हेटौंडा, २१ कात्तिक ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर सुरु गरेको रंगशालाको निर्माण कार्य अलपत्र परेको थियो । फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि नै निर्माणको काम छाडेको थियो ।
तर, मंगलबार हेटौंडा आएर भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले मुख्यमन्त्री जम्मकट्टेलसँग छलफल गरेर रंगशाला निर्माण कार्य अघि बढाउन आग्रह गरेकी हुन् । उनको आग्रहलाई स्वीकार्दै मुख्यमन्त्री जम्मकट्टेल रंगशालाको काम अगाडि बढाउन सहमत भएका हुन् ।
वीरगञ्ज,मङ्गलबार, २१/
। नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाण्डाै ,कात्तिक २१,/
– आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ ।
श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।
हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलङ्काका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलङ्काको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा छ ।
आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलङ्काले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामाम नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिएका छन् ।
प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।
बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।
ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले पछ्याउन थालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।
आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् ।
नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको थियो।
प्रकाश पाक्साँवा,तेह्रथुम, १९ कार्तिक ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को सगम स्थलमा रहेको लसुने बजारमा दिपावली मेलाको अवसरमा पुरुष आमन्त्रित पुरुष फुटबल तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । रियल लसुने युवा क्लबको आयोजना तथा लालीगुराँस नगरपलिकाको सहयोगमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा फुटबल कार्तिक २० गतेदेखी २५ गतेसम्म प्रतियोगिता हुने भएको खेल संयोजक सुमन लिम्बुले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ दिपावली कप, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने रियल लसुने क्लबका अध्यक्ष रतन लिम्बुले बताए ।
त्यस्तै कार्तिक २५ गते राष्ट्रिय कलाकार एलिना चौहान, निशान भट्टराई ,केहेर सिं लिम्बुका साथै स्थानीय कालाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा विभिन्न जातजातीहरुको भेषभुषासहितको झाँकीहरु समेत प्रस्तुत गरिने भएको क्लबका सल्लाहकार हिम थापाले बताए फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ टिमको सहभागीता रहनेछ ।
काठमाडौं, १९ कार्तिक ।
नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।
‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।
क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
काठमाडौं, १९ कार्तिक ।
नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।
त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।
नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

भक्तपुर, १८ कार्तिक ।
भरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच २०८० मा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको छ ।

एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा शुक्रबार भएको म्याचमा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएकाे छ भने मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामाङ ‘मस्ट भ्यालुएवल प्लेयर’ भएका छन् ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एक कार्यक्रमवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।
कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले अरु धेरै विषयहरुमा जस्तै अपांगता क्षेत्रमा पनि उचित हेरचाह गरिरहेको जनाइन् । नगरपालिका क्षेत्रमा कुल ६ सय २५ जना अपांगता भएका व्यक्तिहरु रहेको भन्दै उनले उनीहरुलाई आवश्यक ह्विल चियरलगायतका सामानहरु प्रदान गरी सहयोग गर्दै आएको जानकारी दिइन् ।

साथै अपांगता भएका व्यक्तिहरुलाई सक्रिय बनाउन प्रत्येक वर्ष विश्व अपांग दिवसको अवसरमा कार्यक्रम गर्दै आएको र यो वर्ष पनि आयोजना भएको उनले सुनाइन् ।
आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले फे्रण्डसिप फष्ट, कम्प्युटिशन सेकेन्ड भन्ने मान्यताका साथ स्कुलले समयसमयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले ‘सके जितिन्छ, नसके सिकिन्छ’ भन्ने मान्यताका साथ खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले राष्टका लागि, स्वास्थ्यका लागि खेल आवश्यक भएको बताए ।
मैत्रीपूर्व खेल सुरु हुनु अगाडि खेलडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीले गरेकी थिइन् । स्कुलमा भएको यस्तो खाले कार्यक्रम यो पहिलो भएको कार्यक्रममा बताइएकाे थियाे । कार्यक्रममा स्कुलका सवैजना विद्यार्थीलाई पनि देखाइएको थियो । ‘अपांग भनेको घरमा मात्रै बस्छन्, उनीहरुले केही पनि गर्न सक्दैनन्, उनीहरु बोझ हुन्’ भन्ने नकारात्मक सन्देशलाई न्युनीकरण गर्न कार्यक्रम आयोजना गरेको आयोजक स्कुलले जनाएकाे छ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पनि अतिथिका रुपमा उपस्थित रहेका थिए ।