२०८३ आश्विन २२
२०८३ आश्विन २२

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२: १५ बजेदेखि शुरु हुने छ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुने छ ।   न्युज कारखाना

काठमाडौँ । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ ।

विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास (कप्तान), जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले (विकेट), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् ।

ओमान  विश्वकपको समुह बी मा रहेको छ । यस समुहमा ओमानसहित इङल्याण्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्याण्ड रहेका छन् ।

ओमानले पहिलो खेल जुन २ मा नामिबियासँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।न्युज कारखाना

 

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् ।

यस अघि विनोद भण्डारी १९, अनिल शाह १४, लोकेश बम २८, अरिफ सेख ३  रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १२ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख ३ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्श ले आउट गरेका हुन् ।

यस अघि विनोद भण्डारी १९ र अनिल शाह १४ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ९.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।न्युज कारखाना

काठमाडौँ । वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन् ।

नेपालविरुद्धको तेस्रो खेलमा टस जितेर ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का लागि चार्ल्सले आफ्नो शतक पुरा गरेका हुन् । उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १७ ओभरमा २ विकेट गुमाएर १८२ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । फ्लेचर ५३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।