काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् ।
जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ८ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ काश्य पदक जितेको छ । त्यसैगरी इटालीले ३ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ ।
त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम, काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया, ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।न्युज कारखाना
काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले लगातार तेस्रो खेलमा हार बेहोरेका छन् ।
बुधबार पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२-२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा १०-२१ ले हार बेहोरेका थिए ।
यसअघि प्रिन्स पहिलो खेलमा डेनमार्कका भिक्टर एक्सल्सनसँग २-० को सोझो सेटमा र दोस्रो खेलमा आयरल्यान्डका हात गुएनसँग पनि २-० को सोझो सेटमा पराजित भएका थिए ।
प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए।
पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन् ।
अब नेपालबाट एथलेट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ । सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । म्याराथन दौड अगस्त ११ मा हुने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् ।
जसमा जापान ७ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ
त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक काश्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ काश्य पदक सहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३ काश्य पदक जितेको छ भने अमेरिकाले ४ स्वर्ण ११ रजत र ११ काश्य पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेनले ४ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले ३ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्याण्ड, अजरबैजान, न्यूजील्याण्ड, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, कोसोभो, मेक्सिको, पोल्याण्ड, टर्की, फिजी, जर्जिया, मंगोलिया, उत्तर कोरिया, ट्युनिसिया, भारत, मोलडोभा, क्रोसिया, इजिप्ट, स्पेन, ग्वाटेमाला, हंगेरी, स्वीजरल्याण्ड, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।
यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो ।
योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो ।
श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ ।न्युज कारखाना
काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।
उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् ।
मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६-१० ले पराजित गर्दै काश्य पदक जितेका हुन् ।
यस अघि मनु भाकरले १० मिटर एयर पेस्तोलमै काश्य पदक जितेकी थिइन् । पहिलो काश्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिंगमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।
यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडी समेत बनेकी छन् ।
यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए ।न्युन कारखाना
काठमाडौँ । फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् ।
फ्रेन्च क्लब पिएसजी छोडेर स्पेनिस महारथी रियल म्याड्रिड पुगेका २५ बर्षिय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।
एम्बाप्पे आफ्नो क्यारियरको शुरुवातमा मोनाको क्लबमा हस्ताक्षर गर्नु अघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए ।
केन गत सिजन लिग २ मा छैटौं स्थानमा रहेको थियो । यस क्लबका पुर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् ।
सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियन समेत बनेको छ ।न्युन कारखाना
काठमाडौँ । नेपालका प्रिन्स दाहालले जारी पेरिस ओलम्पिकमा लगातार दोस्रो हार बेहोरेका छन् ।
समूह ‘पी’ अन्तर्गतको खेलमा प्रिन्सलाई आयरल्यान्डका हात गुएनले २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् ।
प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।
अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौँ । नेपालका प्रिन्स दाहालले जारी पेरिस ओलम्पिकमा लगातार दोस्रो हार बेहोरेका छन् ।
समूह ‘पी’ अन्तर्गतको खेलमा प्रिन्सलाई आयरल्यान्डका हात गुएनले २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् ।
प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।
अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।
जसमा जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ काश्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीजरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले ओलाप्म्पिक पदक जितेका छन् ।न्युज कारखाना