काठमाडौं, साउन ७ ।
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ ।
गत मंगलबार देखी सुरू भएको बैठक आज पनि जारी रहने छ ।
शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा बस्नेछ ।
गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ आफनो धारणा राखेको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
उनका अनुसार अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा। आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।
आज बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
काठमाडौं, साउन ६ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो ।
पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निर्णयको निरन्तरतामा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी खटाउन ेछन् । मन्त्री मोदी आउनुअघि झण्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । मन्त्री मोदीले यो संख्या १ सय ४२ मा झारेका थिए ।
बैठकको निर्णयमा भनिएको छ, “स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानून बमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाई कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने ।”
यसैगरी बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुन बमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहहरुको वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलता प्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।
बैठकमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले मन्त्रालयले सबै क्षेत्रमा उल्लेख्य सुधारका कामहरु गरिरहेको बताए ।
त्यस्तै मन्त्री मोदीले पदमा रहुन्जेलसम्म इमानदारिता पूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको उल्लेख्य सुधार मार्फत सुशासन कायम गर्ने आफ्नो प्राथमिकतामा सबैले साथ दिन आवश्यक रहेको समेत औल्याएका छन् ।
बैठकमा मन्त्रालयका सहसचिवहरु, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुले आआफ्नो कार्यालयबाट भइरहेको कामको प्रगतिसहित आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।
जनकपुर,साउन ०६ गते ।
दलित कार्यपालिका सदस्य र अगुवाहरुको प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा दलित अधिकार संरक्षणमा दलित आयोग र दलित भातृ संगठनको भुमिका विषय विशेष छलफल भएको थियो। छलफलको क्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले मधेस प्रदेशका दलितको हितका लागि सरकार समक्ष दुईवटा महत्वपूर्ण प्रस्ताव राखेको बताएका छन् ।
मधेस प्रदेशको मानव विकास सूचकाङ्क कर्णाली प्रदेशको भन्दा पनि कम भएकाले यहाँका दलित समुदायलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्न ध्यानाकर्षण गराएको जानकारी गराएका छन्।
त्यसैगरी मधेसमा बाढी, आगलागी र चिसोका कारण दलित समुदाय एकदमै सताइएकाले उनीहरूका समस्या समाधान गर्न पनि प्रभावकारी भूमिका निर्वाह गर्न प्रस्ताव गरेको उनले बताए ।
दलित अधिकार मञ्च, नेपालले जनकपुरमा आयोजना गरेको ’दलित अधिकार सबैको सरोकार’ विषयमा केन्द्रित भइ विभिन्न विषयमा आयोजित ३ दिने कार्यक्रमका क्रममा विश्वकर्माले यस्तो जानकारी दिएका हुन ।
त्यसैगरी उनले राष्ट्रिय दलित आयोगले उठाउनुपर्ने विषयमा घच्घाइरहन मधेसीवासीसँग अनुरोध पनि गर्दै अध्यक्ष विश्वकरले आयोग मधेसी दलितका पीडामा मलमलगाउन हातेमालो गरेर अघि बढ्न त्यार रहेको बताउनुभयो ।
त्यसैगरि सो कार्यक्रमको आयोजक संस्था दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले मधेसमा अहिले पनि दलितलाई हेर्ने नजरमा समस्या भएकाले छलफल गरी एउटा निष्कर्षमा पुग्नका लागि यस्तो कार्यक्रम आवश्यक भएको बताए।
उनले यो कार्यक्रमको मुख्य उद्देश्य विभिन्न दलसँग सम्बन्धित मधेस प्रदेशस्तरीय समितिका प्रमुखहरू,भातृसङ्गठनका प्रमुखहरू र अगुवाहरू एकै थलोमा भेला भइ दलितका समस्या समाधानमा लागिपरुन् भन्ने भएको उल्लेख गरे ।
दलित अधिकारका लागि भएका व्यवस्था,कानुनी विषय तथा विभेद निमिट्यान्न पार्ने उपायहरूबारे छलफल गरी दबाब दिने, पीडकलाई कानुनी दायरामा ल्याउने तथा दलितमाथिका उत्पीडन समाधान गर्न यस्तो थलो उपयोगी हुने उनको धारणा थियो ।

