काठमाडौं, ३० कार्तिक ।
नेपाल हङकङसँग पराजय भएको छ ।
चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल हङकङसँग पराजित भएको हो ।
घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल जारी सिरिजमा दोस्रो पटक पराजय भएको हो । नेपाल यसअघि तान्जानीयासँग पराजित हुन पुगेको थिषो ।
हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले जम्मा ५६ रनको कमजोर स्कोर बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३० बलमा २५ बनाएर आउट भए पनि अन्य खेलाडीले कुनै जादु देखाउन सकेनन ।
उता, हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भएको थियो ।
काठमाडौँ, ३० कार्तिक ।
जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रीका समुह चरणमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै अस्ट्रेलियाले पनि ९ खेल मध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।
पछिल्लो पटक २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले २०१९ को विश्वकपमा सेमिफाइनलमा हार बेहोरेको थियो । त्यस्तै दक्षिण अफ्रिका २०१५ को विश्वकपपछि फेरी सेमिफाइनल खेल्दै छ ।
अस्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो ।
अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका योसहित पाँच पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको छ । दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो ।
एकदिवसीय खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०९ खेल भएका छन् । जसमा अस्ट्रेलिया ५० पटक विजयी भएको छ भने दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ । त्यसैगरी एक खेलको नतिजा आएको थिएन भने ३ खेल बराबरीमा सकिएको थियो ।
काठमाडौं, ३० कार्तिक ।
नेपालले २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ । दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि शुरु हुने छ ।
नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ । त्यो पनि सन् १९८४ मा भएको थियो । यी दुवै देशबीच ३९ बर्षपछि खेल हुन लागेको हो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।
यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टिम बाहिर राखेर टोली घोषणा गरेका छन् ।
विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।
नेपाली टिम:
गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल ।
डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ ।
मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।
फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।
काठमाडौं, ३० कार्तिक ।
नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक हङकङको सामना गर्दैछ ।
सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको नेपालले दोस्रो खेलमा आज हङकङसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुदैछ ।
बुधबार सम्पन्न खेलमा हङकङले जापानलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै आज जापानले तान्जानियासँग विहान ७: १५ बजेदेखि शुरु हुदै छ ।
यस सिरिजमा नेपालले अर्को खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ । चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टोलिले फाइनल खेल्ने छन् । फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन् ।
नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।
काठमाडौं, ३० कार्तिक ।
भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।
बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।
भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४८.५ ओभरमा अल आउट हुदै ३२७ रन बनाएको थियो । न्यूजील्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ७ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३९७ रन बनाएको थियो ।
योसँगै यसअघि दुई पटक १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो ।
अब दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुने छ । यो खेलको विजेताले फाइनलमा भरतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।
काठमाडौँ, २९ कात्तिक :
चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन् । त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन् । त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन् । त्यस्तै ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन् । बलिङतर्फ नेपालको लागि संगिता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिएकी थिइन् । रासस
काठमाडौँ, २९ कात्तिक :
चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्दै सात विकेट गुमाउँदै एक सय १५ रन बनायो । तान्जानियाका लागि हुड्डा ओमरेले २५, ऐशा मोहमदले २१, साउम मातेले १६, कप्तान फतुमा किबाशुले ११ तथा मोनिका पाश्कलले १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले एक एक विकेट लिइन् । ब्याटिङ गर्ने क्रममा केहीबेर अघिसम्मको खेलमा नेपालले ६ ओभरमा पाँच विकेट गुमाउँदै १९ रन बनाएको छ । नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् । नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । रासस
काठमाडौँ, २९ कात्तिक :
चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । केहीबेर अघिसम्मको खेलमा तान्जानियाले १४ ओभरमा तीन विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएकी छिन् । नेपाल र तान्जानिया पहिलोपटक भिड्न लागेका हुन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् । नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन् । आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ । नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ । रासस
कात्तिक २८,
एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरुहुने छ ।
यस विश्वकपमा अहिलेसम्म अपराजित रहेको टीम इण्डिया आफ्नो घरेलु मैदानमा च्याम्पियन बन्ने प्रबल दावेदार हो तर टीम इन्डियाका लागि यो सहज भने हुनेछैन ।
भारतले न्युजिल्यान्डसँग सबै फर्म्याटका पछिल्ला चार नकआउट खेलमा हार बेहोरेको छ । योसँगै न्युजिल्यान्ड आयोजक टोलीसँग पराजित भएपछि पछिल्लो तीन एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । तर, दुवै इनिङ्सको पहिलो १५ ओभरमा राम्रो खेल्ने टोलीले खेल्नेछ । उसले खेल जित्ने लगभग निश्चित छ। वानखेडे तथ्याङ्कले पनि यसको प्रमाण दिन्छ।
वानखेडेको पिच सधैं सन्तुलित रहेको छ र त्यहाँ हरेक खेलाडीलाई थोरै सहयोग छ। नयाँ बलले छिटो बलरहरूलाई मद्दत गर्छ र बल अलि पुरानो हुँदा स्पिन बलरहरू टर्न र बाउन्स हुन्छन्। एकै समयमा, शीत आएपछि, ब्याटिङ धेरै सजिलो हुन्छ। ब्याट्सम्यानले पनि बाउन्सको फाइदा उठाउन सक्छन् र ठूला शटहरू सजिलै खेल्न सक्छन्। यस्तो अवस्थामा टिम इन्डियाले सुरुदेखि नै ठूला छक्का प्रहार गर्नुको सट्टा सावधानीपूर्वक खेल्न रुचाउनेछ । यससँगै यस मैदानमा टस हार्ने टोलीलाई थप कठिनाइ हुनेछ ।
