२०८३ असार १२
२०८३ असार १२
आरके श्रीवास्तव,रौतहट,१४ गते साउन ।
रौतहटमा धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन् । जिल्लाकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ निवासी रामअयाेध्या रामकाे छाेरा वर्षा २६ काे युवक शम्भु राम धारिलो हतियार प्रहारबाट घाइते भएका छन् ।
शनिबार बेलुका ६:३० बजेतिर पुरानो रिसइवीको कारण राम माथि धारिलो हतियार प्रहार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाका प्रहरी निरिक्षक अरविन्द कुमार साहले जानकारी गराउनु भयाे । धारिलो हतियार प्रहार गर्ने स्थानीय सदरे आलम प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी गराए । रामकाे दायाँ कोखमा हतियार प्रहार गरिएको छ ।
घाइते रामकाे उपचार नेशनल हस्पिटल विजयपुरमा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी गराएकाे छ । माेहरम(दाहा) पर्व मनाउने क्रममा दुबै जना बिच विवाद भएको प्रहरीले जनाएको छ ।

 

आरके श्रीवास्तव,रौतहट, १३ गते साउन ।

पछिल्लो समय गौर हत्याकाण्डको विषयलाइ लिएर रौतहट तातेको छ । गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले आज(शनिवार)देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा अनिश्चतकालीन धर्ना दिएका हुन् । आम जनता पार्टीको सहयोगमा उनीहरुले आजबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हो । ‘

आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहट तातेको छ । ज्ञापनपत्र बुझाउने,धर्ना,प्रर्दशन गर्ने जस्ता कामहरु भइरहेको छ । २०६३ चैत्र ७ गते जिल्ला सदरमुकाम गौरमा राइस मिलमा आयोजित सभालाइ विथोलन खोजदा हिंसात्मक घटना घटेको थियो । उक्त घटनामा २८ जना मारिएका थिए । त्यही घटनाको विषयलाइ लिएर आजपाले गत हप्ता जसपा अध्यक्ष उपेन्द्र यादवलाइ पक्राउ गरी कार्यवाही गर्न प्रर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप बुभाएका थिए ।

लगतै रौतहट सरदमुकाम गौरमा ६ दलले काउण्टर गर्दै शक्ति प्रर्दशन गरेको थियो । सर्वदलिय/सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको थियो । गत हप्ता आम जनता पार्टी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष यादवको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

त्यस्कै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको आरोप लगाउँदै सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गरेका थिए । मोर्चाले पनि सिडियो कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

माओवादी र जनमत पार्टीले छोडयो सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिको साथ गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र र जनमत पार्टी बिभाजित भएको छ । उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी र जनमत पार्टी बिभाजित भएको हो । जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रष्टा पारेका छन् ।

ती दुवै पार्टीले आम जनसमुदाय, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध समेत गरेका छन् । त्यस्तै जनमत पार्टीका जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको स्पष्ट पारेका छन् ।

दुइ दलले सर्वदलिय/सर्वपक्षिय संघर्ष समितिको साथ छोडे पछि अब उनीहरुको साथमा नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोसपा र एकिकृत समाजवादी पार्टी रहेको छ । स्रोतका अनुसार आम जनता पार्टीले गौर हत्याकाण्ड पिडित संघर्ष समितिको ब्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सो समितिको ब्यानरमा भोलीबाट आम जनता पार्टीले जिल्लामा मोटरसाईकल रैली तथा जिल्ला बन्दको आवहान समेत गरेको छ ।

 

मञ्जय राम,कटहरिया,साउन १३ गते ।

आज बिहानै देखि राैतहट सहित देशकाे विभिन्न स्थानमा पार्नी परिरहेकाे छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियाे ।

हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी,

बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन १३ गते ।
रौतहट । फतुवा बिजयपुर नगरपालिकाको केन्द्र रुपमा रहेको बिजयपुरमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित बिजयपुर बजारमा वृक्षारोपण गरिएको छ । बिजयपुर बजार व्यवस्थापन समितिले इप्रका देखि स्कूल सम्म वृक्षारोपण कार्यक्रम गरेको छ ।

