राधा लुइटेल,फिदिम, मङ्सिर १६ गते ।
प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबारबाट सुरु भएको गोल्डकपको उद्घाटन खेलमा पाँचथरले तेह्रथुमलाई २–० गोलले हरायो । आयोजक पाँचथरको जितमा शुक्रराज राईले र विशाल भण्डारीले गोल गर्नुभयो ।
मध्यान्तरअघि गोल रहित बराबरी खेलेपनि दोस्रो हाफमा पाँचथरले बाजी मारेको हो । विशाल म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । आइतबार डिएफसी मोरङ र रेडहर्स इलामबिच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका सचिव राजु राईले बताउनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठ टिमले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपियाँ पाउनेछन् । फाइनल खेल मङ्सिर २३ गते हुनेछ ।
काठमाडौं ।
राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको मृत्यु भएको छ ।
थापाको शुक्रबार राति हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
उनले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए ।
उनले घरेलु फुटबलमा न्युरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।
उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले २०७० सालमा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।
काठमाडौँ मंसिर १६,
— रिंकु सिंहको आक्रामक ४६ रन र अक्षर पटेलको स्पिन आक्रमणको मदतले भारतले शुक्रबार अस्ट्रेलियालाई चौथो ट्वान्टी-२० मा २० रनले हराउँदै पाँच खेलको सिरिज जितेको छ । यस जितसँगै भारत सिरिजमा ३–१ ले अगाडि रह्यो ।
पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । त्यसमा रिन्कुले २९ बलको मात्र सामना गरेका थिए । जवाफमा अस्ट्रेलियाले सात विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
अक्षरले १६ रन खर्चेर तीन विकेट लिए । यस्तै लेग स्पिनर रवि विश्नोइले आफ्नो पहिलो बलमै विकेट लिए । उनले त्यही विकेटसँगै १७ रन मात्र खर्चे । अब सिरिजको अन्तिम खेल आइतबार बेंगलुरुमा हुनेछ ।
२०८० मंसिर १३,काठमाडौँ ।
भारतले तेस्रो टी–२० क्रिकेट श्रृंखलामा अष्ट्रेलियासँग हार बेहोरेको छ । अष्ट्रेलिया गुवाहाटीमा मंगलबार राति सम्पन्न खेलमा ५ विकेटले विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ३ विकेटको क्षतिमा २२२ रन बनायो । ऋतुराज गाइकवाडले ५७ बलमा अविजित रहँदै १२३ रन बनाए । उनी अष्ट्रेलियाविरुद्ध टी–२० मा सर्वाधिक रन बनाउने पहिलो भारतीय हुन् ।
यसअघि सन् २०१६ मा विराट कोहलीले ५५ बलमा अविजित रहँदै ९० रन बनाएका थिए । सबै टिमविरुद्धको एकल सर्वाधिक स्कोर भने शुबमन गिलको नाममा रहेको छ । उनले सन् २०२३ मा न्यूजिल्याण्डविरुद्ध १२६ रन बनाएका थिए ।
यो मामलामा ऋतुराज दोस्रो खेलाडी भएका छन् । ऋतुराज टी–२० मा शतक बनाउने नवौँ भारतीय हुन् । यसअघि रोहित शर्माले ४, सूर्यकुमार यादवले ३ तथा केएल राहुलले २ शतक बनाइसकेका छन् । त्यस्तै सुरेश रैना, विराट कोहली, दीपक हुडा, यशस्वी जयसवाल र शुबमनले १–१ शतक बनाएका छन् ।
अष्ट्रेलियाका आरोन हार्डीले कीर्तिमानी ४ ओभरमा ६४ रन दिए । हार्डी भन्दा अगाडि भारतविरुद्ध यो रेकर्ड सिन एबटको नाममा रहेको थियो । पछिल्लो खेलमै उनले ३ ओभरमा ५६ रन दिएका थिए ।
जवाफमा अष्ट्रेलियाले २० ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित रहँदै १०४ रन बनाए । ट्राभिस हेडले १८ बलमा ३५ रन बनाए ।
म्याक्सवेलले भारतविरुद्ध सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले २१ खेलमा ५५४ रन बनाएका छन् । उनका नाममा दुई शतक र दुई अर्धशतक रहेको छ ।
यसअघि आरोन फिन्चले १८ खेलमा ५०० रन बनाएका थिए । टी–२० मा म्याक्सवेलले शतकमा रोहितको बराबरी गरेका छन् ।
