२०८३ जेष्ठ ९
२०८३ जेष्ठ ९

बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते वैशाख ।
किशोरीहरुलाई लक्षित गर्दै गौरमा १० दिने मानसिक स्वास्थ्य तथा रूपान्तरण तालिम सम्पन्न भएको छ l
SAFE Girls परियोजना अन्तर्गत रौतहट जिल्लाको गौरमा स्थित होटल सिया प्यालेसमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सफलतापूर्वक सम्पन्न भएको हो । उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सहभागीता रहेको थियो l
सेफ गर्ल्स (SAFE Girls) परियोजनाको आयोजना तथा KOCIA , UNFPA र Good Neighbor’s International को सहयोग र आर.डी.सी नेपालको सहकार्यमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सम्पन्न भएको छ।
परियोजनाको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा फैलिएको छ। रौतहटमा गौर, यमुनामाई, देवाही गोनाही, राजपुर र परोहा नगरपालिका/गाउँपालिका रहेका छन् भने सर्लाहीमा हरिपुर्वा, बसबरिया र कौडेना नगरपालिका/गाउँपालिका रहेका छन्।
दुई समूहमा सञ्चालन गरिएको तालिममा प्रत्येक समूहमा २५ जना सहभागी थिए। तालिमको अवधि १० दिनको रह्यो जसमा २.५ दिन मानसिक स्वास्थ्य सम्बन्धी तालिम, आधा दिन PSEA (Protection from Sexual Exploitation and Abuse) तालिम र बाँकी ७ दिन रुपान्तरण तालिम सञ्चालन गरिएको थियो। रुपान्तरण तालिममा पहिलो देखि १0औँ मोड्युल सम्मको प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको उद्घाटन RDC नेपालका अध्यक्ष डा. पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयो। उदघाटन सत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी श्री विनोद कुमार खड्का, UNFPA का प्रतिनिधि रोशन अधिकारी तथा Good Neighbor’s International का प्रतिनिधि शक्ति लामा उपस्थित भएका थिए l कार्यक्रम SAFE Girls परियोजनाको परियोजना संयोजक प्रिया चौरसियाले सञ्चालन गरेकी थिइन्। साथै, कार्यक्रममा परियोजनाको कार्यक्षेत्रभित्रका सबै पालिकाका लैंगिक फोकल पर्सनहरूको उपस्थिति रहेको थियो।

SAFE Girls परियोजनाको उद्देश्य किशोरी र युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा तथा हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो। यस परियोजनाले किशोरीहरूलाई आत्मविश्वासी, सुरक्षित र सम्मानित बनाउने परिकल्पना बोकेको छ।
मानसिक स्वास्थ्य तालिमबाट सहभागीहरूले आत्म-चिनारी, तनाव व्यवस्थापन, सहानुभूतिपूर्ण संप्रेषण, र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न सिकेका छन्। यस तालिममार्फत सहभागीहरू समुदायमा परिवर्तनकर्ता बन्ने तयारीमा छन्।
तालिमका प्रशिक्षकहरूमा मानसिक स्वास्थ्यका लागि चाँदनी घिमिरे र बिपिन थापा थिए भने रुपान्तरण तालिममा रुपा जोशी, पुष्पा कुमार पोखरेल, बिन्जु बराल र सशिष थापा रहेका थिए।
सेफ गर्ल्स परियोजना किशोरी तथा युवा महिलाहरूलाई जीवन उपयोगी सीप, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसाविरुद्धको सचेतना र सशक्तिकरणमार्फत सुरक्षित, आत्मविश्वासी र सम्मानित जीवन निर्माणतर्फ प्रेरित गर्ने एक सशक्त पहल हो।
अब यी ५० मेंटर्सहरू (रुपान्तरण सहजकर्ता) आफ्नो समुदायमा ज्ञान फैलाउने, परिवर्तन ल्याउने र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने दूतका रूपमा सक्रिय हुनेछन्।

आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख  ।

रौतहट प्रिमियर लिग (आरपिएल) मा आज भएको खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेको छ । प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको छ ।

टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय  २८ रन बनाएको थियो  । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।

यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको छ । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।

