२०८३ भाद्र ३
२०८३ भाद्र ३

 

मुकेशकुमार यादव ,सिरहा २६ जेठ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लापरबाहीले सिरहा सुपर मार्केट प्रालिले सञ्चालन गरेको एवीमलको गोदामममा आगलागी भएको चार महिना बितिसक्दा पनि बिमाबापतको रकम पाउन सकेको छैन । बिमा कम्पनीले खटाएको सर्भेयरले समयमा सही रिपोर्ट नदिँदा मर्कामा परेको सिरहा सुपर मार्केट प्रालिका सञ्चालन जाकिर अन्सारीले बताए।

 

आगलागी भएकै दिनदेखि इन्स्योरेन्स कम्पनीको सम्पर्क र समन्वयमा रहेर सर्भेको जिम्मा लिएको सीमेक कन्सल्टेन्सी प्रा.लि. माग गरेको सवै आवश्यक कागजातहरु उपलब्ध गराउँदासमेत चार महिनापछि पूर्वाग्रही तरिकाले रिपोर्ट दिएको मलका मुख्य कार्यकारी अधिकृत पिन्टु राउतले बताए ।

 

कार्यकारी अधिकृत राउतले भने, ‘हामीले हाम्रो गोदाममा रहेको सामाग्रीहरुको तीन करोड ६८ लाखको माग दाबी गरेको भए पनि सर्भेयरले मनोमानी ढंगले ४६ लाखमात्र मूल्यांकन गरेको छ । यो उहाँहरुले गरेको मूल्यांकन हचुवाको छ ।’

 

आफ्नो गोदाममा अझै पनि आगलागीबाट जलेका सामाग्रीहरु सुरक्षित राखिएको  बताउँदै कार्यकारी अधिकृत राउतले भने, ‘हाम्रो गोदाममा अझै पनि आगलागीका कारण जलेका र काम नलाग्ने सबै सामाग्रीहरु सुरक्षित छन् । म स्वतन्त्र रुपले अन्य सर्वेयरहरुलाई पनि आएर मूल्यांकन गर्न अनुरोध गर्छु । हाम्रो मलले चार वर्ष देखि सगरमाथा इन्स्योरेन्स कम्पनीलाई प्रत्यक वर्ष ६ लाख रुपैयाँको दरले प्रिमियम बुझाउँदै आएको छु । अहिले उनीहरुले गरेको मूल्यांकनले त्यहि हामीसँग लिएको रकम नै फिर्ता गर्नेगरी मूल्यांकन गरेको जस्तो भान भइरहेको छ।’

 

यसले इन्स्योरेन्स कम्पनी र सर्भेयर कन्सल्टेन्सीले मिलेमतोमा क्षति मूाल्यांकन गरेको आशंका गरिएको छ ।  गत २९ माघमा सिरहा सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवीमलको गोदाममा आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका तिन रोड ४२ लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको दावी गरेको छ । तर, इन्स्योरेन्स कम्पनीले हायर गरेका सर्भेयरले इन्स्योरेन्स कम्पनीलाई खुसी पार्ने मनासायसहित  तथ्यहिन, पूर्वाग्राही भएर मूल्याङ्कन गरेको राउतको आरोप छ ।

 

मार्केटको रेट पनि नदिई ३७ लाख बराबरको मूल्यांकन रिर्पोट पठाएको भन्दै उनले भने, ‘भवितव्य केही घटना, दुर्घटना भए  तत्कालै राहत पाइने आशमा इन्स्योरेन्स गराएँ । तर, राहत दिनुको सट्टा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सि.मेक कन्सलटेन्सीका कर्मचारीले ममाथि अन्याय नै गरे ।’ तर, आफूलाई न्यायोचित बिमाबापतको रकम नदिए दुवै कम्पनीविरुद्ध कानुनी संघर्ष गर्ने उनको भनाइ छ ।

 

बिमा कम्पनी र कम्पनीको तर्फबाट हायर भएका सर्भेयरका कारण आफू मार्कामा परेको सिरहा सुपरमार्केटका सञ्चालक जागिर अन्सारीले बताए ।
‘लुम्बिनी इन्स्योरेन्स कम्पनीले हायर गरेको सर्भेयर कम्पनी सि.मेक कन्सल्टेन्सी प्रा.लि.लाई हामीले सबै डकुमेन्ट बुझाएको चार महिना बितिसक्दा पनि ताकेता गरेनन् । सर्भेयर कम्पनीले वास्तापनि गरेनन्। तर, हामीले त्यसपछि सर्भेयर र इन्स्योरेन्स कम्पनीलाई हारगुहार गरेपछि चार महिनापछि तपाईंले पठाएको डकुमेन्ट अपुग छ भन्यो । पुनः सबै सच्याएर पठाउन भन्दै आलटाल गरे ।’

 

आगलागीका बेला जनकपुर, मिर्चैयाका र गोलबजारको मलमा बिक्रीका लागि ल्याइएका सामाग्रीहरु काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सर्वर कम्युटर, सीसीक्यामेरा, एसी मेसीनलगायतका सामाग्री पनि जलेको जनाएको छ ।

 

आगलागी भएको बेलाको सीसीटिभिलगायतका आवश्यक कागजातलाई बेवास्ता गर्दै सर्भेयर र इन्स्योरेन्स कम्पनीको मिलोमतोमा माग दाबी गरेको रकमको १० प्रतिशत मात्र मूल्यांकन गरी पठाइएको गुनासो छ

 

उनीहरुले प्रतिवेदनमा माग दाबीअनुसारका कागजात पूरा गर्न नसकेको,  आगो लागेरभन्दा पनि आगो निभाउने क्रममा सामानहरु क्षति भएको र म्याद सकिएका सामाग्रीहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