यस विश्वकपमा वानखेडेमा पहिले ब्याटिङ गर्दाको औसत स्कोर छ विकेटमा ३५७ रन रहेको छ भने लक्ष्य पछ्याउँदा नौ विकेटमा १८८ रन रहेको छ । लक्ष्य पछ्याउने क्रममा ग्लेन म्याक्सवेलले यही मैदानमा ऐतिहासिक दोहोरो शतक बनाए । यद्यपि, नयाँ बल साँझमा लामो समयसम्म स्विङ र सिमिङ भइरहेको छ।
पहिलो इनिङ्समा पावरप्लेको औसत स्कोर एक विकेटमा ५२ रन हो। योसँगै दोस्रो इनिङ्समा चार विकेटमा ४२ रन बनेको छ । यही मैदानमा भारतले लक्ष्य रक्षा गर्दै श्रीलंकालाई ५५ रनमा अलआउट गरेको थियो । सामान्यतया पहिलो इनिङ्समा ब्याट्सम्यानका लागि पावरप्ले राम्रो रह्यो तर दोस्रो इनिङ्समा म्याक्सवेलजस्तो इनिङ खेल्ने मौका छ ।
म्याक्सवेलको जस्तो इनिङ्सको बारेमा सोचेर कसैले आफ्नो रणनीति बनाउन सक्दैन। किनभने यस्ता इनिङ्स वर्षमा एकपटक खेलिन्छन् । यस्तो अवस्थामा दुवै टोलीले टस हारे भने विपक्षी टोलीलाई न्यूनतम स्कोरमा सीमित गर्ने रणनीति बनाउनुपर्नेछ। उही समयमा, टस जितेर, केहि सोच बिना पहिले ब्याटिङ गर्नु राम्रो विकल्प हुनेछ।
लक्ष्य पछ्याउने टोलीले लगभग टेस्ट क्रिकेट जस्तै पहिलो १५ ओभरसम्म ब्याटिङ गर्नुपर्नेछ। हामीले देखेका छौं कि राति ब्याटिङ गर्न सजिलो हुन्छ, तर तपाईंले रात ढल्किने र शीत आउँदा दुई भन्दा बढी विकेट गुमाउनु हुँदैन।
न्युजिल्यान्डका पूर्व क्रिकेटर र २०१९ विश्वकपमा भारतलाई सेमिफाइनलमा पराजित गर्ने किवी टोलीका सदस्य रोस टेलरले पनि दिमागी खेल खेल्न थालेका छन्। मुम्बईको वानखेडेमा हुने सेमिफाइनलअघि उनले ठूलो बयान दिएका हुन् ।
टेलरले भने– यस पटक भारत उपाधिको दावेदार हो । उसले घरेलु मैदानमा खेलिरहेको छ र लिग राउण्डमा उत्कृष्ट प्रदर्शन गरेको छ । तर, हराउन केही नहुँदा न्युजिल्यान्डको टोली खतरनाक बन्दैछ । यदि टीम इन्डिया कुनै टोलीसँग सामना गर्न नर्भस हुन्छ भने त्यो न्यूजिल्याण्ड टोली हो। यदि न्युजिल्यान्ड प्रारम्भिक विकेट लिन सफल भयो भने भारतको मध्यक्रममा धेरै दबाब हुनेछ।
करिब दश ओभर पछि बल स्विङ हुन बन्द हुन्छ, तर सिम चल्ने समस्या १५ औं ओभरसम्म रहन्छ। तर, करिब २० ओभरपछि दिउँसो भन्दा ब्याटिङ गर्न सजिलो हुन्छ। त्यसैले, उदाहरणका लागि, यदि भारतले टस हारे भने, रोहित शर्माले यो विश्वकपमा खेल्दै आएजस्तै आक्रामक ब्याटिङ गर्ने आशा नगर्नुहोस्। न्युजिल्यान्डले लक्ष्य पछ्याउने हो भने पनि उस्तै सावधानीका साथ खेल्नुपर्नेछ ।
न्युजिल्यान्डले भारतलाई २०१९ विश्वकपबाट बाहिर गरेको थियो, तर यसपटक उसले राम्रो लयमा राम्रो टोलीको सामना गरिरहेको छ। भारतको बलिङ आक्रमणलाई अहिले सबै समयको उत्कृष्ट एकदिवसीय आक्रमणसँग तुलना गरिएको छ, जसमा मोहम्मद शामी पनि छन्।
भारतीय बलरलाई जित्न न्युजिल्यान्डले एक बलरलाई मात्र टार्गेट गर्नुपर्नेछ। यो विश्वकपमा रविन्द्र जडेजाले १० ओभर बलिङ गरेर एक विकेट नलिने एउटै खेल न्यूजिल्याण्डविरुद्ध थियो। किवीहरूको शीर्ष छमा तीन बायाँ हाते ब्याट्सम्यान छन्, त्यसपछि मिचेल सान्टनर पनि ब्याटिङमा आउँछन्। न्युजिल्यान्डले जडेजा विरुद्ध पछिल्लो पटक भन्दा राम्रो प्रदर्शन गर्न चाहन्छ, जब उनले मात्र ४८ रन दिएका थिए।
भारतले जडेजालाई समावेश गर्नुअघि दुई बायाँ हाते ओपनिङ ब्याट्सम्यानलाई जित्ने प्रयास गर्नेछ। हार्दिक पाण्ड्या उपलब्ध भएको भए भारतले पनि आर अश्विनलाई खेल्ने सोच्ने थियो तर अब त्यसको कुनै प्रश्न नै छैन ।

न्युजिल्यान्डसँग भारतको तुलनामा बलिङको विकल्प बढी छ तर चार विशेषज्ञ बलर मात्र छन्। न्युजिल्यान्डको सफलताको एउटा प्रमुख अंश उनीहरूका पार्टटाइम स्पिनर ग्लेन फिलिप्स र रचिन रविन्द्रको उत्कृष्ट प्रदर्शन हो। अहिलेको समयमा दुई नयाँ बल र ३० गज भित्र अतिरिक्त फिल्डरको नियमका कारण पार्टटाइम बलर लगभग लोप भइसकेका छन् । न्यूजिल्याण्डका दुवै पार्टटाइम बलरको इकोनोमी रेट ६ भन्दा कम छ ।