जारी लिगमा गुजरा राइडर्सले तीन खेल खेलेकाे छ । जेमा दुईमा जित र एकमा हार बेहाेरेकाे छ ।

जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख ।
रौतहटको देवाहीगोनाहीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको मेयर क्रिकेट प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।

श्री जय किसान माध्यमिक विधालयको मैदानमा आयोजित प्रतियोगिताको देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख प्रमुख (मेयर) प्रेमलाल साहले उद्घाटन गरेका हुन् । आज एक उदघाटन समारोहको आयोजन गरि प्रतियोगिताको सुभारम्भ गरिएको हो ।

उदघाटन समारोहलाइ सम्बोधन गर्दै नगरप्रमुख साहले मेयर कप खेलबाट राष्ट्रिय स्तरको नयाँ खेलाडीको उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । खेलमा कुनै किसिमको पक्षपात नहुने भरोशा दिलाएका छन् । निष्पक्ष ढंगले खेल हुने बताए । खेलमा राम्रो प्रर्दशन गर्ने खेलाडीलाइ नगरपालिकाले सम्मान गर्ने बताए ।


त्यस्तै उपप्रमुख परनिया देवी पटेलले नगरपालिकाको खेलाडीहरुलाइ हौसला बढाउने उदेश्यले प्रतियोगिता आयोजन गरिएको बताएकी हुन् । यसमा राम्रो तवरले खेल खेल्न आग्रह गरेकी हुन् । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर उपप्रमुख पटेलले जानकारी दिएका हुन् ।

त्यसैगरी स्वागत मन्तव्य राख्दै जय किसान मावी धरहरीका प्रधानाध्यापक संजय प्रसादले खोलाडीहरुलाइ अफनो प्रतिभा देखाउने राम्रो अवसर रहेको बताए । यस प्रतियोगिताले आउने दिनमा खेलाडीहरुमा उत्साह थपी उर्जा प्रदान गर्ने बताएका हुन् । नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने उनले बताएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार रहेको आयोजकले जानकारी गराएको हो ।

आज भएको उदघाटन खेलमा वडा नम्बर ७ को टिम विजयी सुरुवात गरेको छ । आयोजक देवाहीगोनाही नगरपालिका र वडा नम्बर ७ प्रेमपुर गोनाही बिच खेल हँुदा आयोजक टिम पराजित भएको हो । २० ओभरको खेलमा आयोजक टिमले मात्र १३ ओभर खेली १० विकेटको क्षतिमा ५९ रन बनाएको थियो ।
जवाफि बैटिङमा उतरेको वडा नम्बर सातको टिमले ७ ओभरमा पाँच विकेटको क्षतिमा ६५ रन बनाएको थियोे । उदघाटन खेलमा बिजेता टिमबाट १६ बलमा तिनवटा छक्का र चारवटा चौक्का प्रहार गरि बिनोध राम बेष्ट ब्याटसमैन घोषित भएका थिए । त्यस्तै तीन ओभरमा २० रन दिएर दुई बिकेट र दुईजनालाई रन आउट गर्ने संतोष यादव बेष्ट बौलर घोषित भएका थिए ।
टि २० मेयर कप नकआउट टुर्नामेन्टमा बुधबार दुईवटा खेल हुने छ । पहिलो खेल वडा नम्बर ९ र वडा नम्बर ४ बिच हुनेछ भने दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर ६ बिच हुने आयोजक टिमका संचालक विवेकानन्द साहले जानकारी गराएका हुन् ।

उदघाटन समाराेहमा देवाहीगाेनाही नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू, जनप्रतिनिधि एवम् खेलप्रेमीहरूकाे भव्य उपस्थिति रहेको थियोे ।

आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख । 

राैतहट प्रिमियर लिगमा कटहरिया बाेल्टसका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । लगातार दुई खेलमा हार बेहाेरेकाे कटहरिया बाेल्टसले आज राजदेवी सुपर किंगस विरूद्व १० विकेटले धमाकेदार जित हात पारेको छ ।