यता सिरहा सुपर मार्केटले भने गोदाममा रहेका सामाग्री बिक्रीयोग्य नगरहेकाले सबैको बिमा दाबी गर्दै आएको छ ।  कम्पनीले सवै सामानहरु पूर्णरुपमा नजलेपनि धुवाँको दाग, धुवाको गन्धका कारण बिक्रीयोग्य नरहेको बताउँदै आएको छ। कम्पनीले बिक्रीयोग्य नभएकाले सबै सामाग्रीको बिमादावी गरेको छ ।  सीमेक कन्सल्टेन्सी प्रा.लिका सर्भेयर शेरबहादुर बुढाले स्थलगत रिपाेर्टिङ गरेर क्षति भएकाे बिलकाे आधारमा मूल्या‌ंकन गरेकाे जानकारी दिए । ‘हामीले स्थलगत निरीक्षण गरी जे जति क्षति भएकाे देखियाे साेहीअनुसारकाे मूल्यांकन गरेकाे हाे,’ उनले भने, ‘करिब सात दिन लगाएर गरिएकाे स्थलगत निरीक्षण गरी क्षति भएकाे बिलकाे आधारमा मूल्यांकन गरेकाे हाे ।’

 

 

काठमाडौं, ३० जेठ ।

चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए ।

यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरुको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ ।

 

बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार टिकट बिक्री भएको छ । यो देखेर यो फिल्मले दर्शकको धेरै माया पाउने देखिन्छ ।

 

आइतबारदेखि आदिपुरुषको अग्रिम बुकिङ सुरु भएको हो । त्यसपछि फ्यानले पनि टिकट किन्न ढिला गरेनन् । बक्स अफिस रिपोर्टका अनुसार यो मेगा फिल्मको पिबिआरवाट २१ हजार ५०० टिकट बिक्री भइसकेको छ भने आइनक्समा यो चलचित्रको १४ हजार ५०० टिकट बिक्री भइसकेको छ भने सिनेपोलिसमा ९ हजार टिकट बिक्री भइसकेको छ ।

 

यसरी यो फिल्मका लागि सोमवारसम्म जम्मा ४५ हजार टिकट बिक्री भइसकेको छ । जसलाई उत्कृष्ट सुरुवात मानिएको छ । यसैबीच, बिहीबारको अन्त्यसम्ममा ३ लाख ५० हजार देखि ४ लाख टिकट बिक्री हुने अनुमान गरिएको छ ।

 

भैरहवा, ३० जेठ । 

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ ।

 

विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेकाे हाे ।

 

नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।

 

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।

 

रोम, ३० जेठ ।

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

 

बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका ब्यक्ति हुन । उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि ् सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए ।
सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

 

सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत हुन । उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिकसमेत रहेका थिए ।

 

हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ। इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए।

 

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो ।

 

काठमाडाैं, ३० जेठ ।

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी बिच भेटवार्ता भएको छ ।

 

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।

 

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीन बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन्उर ।

ध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एबम विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा रहेकाे समेत पुन दाेहाेराएका छन्र । पछिल्ला दिनहरुमा नेपाल र चीनको बिद्यायिकी सम्बन्ध बिस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि ब्यक्त गरेका छनर ।

 

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै ‘आउट ब्याण्ड टुरिष्ट ग्रुप’ मा राखेकोमा खुसी पनि ब्यक्त गरेका छन् । चीनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुरूयाउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरे ।

 

नेपाल चीनबीच केरुङ-रसुवागढी, हिल्सा-पुराङ र तातोपानी-झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने बिश्वास पनि ब्यक्त गरेका छन् । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि उनकाे अनुरोध थियाे ।

 

उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका छन । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएकाे अध्यक्षकाे सचिवालयले जनाएकाे छ ।

 

‘पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी छ’, उनले भने । अध्यक्ष तिमिल्सिना ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

 

चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरुको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।

 

 

काठमाडौं, २९ जेठ ।

सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले आफ्ना माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।

 

काठमाडौं, २९ जेठ ।

निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ ।

 

सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।

पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ ।

विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कुटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ ।

 

काठमाडौं, २९ जेठ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।

आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् ।

सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए । सोही विषयको जवाफ दिँदै अर्थमन्त्री महतले निर्वाचन कार्यालय खारेज गर्ने र अधिकार कटौती गर्ने सरकारको मनसाय नरहेको स्पष्ट पारेका हुन् ।

‘७७ जिल्लाका निर्वाचन कार्यालय खारेज भयो भन्ने होइन । अब त्यो छुट्टै कार्यालय खारेज गर्ने भन्ने हामीले प्रस्ताव राखौँ । त्यो विषयमा निर्वाचन आयोगको भ्यु आयो । यो कार्यालय निरन्तर नै हुन्छ, त्यो कहाँनिर हुन्छ, कसरी हुन्छ, छलफलबाट टुंग्याउँछौँ,’ बैठकमा उनले भने, ‘यो निर्वाचन आयोगलाई खारेज गर्ने, अन्डरमाइन्ड गर्ने, त्यसको अधिकार कटौती गर्ने कुनै मनसाय हाम्रो छैन । हामी यही अधिकारको लागि लडेर आएको हौँ ।’

 

काठमाडौं, २९ जेठ

जिल्ला मालपोत कार्यालय बाराका खरिदार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशङ्कर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार आरोपमा पक्राउ गरि मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

 

काठमाडौं, २९ जेठ

काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ ।

सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।