काठमाडौं । नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ ।
यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ । न्युज कारखाना
काठमाडौँ । प्रिमियर लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।
म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेभ्यु खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन् । न्युज कारखाना
काठमाडौँ । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् ।
डिकवेला हालै सम्पन्न लंका प्रिमियर लिगको समयमा विश्व एन्टी-डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ । थप अनुसन्धान भइरहेकोले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ ।
श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।
हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया,डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी-२० सिरिजका लागि टिममा सामावेश गरिएको भएपनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् ।
डिकवेलाले श्रीलंकाका लागि टेष्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी–२० मा ४८० रन बनाएका छन् ।
न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३-३ लाख दिने भएको छ ।
सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो ।
साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो ।न्युज कारखाना
काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातीबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।
एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका लागि गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस्तै गएराती नै सम्पन्न अर्को खेलमा जिरोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको छ । गत सिजन तेस्रो स्थानमा रहेको जिरोना यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको हो ।
खेलको छैटौ मिनेटमा नै मार्क बार्ट्राले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए भने खेलको ७२औं मिनेटमा गाब्रियल मिसेहोउयीलेव गोल गर्दै जिरोनालाई हारबाट जोगाएका थिए ।न्युज कारखाना
नयाँदिल्ली, ३१ साउन । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन ।
विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ ।
फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो ।
यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।
विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।न्युज कारखाना
काठमाडौं । भुटानको पारो एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लबलाई परजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
वर्षाका कारण हिलाम्य भएको मैदानमा लाकेन लिम्बुले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । अर्को मिनेटमा नै पारोले बराबरी गोल फर्कायो । गोलकिपर दिप कार्कीले नियन्त्रणमा लिन नसकेपछि किंगाले गोल गर्दै खेल एक-एक को बराबरी गरेका थिए । तर चर्च ब्वाइजले बराबरी पनि जोगाउन सकेन । पारोले दोस्रो हाफमा गोल गर्यो । विलियमले गोल गरेसँगै बनाएको २-१ को अग्रता जोगाउँदै भुटानले जित दर्ता गरेको हो ।
यो जितसँगै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । गत वर्ष भएको एएफसी कपको छनोट चरणमा पनि पारोले चर्च ब्वाइजसँग खेलेको थियो । त्यो खेलमा भने चर्च ब्वाइज विजयी भएको थियो ।न्युज कारखाना
पेरिस, २८ साउन । पेरिस ओलम्पिकको समापन समारोहमा हलिउड सुपरस्टार टम क्रुजले आफ्नो अचम्मको स्टन्टले विश्वलाई चकित पारेका छन् ।
कार्यक्रममा टम क्रुज, स्नुप डग, डा. ड्रे, बिली इलिश, रेड हट चिली पेपर्स र एचईआर थिए। एल ए २८ लाई ओलम्पिक टर्च हस्तान्तरण गरेपछि प्रदर्शन, विशेष गरी टम क्रुजले घटनालाई अविस्मरणीय बनाएको तरिका अद्भुत थियो।