बिजयपुरलाइ हराभरा बनाउनुको साथै वातावरण र पर्यावरण जोगाउन मदत पुगोस् भन्ने उद्देश्यले बजार व्यवस्थापन समितिले सो क्षेत्रमा ५०।६० वटा सोप्लानटको वृक्षारोपण गरेको हो । यसरी वृक्षारोपण कार्यले पर्यावरण जोगाउन सहयोग पुग्ने बिजयपुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष अबरारुल हकले बताउनु भयो ।

थोरै लगानीकामा भएपनि जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनका लागि आफूहरुले वृक्षारोपण कार्यको थालनी गरेको बताए । अब उपरान्त जनप्रतिनिधीहरुको यस तर्फ ध्यान जाओस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।
ड्राममा माटो भरेर त्यसै भित्र बृक्षारोपण भएको उनले जानकारी गराए ।बजारलाई शाैन्दर्यीकरण गर्नका लागि ड्राममा राख्दा यसलाइ पछि पनि उचित स्थानमा व्यवस्थापन गर्न सक्ने हिसाब विरुवा रोपिएको उनले बताए ।

वृक्षारोपण गरेर यसलाइ संरक्षण गरि नमुनायोग्य काम गरेर देखाउने हकले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय बिजयपुरका इन्चार्ज प्रहरी निरिक्षक अरविन्द कुमार साह,सशस्त्र प्रहरी बल बिजयपुर बेश क्याम्पका इन्चार्ज राजेस आचार्य , शिक्षक संघका नगर अध्यक्ष राधेश्याम प्रसाद यादव, बिजयपुर बजार ब्यवस्थापन समितीका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।

 

 

आरके श्रीवास्तव,रौतहट,१२ गते साउन 

मुस्लिम समुदायलाई मोहरम पर्व शान्तिपूर्ण,मर्यादित,व्यवस्थित र सुरक्षित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। कार्यालयले सूचना निकालेर जिल्लामा वर्षौं देखि विभिन्न धर्म सम्प्रदाय समुदायले मनाउने पर्वहरु शान्तिपूर्ण र हर्षेउल्लासका साथ मनाउदै आएकोले यो पर्व पनि शान्तिपूर्ण मनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्धारा हस्ताक्षरित सूचनाको पालना गरिदिन मुस्लिम धर्मावलम्बीहरुसँग आग्रह गरिएको छ। मोहरम पर्व मनाउने सिलसिलामा पर्वको नाममा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार खुकुरी,तलवार,भाला,फर्सा प्रर्दशन नगर्न,नगराउन जिल्ला प्रशासन कार्यालले अनुरोध गरेको छ ।

साथै सो सूचनाका अवज्ञा गरि जिल्लाको शान्ति सुरक्षालाइ विथाेल्ने कुनै पनि अवाञ्छित र गैर कानुनी कार्या गरेको पाइएमा प्रचलित कानून कमोजिम कारवाही गर्ने व्यहोरा जानकारी समेत गराइएको छ ।

 

 

काठमाडौं, १० साउन ।

लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।

माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो । नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

 

अर्घाखाँची, १० साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसालले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्।

आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरेलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । गत निर्वाचनकाे खर्च विवरण अर्घाखाँची जिल्लामा सबैभन्दा पहिला आफूले बुझाएकाे भुसालले दावी गरे । “अझ खर्च विवरण फेसबुकमार्फत् सार्वजनिक गर्ने त म अर्घाखाँचीकाे एकमात्र उम्मेद्वार हुँ,” भुसालले भने ।

न्युज कारखानासँग कुरा गर्दै भुसालले अर्घाखाँची जिल्लामा मतगणाना सकिएकै दिन खर्च विवरण बुझाउनुका साथै फेसबुकबाट सार्वजनिकसमेत गरेकाे बताए ।

“अर्घाखाँचीमा मंसिर ८ गते मतगणना सकियाे, साेही दिन नै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर निर्वाचन कार्यालयका कर्मचारीहरुलाई खर्च विवरण बुझाएकाे हुँ । भुसालले भने, “ साेही दिन नै सामाजिक संजाल मार्फत समेत खर्च विवरण सार्वजनिक समेत गरेकाे थिएँ । ”

खर्च विवरण फेसबुकबाट सार्वजनिक गरे लगत्तै नेता भुसालकाे फेसवुक एकाउन्ट ह्याक भएकाे थियाे । “८ गते फेसवुकबाटै खर्च विवरण समेत सार्वजनिक गरेकाे थिएँ ।” भुसालले भने “खर्च विवरण सार्वजनिक गरेकै दिन मेराे फेसबुक ह्याक भएकाे थियाे ।”