कटहरिया बोल्टसले राजदेवी सुपर किंग्स विरूद्व आफनो पहिलो जित हात पारेको हाे । टस जितेर पहिला बैटिंग गरेको राजदेवी सुपर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियोे । १ सय २७ रनको विजयी लक्ष्य पाएको कटहरिया बोल्टसले १२ ओभर २ बलमा विना कुनै विकेट गुमाइ विजयी लक्ष्य पुरा गरेको थियो ।

अन्ततः कटहरिया बोल्टसले १० विकेटकाे सनसनीपूर्ण जित हात पारेको छ । खेलमा र प्रतियोगिता भरिमा नै बढी रन सर्वाधिक ९३ रन बनाउने इमरान शेषलाई प्लेयर अफ द मैच घोषणा गरिएको थियोे ।

याे खेलमा कटहरिया बाेल्टसले आफ्नो रनरेटमा राम्रो सुधार गरेको छ । कटहरिया बाेल्टसका मालिक महाशक्ति निरालाले जित र हार भनेको एक रथका दुई पाङ्ग्रा हुन् भन्दै यसअघि हार बेहोरेकाे आफनाे टिमलाई हाैसला बढाएका थिए ।

उनले भनेका थिए- कहिलेकाहीँ मान्छेले जित्छन् र कहिले हार्छन् । जित र हार निरन्तर चलिरहन्छ । हामी यसबाट डराउनु हुँदैन र आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ । अर्को खेलको लागि शुभकामना दिन चाहन्छु ।

मालिककाे नै यस्तो प्रतिक्रिया आएपछि खेलाडीहरू एकदम हाैसिएका थिए । फलस्वरूप आज प्रतियोगितामा रेकर्ड बिट प्रदर्शन गरेका छन् । मंगलबारकाे खेलमा राम्रो प्रदर्शन गरेकाे भन्दै कटहरिया बाेल्टसका अर्का मालिक चन्दन कुशवाहाले प्रत्येक खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । र यसैगरी राम्रो प्रदर्शन गर्न हाैसला बढाएका छन् ।

राेहीत साेनलले कप्तानी गरिरहेकाे कटहरिया बाेल्टसमा निकै अनुभवी खेलाडीहरू सामिल छन् । टिममा काेच भूमिका संजिव अधिकारीले निर्वाह गरिरहेका छन् भने टिम मैनेजरकाे रूपमा राकेश गिरीले भूमिका निर्वाह गरिरहेका छन् । जबकि स्पाेन्सरकाे भूमिका प्रदिप यादव लगायतले गरिरहेका छन् ।

क्रिकेट खेलमा कटहरियाकाे एउटा बेग्लै नाम पहिचान भएकोले कटहरिया बाेल्टसकाे लगातार हारले निराश भएका यस नगरपालिकाका क्रिकेट प्रेमीहरू याे जित सँगै खुशी भएका छन् ।

आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
राैतहट प्रिमियर लिग (आरपिएल) मा आज भएकाे पहिलाे खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेकाे छ । राजदेवी सुपर किंग्स विरूद्व उसले आफनाे पहिलो खेलमै जित हात पारेकाे छ ।


टस जितेर पहिला बैटिंग गरेकाे गुजरा राइडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियोे । १ सय ५५ रनकाे विजयी लक्ष्य पाएकाे राजदेवी सुपर किंगसले निर्धारण २० ओभरमा सम्पूर्ण विकेट गुमाइ मात्र १ सय ६ रन बनाउन सकेको थियो ।
अन्ततः गुजरा राइडर्स ४८ रनले विजयी भएको छ । खेलमा सर्वाधिक ७० रन बनाउने गाैरव खड्का लाई प्लेयर अफ द मैच घाेषणा गरिएको थियो । गुजरा राइर्डसले आफनाे अर्काे खेल भाेली गाैर वारिर्यस सँग खेल्नेछ ।


त्यस्तै आजै भएको अर्काे खेलमा गाैर वारियर्सले कटहरिया बाेल्टस विरूद्व जित निकालेकाे छ । जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स सहभागी छन् ।

