२०८३ आश्विन २३
२०८३ आश्विन २३

विराटनगर ।

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा

एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो ।

प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले जित हासिल गरेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मच्छिद्र क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच खेल हुदै छ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ ।न्युज कारखाना

काठमाडौँ ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि जोन दुरानले एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल २९ खेलमा ६७ अंकसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लिगको शिर्ष स्थानमा भने आर्सनल रहेको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यस्तै यस खेलमा हार बेहोरेको एस्टन भिल्लाको ३१ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।न्युज कारखाना

काठमाडौँ ।

प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यसैगरी एक खेल कम खेलेको लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ ।

त्यसैगरी लुटन टाउनको भने ३१ खेलमा २२ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।न्युज कारखाना

काठमाडौँ ।

पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ ।न्युज कारखाना

काठमाडौँ ।

जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा गुजरातले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पञ्जाव किंग्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

त्यस्तै पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो बर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेट समेत खेलेका छैनन् । ३८ बर्षिय धवन पछिल्लो आइपिएलदेखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आइपिएल महत्वपूर्ण हुनसक्ने देखिन्छ । आइपिएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।     न्युज कारखाना

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो ।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।

त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो । यो आइपिएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ ।

काठमाडौँ ।

भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो ।

बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ । नेपाल शुक्रबार बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको हो । यस फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन ।न्युज कारखाना

काठमाडौँ ।

भरमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।

टी-२० सिरिज अन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।न्युज कारखाना

काठमाडौँ ।

ओपनर कुशल भुर्तेल र आसिफ सेखले गुजरात क्रिकेट एसोसियसनविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अहिले जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।  यसैक्रममा कुशलले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस्तै आसिफले ३७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

अहिले कुशल ६१ र आरिफ सेखले ५५ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १३ ओभरमा कुनै विकेट नगुमाएर ११९ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ ।

आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो ।

नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।