हलिउडका एक्शन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् । स्टन्टका लागि चर्चित फिल्म सिरिज मिशन इम्पोसिबलका सुपरस्टार टम क्रुज कार्यक्रममा ब्राउन लेदर ज्याकेट लगाएर स्टेडियमको छतमा पुगे र त्यहाँबाट हाम फाले । क्रुजको यो स्टन्ट देखेर स्टेडियममा उपस्थित सबै छक्क परे ।
क्रुजको यो अनौठो स्टन्टले विश्वलाई चकित पारेको छ । टम क्रुजले डोरी प्रयोग गरेर स्टेडियमको छतबाट हाम फाले र बाइकमा पेरिसको सडकहरू घुमाए। त्यसपछि क्रुज सीधै बाइकको साथ विमानमा चढे जसले उनलाई लस एन्जलस पुर्यायो। हलिउड सुपरस्टार टम क्रुजले पनि आफ्नो भिडियो इन्स्टामा सेयर गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ । फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए ।
७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन् । योसँगै चार वर्षपछि हुन लागेको लस एन्जलस ओलम्पिकको काउन्टडाउन सुरु भएको छ ।
ओलम्पिक टर्च निभाएर लियोन मार्चान्ड लगायतका चुनिंदा एथलीटहरूको तीन घण्टाको समारोह औपचारिक रूपमा समाप्त भएको हो । यस अवधिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि उपस्थित थिए । यस क्रममा हलिवुड अभिनेता टम क्रुज, बिली इलिश, स्नुप डग र डा. ड्रेले आफ्नो प्रस्तुति दिएका थिए । यससँगै ओलम्पिकको गोल्डेन भोयाजरको खोजले पनि फ्यानहरूको मन जित्यो । यसलाई थोमस जोलीले निर्देशन गरेका थिए । त्यसपछि एन्जेले, कमिसकी र र्यापर ओनेडाले फ्रान्सेली ब्यान्ड फिनिक्सको प्रदर्शनमा प्रस्तुति दिएका थिए ।
समापन समारोहमा सबै २०५ देशका झण्डा वाहकहरूले स्टेट डे फ्रान्स स्टेडियममा ७० हजारभन्दा बढी दर्शकको अगाडि कुँदिएको विश्व नक्साको परिक्रमा गरेका थिए । सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका थिए । अधिकांश पदक विजेताहरूको घाँटीमा पदक थियो ।
समापन समारोहको सबैभन्दा ठूलो आकर्षण पेरिस ओलम्पिकलाई सफल बनाउने ४५ हजार स्वयंसेवक थिए । पेरिस ओलम्पिक २०२४ समितिका अध्यक्ष टोनी एस्टान्गुटोनले फ्रान्स सरकार, स्वयंसेवक, सुरक्षाकर्मी, प्रहरी, पेरिसका मेयर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सबैलाई धन्यवाद दिए ।
पेरिस ओलम्पिकको पदक तालिकामा सबैभन्दा शिर्ष स्थानमा अमेरिका रहेको छ । ४० स्वर्ण ४४ रजत र ४२ काश्य पदकसहित अमेरिका शिर्ष स्थानमा रहयो । त्यस्तै चीन पनि ४० स्वर्ण, २७ रजत र २४ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी नेपालले भने यस ओलम्पिकमा कुनै पदक जित्न सकेन । यस ओलम्पिकमा नेपालका सात खेलाडीले भाग लिएका थिए । न्युज कारखाना
इस्लामबाद, २७ साउन । पेरिस ओलम्पिकमा पाकिस्तानी खेलाडी अरशद नदीमले स्वर्ण पदक जिते पछि देशभर चर्चा परिचर्चा भईरहेको छ ।
अर्शद नदीम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए ।
तर के तपाईलाई थाहा छ स्वर्ण पदक जित्ने अरशद नदीमले कति पुरस्कार पाए ? वास्तवमा अरशद नदीमले ५० हजार डलर पुरस्कार राशि पाएका छन । जो पाकिस्तानी रुपैयाँमा यो मूल्य १ करोड ४० लाख रुपैयाँ हुन आउँछ ।
उल्लेखनीय छ कि पाकिस्तानले लगभग ३२ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । यसअघि पाकिस्तानले अन्तिम पटक सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा पदक जितेको थियो। ओलम्पिक इतिहासमा पाकिस्तानले अहिलेसम्म ४ स्वर्ण जितेको छ । यसअघि पाकिस्तानले हक्कीमा तीनवटै स्वर्ण जितेका थियो ।
तर यसपटक भाला थ्रोमा अशरफ नदीमले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडीले व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको यो पहिलो पटक हो । साथै, पेरिस ओलम्पिकमा अशरफ नदीमले नर्वेका एन्ड्रियास टीको कीर्तिमान तोडेका थिए ।
सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका एन्ड्रियास टीले ९० दशमलव ५७ मिटर थ्रो थ्रो गरेका थिए तर अहिले अशरफ नदीमले उक्त कीर्तिमान आफ्नो नाममा गरेका छन् ।न्युज कारखाना