२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

काठमाडौँ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।

सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।

सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए ।

यो जितसँगै कोलकोताले २०१२ र २०१४ पछि तेस्रो पटक आइपिएलको उपाधि जितेको छ । कोलकोता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।न्युज कारखाना

काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । त्यस्तै यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो ।

हरिकेन्सविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो ।

अब नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ ।  नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।   न्युज कारखाना

काठमाडौँ । फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

जिराउडले एल इनक्विपलाई दिएको अन्तर्वार्तामा युरो कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् ।

३७ बर्षिय जिराउड फ्रान्सका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् । उनले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन् ।

हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन् । न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुदै छ ।

यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।

कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।

प्रमुख खेलाडी

कोलकोताका लागि यस सिजनमा सुनिल नारानले शानदार प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४८२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् । त्यस्तै कोलकोताका लागि आन्द्रे रसेलले २२२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् ।

कोलकोताका लागि यस सिजनमा वरुण चक्रवर्तीले पनि २० विकेट लिएर राम्रो योगदान दिएका छन् । त्यस्तै बलर हर्षित रानाले १७ विकेट लिएर कोलकोताको बलिङ बलियो बनाएका छन् भने रिंकु सिंह, कप्तान श्रेयस अय्यर, वेंकटेस अय्यरले मिडल अर्डरलाई बलियो बनाएका छन् ।

त्यस्तै सनराइजर्सका प्रमुख खेलाडीमा ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले यस सिजन शानदार शुरुवात दिएका छन् । हेडले यस सिजनमा ५६७ रन बनाएका छन् भने अभिषेक शर्माले ४८२ रन र २ विकेट लिएका छन् । त्यस्तै हेनरिक क्लासेनले पनि यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै ४६३ रन बनाएका छन् ।

त्यसैगरी कप्तान पाट कमिन्सले अहिलेसम्म १७ विकेट लिएका छन् भने टी नटराजनले १९ विकेट लिएका छन् । न्युज कारखाना

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने निश्चित भएको छ ।

चर्चित खेल पत्रकार फाब्रिजियो रोमानोले कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेको पुष्टि गरेका छन् ।

साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ ।

यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो ।

म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनी २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरी रेलिगेसनमा परेको छ ।

अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्षिय कम्पनीलाई भित्र्याएको बताइएको छ ।

हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने यस अघि नै बताइसकेका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।न्युज कारखाना

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए ।

म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २-१ ले नै हारेको बदला यस सिजनमा २-१ ले नै हराएर लिएको छ ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जिटेको छ । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।न्युज कारखाना

काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

यस खेलमा सुपर ओभरको अभ्यास समेत गरिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।

अब हेरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल आज राति हुनेछ ।

यो अभ्यास खेल पछि नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।न्युज कारखाना

काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने पाकिस्तानी टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन् ।

टी-२० विश्वकपमा पाकिस्तान समुह ए मा रहेको छ । समुह ए मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन् ।

पाकिस्तानले विश्वकपमा पहिलो खेल जुन ६ मा आयोजक अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेल चीरपरिचित प्रतिद्वन्दी भारतसँग जुन ९ मा हुने छ भने तेस्रो खेल क्यानडासँग जुन ११ मा खेल्ने छ । त्यस्तै समुह चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा आयरल्याण्डसंग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् ।

यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए ।

एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । समाचार गलत हो । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ । प्रशिक्षक भारतको घरेलु क्रिकेट बुझेको हुनुपर्छ ।’

यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले उनलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताउदै उनी अझै त्यसका लागि तयार नभएको बताएका थिए ।

लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक जस्टिन ल्याङ्गरले हालै भारतीय टोलीको प्रशिक्षकका लागि आवेदन दिने अन्तिम मिति २७ मे रहेको छ । बोर्डले मे १३ मा प्रशिक्षकको विज्ञापन जारी गरेको थियो ।

मुख्य प्रशिक्षक पदका लागि भारतीय खेलाडीहरु गौतम गम्भीरको चर्चा सबैभन्दा अगाडी रहेको छ ।

यस अघि राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । द्रभिडले आउदो टी-२० विश्वकपपछि प्रशिक्षक पद छोड्दै छन् ।न्युज कारखाना

काठमाडौँ । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो ।

अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।

न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।