२०८३ भाद्र २
२०८३ भाद्र २

 

काठमाडौ, १० साउन ।

नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

मुम्बइ, १० साउन ।

टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् ।

 

एकै समयमा धेरैले केहि महिना भित्र अफ एयरमा जान्छन्। तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५ वर्षदेखि मनोरञ्जन दिइरहेका छन्।

 

जहाँ यो लिस्टमा धेरै फ्यानहरुले तारक मेहताका ‘उल्टा चश्मा’को नाम लिने गरेका छन् । तारक मेहताको यो टिभी शो सुरु भएको १५ वर्ष भइसक्यो तर अधिकांश एपिसोडको हिसाबले टिभीको लोकप्रिय सिरियलले यसलाई पछाडि छोडेको छ ।

 

टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’, ‘एक सोप ओपेरा’ हो, जुन १२ जनवरी २००९ मा स्टार प्लसमा सुरु भएको थियो। अक्षरा र नैतिकका पात्रहरूबाट सुरु भएको थियो, जुन अहिले उनकी नातिनी अक्षरा र उनका पूर्व पति अभिमन्युको वरिपरि घुमिरहेको छ । योसँगै यो शोको हालसम्म ४ हजार १३७ एपिसोड आएका छन् र यो टिभीमा चलिरहेको छ ।

 

दोस्रो नम्बरमा तारक मेहताको ‘उल्टा चश्मा’ छ, जुन सोनी सबको सिटकम हो। यसको कथा जेठालाल र उनको छिमेकी अर्थात् गोकुलधामका बासिन्दाहरूको कथामा आधारित छ।  २८ जुलाई २००८ मा सुरु भएको यो सिरियलको अहिलेसम्म ३ हजार ८३१ एपिसोडहरू निमार्ण भईसकेका छन् र अझै पनि दर्शकहरूको नम्बर एक शोको रूपमा चलिरहेको छ।

 

तेस्रो सिरियल हो, ‘कुमकुम भाग्य’ । जसले २ हजार ४९१ एपिसोड पूरा गरिसकेको छ । यो १५ अप्रिल २०१४ मा लन्च भएको थियो, जसमा प्रज्ञा र अभिको कथा देख्न पाइन्छ । यद्यपि यो कथा अहिले अगाडि बढेको छ र मुख्य पात्रले शोलाई अलविदा गरिसकेका छन्।

चौथो सिरियल हो– ‘बालिका वधु’  । जसको २२४८ एपिसोड थिए । जुन कलर्स टिभीको यो सिरियल २१ जुलाई २००८ मा सुरु भई ३१ जुलाई २०१६ मा समाप्त भएको थियो ।

पाँचौं सिरियल एन्ड टिभीको ‘भाभीजी घर पर है’  । यो सिरियलले २ हजार ११९ एपिसोड पूरा गरेको थियो, जुन २ मार्च २०१५ मा सुरु भएको थियो।

 

काबुल, १० साउन ।

तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ ।

तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन् ।

उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । ‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका छैनन् । हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं। हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिनुहोस्,’ उनले भने ।

आतंकवादी संगठन अलकायदासँग लड्न अमेरिकालाई सहयोग गर्ने प्रश्नमा मुजाहिदले भने कि यो अफगानिस्तानमा छैन। उनले भने कि अल कायदा अफगानिस्तानमा अवस्थित छैन, अन्यथा तिनीहरू कोसँग लड्ने छन्।

उनले अमेरिका बारम्बार आफ्नो आकाशमा घुसपैठ गरिरहेकोसमेत आरोप लगाएका छन । ‘अब उनीहरूले यो काम रोक्नु पर्छ’ उनले भने ।

‘अफगानिस्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र अफगानिस्तानविरुद्ध कुनै पनि देशको भूमि प्रयोग गर्न नहुने बारम्बार भनिँदै आएको छ’, मुजाहिदले भने, ‘तर अमेरिकाले मानेको छैन।’

मुजाहिदले अगाडी भने, ‘अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न र उनीहरुको चासो सुन्न तयार छ ।’ साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन्  ।

 

आरएन पटेल , साउन ०९ गते

बौधिमाई (३ मटिअर्वामा ट्रेक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु भएको छ ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने बेला बेलुका करिब ६स्३० बजेको समयमा बौधीमाई नपा ३ मटिअर्वा बस्ने मोतिलाल बैठाको प्रदेश नं २ (०३(००१ त ( ४३९ नम्बरको इन्दोफार्म

ट्राक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रेक्टर चालक बौधिमाई नपा (३ मटिअर्वा बस्ने विरेन्द्र प्रसाद पटेलको अन्दाजी १५ वर्षिय छोरा उधव पटेल रहेको खबर प्राप्त भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियालाई जानकारी गराई सकेको स्थानीयहरूले बताएका छन।

 

काठमाडौं, ९ साउन ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तसर्थ यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

काठमाडौ, ८ साउन ।

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।

 

आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

सोमबार सेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् ।

 

यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

 

काठमाडौं, ८ साउन ।

नेपाली खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ओलम्पियन गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् ।

 

उनले  निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् । कुल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् । यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो ।

 

उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।

 

काठमाडौं, ८ साउन ।

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

 

काठमाडाैं, ८ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ  परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ  बस्ने २० वर्षीया अनिता राना र निजका श्रीमान् २४ वर्षीय अन्तराम राना रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

बर्दियाकाे गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित मधुबन नगरपालिका-८ लालीबजार बस्ने २१ वर्षीय अनिश थापा मगरलाई प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भे.७ प ६२४८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

चितवनकाे राप्ती नगरपालिका-११ आपपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने ३० वर्षीय सुदिप घलान र सोही ठाउँ बस्ने २० वर्षीय जित बहादुर थिङ रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रदेश २-०३-०१ प १५७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

डडेल्धुरा, अमरगढी नगतरपालिका-१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित भारत पिलिभित मोहल्ला गाउँ बस्ने २४ वर्षीय मुन्ना खानलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको जिप मर्मत गर्ने कोठाबाट उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

 

 

बुटवल, ८ साउन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।

 

सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् ।
यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ ।

सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उनले दोषी जोसुकैलाई कारबाही गरिने बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।