काठमाडौं, ५ जेठ ।
जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ ।
शुक्रबार विहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो ।
न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलवाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १–० को अग्रता लियो ।
यसैगरी, पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप गोल गरेपछि न्युक्यासल २–० ले अघि बढन सफल भयो ।
उता, दोस्रो हाफको ५१ औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २–१ को स्थीतिमा रहन पुग्यो ।
तर, खेलको ८९ औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल ३–१ को स्थीतिसहित सहज रुपमा अघि बढयो । तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४–१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो ।
काठमाडौं, ५ बैशाख ।
अन्तत: लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ ।
सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुलले छाडने निश्चितत भएकाके छ ।
लिभरपुल छाडन लागेका चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिदैछ । सो सम्झौता सकिए सँगै उनीहरुले क्लब छाडन लागेका हुन् ।
लिभरपुलले बिगतमा अर्थात २०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यीनीहरुको महत्वपुर्ण भुमिका रहेको लिभरपुल ब्यवस्थापनले स्मरण गरेको छ । जसकाकारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रुपमा बिदाई सन्देश दिनका लागि कार्यक्रमको आयोजनासमेत गरेको छ ।
सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेसमेत हुनेछ ।
मिलनर र फिर्मिनो सँगै अर्थात २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए । सो अघि म्यानचेष्टर सिटीमा रहेका ३७ वर्षीय मिलनरले भने प्रिमियर लिगमा ६ सय १७ खेल खेलेको रेकर्ड रहेको छ । उनी लिभरपुलवाट सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा रहेका छन
यसैगरी, २ सय ५४ खेल खेलेर बिदा हुन लागेका फिर्मिनोले भने लिभरपुलका लागि ८० गोल गरेका छन् । ३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको लिभरपुलमा खुबै जमेका खेलाडीको रुपमा स्मरण गरिन्छ ।
केइटाले लिभरपुलका लागि सबैभन्दा कम अर्थात जम्मा १ सय १९ खेल खेल्दै ११ गोल मात्रै गरेका छन् भने चेम्बर लेनले १ सय ४६ खेलवाट लिभरपुलका लागि १८ गोल मात्र गरेका छन् ।
काठमाडौं, ३ जेठ ।
मदन आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता आजवाट सुरु हुने हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकटको ‘पिपुल्स भोलेन्टियर्स’ को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा बुधबारदेखि हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ। ुुसो प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ ।
प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु. तीन लाख, उपविजेतालाई रु. दुई लाख र तेस्रो टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । २०५० जेठ ३ गते चितवनको दासढुङ्गा, चितवनमा रहस्यमय जिप दुर्घटनामा परी उनीहरुको निधन भएको थियो ।
काठमाडौं, ३ जेठ ।
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ ।
एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो । यसअघिको पहिलो लेगमा २–० ले विजयी इन्टर दोस्रो लेगमा १–० ले विजयी हुन पुगे पछि समग्रमा ३–० को जीत निकाल्न मिलान सफल भएको हो ।
सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र तिव्र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथी दबाब बढाएका थिए तर दुवै पक्षले पहिलो हाफमा गोल गर्न सकेनन । तर, लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनले सोही गोलवाट मिलानलाई १३ बर्ष पछि फाइनल यात्राका लागि सहज बनाई दिए ।
अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।
काठमाडौं, ३१ बैशाख ।
शहिद स्मारक लिग फुटबल खेल आज दुई खेल हुदैँछन ।
एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमुने सामुने हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।
काठमाडौं, ३१ बैशाख ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स) लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।
शनिवार राती भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो ग्रान्चोले गोल गरे पछि युनाइटेडले २–० को जित निकालेको हो ।
यो जीतसँग ६६ अंकका साथ युनाईटेड चौथो स्थानमा छ भनेृ पराजितवुल्भ्स भने ४० अंकका साथ १३ औं स्थानमा छ ।
काठमाडौं, ३१ बैशाख ।
घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ ।
स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १–० को झिनो जित निकालेको हो ।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
घरेलु टोली रियल माथी चर्को दबाबमा राखे पनि गेटाफेले कुनै गोल गर्न सकेन । रियललाई गोलरहित अवस्थामा राख्ने रणनीति अनुसारअ अघि बढेको गेटाफेले पहिलो हाफमा कुनै गोल गर्न दिएन ।
तर, दोस्रो हाफमा मार्को एसेन्सियोले गोल गरे पछि रियलले १–० को अग्रता लिन सफल भयो । दुवैतर्फवाट कुनै गोल हुन नसके पछि लुकास भास्क्वेजको पासमा एसेन्सियोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । र, खेल १–० मा टुंगियो ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले ३४ खेलबाट ७१ अंक जम्मा गरेको छ भने पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा सिमित छ ।
काठमाडौं, ३१ बैशाख ।
साउथह्याम्टन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।
घरेलु मैदानमै फुलहमसँग २–० ले पराजय भएको साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी रहदैँ रेलिगेसनमा परेको हो ।
प्रिमियर लिग अन्तरगत शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो ।
दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–० को अग्रता लिन सफल भयो र ७२औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो । अन्ततः फुलहम २-० ले बिजेता बन्यो ।
यस जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ ।
काठमाडौं, ३१ बैशाख ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ ।
एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधी जीतको सम्भावना बलियो बनाएको हो । जसमा एक गोल उपहारमा पाएको थियो ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो । र, त्यसको १० मिने पछि अर्थात ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे । र, खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो ।
तर, दोस्रो हाफको सुरुवाती अर्थात ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४–० मा पुरयाईदिए ।
एजासियोको बिडम्बना नै भनौं, ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । र, दुबैतर्पफवाट कुनै गाेल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियाे ।
रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो । खेलको ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सिमित छ ।
काठमाडौं, २७ बैशाख ।
रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन पुगेको थियो ।
पहिलो हाफको ३६ औं मिनेटमा रियलका लागि भिनिसियस जुनियर गोल गरेर खेललाई सुरुवाती अग्रता दिलाएका थिए । र, पहिलो हाफ १-०मा नै टुंगिन पुग्यो ।
तर, दोस्रो हाफको ६७ औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएना गोल फर्काए पछि खेल १- १ को बराबरीमा रहन पुग्यो ।
दुवै पक्षले एक अर्काको गोल पोष्टमा निरन्तर प्रहार गरे पनि अन्ततः खेल बराबरीमा नै टुंगिन पुग्यो ।