काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए । त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए ।
यो जितपछि पिएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ । ३० खेलमा ६९ अंकसहित पिएसजी शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडी रहेको छ । त्यसैगरी लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।
न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ह्यारी म्याग्युरे र रासमस होजलण्डले एक एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डका लागि जयडेन बोगले र बेन डियाजले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५३ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै शेफिल्डको भने ३४ खेलमा केवल १६ अंक रहेको छ र यस सिजनमा रेलिगेसनको नजिक रहेको छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुने छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा अहिलेसम्म खेलेका खेलमा सनराइजर्स हैदरावादले ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा पनि खराब प्रदर्शन गर्दै ८ खेलमा ७ खेलमा हार बेहोरेको छ ।
त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।
न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो । लिग जितको दौडमा रहेको लिभरपुललाई यो हारले ठुलो धक्का पुग्ने देखिएको छ ।
एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए ।
यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ । त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
३४ खेलमा ७७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २२५ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै २२० रन बनाए पछि खेल ४ रनले हारेको थियो ।
यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै २२४ रन बनाएको थियो ।
यो यस सिजनमा दिल्ली क्यापिटल्सको चौथो जित हो । यो जितपछि दिल्लीको ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको पनि ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो ।
दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो ।
नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।
सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।न्युज कारखाना
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ । ३२० ओभरमा २०० रन सामान्य बनेको छ । आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रङ यस आइपिएलमा बनेको छ । सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठुलो टोटल २८७ रन बनाएको छ । त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ । त्यस्तै कोलकोताले २७२ रन बनाएको छ ।
त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।
त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।
त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।
न्युज कारखाना
काठमाडौं, १२ बैशाख । वेस्ट इन्डिज क्रिकेट टिमका प्रशिक्षक डरेन सामीले ए टिमको नेपाल भ्रमणले आफ्नो विश्वकप टिम थप परिष्कृत हुने बताएका छन् ।
वेस्ट इन्डिज ए टिमको नेपाल भ्रमणको विषयमा आइसीसीसँग कुरा गर्दै प्रशिक्षक सामीले नेपालको ऐतिहासिक भ्रमणले विश्वकप टिम बलियो बनाउन सहयोग पुग्ने टिप्पणी गरेका हुन् ।
वेस्ट इन्डिज ए टिमले पहिलो पटक नेपाल भ्रमण गर्दै छ । भ्रमणका क्रममा वेस्ट इन्डिज ए ले नेपालमा ५ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।
नेपाल आउने खेलाडीमा फेबियन एलेन, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर र हेडेन वाल्श जस्ता अनुभवी खेलाडी रहेका छन् भने टिमको कप्तानी रोभमन पावेलले गर्दै छन् ।
वेस्ट इन्डिजका ह्वाइट-बल प्रशिक्षक ड्यारेन सामीले भनेका छन्- ‘नेपाल भ्रमण ले हामीलाई हाम्रो टी-२० विश्वकप टोलीलाई परिष्कृत गर्ने, भूमिका स्पष्ट गर्ने मौका दिने छ । साथै हाम्रा ९ खेलाडी अहिले आइपिएल खेलिरहेकाले हाम्रो टी-२० टिमको गहिराई र यसको सीमा नाप्न सहयोग पुग्ने छ ।’
नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।
सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।
न्युज कारखाना
काठमाडौँ । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।
गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५-४ गोल अन्तरले पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४-२ ले पराजित भएको थियो ।
यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २-२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए ।
यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शिर्ष स्थानमा कायम रहेको छ ।
त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।न्युज कारखाना