आरके श्रीवास्तव,रौतहट,२६ गते चैत ।
रौतहट । रौतहटमा आजदेखि सुरू भएको आरपिएलको पहिलो संस्करणमा सहभागी हुन आईपुगेका गुजरा राइडर्सका खेलाडीहरूलाई स्वागत गरिएको छ । जिल्लाको चन्द्रपुर स्थित रहेको अमन होटेलमा एक कार्यक्रमका बिच टिमका मालिक साबिर हुसेनले स्वागत गरेका छन् ।

टिम अनर हुसेनले सबै खेलाडीहरूलाई खादा लगाइ स्वागत गर्नु भएको थियो । गुजरा राइडर्समा राष्ट्रियदेखि प्रदेश स्तरीय क्रिकेट खेल खेलिसकेका खेलाडीहरू सहभागी छन् ।

गुजरा राइडर्समा आदिल खान,हेमन्त सिंह,विशाल पटेल,प्रदिप पासवान,गौरव खड्का,जितेश मण्डल लगायतका बाहिरी खेलाडी छन् भने गुजराको स्थानीय खेलाडीहरू मार्की प्लेयर इस्तेआक आलम,एमडि आसिफ,अभिनाश चौधरी,रामचन्द्र धामी,रैयान आलम,ऐयान मुखिया लगायतका खेलाडीहरू टिममा आबद्ध छन् ।

टिमका खेलाडीहरूलाई स्वागत गर्दै गुजरा राइडर्सका मालिक हुसेनले रौतहटमा पहिलोचोटी सुरू भएको आरपिएलमा आफनो नगरका खेलाडीहरूलाई सहभागी गराउन पाउँदा खुशि लागेको प्रतिक्रिया दिएका छन् । अहिले क्रिकेट खेलको क्रेज बढेको भन्दै खेलाडीकै आग्रहमा आफूले टिम खडा गरेको बताए छन् ।

यसको फाईदा उठाउन हुन प्रत्येक खेलाडीलाई अनुरोध समेत गरेका छन् । आफूभित्र रहेको राम्रो क्रिकेट प्रदर्शन गर्न उनले हौसला बढाएका थिए । हाम्रो टिममा राम्रो खेलाडीहरू आबद्ध भएकोले टिमको प्रदर्शन राम्रो हुनेमा आफू आशावादी रहेको बताए ।
कनकपुरको टिमले सधैं राम्रो प्रदर्शन गर्दै आएको स्मरण गराउँदै उनले आरपिएलमा पनि गुजरा राइडर्सका खेलाडीहरूले राम्रो क्रिकेट खेल्नेछन् भनी आफू विश्वस्त रहेको बताएका छन् ।

खेलाडीहरूको स्वागत कार्यक्रममा टिमको जर्सी पनि सार्वजनिक गरिएको हो । टिमका मालिक हुसेनले सो पोशाकलाई खेलाडीहरू माझ साझा गरेका हुन् । केही शेयर होल्डर र विभिन्न स्पोन्सर रहेको गुजरा राइडरको मिडिया पार्टनरको भूमिका बजिकान्चल मिडिया प्रा.लि. ले निर्वाह गरिरहेको छ । बुधबार गुजरा राइडरले आफनो पहिलो खेल राजदेवी सुपर किंग्स सँग खेल्दैछ ।

बज्जिकाञ्चल संवाददाता,२६ गते फागुन । 
आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि फेरि भारतले जितेको हो । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । भारतले जितेको च्याम्पियन्स ट्रफीको यो तेस्रो उपाधि हो ।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । भारतलाई उपाधि जिताउन कप्तान रोहित शर्माले ७६ रन बनाए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

न्युजिल्याण्डका माइकल ब्रेसवेल र मिचेल सान्टनरले २(२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए । भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २(२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १(१ विकेट लिए । लोकान्तर

नूर आलम बादशाह, २४ गते पुस २०८१ । 

नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज पचरौतामा भव्‍य स्वागत तथा सम्मान सहित पचास पचास हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

जनकपुर बोल्ट्सका क्याप्टेन समेत रहेका क्रिकेटर अनिल साह र सोही टीमका अर्का खेलाडी अरनिको यादवलाई पचरौता नगर प्रमुख जलन्धर सिंहले आज एक समारोहका बीच उक्त नगद राशी सहित दोसल्ला ओढाई सम्मान गरेका हुन्।

