिगको क्वाटरफाइनलको ड्र सार्बजनिक भएको छ।

शुक्रबार सम्पन्न ड्र अनुसार युरोपा लिगको क्वाटरफाइनलमा एसी मिलानले आफ्नै इटालियन प्रतिद्वन्दी एएस रोमा प्रतिद्वन्दी पाएको छ। त्यसैगरी प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब एटलान्टा प्रतिद्वन्दी पाएको छ।

त्यसैगरी जर्मनी क्लब बायर लिभरकुसेनले प्रिमियर लिग क्लब वेस्ट ह्याम यूनाइटेड  प्रतिद्वन्दी पाएको छ भने पोर्चुगलको क्लब बेनिफिकाले फ्रेन्च क्लब मार्सेली प्रतिद्वन्दी पाएको छ।

युइएफएका अनुसार युरोपा लिगका क्वाटरफाइनलका खेलको पहिलो लिगअप्रिल ११ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १८ मा खेलिने छ।न्युज कारखाना

काठमाडौं, २ फागुन ।

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सम्पन्न भएको छ।

राउण्ड १६ को दोस्रो लिगपछि यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिड, डोर्टमण्ड, आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड पुगेका छन्।

शुक्रबार सम्पन्न ड्र मा क्वाटरफाइनलमा आर्सनलले बायर्न म्युनिख प्रतिद्वन्दी पाएको छ भने एटलेटिको म्याड्रिडले बोरुसिया डोर्टमण्डसँग खेल्ने भएको छ। त्यसैगरी रियल म्याड्रिडले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ भने पिएसजीले बार्सिलोना प्रतिद्वन्दी पाएको छ।

योसँगै क्वाटरफाइनलको पहिलो लिग अप्रिल ३० र मे १ मा हुने छन् भने दोस्रो लिग मे ७ र ८ मा हुने युइएफएले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २ चैत ।

युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो।

दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि संचालन गरेका कारण रंगशालाको अवस्था नाजुक बनेपछि नेपालले बहराइनविरुद्धको विश्वकप छनौटको खेल खेल्न सकेको थिएन। रंगशालाको अवस्था मापदण्ड अनुसार नभएको भन्दै बहराइनले खेल्न अस्वीकार गरेपछि सो खेल बहराइनमै हुने भएको छ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।