भारतका लागि शीर्ष ६ मा कुनै बायाँ हाते ब्याट्सम्यान नभएकोले न्युजिल्याण्डले फिलिप्स भन्दा रविन्द्रलाई बढी बलिङ गर्ने सम्भावना छ, तर भारतले न्युजिल्याण्डलाई आफ्ना मुख्य बलरमा फर्काउन दबाब दिन रविन्द्रको प्रयोग गर्ने अपेक्षा गरिएको छ। यदि न्युजिल्यान्डले पाँचौं विशेषज्ञ बलरको अभावमा टस हारे भने, भारतले छिटो बलरहरूलाई आरामसँग खेल्ने मौका पाउनेछ, किनभने पछि भारतीय ब्याट्सम्यानहरूले पार्टटाइम बलरहरू विरुद्ध रन बनाउन सक्छन्।
यो खेलमा भारतले मिचेल सान्टनरविरुद्ध सावधानीपूर्वक ब्याटिङ गर्नुपर्नेछ । पछिल्लो विश्वकपको सेमिफाइनलमा उनले भारतविरुद्ध ३४ रन दिएर दुई विकेट लिएका थिए भने दुई मेडन ओभर पनि बलिङ गरेका थिए। त्यस्तै, धर्मशालामा भएको खेलमा उनले ३७ रनमा एक विकेट लिएका थिए ।
उनी एक उच्च गुणस्तरीय बायाँ हाते स्पिनर हुन् जसले भारत विरुद्ध धेरै पटक राम्रो प्रदर्शन गरेका छन्। यस विश्वकपमा उनका १६ मध्ये १५ विकेट दाहिने हातका ब्याट्सम्यानले लिएका छन् । बायाँ हाते ब्याट्सम्यानलाई बलिङ गर्दा इकोनोमी रेट पनि प्रति ओभर १.२५ रनले बढ्छ। भारतसँग सातौं नम्बर अघि कुनै पनि बायाँ हाते ब्याट्सम्यान छैनन्। तर, सेमिफाइनलमा न्युजिल्यान्डका पाँचौं बलरविरुद्ध टीम इन्डियाले सजिलै रन बनाउन सके भने भारतीय ब्याट्सम्यानले सान्टनरविरुद्ध केही फरक प्रयास गर्नुपर्दैन। केवल उसलाई विकेट दिनबाट जोगिनु पर्छ।
रोहित शर्माले हरेक खेलमा धमाकेदार सुरुवात गर्छन् । जसका कारण विराट कोहलीमाथि कुनै दबाब छैन । उसले छिटो ब्याटिङ गर्न सक्दैन भन्ने होइन, तर आवश्यक नपर्ने हो भने एकदिवसीय क्रिकेटमा कोहलीलाई आउट गर्न निकै गाह्रो हुन्छ । निस्सन्देह, न्युजिल्यान्डले राति बलिङ गर्न र स्विङ-सीमिङ बलबाट दुवैलाई परीक्षण गर्न मन पराउनेछ, तर उनीहरूले दिउँसोको लागि तयारी गर्नुपर्नेछ। यदि भारतले पहिले ब्याटिङ गरिरहेको छ भने, कोहलीलाई दबाबमा राख्ने उत्तम उपाय भनेको रोहितलाई चाँडै आउट गर्नु हो। तर, रोहितले यस फर्ममा नयाँ बललाई प्रहार गरिरहेका छन् र पावरप्लेमा नै खेल समाप्त गरिरहेका छन् ।
न्युजिल्यान्डले धर्मशालामा रोहितविरुद्ध एक बाउन्सरको प्रयास गरेन। यदि रोहित टी-२० मोडमा ब्याटिङ गर्दैछन् भने सायद टी-२० मोडमा बलिङ त्यति नराम्रो हुनेछैन। २०२१ र २०२२ मा लगातार दुईवटा टी-२० विश्वकप खेलिएको थियो र त्यतिबेला अधिकांश बलरले रोहितविरुद्ध शट पिचमा बलिङ गरिरहेका थिए। किनभने त्यतिबेला सर्ट बलमा हिटम्यानको औसत १४.७५ र टी–२० क्रिकेटमा यो औसत १४.३३ थियो। रोहितलाई पुल एण्ड हुक मन पर्छ र उसले यसबाट छिटो रन बनाउँछ, तर आउट पनि हुन्छ। न्युजिल्यान्डले रोहितको विकेट चाँडै पाएमा, दायाँ हाते ब्याट्सम्यानहरू विरुद्ध बायाँ-हाती स्पिन र छिटो बलरहरूबाट राम्रो लम्बाइ बलहरू मार्फत मध्य ओभरहरू नियन्त्रण गर्ने आशा गर्न सक्छ।
वीरगञ्ज, पर्सा, २५ कात्तिक
पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ । सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई तथा पुलिसले आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन् । आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबका अध्यक्ष सुबिन बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार १११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् । रासस