जीतको खुशीमा बुधबार पचरौताका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा समेत निकालेका हुन् ।

विजय यात्रा कोतवालीको नहर चौकबाट सुरू भएर बेनौली चोक, बेनौली गाउँ हुँदै पालिका परिसरमा स्वागत तथा सम्मान कार्यक्रम गरी समापन गरिएको छ ।

सो अवरमा नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणमा ट्रफी हात पार्न सफल भएका जनकपुर बोल्टस टिमलाई बधाई र स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।

‘विजेता टोलीलाई स्वागत गर्न पाउनु पचरौतावासीका लागि गर्वको कुरा हो’ उनले भने।

नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको नगर प्रमुख सिंहको भनाइ छ ।

कार्यभार सम्हालेको आर्थिक बर्ष देखि नै पचरौता नगरका खेलाडीहरुलाई तालिम, प्रतियोगिता तथा खेल सामग्रीका लागि नगद राशी सहयोग गर्दै आइरहेको र अगामी दिनमा उक्त किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता पुनः दोहोरयाउनु भयो।

पचरौता पालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो ।

पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको हो।

खेलाडीहरुको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिनको अध्यक्षता तथा प्रमुख आतिथ्यता नगर प्रमुख जलन्धर सिंहको रहेको थियो भने विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, ६ का मकबुल मियाँ अन्सारी, ८ का प्रेम चौधरी, ९ का गगनदेव यादव, अतिथिमा शिक्षा संयोजक पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेश कुमार सिंह, स्थानीय समाजसेवी भैया राम सहनी, विजय पटेल, कलामुद्दीन अन्सारी, भोला अन्सारी, अच्छेलाल प्रसाद यादव, प्रभु ठाकुर, नरेश प्रसाद कुर्मी, उमेश सिंह, प्रमोद सिंह, बिनोद पटेल, सियाराम मुखिया, सकल मुखिया, अवध किशोर प्रसाद यादव, पोषण हजरा, जवाहर साह रौनियार, सोनालाल साह, अमिन मियाँ अन्सारी, इम्तियाज अन्सारी, रोशन अली, जिना खातुन, जगरनाथ मुखिया बिन, शम्भु कुशवाहा, मुन्ना अन्सारी, गोकुल पण्डित, खेलाडीहरु बुधराम मुखिया, मनिर अन्सारी, अरविन्द अकेला, लालु, नगर प्रहरी, सुरक्षाकर्मी लगायत पत्रकारका साथै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
कार्यक्रम सन्चालन सबिन्दर सहनीले गरेका थिए।

बज्जिकाञ्चल संवाददाता २१ गते पुस २०८१ ।

ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । नर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ ।

 

काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित हुनुभएको छ । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।
काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्षद्धयमा श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभएको छ । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित हुनुभएको छ । वाग्मती प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ ।

 

सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित हुनुभएको छ ।
भेलामा ४२ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश. खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामा हुनुहुन्थ्यो, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ हुनुहुन्थ्यो. ि

काठमाडौ ।

जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले B.G Banquet गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङको प्रमुख आतिथ्यता र अवार्डका अध्यक्ष ,जम्बुलिङ फिल्मस् प्रा.लीका प्रमुख सञ्चालक राज किङ वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो ।

अवार्ड यो भन्दा अगाडिको संस्करणहरु जस्तै यसपटकको संस्करण पनि थाइल्यान्डमा उद्घाटन गरिएको थियोे र शनिबार काठमाडौमा फिनाले सम्पन्न गरेको हो । अवार्ड विभिन्न ३१ विधालाई प्रदान गरिएको छ । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन हाम्रो अभियान’को नारालाई अघि बढाउदै कम्पनीले अवार्ड आयोजना गरेको बताइएको छ । अवार्डको निर्णायक सदस्यहरुमा बरिस्ठ कलाकर्मी पवन वाङ लामा, मित्र डि गुरुङ र रमला पाख्रिन रहेको हो । कार्यक्रम उद्घोषण भने कलाकर्मी, खेलकुदकर्मी साथै सञ्चारकर्मी करण तामाङले गरेका थिए ।