रवि बिश्नोईले २ विकेट लिए ।
यो खेलपछि पाँच खेलको श्रृंखलामा २–१ को स्थितिमा पुगेको छ । भारतले यसअघि दुवै खेल जितेको थियो ।
तेस्रो खेलमा विजयी भएको भए भारतले टी–२० मा सर्वाधिक जित हासिल गर्ने रेकर्ड आफ्नो नाममा लेखाउने थियो ।
हाल भारत र पाकिस्तानले समान १३५ टी–२० जितेका छन् ।
चौथो खेल शुक्रबार रायपुरमा हुनेछ । हाम्रा कुरा
काठमाडौँ मंसिर ९,
— पोखरा थन्डर्सले शनिबार नेपाल सुपर लिग-२०२३ मा विजयी सुरुआत गरेको छ । मोसेस ग्याबाहको निर्णायक गोलको मद्दतले पोखराले चितवन एफसीलाई १–० ले हराएको हो ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा ग्याबाहले ७१ औं मिनेटमा गोल गरे । गोलरहित बराबरीपछि पेनाल्टी एरियामा पाएको सुन्दर पासको सदुपयोग गर्दै उनले निर्णायक गोल गरेका हुन् ।
यो जितपछि पोखराको पहिलो खेलबाट ३ अंक भएको छ । चितवन भने शून्य अंकमै रह्यो । शनिबारकै अर्को खेलमा ललितपुर सिटी एफसी र बुटवल–लुम्बिनी खेल्नेछन् ।
८ मंसिर
पोखरामा जारी केपी ओली कप टी–२० प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ ।
शुक्रबार भएको खेलमा एपिएफले दिएको १ सय २ रनको लक्ष्य गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मुस्कान थापा, दिनेश बुढामगरले २५/२५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए ।
एपिएफका अभिनाश बोहराले दुई, इर्शद अहमद, अमर रौटेला र अरुण ऐरीले एक/एक विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १८.४ ओभरमा १ सय १ रनमै अलआउट भयो ।
उसका लागि कप्तान प्रदीप ऐरीले २०, भुवन कार्की, सुमित महर्जनले १४/१४ आसिफ शेख र लोकेश बमले १२/१२ रन बनाए ।
८ मंसिर २०८०,काठमाडौं।
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा बागमतीले कर्णालीलाई ९० रनले पराजित गरेको हो।बागमती सेमिफाइनलमा यससँगै बागमती सेमिफाइनलमा पुगेको हो।
१९० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली १७.३ ओभरमा ९९ रनमा अलआउट भयो। कर्णालीको लागि अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन जोडे। बागमतीको लागि सन्दीप लामिछानेले ४, दिपेश श्रेष्ठले २ तथा प्रतिस जिसी, रिजन ढकाल, सुबास खत्री, ईशान पान्डेले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनायो। बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए। ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे। कर्णालीको लागि दिनेश अधिकारीले ३ तथा अनुज चनारा र दिवान पुनले १–१ विकेट लिए। नेपाल भ्युज
काठमाडौँ ८ मंसिर,
– भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए ।
यो जितपछि भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका रहेको छ ।
७ मंसिर २०८०
कास्की – पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी शुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रनमा अलआउट भयो ।
एकेडेमी ‘रेड’ का लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३–१३ रन बनाए । सन्तोष यादवले १२ रन बनाउँदा निर्मल थापाले १० रन बनाए ।
काठमाडौं, ३० कार्तिक ।
दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ ।
आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको हो ।
इडेन गार्डेन कोलकातामा टेम्बा बभुमालेमा हुने खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजे पछि खेल थप रोचक हुने बताइएको छ ।
पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार पछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल टिम हो । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।