गत निर्वाचनमा भुसाल अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। अर्घाखाँचीबाट एमाले नेता टाेपबहादुर रायमाझी निर्वाचित हुँदा भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले निर्धारित मितिमा खर्च विवरण सार्वजनिक नगरेको भन्दै बहालावाला तीन मन्त्री सहित प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

 

काठमाडौ, १० साउन ।

नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

मुम्बइ, १० साउन ।

टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् ।

 

एकै समयमा धेरैले केहि महिना भित्र अफ एयरमा जान्छन्। तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५ वर्षदेखि मनोरञ्जन दिइरहेका छन्।

 

जहाँ यो लिस्टमा धेरै फ्यानहरुले तारक मेहताका ‘उल्टा चश्मा’को नाम लिने गरेका छन् । तारक मेहताको यो टिभी शो सुरु भएको १५ वर्ष भइसक्यो तर अधिकांश एपिसोडको हिसाबले टिभीको लोकप्रिय सिरियलले यसलाई पछाडि छोडेको छ ।

 

टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’, ‘एक सोप ओपेरा’ हो, जुन १२ जनवरी २००९ मा स्टार प्लसमा सुरु भएको थियो। अक्षरा र नैतिकका पात्रहरूबाट सुरु भएको थियो, जुन अहिले उनकी नातिनी अक्षरा र उनका पूर्व पति अभिमन्युको वरिपरि घुमिरहेको छ । योसँगै यो शोको हालसम्म ४ हजार १३७ एपिसोड आएका छन् र यो टिभीमा चलिरहेको छ ।

 

दोस्रो नम्बरमा तारक मेहताको ‘उल्टा चश्मा’ छ, जुन सोनी सबको सिटकम हो। यसको कथा जेठालाल र उनको छिमेकी अर्थात् गोकुलधामका बासिन्दाहरूको कथामा आधारित छ।  २८ जुलाई २००८ मा सुरु भएको यो सिरियलको अहिलेसम्म ३ हजार ८३१ एपिसोडहरू निमार्ण भईसकेका छन् र अझै पनि दर्शकहरूको नम्बर एक शोको रूपमा चलिरहेको छ।

 

तेस्रो सिरियल हो, ‘कुमकुम भाग्य’ । जसले २ हजार ४९१ एपिसोड पूरा गरिसकेको छ । यो १५ अप्रिल २०१४ मा लन्च भएको थियो, जसमा प्रज्ञा र अभिको कथा देख्न पाइन्छ । यद्यपि यो कथा अहिले अगाडि बढेको छ र मुख्य पात्रले शोलाई अलविदा गरिसकेका छन्।

चौथो सिरियल हो– ‘बालिका वधु’  । जसको २२४८ एपिसोड थिए । जुन कलर्स टिभीको यो सिरियल २१ जुलाई २००८ मा सुरु भई ३१ जुलाई २०१६ मा समाप्त भएको थियो ।

पाँचौं सिरियल एन्ड टिभीको ‘भाभीजी घर पर है’  । यो सिरियलले २ हजार ११९ एपिसोड पूरा गरेको थियो, जुन २ मार्च २०१५ मा सुरु भएको थियो।

 

काबुल, १० साउन ।

तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ ।

तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन् ।

उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । ‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका छैनन् । हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं। हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिनुहोस्,’ उनले भने ।

आतंकवादी संगठन अलकायदासँग लड्न अमेरिकालाई सहयोग गर्ने प्रश्नमा मुजाहिदले भने कि यो अफगानिस्तानमा छैन। उनले भने कि अल कायदा अफगानिस्तानमा अवस्थित छैन, अन्यथा तिनीहरू कोसँग लड्ने छन्।

उनले अमेरिका बारम्बार आफ्नो आकाशमा घुसपैठ गरिरहेकोसमेत आरोप लगाएका छन । ‘अब उनीहरूले यो काम रोक्नु पर्छ’ उनले भने ।

‘अफगानिस्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र अफगानिस्तानविरुद्ध कुनै पनि देशको भूमि प्रयोग गर्न नहुने बारम्बार भनिँदै आएको छ’, मुजाहिदले भने, ‘तर अमेरिकाले मानेको छैन।’

मुजाहिदले अगाडी भने, ‘अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न र उनीहरुको चासो सुन्न तयार छ ।’ साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन्  ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।