काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ ।
नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् ।
यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका हुन् । उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् ।
यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।
नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको हो । यस अघि कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ४ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।
न्युज कारखानान
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।
आजको नेपालको प्लेइङ-११ मा अनिल कुमार शाह, विवेक यादव, प्रतिस जिसी र कमलसिंह ऐरीलाई समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र कमलसिंह ऐरी ।
वेस्ट इन्डिज ए को प्लेइङ ११: वेस्ट इन्डिज ए : रोस्टन चेज (कप्तान), जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए र ओशेन थोमस ।न्युज कारखानान
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ ।
टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ । न्युज कारखानान
काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको बर्षा गरिरहेका छन् । गएराती सम्पन्न पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीचको खेलमा पनि रनको बर्षा भएको छ ।
कोलकोताले दिएको २६२ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा नै २ विकेट गुमाएर पुरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो ।
यस रिपोर्टमा यस खेलमा बनेका केहि रेकर्डको बारेमा चर्चा गर्दैछौं ।
१- पञ्जाव किंग्सले यस खेलमा टी-२० क्रिकेटकै इतिहासमा अहिलेसम्मको धेरै रन पिछा गरेर बनाएको छ । यस अघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पिछा गरेर पुरा गरेको थियो । पञ्जाव किंग्सले यो रेकर्डलाई आफ्नो नाममा लेखाएको छ ।
२- त्यसैगरी आइपिएलको इतिहासमा यो अहिलेसम्मको ठुलो रन चेज हो । यसअघि २०२० मा राजस्थानले पञ्जावले दिएको २२४ रन चेज गरेको थियो भने राजस्थानले यसै आइपिएलमा कोलकोताले दिएको २२४ रनको लक्ष्य चेज गरेको थियो ।
३- यस खेलमा आइपिएलको इतिहासमा एक इनिंगमा सबैभन्दा बढी छक्का यसै खेलमा प्रहार भएको छ । पञ्जावले आफ्नो इनिंगमा २४ छक्का प्रहार गरेको थियो ।यसअघि यसै आइपिएलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्लीविरुद्ध एकै इनिंगमा २२-२२ छक्का प्रहार गरेको थियो ।
४- त्यसैगरी यस खेलमा आइपिएलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी छक्का प्रहार भएको छ । यस खेलमा कुल ४२ छक्का प्रहार भएको थियो । यसअघि सनराइजर्स र मुम्बई तथा सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेलमा ३८-३८ छक्का प्रहार भएको थियो ।न्युज कारखानान