कार्यक्रममा दलित अगुवा मुन्नी दासले पीडामा परेका दलितहरूको पीडा मर्का राख्ने पोख्ने चौतारी उपलब्ध गराउँछ दलित सरोकार मञ्चले भन्दै त्यसैले यो कार्यक्रम निकै प्रसंशनीय भएको बताइन् । दलितहरू विभिन्न दलका भातृ सङ्गठनमा छन् तर उनीहरू कहिल्यै पनि दलितका कुरा आफ्नो दलमा उठाउन्नन् भन्दै उनले कुनै पनि दलले दलितलाई अघि बढाउन नचाहेको उल्लेख गरिन् ।
कार्यक्रममा दलित कार्यपालिका सदस्यहरूको सञ्जालका सजिना बिक, पुनमदेवी राम, सन्तबहादुर बिक, सुमित्रादेवी दास, राजेश सक्सेना, टीका विश्वकर्मा र अशोक रामले एक वर्षे अवधिमा दलित समुदायका कार्यपालिका सदस्यहरूले भोगेका अनुभव, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए ।
त्यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यपालिका सदस्य शिवशङ्कर रामले आफूहरूले आफ्नो पालिकामा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गर्न तथा त्यसका लागि बजेट छुट्याउन र अन्य काम गर्न गर्नुपरेको सङ्घर्ष सुनाएका थिए । उनको भनाइ थियो– गर्न चाह्यो र बुझेर अघि बढ्यो भने कार्यपालिका सदस्यले पनि धेरै काम गर्न सक्छ ।
उक्त कार्यक्रममा पूर्वप्रदेश सभा सदस्य चमेलीदेवी दास, नेपाल उत्पीडित जातीय मुक्ति समाजका पञ्चदेव खङ्ग, समाजवादी दलित मुक्ति सङ्गठनका रामो महरा, नेपाल दलित मुक्ति मोर्चाका लवकुश बैठा, नेपाल दलित सङ्घका रामऐकवाल पासवान, नेपाल दलित मुक्ति सङ्गठनका रामाशीष दास, दलित सङ्घका श्यामपरी पासवान, दलित अभियन्ता चन्देश्वर दास, समाजवादी प्रेस सङ्गठनका वृजलाल पासवान, बहुजन एकता पार्टीका राजाराम पासवान, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका विनोद महरालगायतले आआफ्ना दलले दलितका लागि गरेका काम उल्लेख गरेका थिए ।
उनीहरूमध्ये प्राय को निष्कर्ष थियो कि दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि सबै दलित समुदाय दल भन्दा माथि उठ्नु आवश्यक छ ।
कार्यक्रममा पत्रकार रघुनाथ लामिछानेले ‘दलित कार्यपालिका सदस्य व्यवस्था र अवस्था’ विषयमा प्रस्तुतीकरण गरेका थिए । स्वागत भाषण सुनिल सरबरियाले गरेका थिए ।कार्यक्रम साउन ६, ७ र ८ तीन दिन चल्ने मञ्चका कार्यकारी निर्देशक भोला पासवानले जानकारी दिए ।

सागर ठाकुर,मौलापुर,साउन ०५ गते ।
मौलापुरको पथरामा विवादित रहेकोे सडक विस्तार भएको छ । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित संघिय सांसद समेत रहेका प्रभु साह आफ्नो गृह नगरपालिका अन्तर्गत पर्ने मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराम बौधा सडक विस्तार गराएका हुन् ।

आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए । केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थिए तर त्यो विवाद सांसद साहको पहल कदमीमा सम्पन्न भएको नगर प्रमुख रिना कुमारी साहले बताएकी हुन् ।
त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । विवादित संरचना भत्काई सडक विस्तारको काम भएको नगर प्रमुख साहले बताए । नगर प्रमुख साह संगै उप प्रमुख नागेन्द्र यादवको उपस्थित समेत रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,साउन ०५ गते ।
रौतहटको राजपुर नगरपालिकाको एउटा वडामा एउटै छत मुनि दुइ वटा सेवा प्रवाह हुने भएको छ । जनताको प्रत्येक कामको सेवा प्रवाह एउटै छत मुनिबाट प्रदान हुने भएको छ । सो नगरपालिकाका नगर प्रमुख डा.मो.राजीक आलमले आज नव निर्मित भवनको समुद्धघाटन गर्नु भएको हो

