२०८३ असार ३१
२०८३ असार ३१

 

काठमाडौं, २८ असार ।

बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ ।

 

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन्।

 

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

 

खेलको ६५औं मिनेटमा कप्तान सविना खातुनको गोलसँगै  बंगलादेशले अग्रता लिएको थियो । खेल सकिनै लाग्दा भण्डारीले नेपालका लागि गोल गरेकी हुन्। इन्जुरी समयमा गरेको भण्डारीको गोलले पहिलो खेल बराबरीमा रोकेको हो।

 

मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।

 

काठमाडाैं, २६ असार ।

नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।

 

नेपाल बंगलादेश बीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टाेली आज त्यसतर्फ प्रस्थान गर्न लागेकाे हाे ।

 

जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ ।

 

नेपाली महिला फुटबल टाेली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

 

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

 

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

 

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

 

काठमाडौं, १८ असार ।

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

 

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

 

मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ ।

 

काठमाडौं, १७ असार ।

विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेबीच आठौँ विकेटकमा लागि नटआउट ७९ रनको साझेदारी भएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।

 

नेपालका जितमा ऐरीले नटआउट ८५ बलमा ७९ रन नटआउट बनाए । यस्तै सन्दीपले ३७ बलमा नटआउट २३ रन बनाए । टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले अलआउट हुँदै १८१ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाएर ४३.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।

 

यसअघि नेपालका लागि करण केसी र सन्दीपले तीन तीन विकेट लिएका थिए भने गुल्सन झाले २ र दीपेन्द्र तथा प्रतिश जिसीले एक एक विकेट लिएका थिए । अब नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ ।

 

काठमाडौं, १६ असार ।

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ ।

 

सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।

 

नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो ।

 

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समय देखी बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पुर्णता दिनका लागि सरकारले पनि यस आर्थिक बर्षमा सहयोग प्रदान गरेको छ ।

 

काठमाडौं, १५ असार ।

नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल अब केही बेर अर्थात बिहान ७ः१५ बजेवाट सुरू हुदैँछ ।

 

पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उदेश्यसहित मैदानमा उत्रिन लागेको हो । नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

काठमाडौं, ११ असार । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ ।
पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।

 

लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।

 

ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ ।

 

 

तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।

 

काठमाडौं, ९ असार ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपाल पराजित भएको छ । पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।

 

शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७  विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्‍यो ।

 

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे । उनले ९० रनको योगदान दिए । गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै डि लीडले नटआउट ४१ रन जोडे। उनले ३९ बलमा ६ चौका प्रहार गरे ।

 

काठमाडौं, ९ असार ।

नेपालले टस हारेको छ ।

 

आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्ड बिरुद्धको खेलमा नेपालले टस हारेको हो ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।

 

नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।

 

यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।

 

तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।

 

सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ ।

 

काठमाडौं, ९ असार ।

नेपाल फुटबल टिम र भारत बिच आज प्रतिस्पर्धा हुदैँछ ।

 

आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।

दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल  राति पौने ८ बजेवाट सुरु हुनेछ ।

पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए ।

 

सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् ।

 

आजसम्म दुवै देश बिच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ ।

 

बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।