सर्वोत्कृष्ट नेपाली गीत कम्पोजरमा तिमी संगू गीतबाट टीका बोम्जन, सर्वोत्कृष्ट नेपाली म्युजिक भिडियो निर्देशकमा सुस्तरी सुस्तरीू गीतबाट निकेश खड्का, सर्वोत्कृष्ट नेपाली गीत गायक ूलजालु मायालुू गीतबाट उर्गेन दोङ, सर्वोत्कृष्ट छायांकनमा संकम्बरीू गीतबाट नवराज उप्रेती, मोडर्न तथा पप गीत सर्वोत्कृष्ट गायकमा मेरो धट्कनू गीतबाट डाउट राई, नेपाली चलचित्र सर्वोउत्कृष्ट निर्देशकमा दुई नम्बरी चलचित्रबाट दिपेन्द्र लामा, नेपाली गीत सर्वोत्कृष्ट गायिकामा घुमि घुमिू गीतबाट मिङ्स लामा, नेपाली गीत सर्वोत्कृष्ट मोडलमा विजय दोङ, तामाङ सेलो गीतमा सर्वोत्कृष्ट पुरुष मोडलमा टिकाराज तामाङ, तामाङ चलचित्र सर्वोत्कृष्ट अभिनेत्रीमा रञ्जिता ब्लोन, तामाङ सेलो सर्वोत्कृष्ट गायिकामा सुमिना लो, तामाङ सेलो सर्वोत्कृष्ट गायकमा जीभन बोम्जन, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट गायकमा यु।बि मोङग्रेसा, तामाङ सेलो गीत भिडियो सर्वोत्कृष्ट निर्देशकमा देभ दोर्जे लामा, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायिकामा ममता तामाङ, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट महिला मोडलमा सुनिता वाईबा, पुरुष तर्फको सर्वोत्कृष्ट मोडलमा रमेश तामाङ, म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायकमा सुर्य तामाङ, नेपाली चलचित्र सर्वोत्कृष्ट निर्माणमा किरण नेपाली, नेपाली गीत सर्वोत्कृष्ट मिक्सिङका रुपमा डिका गुरुङ,

 

नेपाली गीत सर्वोत्कृष्ट सम्पादनमा जितु तामाङ, गायक नेपफपमा उत्तर लामा, तामाङ चलचित्र सर्वोत्कृष्ट सम्पादनमा विजय दोङ, तामाङ चलचित्र सर्वोत्कृष्ट को(एक्टरमा कुईसाङ रुम्बा, तामाङ चलचित्र सर्वोत्कृष्ट कलाकारमा प्रबल थिङ, नेपाली गीत सर्वोत्कृष्ट महिला मोडलमा प्रतिज्ञा लामा (धनमाया लामा), मोडर्न तथा पप गीतको सर्वोत्कृष्ट डेब्युट मोडलमा अस्कित कार्की, तामाङ सेलो सर्वोत्कृष्ट कम्पोजरमा छेडुप लामा, म्हेन्दोमाया गीतबाट जुरी अवार्ड किर्ती गोम्जा, इनकरेजमेन्ट अवार्ड माया थोकर तामाङ र पब्लिक चोईस अवार्ड सुर्य मम्बा तामाङ, उत्कृष्ट तामाङ फिल्म नायक अमिर दोङ, म्हेन्दोमाया गायिका शान्ती माम्बा, म्हेन्दोमाया गीत छायांकार लोकेन्द्र तामाङ, सह-अभिनेत्री अनिता नेगी तामाङले विजय हासिल गरेका छन् ।

जम्बुलिङ व्यक्तित्व सम्मान २०८१ बाट बरिस्ठ कलाकर्मी तथा समाजसेवी नानी काजी डंगोल, तामाङ कला संस्कृतिकर्मी छिमि मम्बा तामाङ, कराँते खेलाडी सुस्मिता तामाङ , चलचित्रकर्मी नायक धिनेर साक्य, र समाजसेवी तथा कलाकर्मी जी पुनलाई सम्मान गरिएको थियोे । जम्बुलिङ फिल्स प्रालीले नेपाली कला सांगीतिक तथा साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रति कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पुर्व मन्त्री तामाङले खुलेर प्रशंसा गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।