२०८३ आश्विन २६
२०८३ आश्विन २६

पोखरा, २४ असोज ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण आयोजना गर्ने भएको छ ।

पोखरामा हुने उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहनेछ ।

 

पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा असोज २६ र २७ गते गरि २ दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

काठमाडौं, २१ असोज ।

नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ । २०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन जनाएको हो ।

एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।

भक्तपुर, २१ असाेज ।

खुल्ला रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा रोयल रक्स चेस एकेडेमीका रुपेश जैशवाल प्रथम भएका छन् ।

नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवद्धारा आयोजित साे प्रतियाेगितामा जैशवाल प्रथम भएका हुन् ।

उनले प्रथम भई नगद पुरस्कार रु १५ हजार हात पार्दै उपाधिमा कव्जा जमाएका छन भने दोश्रो स्थानमा राजन सुवेदीले ट्रफी मेडल र नगद पुरस्कार रु १० हजार प्राप्त गर्न सफल भएका छन ।

यसैगरी, पुरुषोत्तम सिलवालले तेश्रो भएर नगद पुरस्कार रु ६ हजारका साथै तश्रो ट्रफी हात पार्न सफल भए । चौथो स्थानमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथा भए र नगद पुरस्कार रु दुई हजार हजार जित्न सफल भए । क्रमश पाचौंमा क्षितिज भण्डारी, छैटौ भक्तपुरका राजेश कक्षपति, सातौ मिशन दाहाल, आठौं धिरेन राई, नवौं राजन पुरी र दशौ स्थानमा  कमल मैनाली पर्न सफल भए ।

भक्तपुरका गणेशमान दुवाल बेष्ट भक्तपुर, बद्रीलाल नेपाली बेष्ट भेट्रान, एस डी रनसिंगे बेष्ट वमेन र हर्कबहादुर च्वनग्वाङ्ग बेष्ट अनरेटेड बन्न सफल भए । प्रतियोगितामा  मध्यपुरका कुशल प्रजापति १२ बर्षमुनिमा उत्कृष्ट घोषित भए । प्रतियोगितामा विभिन्न जिल्लाबाट १४४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई प्राविधिक सहयोग भक्तपुर जिल्ला बुद्धिचाल सघं र नेपाल बुद्धिचाल महासघंले गरेका थिए ।

 

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गर्दै  खेलाडीले खेल खेल्नुको साथै देशको सार्वभौमिकता, अखण्ड र स्वतन्त्रता रक्षा गर्न आ–आफ्नो क्षेत्रबाट लाग्न सकोस भन्ने शुभकामना दिएका छन् । आयोजक नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले विजेता खेलाडीहरुलाई बधाई दिदै युवाहरुलाई विकृति र विसंगतिबाट  टाढा राख्न संघको स्थापना दिवसको अवसर पारी  बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताए ।

 

प्रतियोगिताका  संयोजक एवं चिफ आर्विटर राजकुमार लघुले युवाहरुको स्वास्थ्यताको लागि नेक्रायुसघंको स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको जानकारी दिए । कार्यक्रममा आयोजक संघका हरिसुन्दर सुवाल, रामशरण त्वाती र एण्डिज ग्वाछाले पनि संघको उद्देश्य माथि प्रकाश पारेका थिए ।

रौतहट, १३ असोज । रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन भएका छन् ।

 

जिल्ला खेलकुद बिकास समिति रौतहटका कार्यलय प्रमुख वीरेन्द्र ढुंगानाको उपस्थितिमा भएको संघको प्रथम भेलाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा उपाध्यक्षमा प्रवेश आचार्य, कोषाध्यक्षमा ममता कुमारी सिंह, सचिवमा सन्दीप अर्याल रहेका छन् भने सदस्यहरुमा सविन भुजेल, रिजन अधिकारी, विवेक बुढाथोकी, उमेश तिमल्सिना र सुवास राउत रहेका छन्।

 

भेलामा बास्केटबल केन्द्रीय प्रतिनिधिहरू पवन थापा र गोपाल तिमिल्सिना, रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धिताल, सदस्य राजकुमार दर्लामीको उपस्थिति थियो।

काठमाडौं, ११ असोज । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

महिला टिमको खेलमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ ।

काठमाडौं, १० असोज । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

 

नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् ।

 

चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन्  ।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिईदै आएको छ । कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

 

१० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो ।

 

पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडकाे हाे  ।

काठमाडौं, १० भदौं । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।

 

मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले  टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।

 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

 

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

 

यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्  ।

 

उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।

काठमाडौं, ९। असोज साफ अन्डर १९ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

 

दशरथ रंगशाला, त्रिपुरेश्वरमा सो खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ ।

 

जारी खेलमा नेपाल र माल्दिभ्सबीच जो विजेता हुन्छ, त्यो टिम सेमिफाइनलमा पुग्ने छ।

 

शनिबार भएको पाकिस्तान र माल्दिभ्स बीचको खेल १–१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

 

काठमाडौं, ६ असोज ।

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन ।

 

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन ।

 

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।

 

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए ।

 

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियाे । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उनी नै सर्बसम्मत भएका हुन ।

 

 

काठमाठौं, ६ असोज ।

चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।

क्यानको अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन्। चन्दलाई लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरे पनि अन्तिम समयमा उनी आफ्नो निर्णयबाट पछि हटेका हुन्।

क्यानको अध्यक्षमा चन्द दोस्रो पटक निर्वाचित भएका हुन्।

त्यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध चयन भए। यसैगरी, लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो।

निर्वाचनमार्फत क्यानको केन्द्रीय सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रशान्त मल्लले ३७ मत ल्याए।

खुल्ला सदस्यतर्फ धीरेन्द्र सावदले ५९, वीरेन्द्र चन्दले ३४, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१ मत ल्याएर र गोलाप्रथाका माध्यमबाट करन महत्रा क्षेत्री विजयी भए।

प्रादेशिक सदस्यतर्फ कोशी प्रदेशमा अर्जुन पौडेलले ४७, मधेश प्रदेशमा गोलप्रथाबाट माधव कर्माचार्य, बागमती प्रदेशमा दिवाकर घलेले ४६, गण्डकी प्रदेश सुदीप शर्माले ५२, सुदूरपश्चिम प्रदेशमा विक्रम विष्टले ४९ मत ल्याएर विजयी भए।

क्यानका अनुसार निर्वाचनमा कुल ८५ मत खसेको थियो। निर्वाचन भएको ११ पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।