२०८३ असार १२
२०८३ असार १२

काठमाडौँ ।

आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ ।

अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश  गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरुको तयारीबारे अन्तरक्रिया भएको थियो ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरुबारे जानकारी गराए । जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरुले बताए । निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औंल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुको थियो । उनीहरुले प्रदेशस्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरे ।

उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुस्कर, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत सहभागी थिए ।

कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानूनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए । ‘गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौं’, उनले भने, ‘परिस्थितिबस अरु देशको नागरिकता लिएको भए पनि उहाँहरु नेपाली नै हुनुहुन्छ । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु । ’न्युज कारखाना

भैरहवा, ९ चैत ।

लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न/नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ ।  गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध गर्दै  विकास कोषलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले फागुन २९ गते मंगलबार लुम्बिनीभित्र रहेका बिहार र गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटल सरहको कोठाहरु तयारी गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको नेर्ततवमा ज्ञापनपत्र बुझाएको थियो ।

 

 

ज्ञापनपत्रपछि कोषको तर्फबाट सदस्य सचिव सानुराजा शाक्यद्वारा हस्ताक्षरित पत्र सबै गुम्बालाई पत्राचार गर्दै लुम्बिनीभित्र रहेका बिहारहरुलाई विहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा त्यहाँ रहने विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउन, साथै विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध गर्दे व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न र नगराउन भनिएको र  ‘त्यस्ता व्यावसायिक गतिविधि गरिएको पाइएमा नियमानुसार कारबाही हुने जनाए पनि कोषको अनुरोधलाई बेवास्ता गर्दै दर्जनौँ पर्यटकहरुलाई गुम्बा भित्रै राखिएको छ ।

 

बुधबार म्यानमार गोल्डेन टेम्पलले २ सय बढिलाई गुम्बा भित्र राखेको पाइएको छ । लुम्बिनी विकास कोषको विहार क्षेत्रमा रहेका गुम्बा र विहारमा होटलकै शैलीमा कोठाहरु बनाएर व्यवसायिक रुपमा नै पाहुना राख्दै आएका छन् ।

 

लुम्बिनीलाई केन्द्रित गरेर निजि क्षेत्रले करोडौ लगानी गरेर होटल संचालन गरिरहे पनि बिहार/गुम्बाको यो अवैधानिक कार्यले होटल व्यवसायी पलायन हुनुपर्ने स्थिति आएको छ । यस क्षेत्रका कतिपय होटल बन्द भइसकेका छन,अहिले पनि कति बन्द हुने अवस्थामा पुगेको बेला विहार÷गूम्बाले यसरी व्यवसयिक रुपमा पर्यटक राख्दा यस्को प्रत्यक्ष मार होटल व्यवसायमा परेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

 

यस्तो कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको छ । हामीले पटक पटक आवाज उठाउदा समेत विकास कोषले बेवास्ता गर्ने र बिहारले मनोमानी रुपमा सायैँ पर्यटठकहरुलाई गास, बाससहित राखेपछि आहिले सबै व्यवसायीले विरोध जनाएको अध्यक्ष ज्ञवालीले भने । संघले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक्नु पर्ने माग राखेको छ । दशकौंदेखि उठ्दै उठाउँदै आएको यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र स्थानीय व्यवसायीको धैर्यताको सीमा समाप्त भएको तथा अब यस भन्दा अघि पर्खन सक्ने अवस्था नरहेको भन्दै संघले चेतावनी समेत दिएको थियो ।

 

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षुरभिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर मर्मविपरीत बिहार क्षेत्रमा कोठा बनाएर व्यावसायिक बन्दा निजि व्यवसायीको लगानी जोखिम परेको छ ।

 

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि चाक्लाहरु उपलब्ध गराइए बमोजिम हाल बौद्ध विहाररगुम्बा, ध्यान केन्द्रहरु निर्माण भइ सञ्चालनमा रहेको कोषले जनाएको छ ।

 

बिहारहरूलाई व्यवस्थित र निश्चित मापदण्ड अनुसार सञ्चालन गर्न मापदण्ड छ । लुम्बिनी बिकास कोषले बिहार क्षेत्रमा उपलब्ध गराएको जग्गामा विभिन्न मुलुकले मापदण्ड विपरित गुम्वाको सट्टा ठूला ठूला होटल सरहको संरचना बनीरहदा बिकास कोष मौन रहेको छ ।

 