राजपुर नगरपालिका वडा नम्बर ६ को जनताहरुको सहुलियत तरिकाले सिफारिस देखि स्वास्थ्यको सम्पुर्ण कामकाज एउटै छतमुनीबाट सेवा प्रवाह हुने उदेश्यले उक्त भवन निर्माण गरि आज देखि सञ्चालानमा ल्याएका हुन् ।
नव निर्मित भवनमा ६ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकी समेत सञ्चालन हुने कुरा नगर प्रमुख डा.मो.आलाम, नगर उपप्रमुख जमिला असगरी र प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरको भनाइ रहेको छ । सो भवन वडा स्तरीय योजना बाट आ.व.२०७९।८० मा निर्माण पश्चात शुक्रवार उद्धघाटन गरिएको हो ।

पवन घिमिरे,चन्द्रपुर साउन ०५ गते ।
रौतहट स्थित चन्द्रपुर नगरपालिका ८ मेनुका सिमसार प्राथमिक बिद्यालयमा शुक्रवार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ । उक्त बिधालयमा अध्ययन गर्ने ८० जना बिधार्थीहरुलाई सोही बिद्यालयकी प्रधानाध्यापक गोमा तिमल्सिनाले निजि खर्चमा करिब बिस हजार बराबरको बिद्यालय पोशाक बितरण गर्नु भएको हो ।
पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र कक्षा संचालन हुने समयलाई ध्यानमा राखी बिद्यालय सुचारु हुँदा सबै बिद्यार्थी स्कुलको पोशाकमा आउन भन्ने उदेश्यका साथ आफुले बिद्यार्थीलाई पोशाक बितर्ण गरेको प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।
बिद्यार्थीलाई पोशाक वितरण बारे आफ्नो धारणा राख्नु हुँदै बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिद्या सापकोटाल यस्ता कार्य बाट बिद्यार्थी , अभिभावकको मनोबल उच्च हुने हुँदा उनीहरुमा थप प्रोत्साहन मिल्ने भन्दै प्रधानाध्यापक गोमा तिमल्सिनालाइ धन्यवाद समेत दिनुभइ आफुले पनि यस कार्यमा समन्वय गरेको उल्लेख गर्नुभयो ।
पोशाक लिनका लागि मेनुका सिमसार बिद्यालय पुगेका बिधार्थीका अभिभावकले समेत खुसी ब्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बिद्यालय जग्गादाता वसन्त सापकोटा सहित शिक्षक , बिधार्थी , अभिभावक गरि सयौंको उपस्थित रहेको शिक्षक शेख जैहर अलिले जानकारी दिनुभयो ।
रौतहट,साउन ५ गते
सरकारले आलु र प्याजमा लगाईएको कर हटाउनु पर्ने आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले बताएका छन् । गृह जिल्ला रौतहटको बौद्धीमाई नगरपालिका–८ मा आयोजित आईटी आर्मीको दोस्रो बार्षिक उत्सवको अवसरमा नव निर्मित भवनको समुदघाटन तथा वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले देशमा आम जनता लचार र ठुल्ला दलका नेताहरु शासक भएको आरोप लगाउनु भयो ।
जनताहरुले ठुलो आशा र भरोसा गरि देशमा ल्याएको लोकतन्त्र दलतन्त्रमा परिणत भएको बताउँदै आजपाको उदय भएको बताए । सांसद साहले अहिलेको अवस्थामा दल शासक र जनता शासित भएको र भुठि भरी मान्छेले देशमा राजगरिरहेको बताउनु भयो ।
देशमा अहिले पहुच र संख्याको अधारमा केन्द्रमा भागवण्डा भईरहेको भन्दै त्यस्ता भागवण्डाको राजनीतिक अन्तय गर्नुको बिक्लप नरहेको बताउनु भयो । जयराम दासको अध्यक्षतामा भएको कार्यक्रममा आम जनता पार्टीका रौतहट ईन्चार्ज त्रिभुवन साह,केन्द्रीय सदस्य श्री भगवान पटेल,दलित मोर्चाका केन्द्रीय अध्यक्ष चन्देश्वर साह,गौर हत्याकाण्डका पिडित संघर्ष समितिका संयोजक रुपसागर देवी दुवै वडाका अध्यक्ष र स्थानीयहरुको रोहवरमा कार्यक्रम सहभागीता रहेको थियोे ।
बज्जिकाञ्चल,रौतहट,साउन ०५ गते
नेपाली सेना विरदल गण रौतहटले द्वारा वृक्षारोपण गरेको छ । पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ जिल्ला सदरमुकाम गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन् ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन् ।

विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो ।
वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,साउन ०५ गते ।
रौतहट । रौतहटको सिमानाका बाट भारती कुखुराको तस्करी भईरहेको पाईएको छ । भारती कुखुराको तस्करी बढ्दा नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् ।
भारतबाट नेपाल भित्र्याउन रोक लगाईए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको छ । नेपाल भन्दा भारती बजारमा कुखुरा सस्ता पर्छ । त्यहाँको कुखुरा नेपाली बजार अहिले छ्यापछ्याप्ती पाईरहेको छ । जसकारण नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन सकेको छैन् ।
जिल्लाको दक्षिणी भेग बौधीमाई,राजपुर लगायतका सिमानाकामा प्रहरीको निगरानी कम हुँदा भारतीय कुखुराको तस्करी बढेको छ । भारतीय कुखुराहरू अवैध रुपमा नेपाली बजार सम्म पुग्दा नेपाली कुखुराको मासु बिक्रीमा कमी भएको छ भने भारती कुखुराको मासु बिक्री वितरणमा वृद्धि भएको छ ।
जिल्लाको फतुवा बिजयपुर २ शितलपुर एक कुखुरा उत्पादक किसान भन्छन् नेपालमा भारतीय कुखुरा खुलेआम रूपमा प्रवेश पाउँदा मैले उत्पादन गरेको करिब ८ सय कुखुरा फार्ममै यस्तै बसिरहेको छ । बिक्री हुन सकेको छैन् । दैनिक लाखौं मूल्य बराबरको दाना खुवाउनु परेको छ ।
सीमानकामा प्रहरी तैनाथ छ । तैपनी कुखुरा तस्करी भइरहको छ । यस प्रति किसानहरुले गुणासो गरेका छन् । यस विषयमा कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष हरिशंकर साह भन्छन् हामी पटक पटक जिल्लाको सुरक्षा निकायको प्रमुखहरु सँग भारतीय कुखुरा प्रवेशमा रोक लगाउन आग्रह गरे पनि कुनै सुनवाइ हुन नसकेको गुणासो गरे । यती आग्रह गर्दा पनि कुखुरा तस्करी रुकन सकेको छैन् । जिल्लाको बंकुल देखि बेलविछवा सम्म खुलेआम रुपमा भारतीय कुखुराको तस्करी हुने गरेको साहको दाबी छ ।
हनुमत कुमार यादव,गाैर,साउन ०४ गते ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा न . ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवाले आज दिवा खाजा तथा छात्रवृति वितरण गरेकाे छ । बालविकास र कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु लाई दिवा खाजा वापतको रकम र कक्षा १ देखि १२ सम्म छात्रहरु लाई छात्रवृति वापतको रकम वितरण गरिएको छ । जिल्लाकै अबल स्थान प्राप्त गर्ने तर्फ अग्रसर रहेको २०१७ सालमा स्थापित भएको यो विधालयले अहिले धेरै बिकसित र गुणस्तरीय बनेकाे छ ।

यो नमुना मा. वि. मा क्षमताको अनुपात विद्यार्थी बढी रहेको छन् । यहाँ दरबन्दी अनुपातको शिक्षक न रहेकोले अधयं अध्यापनमा समस्या पनि भई रहेको प्रध्यानाध्यापक रवि शंकर यादवको भनाई रहेको छ । विधालयमा क्षमता भन्दा बढी विद्यार्थी भएको करण तोकिएको समय भित्र खाजा बनाई खुवाउने सम्भव न रहेकोले सो बापतको रकम बितरण गरिएको विधालय वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।
नगरपालिकाले निकासा दिनमा ढिलाई गरेकोले दिवा खाजा तथा छात्रवृति वितरणमा समय लागेको समेत उनले बताए । साथै स्थानीय सरकार नगरपालिकाको साथ सहयो आवसयक रहेको र समय समयमा छड्के अनुगमन पनि जरुरि देखिएको बताए । विद्यालय प्राङ्गणमामै आयोजना गरिएको सो कार्यक्रममा वडा अध्यक्ष विजय संकर प्रसाद यादव , वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादव, सविधान सभा सदस्य रम्भा देवी, वडा न ८ का वडा अध्यक्ष , समाजसेवी राम बशिष्ठ यादव , प्रध्यानाध्यापक रवि शंकर यादव सहित विधालय शिक्षक शिक्षिका,विद्यार्थीहरु अभिभावक लगायत गाउका भाद्र्भालाआद्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उध्घोसन शिक्षक टेकनाथ खतिवडाले गर्नु भएको थियो ।