पछिल्लो समय मलेसियाले निमार्ण गरिरहेको संरचना होटलको रुपमा निमार्ण भैरहेको छ । अण्डरग्राउण्ड सहित ६ तल्लाको संरचनामा १ सय ५० बढि कोठा रहेपनि विकास कोषको प्रशासन प्रमुख ज्ञानिन राई अनविज्ञ रहेको बताए । मलेसियाले लुम्बिनीको ४२ वटा प्लटहरु मध्ये एक पलट लिजमा लिएर निमार्ण सुरु गरेको छ,  कुनै पनि देशले ९९ बर्षका लागी पलट लिजमा लिएर मन्दीर तथा गुम्वाहरु बनाउने व्यवस्था छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहा बनाइएका गुम्बा, चैत्य, बिहार ध्यान केन्द्रहरूलाई कोषको बिहार क्षेत्र बिनियमावली २०५८ अनुसार थप मापदण्ड बनाउनु पर्नेमा कोषका कर्मचारी र पदाधिकारीहरुले मौन स्विकृती दिदा गुम्वा संचालकहरुको मनोमानी बढ्दै गएको लुम्बिनीका स्थानियवासीहरुले गुनासो गरेका छन् ।

२०७७ साउनमा कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठीत समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन तत्कालीन नागरिक उडयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत निर्माण गरिएका र निर्माणाधिन बाँकी प्लटहरू (विहारहरू) को वस्तुस्थितिको अध्ययन सम्बन्धि प्रतिवदेन बुझाइएको थियो ।

 

कोषको बिनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुचको भरमा दुई देखि तीन वटा सम्म दिइएको छ । लुम्बिनीमा कुल ४२ वटा संस्थालाई निर्मााण गर्नै अनुमिति दिइएको छ ।

 

लुम्बिनी विकास कोष विहारक्षेत्र विनियमावली, २०५८ मा थप स्पष्टता सहित निश्चित मापदण्ड निर्धारण गरी नियमित अनुगमनको थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने, विहारक्षेत्र भित्र विनियमावलीमा उल्लेख भए बमोजिम धार्मिक गतिविधिमा संलग्न हुने सुझाव दिइएको छ ।

 

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर बिहारमा अहिले सम्झौता बिपरित सम्रचना निमार्ण गरी दैनिक सयौ पर्यटकहरुलाई राख्दै आएका छन् ।

 

जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरू रहेका छन् भने कतिपय देशका मन्दिरहरू निर्माणाधिन अवस्थामा रहेका छन् । निमार्ण सम्पन्न भैसकेका र निमार्ण जारी रहेका मन्दीहरुको नियमित अनुगमन नहुदा मापदण्ड विपरित काम भैरहदा पनि लुम्बिनी बिकास कोष मौन बसेको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईमार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाएको छ ।न्युज कारखाना

 

दाङ, २२, फागुन

लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगत भएको छ ।

 

मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो ।

अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ा न्युज करखाना

 

काठमाडौं मंसिर १७,/           ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने ३० ओटा दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले तोकिएको समयमा रकम तथा अडिटेड वित्तीय विवरण नबुझाउने कम्पनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।

बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा ईमेल गर्दासमेत सम्पर्क हुन नसकेको भन्दै प्राधिकरणले एक साताभित्र सम्पर्कमा आउन, अन्यथा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति खारेजी गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

 

०८ मङ्सिर २०८०,कतार ।

कतारको एउटा अदालतले भारतीय नौसेनाका ८ जना अधिकारीहरूलाई मृत्युदण्डको सजायविरुद्ध भारत सरकारले दिएको अपिल स्वीकार गरेको छ ।

अक्टोबर २८ मा जासुसी गरेको मामिलामा कतारले ती अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाएको थियो । यस मामिलामा छिट्टै सुनुवाइ हुने अदालतले बताएको छ ।

यो फैसलालाई अहिलेसम्म गोप्य राखिएको बताइएको छ । सन् २०२२ को अगस्टमा अल दाह्रा नाम गरेको निजी कम्पनीमा काम गर्ने ८ भारतीय नागरिकहरूलाई जासुसीको आरोपमा समातिएको थियो । मार्च २५ मा उनीहरू विरुद्ध मुद्दा चलाइएको थियो । गत महिना यिनीहरूलाई मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । रातोपाटि

काठमाडौं, २४ कात्तिक ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय शुक्रबार सकिँदै छ ।

गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने शुक्रबार (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ ।

 

कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

काठमाडौं, १ कात्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।

बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील रहेको उनको भनाइ छ ।

ताप्लेजुङ, २८ असोज :

नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको सङ्ख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यस क्षेत्रका होटलहरु दर्शनार्थीले खचाखच बनेको फेदीका होटल व्यवसायी ईन्द्रनारायण भट्टराईले बताउनुभयो । पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ । समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङ्खलाको दृष्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् । नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो । पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीडभाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो । सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ । रासस

दमौली (तनहुँ), २८ असोज :

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो । उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैँ सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुलको डिजाइन स्वीकृत भएको छ । दसैँ सकिएलगत्तै निर्माणको चरणमा जान्छ ।” उक्त पुल निर्माणका लागि रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । “आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ”, उहाँले भन्नुभयो, “सरकारले पश्चिम खण्डमा ठेक्का तोड्नेबारे छलफलसमेत गरिरहेको छ ।” पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमीको यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यस खण्डको काम सक्नुपर्ने अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको इन्जिनियर पाण्डेले बताउनुभयो । उहाँका अनुसार पूर्वी खण्डको रू छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रू सात अर्ब ४० करोड ४६ लाखमा ठोक्का भएको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ । रासस

गाँजा, २१ असोज ।

इजरायलमा भएको आक्रमणले मानिसहरूलाई अमेरिकामा भएको ९÷११ आतंकवादी हमलाको सम्झना गराएको थियो।

 

मध्यपूर्वका केही विश्लेषकहरू भन्छन् कि हमासले इजरायललाई पहिले कहिल्यै यस्तो ठूलो पीडा दिएको थिएन। आफैंमाथिको यो हमलापछि इजरायली सेनाले प्यालेस्टाइन, गाजा र आसपासका क्षेत्रमा रहेका हमाश समुह माथि आक्रमण गरिरहेको छ ।

 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले इजरायलको जवाफी कारबाहीमा गाँजामा आफ्ना करिब २ सय जना मारिएका र करिब २ हजार भन्दा बढी घाइते भएको दाबी गरेका छन्। जबकि इजरायलमा मृत्यु हुनेको संख्या २ सय पुगेको छ । अबेर राति, हमासले फेरि इजरायलमा १५० रकेटहरू प्रहार गर्‍यो, जसमध्ये धेरैलाई आइरन डोम रक्षा प्रणालीले नष्ट गरेको थियो।

 

रुसी मिडिया एजेन्सी स्पुतनिकका अनुसार प्यालेस्टाइनसँगको तनावका कारण इजरायलमा ज्यान गुमाउनेको संख्या ७७९ पुगेको छ । इजरायली सेनाले भन्यो कि अझै पनि २० भन्दा बढी मोर्चाहरूमा लडाई जारी छ। इजरायलका सुरक्षा बलका शीर्ष प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले गाँजा पट्टीमा हमास आतंकवादी समूहले इजरायलीहरूलाई बन्धक बनाएर राखेको पुष्टि गरेका छन्।

 

हागारी भन्छन् कि दक्षिणी इजरायलमा २२ स्थानहरूमा अझै पनि लडाई जारी छ, जसमा हाम्रो उद्देश्य बेरी र ओफकिममा बन्धकहरूलाई मुक्त गर्ने हो।

 

उनी भन्छन् कि इजरायली सैनिकहरू गाँजा सीमाका सबै शहरहरूमा पुगेका छन् र त्यहाँ उपस्थित सबै व्यक्तिको स्क्यान गरिरहेका छन्। हागारीले गाँजा सिमानामा चारवटा डिभिजन तैनाथ गरिएको र त्यहाँ पहिले नै रहेको ३१ वटा बटालियनमा सामेल भईरहेको बताए । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने बताएको छ । उनका अनुसार हमासले यस युद्धको ठूलो मूल्य चुकाउनु पर्ने छ।

 

उता, हमास समुहले इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो राज्य सञ्चालित बिजुली कम्पनीलाई शनिबार गाजा पट्टीमा आपूर्ति रोक्न आदेश दिएको ऊर्जा मन्त्रीले बताए।

‘मैले (इजरायल) इलेक्ट्रिक कम्पनीलाई गाजामा बिजुली आपूर्ति रोक्न निर्देशन दिने आदेशमा हस्ताक्षर गरेको छु,ू ऊर्जा मन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भने।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।